हृदयघातबाट उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

स्वास्थ्यसमाचार/हृदयघातबाट उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएको छ । हृदयघातका कारण मरासेनीको निधन हो ।

लामो समय जिल्ला न्यायाधीशमा रहनुभएको उहाँ उच्च अदालत पाटकमा गत पुस २४ गतेदेखि मात्र कार्यरत हुनुहुन्थ्यो । काठमाडौंको कलंकीमा बस्दै आउनुभएको मरासेनीको बिहान ९ बजे घरमा बसिरहेका बेला स्वास्थ्यमा समस्या आएको थियो । लगत्तै उहाँलाई अस्पताल पुर्‍याइएको थियो ।

उपचारका क्रममा बिहान १० बजे निधन भएको पाटन उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिनुभयो ।मंगलबार मरासेनीको इजलाससमेत तोकिएको थियो ।

मरासेनीलाई इजलास नम्बर ४ मा चन्द्रमणि ज्ञवालीसँग संयुक्त इजलास र इजलास नम्बर ५ मा उनी एक्लैको पेसी तोकिएको थियो ।

सम्बन्धित शिर्षक :