सुर्खेतमा जीप दुर्घटना ४ स्वास्थ्यकर्मीको मृत्यु, एक गम्भीर घाइते

स्वास्थ्यसमाचार/ झुप्राखोला नजिक रत्नराजमार्गमा भएको जीप दुर्घटनामा चारजना स्वास्थ्यकर्मीको मृत्यु भएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । दुर्घटनामा परी मृत्यु हुनेहरुमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका सदस्यहरु सागर शाही, दीपेन्द्रजंग शाही, बबिन शाही र राजेन्द्र बीसीको निधन भएको केन्द्रीय उपमहासचिव हिमालय तिवारीले पुष्टि गरेका छन् । मृत्यु हुनेमा डुंगेश्वर गाउँपालिकाका सागर शाही, स्वास्थ्य शाखा दैलेखका डुंगेश्वर गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक दिपेन्द्र जंग शाही, भगवती माई गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बबिन शाही र गुराँस गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र बि।सी…

स्वास्थ्य मन्त्री गिरीद्धारा भेरी अस्पतालमा डायलासिस सेवाको शुभारम्भ

स्वास्थ्यसमाचार/ मिर्गौलाका बिरामीका लागि भेरीले अस्पतालमा हेमोडाइलासिस सेवा विस्तार गरेको छ । स्वास्थ्य मन्त्री पदम गिरीले भेरी अस्पतालमा विस्तारित हेमो डायलासिस सेवाको शुभारम्भ गरेका छन् । डायलासिस सेवा लिई रहेका ५२ बर्षिय बिरामी रविन्द्र श्रेष्ठलाई फुलको गुच्छा सहित स्वास्थ्य लाभको कामना गर्दै मन्त्रीले हेमो डायलासिसको विस्तारित सेवाको उद्घाटन गरेका हुन् । भेरीमा यसअघि ४ वटा डायलासिस मेसिन थियो ।विस्तारित सेवा अन्तरगत थप दुई मेसिन थपिएको छ । त्यसमा एचआईभी तथा हेपाटाइटिसका बिरामीहरुका लागि समेत सेवा दिन सकिने अस्पतालले जनाएको छ ।दादुरा प्रभावित क्षेत्रको स्थलगत अनुगमनमा नेपालगञ्ज पुगेका मन्त्री गिरीसहितको उच्चस्तरीय…

राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल लुम्बिनी प्रदेश अध्यक्षमा अर्याल

स्वास्थ्यसमाचार /राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल लुम्बिनीको प्रथम भेला बुटबलमा सम्पन्न भएको छ।  प्रथम भेलाको एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय आयुर्वेद महाशाखा प्रमुख डा पुष्पराज पौडेलले उदघाटन गर्नु भयो। उद्घाटन कार्यक्रमा बोल्दै डा पौडेलले यस्ता संस्था खोल्नु समाजको लागी राम्रो भएको बताउदै उहाले आयुर्वेदको बिकासका लागी पनि महत्वपुर्ण हुने बताउनु भयो। राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपालका केन्द्रिय उपाध्यक्ष शालिकराम भुसालले आयुर्वेदको बिकास र निकासका लागी राज्यसंग सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्नु भयो। उहाले राज्यले आयुर्वेदको निति निमार्ण गर्दा कुन संस्था संग सहकार्य गर्ने भन्दा राष्ट्रिय आयुर्बेद एशोसिएसन नेपाल संग तरिकाले…

शुद्धोधनमा शारीरिक अपांगता परिक्षण सम्बन्धि घुम्ती शिबिर सम्पन्न

स्वास्थ्यसमाचार/  शुद्धोधन गाउपालिका एक दिने शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिबिर सम्पन्न भएको छ। अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपा को आयोजना र शुद्धोधन अपाङ्ग संघ , फर्साटिकर को समन्वयमा शारीरिक अपाङ्गता परिक्षण घुम्ती सम्पन्न भएको हो। शुद्धोधन गाउपालिका अध्यक्ष बिष्णु प्रसाद बस्यालको अध्यक्षतामा र प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराई ,प्रबक्ता केशव प्रसाद अधिकारी गाउँपालिकाका भुतपुर्व अध्यक्ष किशुनचन्द्र चौधरीको विशिष्ट आतिथ्यतामा सो कार्यक्रम भएको हो। कार्यक्रममा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले बोल्दै यस अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बनेपाले गाउँपालिका संग समन्वय गरि अपाङ्गहरुको हितका लागि टाढादेखि आएर अपाङ्ग बिरामीहरू…

रुपन्देहीका स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धि तालिम सुरु

स्वास्थ्यसमाचार/ जिल्ला स्वास्थ्य कार्यलय रुपन्देहीले स्वास्थ्यकर्मीहरुका लागि खोप ए.ई.एफ. आई. तथा सरसफाई प्रर्वदन सम्बन्धी आधारभूत तालिम  सुरु भएको छ। लुम्बिनी प्रादेशिक अस्पताल, तिलोत्तमा नगरपालिका ,बुटबल उपमहानगरपालिका, देबदह नगरपालिका, ओमसतिया गाउँपालिकाका स्वास्थ्यचौकी र सामुदायिक स्वास्थ्य एकाईका स्वास्थ्यकर्मीलाई नियमित खोप सम्बन्धि आधारभूत तालिम प्रदान गरिएको हो ।   तालिमको एक कार्यक्रमका बिच जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरब ढकालले सुभारम्भ कार्यक्रममा बोल्दै खोप सेवा प्राथमिक स्वास्थ्य सेवाको जग भएको बताउनु भयो उहाले खोपको माध्यमबाट नै विफर उन्मुलन हुनुका साथै धेरै रोगहरुको उन्मुलन, निवारण र नियन्त्रण गर्न सकिएको बताउनु भयो। खोपद्वारा नै आमा…

गण्डकी प्रदेशको स्वास्थ्य सचिवमा डा. विनोद विन्दु शर्मा नियुक्त

पोखरा, / गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा विनोदविन्दु शर्मा नियुक्त भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै डा शर्मालाई स्वास्थ्य मन्त्रालयको सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि डा शर्मा गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यलयमा थिए ।स्वास्थ्य मन्त्रालयमा सचिव रहेका डा विश्वबन्धु वगाले अध्ययनका लागि अष्ट्रेलिया अध्ययनका लागि गएपछि स्वास्थ्य मन्त्रालय सचिव विहीन भएको थियो ।

कोरोना विरुद्धको चौथो बुस्टर डोज खोप माघ तेस्रो साता आइपुग्ने

स्वास्थ्यसमाचार/ बुस्टर डोजका लागि तेस्रो साता खोप आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले फेब्रुअरी ३ (माघ २०) गते खोप आइपुग्ने बताए । कोभिडविरुद्धको बुस्टर डोजका रूपमा चौथो मात्रा खोप लगाउनका लागि १५ लाख मात्रा ‘वाई भायोलेन्ट’ खोप ल्याउन लागिएको हो । यो खोप १२ वर्षमाथिका लागि उपयुक्त मानिएको र नयाँ भेरिएन्टमा पनि काम लाग्ने बताइएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार बुधबार १ हजार २९७ जनाको परीक्षणमा ११ संक्रमित देखिएका छन् भने देशभर ३२ जना सक्रिय संक्रमित छन् । हालसम्म एक मात्रा २ करोड…

सियारीमा सुत्केरीलाई पोषण कोसेली दिँदै गाउँपालिका उपाध्यक्ष थारु

स्वास्थ्यसमाचार/ रुपन्देहीको सियारी गाउँपालिकाले उपाध्यक्ष सहितको सुत्केरी महिलालाई पोषण तथा शिशु स्वागत कोशेली कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम अन्र्तगत पालिकामा रहेका सुत्केरी आमाहरुलाई पोषण सहित नगद तथा शिशुलाई स्वागत कार्यक्रम सुचारु गरिएको हो ।बुधबार उपाध्यक्ष तारा थारुले पालिकाको वडा नम्बर १ चिल्हीयास्थित स्वास्थ्य चौकीमा सुत्केरी आमाहरुलाई पोषण सहितको कोशेली र नगद हस्तान्त्रण गरेकी छन् । कोसेली झोलासहित स्वास्थ्य चौकी पुगेकी उपाध्यक्ष थारुले पोषण सहितको कोशेलीले सुत्केरी आमाहरुको मुहारमा खुशी ल्याउन मद्यत गरेको बताईन । पालिकाबाट उपलब्ध गराइएको कोसेली झोलामा घ्यू, टावल, सर्फ, साबुन, नेल कटर, ब्रस, कोलगेट रहेको छ…

अर्बुद रोग निवारणले सुर्तीजन्य पदार्थ ऐन कार्यन्वयनका लागी माघ ५ गते प्रशासनमा ध्यानाकर्षण पत्र बुझाउने

स्वास्थ्यसमाचार/ नेपाल अर्बुद रोग निवारण संस्था रुपन्देही जिल्ला शाखाको बैठक जिल्ला सभापति खिम बहादुर हमालको सभापतित्वमा सम्पन्न भएको छ । बैठकले फेब्रुअरी ४ मा हुने विश्व क्यान्सर दिवसको दिन बुटवलको मिलनचोकमा क्यान्सर रोगबारे सचेतना फैलाउन जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख, प्रतिनिधि, राजनैतिक दलका जिल्ला स्तरीय नेतृत्व, स्वास्थ्यकर्मी, बुद्धिजीवी, उद्योगी, व्यवसायी, युवा विद्यार्थी, स्वयंसेवी सस्थाको सहभागीतामा प्लेकार्ड प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । कार्यक्रम को संयोजनका लागि उपसभापति बीना न्यौपानेलाई संयोजक तोकेको छ । बैठकले सुर्तीजन्य पदार्थ(नियन्त्रण र नियमन गर्ने) एेन २०६८ को प्रभाकारी कार्यन्वयनका लागि दबाव स्वरुप जिल्ला प्रशासन…

डा .रुइतलाई १० लाख डलरको इसा अवार्ड

स्वास्थ्यसमाचार/ नेत्र चिकित्सक सन्दुक रूइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित उक्त पुरस्कार हरेक दुई वर्षमा संसारभरबाट मानव कल्याणको क्षेत्रमा क्रियाशील व्यक्ति वा संस्थालाई प्रदान गरिन्छ । बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले सन् २००९ मा स्थापना भएर सन् २०१३ देखि यो अवार्ड प्रदान गर्दै आएको छ । अवार्डको पाँचौं संस्करण–सन् २०२३ मा डा। रुइतलाई उक्त पुरस्कार घोषणा गरिएको हो । मंगलबार बहराइनको राजधानी मनमामा आयोजित पुरस्कार…