स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाको ‘बा आमासँग नगर प्रमुख’ कार्यक्रमअन्तर्गत मंगलबार बुटवल १३ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ। सोमबार बुटवल १२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर शुरु भएको कार्यक्रमअन्तर्गत मंगलबार १ सय ७० जनाको स्वास्थ्य परीक्षण गरिएको छ।जसमध्ये २८ जनाको इसिजी गरिएको छ भने केही जेष्ठ नागरिकको रगत परीक्षण गरिएको छ। वडा नं १३ मा कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख खेलराज पाण्डेयले जेष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमले आफुलाई खुशी लागेको बताए। उनले जेष्ठ नागरिक र फरक क्षमता भएकाहरुको स्वास्थ्य परीक्षण तथा उपचारमा विशेष…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
सशस्त्र द्वन्दका घाइतेहरुको उपचार लुम्बिनी प्रादेशिक अस्पतालमा हुने
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्दका घाइते तथा अपाङ्ग भएका ब्यक्तीहरुको उपचार सुरु गरेको छ । प्रदेश गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनिका अनुसार उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसँग समन्वय भएको छ । सशस्त्र द्वन्दका क्रममा घाईत तथा अपाङ्ग भएकाहरुको उपचारसम्बन्धी कार्यविधि २०८० तयार गरि उपचारको प्रक्रिया अघि बढाइएको उनको भनाई छ । घाईते तथा अपाङ्गता भएका व्यक्तिहरुले नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, दुई प्रति फोटो, जिल्ला प्रशासन कार्यालयको सिफारिश ल्याएमा उपचार गर्न पाईने उनले बताए । घाइते तथा अपाङ्गता भएका ब्यक्तिको उपचारकालागि लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक बर्ष २०८०/०८१…
स्वास्थ्यकर्मी रुपलाल बने होटल उद्यमी खोले सुमेरु दर्शन होटल
स्वास्थ्यसमाचार/बुटवलको पुरानो बसपार्कमा ५०० मा खाना खाजा र बास को सुबिधा सहित सुमेरु दर्शन होटल तन्दुरी भोजनालय एण्ड लज सञ्चालनमा आएको छ । कृष्णप्रसाद गैरे र रुपलाल पन्थीको संयुक्त लगानीमा लज संचालनमा ल्याउनु भएको हो । घिमिरे एक दशकदेखि होटल व्यवसायमा आवद्ध रहँदै आएका छन् भने पन्थी सरकारी जागिर छाडेर होटल व्यवसायमा आवद्ध हुन लागेका हुन् । ‘म २४ वर्षदेखि सरकारी जागिर पेशामा छु । अब अहिले अवकाशको प्रक्रिया मिलाउँदै छु । त्यसपछि अबको बाँकी समय पूर्ण रुपमा यही व्यवसायमा रहेर काम गर्छु’–उहाँले भन्नु भयो । बुटवलको पर्यटन विकासमा टेवा…
१ सय १० वर्षकी ऐरावतीको स्वास्थ्य जाँचेर बुटवलमा शुरु भयो बाआमासँग नगर प्रमुख कार्यक्रम
स्वास्थ्यसमाचार/बुटवल-बुटवलमा जेष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिहरुको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ‘बाआमासँग नगर प्रमुख निशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम शुरु भएको छ। बुटवल १२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुरुवात गरिएको हो। ऐरावतीको घरमै पुगेर नगर प्रमुख खेलराज पाण्डेयले फलफुल र स्वास्थ्यवर्द्धक सामग्री दिएर अभियानको शुरु गरे। जेष्ठ नागरिक बरईको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा नन्दु पाठकले स्वास्थ्य परीक्षण गरेका थिए। कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख खेलराज पाण्डेयले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउने गरी योजनाहरु बनाएको र कार्यान्वयन गर्दै…
फागुन १३ वाट लगाईने दादुरा-रुबेलाविरुद्धको ६० लाख खोप ल्याइयो
स्वास्थ्यसमाचार/सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रुबेला विरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको जानकारी दिए। उनले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको बताए। अभियान सञ्चालन गरी करिब ५७ लाख बालबालिकालाई यो खोप लगाइने कार्यक्रम रहेको छ । उनका अनुसार भारतीय सेरम इस्सिच्युटले उत्पादन गरेको उक्त खोप गाभीको अनुदानमा उपलब्ध भएको हो । सरकारले देशभरि नै सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्ष मुनिका सबै बालबालिकालाई आगामी फागुन १३ गतदेखि चैत ७ गतेसम्म खोप…
बुटवललाई क्षयरोग मुक्त पालिका बनाउन स्क्रिनिङ शिबिर सुरु
स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकाले क्षयरोग स्क्रिनिङ शिविर सुरु गरेको छ ।क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत अति जोखिम तथा स्वास्थ्य संस्थाबाट टाढा रहेका समुदायका लागि वडामै पुगेर शिविर सुरु गरेको हो । आइतबारेदेखि बुटवल वडा नं. १ देखि सुरु भएको हो ।बुटवल उपमहानगरपालिका वडा नंं. १ का वडा अध्यक्ष नरेन्द्र बस्नेतले शिविरको उद्घाटन गर्दै जोखिममा रहेका ब्यक्तिलाई घरमै पुगेर खकारको नमुना संकलन गरेर परिक्षण गरिने बताए । क्षयरोग नियमित औषधी सेवनबाट निको हुने भएकाले परिक्षण गराएर समयमा नै उपचार गर्न उनले आग्रह गरे । क्षयरोग मुक्त पालिका घोषणा अभियान अन्तरगत शिविर संचालन…
नीजि प्राबिधिक शिक्षालय महासंघ लुम्बिनीको अध्यक्षमा पौड्याल
स्वास्थ्यसमाचार/नीजि प्राबिधिक शिक्षालय महासंघ लुम्बिनी प्रदेशको तेस्रो अधिबेशन सम्पन्न भएको छ । CTEVT बाट सम्बन्धन लिएर संचालित संस्थाहरुको छाता संगठनका रुपमा बि स २०५५ स्थापित रहेको संस्थाले लुम्बिनी प्रदेशको अधिबेशन लुम्बिनी प्रदेशको राजधानी भालुबाङ स्थित होटल पौवामा सम्पन्न गरेको हो । लुम्बिनी प्रदेशका माननीय मुख्य मन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष त्रिलोचन पौड्यालले गर्नुभएको थियो । कार्यक्रमा बिशिष्ट अतिथि महासंघ केन्द्रिय अध्यक्ष अरुण कुमार पाण्डेय तथा CTEVT निर्देशक टैलेन्द्र आचार्य र अतिथिमा CTEVT लुम्बिनी प्रदेश उप निर्देशक यादव सुबेदी, महासंघ केन्द्रिय निवर्तमान अध्यक्ष बसन्तराज…
मुटु तथा नसा रोगपछि मानिसको ज्यान लिने दोस्रो भयानक रोग–क्यान्सर
हालसम्म प्राप्त ज्ञान, सीप र प्रविधिले एक तिहाई क्यान्सर हुनु अगावै रोकथाम गर्न सकिने, अर्को एक तिहाई समयमै पत्ता लगाई उपचार गरी निको गर्न सकिने र बाँकी एक तिहाइलाई निको पार्न नसके पनि यस रोगबाट हुने पीडा कम गरी स्तरीय आयु लम्ब्याउन सकिन्छ । एक अध्ययनअनुसार महिलामा ६० प्रतिशत र पुरुषमा करिब ४० प्रतिशत क्यान्सरको कारक तत्व असन्तुलित भोजन नै हो । शुरुमा उपचार गरे क्यान्सर निको हुन्छ । तैपनि क्यान्सरबाट पाइने दुःख, हुने विकृति र विभिन्न समस्या तथा लाग्ने उपचार खर्चलाई सजिलैसँग नियन्त्रण गर्न सकिने भएकोले रोगको उपचार गर्नुभन्दा…
सांसद रानाद्धारा पाल्पामा ‘सडक स्वास्थ्य सहायता कक्ष’ उदघाटन
स्वास्थ्यसमाचार/ सडकमा हुने बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै पाल्पामा स्थापना गरिएको ‘सडक स्वास्थ्य सहायता कक्ष’को उदघाटन गरिएको छ।लुम्बिनी प्रदेश स्थापना दिवसको अबसरमा लुम्बिनी प्रदेशका सांसद बीरबहादुर रानाले सडक स्वास्थ्य सहायता कक्षको उदघाटन तथा सामाग्री हस्तान्तरण गर्नु भयोे। चालक, सहचालक र यात्रुको शारिरिक अस्वस्थताका कारण समेत दुर्घटना बढ्ने भएकाले लुम्बिनी प्रदेश सरकारको सहयोगमा पाल्पाका विभिन्न क्षेत्रमा सडक स्वास्थ्य सहायता कक्ष स्थापना भएको जिल्ला स्वास्थ्य कार्यलय पाल्पाका प्रमुख डा राजेन्द्र गिरीले बताउनु भयो। उहाले दिनानुदिन सवारीसाधन दुर्घटना बढ्न थालेपछि सरोकारवाला निकायले दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सचेतना अभियानका रुपमा स्वास्थ्य सहायता कक्ष सञ्चालन…
नेपालमा क्यान्सरको अवस्था र चुनौती :प्रा डा योगेन्द्र प्रसाद सिंह
नेपालमा नसर्ने रोगहरूको प्रकोप बढ्दो छ । नेपालमा हुने सबै मृत्युहरू मध्ये झण्डै दुईतिहाइ मृत्यु यिनै नसर्ने रोगबाट हुने गरेको छ । नसर्ने रोग मध्येको एक महत्त्वपूर्ण रोग क्यान्सर पनि हो । नेपाललगायत अन्य विकासोन्मुख देशमा सर्नेभन्दा नसर्ने रोगको प्रकोप धेरै छ । नसर्ने रोग भन्नाले क्यान्सर, मुटुरोग, मिर्गाैलाको रोग, डायबिटिज, श्वासप्रश्वास को रोग, अल्जाइमर आदि पर्दछन् । मानव जीवनमा हुने नसर्ने रोगहरूमध्ये क्यान्सर रोग जुनसुकै उमेर, लिङ्ग, जाति, वर्गलाई पनि हुनसक्छ । क्यान्सर कदापि सरुवा रोग होइन । यो एउटा निको हुने रोग हो । प्रायः क्यान्सर सुरु–सुरुको अवस्थामा…


