लुम्बिनी प्रदेशमा कुष्ठरोगीहहरूको संख्या वर्षेनी बृद्धि आएन कमी

लुम्बिनी प्रदेशमा मात्रै ५ सय ६२ जना कुष्ठरोगी

स्वास्थ्यसमाचार/सरकारले एक दशक अघि नै नेपालमा कुष्ठरोग निवारण भएको घोषणा गरे पनि लुम्बिनी प्रदेशमा भने अझैं पनि कुष्ठरोगीको संख्यामा आशातित कमी आउन सकेको छैन।

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो तथ्यांक अनुसार प्रदेशमा कुष्ठरोगीहहरूको संख्यामा वर्षेनी बृद्धि भइरहेको छ।लुम्बिनी प्रदेश का नवलपरासी, कपिलवस्तु, बाँके र रुपन्देही जिल्लामा कुष्ठरोग प्रभावितहरुको संख्या उच्च पाइएको हो । लुम्बिनी प्रदेशका नवलपरासी, कपिलवस्तु, बाँके र रुपन्देही जिल्लामा कुष्ठरोग प्रभावितहरुको संख्या उच्च पाइएको हो ।

नयाँ रोग पत्ता लाग्ने दर समेत यी जिल्लाहरुमा उच्च रहेको छ । प्रदेशको स्वाथ्य निर्देशनालयका अनुसार यी जिल्लाहरुमा प्रति १० हजार जनामा एक जना भन्दा कम हुनुपर्ने ‘प्रीभिलेन्स ’ २ भन्दा माथि रहेको छ ।

जसको कारण देशभरको तथ्यांक भन्दा लुम्बिनी प्रदेशको प्रीभिलेन्स दर बढि भएको पाइएको हो । स्वाथ्य निर्देशनालयका लुम्बिनीका चिकित्सा सेवा तथा रोग नियन्त्रण शाखा ल्याब टेक्निसियन निरीक्षक खिमलाल पाण्डेले गत आर्थिक बर्षमा देशभरबाट २ हजार ५ सय २२ जना कुष्टप्रभावित व्यक्तिहरुमाथि लुम्बिनी प्रदेशमा मात्रै ५ सय ६२ जना रहेको जानकारी दिए ।

उनले ४ महिनामा प्रदेशमा १ सय २७ भन्दा बढि नयाँ केस समेत पत्ता लागेको जानकारी दिदै अझै अन्य जिल्लाहरुमा पनि मिहिन तहले छानविन नगरी केश पत्ता लगाउने जनशक्ति नहुँदा यो संख्या बढ्न सक्ने समेत जानकारी दिए । विगत ६ बर्षमा लुम्बिनी प्रदेशमा कुष्टप्रभावितहरुको संख्या कोरोना कहरमा अली कम देखिएपनि अन्य बर्षमा भने उच्च नै देखिएको छ ।

०७४/७४ मा ७००, अर्को बर्ष ५०१, ३९, ५१६, ५४३ रहेको थियो । अघिल्लो आर्थिक बर्षमा २०७९/०मा ५६५ जना रहेकोमा यो बर्ष चार महिनामा १ सय ४८ जना कुष्ठ प्रभावित रहेका छन् । यस्तै कुष्ठ प्रभावितहरु नयाँ पत्ता लाग्ने दर समेत प्रदेशमा विस्तारै बढ्दै गएको पाइएको छ ।

प्रदेशको स्वाथ्य निर्देशनालयका अनुसार आर्थिक बर्ष २०७५/७६ मा ६ सय ९१ जना, अर्को बर्ष ४७९ जना, अर्को बर्ष ५६१ जना, अघिल्लो आर्थिक बर्षमा ५८४ जना र गत आर्थिक बर्षमा ५६५ जना नयाँ कुष्टप्रभावित व्यक्तिहरु भेटिएका छन् ।

जसमा महिलाहरुको संख्या समेत उच्च छ । ३५.६ प्रतिशत महिलाहरु रहेका छन् । यस्तै बच्चामा समेत कुष्ठ रोग देखिएको छ । जम्मा नयाँ देखिएको केसमा बच्चाहरूमा ५.२ प्रतिशत रहेको छ । गत बर्ष जम्मा केश मध्ये ६.९ प्रतिशत बच्चाहरु रहेका थिए ।

जुन नयाँ संक्रमण देखिएको हो । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका छाला रोग विशेषज्ञ डा. कमल आचार्यले बच्चाहरूमा कुष्ठरोग देखिनु भनेको समुदायस्तरमा कुष्ठरोग व्यापक रुपमा फैलिएको हुन सक्ने अनुमान लगाउन अफ्ठ्यारो नहुने बताउँछन् ।

उनले भने–बच्चाहरूमा कुष्ठरोग देखिनु भनेको आमा बाबा, अन्य परिवारका सदस्यहरुलाई समेत भएको हुन सक्ने उच्च संभावना रहेको छ । बुटवलमा फेयरमेड फाउन्डेसनको र इन्द्रेणी ग्रामिण विकास केन्द्रको सहयोगमा लुम्बिनी प्रादेशिक अस्पतालको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको थियो ।

कार्यक्रममा ईन्द्रेणी ग्रामिण बिकास परिषदका अध्यक्ष महेन्द्र पाण्डे, फेयरमेडका क्षेत्रीय संयोजक शशीकुमारलाल कर्ण, लगायतले बोेलेका थिए ।

अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालकी नसिङ्ग प्रमुख ज्योति पौडेल बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डे, , नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवनीप्रसाद पाण्डेय लगायएको सहभागिता रहेको कार्यक्रमको संञ्चालन लुम्बिनी प्रादेशिक अस्पतालका एनटीडि शाखाका फोकल पर्शन दयासागर पन्थीले गरेका थिए ।

सम्बन्धित शिर्षक :