फेब्रुअरी ४ तारिखका दिन विश्व क्यान्सर सचेतना दिवस संसारभर मनाइन्छ। यो दिवस सन् २००० देखि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र युनियन फर इन्टरनेशनल क्यान्सर कन्ट्रोल(यू आईसीसी)को आह्वानमा मनाउन थालिएको हो।विश्व स्वास्थ्य संगठनले सन् २०२२ देखि २०२४ सम्मको नारा “क्लोज द केयर ग्याप” अर्थात ‘उपचारमा असमानता हटाऔं’ भन्ने तय गरेको थियो। नेपालले भने यस वर्ष नारालाई स्थानिय करण गर्दै “बढ्दैछ चुनौती क्यान्सरको, पहुँच बढाऔं स्याहारको” भन्ने बनाएको छ।विश्वका अधिकांश मुलुकको ६० प्रतिशत भन्दा बढी मृत्युको कारण नसर्ने रोगहरूले हुने गरेको तथ्याङ्क रहेको छ। नसर्ने रोगहरूमा मुटु र क्यान्सरको प्रकोप बढिरहेको छ।…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
नेपालमा क्यान्सर उपचारमा ‘कार–टी सेल थेरापी’को प्रयोगशाला परीक्षण सफल भएको दाबी
स्वास्थ्यसमाचार/ सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालले काठमाडौंमा एक पत्रकार सम्मेलन आयोजना गर्दै संयुक्त राज्य अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनबाट प्रमाणित सीडी-१९ कारको प्रयोगशालामा कार-टी सेलको सफलतापूर्वक परीक्षण गरेको जनाएको हो। रिजेनरेटिभ मेडिसिनको सीडी१९ कार-टी सेल स्वीस औषधि निर्माता नोभार्टिस र गिलियाडको कार-टी सेल जत्तिकै प्रभावकारी देखिएको अमेरिकाको एस्ट्राजेनेका फार्मास्युटिकल्सको अन्कोलोजी विभागमा कार्यरत डा सञ्जीवन गौतमले बताए। गौतमका अनुसार अति उच्च प्रविधियुक्त यो उपचार विधिको सफल प्रयोगशाला परीक्षण नेपालमा पहिलो पटक भएको हो। डा गौतमका अनुसार कार-टी सेल एक विशेष उपचार पद्धति हो जुन रक्त क्यान्सरका बिरामीहरूमा निकै प्रभावकारी देखिएको छ।…
लुम्बिनीमा महिनावारी सम्बन्धी जनचेतनामूलक र सेनेटरी प्याड वितरण
स्वास्थ्यसमाचार/रोटरेक्ट क्लब आफ सेन्ट्रल लुम्बिनी र रोटरी क्लब आफ सेन्ट्रल लुम्बिनी द्वारा संयुक्तरुपमा लुम्बिनी सांस्कृतिक नगरपालिका ओडा नम्बर ८ मा महिनावारी सम्बन्धी जनचेतनामूलक कार्यक्रम साथै सेनेटरी प्याड वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो। कार्यक्रममा रोटरी क्लब आफ सेन्ट्रल लुम्बिनीका पूर्व अध्यक्ष रो डाक्टर सद्धल चौधरी , रोटरी क्लब आफ सेन्ट्रल लुम्बिनीका क्लब एडवाइजर रो गोविन्द सिंह लुम्बिनी सांस्कृतिक नगरपालिका ओडा नम्बर ८ का अध्यक्ष्य राजेन्द्र जैसवाल र रोटरेक्ट क्लब आफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष रो सचिन रेग्मीले आ- आफ्नो महत्वपूर्ण कुराहरु गर्नु भएको थियो। उक्त कार्यक्रममा १७सय पिस भन्दा बढी सेनेटरी प्याड…
जाडो मौसममा देखिने स्वास्थ्य समस्या र समाधानका उपाय डा.पच्या
स्वास्थ्यसमाचार/काठमाडौँ उपत्यका सहित देशभर निकै चिसो अर्थात जाडो बढिरहेको छ । जाडो महिनामा प्राय स्वासप्रश्वास सम्वन्धी रोगहरु बढी देखिन्छ । तर, यहाँ बुझ्नु पर्ने कुरा यो छ कि चिसो मौसम अर्थात जाडो आफै रोग लाग्ने महिना होइन । बरु यो मौसम रोगहरु लगाउने जीवाणु तथा विषाणुहरु सक्रिय हुन अनुकुल हुन्छ । त्यसैले रोगहरु बढी देखिने हो । जाडोमा स्वासप्रस्वासका समस्या लिएर आउने समूहमा प्रायः जेष्ठ नागरिक र बच्चाहरु पर्ने गर्दछन् । त्यसको एउटा कारण चै उनीहरुको रोग संग लड्न सक्ने प्रतिरक्षा प्रणाली कमजोर हुनु हो । यो मौसममा शरीरको घाँटी…
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयद्वारा छ महिनामा ३३ प्रतिशत बजेट खर्च
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षको आधा अवधीमा ३३.२८ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेशको अरु भन्दा स्वास्थ्य मन्त्रालयले राम्रो रुपमा बजेट खर्च गरेको छ।स्वास्थ्य मन्त्रालयसँग ४ अर्ब ४३ करोड ४४ लाख २ हजार बजेट मध्ये ३३.२८प्रतिशत खर्च गरेको छ । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको आधा अवधीमा साढे १८ प्रतिशत मात्रै बजेट गरेको छ । प्रदेश सरकारले ४० अर्ब ४७ करोड ९७ बजेट विनियोजन गरिएकोमा चालु आर्थिक वर्षको पुसमसान्तसम्म पुँजीगत र चालु गरी ७ अर्ब ४८ करोड रकम खर्च भएको प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालयले…
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा प्रभावकारी बन्दै
स्वास्थ्यसमाचार/राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएसँगै सेवा पनि प्रभावकारी बन्दै गएको छ ।प्रतिष्ठानका कामु निर्देशक डा रमेश कडेलले ओपिडिबाट १ हजार ६ सय ५४ जना बिरामीले परामर्शसहितको स्वास्थ्य सेवा लिएको जानकारी दिनुभयो । गएको साउनदेखि माघको तेस्रो हप्तासम्म सो संख्यामा युरोलोजी सेवा लिएका हुन ।युरोलोजी सेवा जिल्लामा नहुदा बिरामीहरु सामान्यदेखि बिशिष्टकृत सेवा लिन जिल्ला बाहिर जानुपर्ने बाध्यता यसअघि भएपनि प्रतिष्ठानमा उक्त सेवा विस्तार भएपछि अहिले त्यो समस्याको समाधान भएको छ । युरोलोजिष्ट सर्जन डा प्रबोध रेग्मीको नेतृत्वमा चिकित्सक र स्वास्थ्यकर्मीले सो सेवा दिइरहेको कामु निर्देशक डा कडेलले बताउनुभयो…
आफ्नो मायालुको लागि धूमपान त्याग्न डा ओममूर्ति अनिलको आग्रह
वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने नाराका साथ धूमपान सेवनलाई निरुत्साहित गर्न चेतनामूलक अभियानको थालनी गर्नु भएको छ । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा गरिने बसन्त पञ्चमी र प्रणय दिवस यस वर्ष फागुन २ गते परेको सन्दर्भ पारेर उक्त दिन ज्ञान र प्रेमलाई मिश्रण गर्दै धूमपान सेवन मुक्त समाज निर्माणका लागि अवसरका रूपमा उपयोग गरिएको डा अनिलले बताए । कुनै विशेष अवसरमा मानिसले केही चिज त्याग ग¥यो भने त्यो सफल हुने सम्भावना बढी हुन्छ । साथै अविस्मरणीय र महत्वपूर्ण पनि हुने…
चिनीजस्तै नुन पनि बढी सेवन स्वास्थ्यका लागि जोखिमपूर्ण :पोषणविद्
स्वास्थ्यसमाचार/ चिनीजस्तै नुन पनि बढी सेवन गर्न नहुने भन्दै पोषणविद्हरूले सचेत गराएका छन् । आयोडिन मन्थका अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूले सचेत गराएका हुन् । नुन उत्पादन, ढुवानी, भण्डारण, वितरण र उपभोग सम्बन्धमा जनचेतना जगाउन विश्वव्यापीरूपमा उपभोक्ता जागरण गराउने उद्देश्यले मनाउँदै आएको महिनाव्यापी प्रचार अभियानको पहिलो दिन मञ्चले आयोजना गरेको कार्यक्रममा बढ्दो शहरीकरणसँगै नागरिकमा खाद्यवस्तुको उपभोग गर्ने बानीमा पनि परिवर्तन भइरहेको र त्यसमा पनि जंकफुडको व्यापक प्रयोगले खानपानमा नुनको मात्रा बढी हुँदा थाइराइडलगायत नसर्ने खालका रोगको जोखिम बढ्दै गएको बताइएको छ । कार्यक्रममा स्वास्थ्य मन्त्रालय, महिला कल्याण…
एक वर्षमा २८ हजार प्रहरीले उपचार गराए लुम्बिनी प्रहरी अस्पतालमा
स्वास्थ्यसमाचार/नेपालगन्जमा रहेको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले गएको एक वर्षमा २८ हजार ६८१ जना प्रहरी, प्रहरीका परिवार र पूर्व प्रहरीको उपचार गरेको छ । लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका समेत प्रहरी र उनका परिवारका बिरामीलाई उपचार सेवा दिँदै आएको सो अस्पतालमा बिरामीको चाप बर्सेनि बढ्दै गएको सो अस्पतालले जनाएको छ । लुम्बिनी प्रदेश प्रहरी अस्पतालका निर्देशक तथा प्रहरी वरिष्ठ उपरीक्षक डाअमिनकुमार श्रेष्ठका अनुसार यो अस्पतालले पश्चिम नेपालका कर्णाली र लुम्बिनी प्रदेशका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरूका परिवार र पूर्व प्रहरीलाई लामो समयदेखि उपचार सेवा प्रदान गर्दै आएको छ । उहाँले गत…
अर्घाखाँचीमा गृहिणीहरूका लागि भान्सा सुधार कार्यक्रम सञ्चालन
स्वास्थ्यसमाचार/अर्घाखाँचीमा स्वस्थकर जीवनशैली प्रवर्द्धनमा गृहिणीहरूका लागि भान्सा सुधार कार्यक्रम सञ्चालन गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र अर्घाखाँचीको आयोजनामा जिल्लाका बिभिन्न स्थानमा भान्सा मार्फत स्वस्थकर जीवन जिउन सहयोग गर्ने उद्धेश्य अनुरुप गृहिणीहरूलाई लक्षित गरी भान्सा सुधार कार्यक्रम सञ्चालन गरिएको हो । खाना पकाउनु पूर्वदेखि उपभोगसम्म आयुर्वेदमा लिपिबद्ध पोषण प्रबर्द्धन कार्यहरूलाई पोषण संवेदनशील भई भान्सा सुधार मार्फत स्वस्थकर जीवन जिउनका लागि समुदायको पोषण सुधार हुने गरी परिणाम प्राप्त गर्नु यस कार्यक्रमको मुख्य उदेश्य रहेको केन्द्रले जनाएको छ । आयुर्वेद चिकित्सा विज्ञानमा स्वस्थ हुनका लागि असल खानापान, असल ब्यवहार र विचारलाई प्रमुख मानिएको…

