लुम्बिनी प्रदेश सरकारको प्राथामिकता कोरोना रोकथाम र नियन्त्रण हो: मन्त्री खडका

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले आफूहरुको मुख्य प्राथमिकता कोरोना रोकथाम र नियन्त्रणमा रहेको बताए । उनले भने, मुलुक यतिबेला कोरोनाले थलिएको छ, तेस्रो लहरले थप क्षति नपुराओस भन्ने उद्धेश्यले प्रदेशवासीलाई खोप दिने तयारीमा छौं । हाम्रो पहिलो लक्ष्य भनेको कोरोना रोकथाम हो । मन्त्री खड्काले १८ वर्षभन्दा मुनिकालाई खोप लगाएर विद्यालयहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको दाबी गरे । कोरोना महामारीले बेरोजगार बस्न बाध्य भएका नागरिकहरुको लागि रोजगारीका अवसरहरु सिर्जना गर्ने विश्वास व्यक्त गरे । थला परेका व्यवसायीहरुलाई राहत प्रदान गरेर अगाडी बढ्न प्रेरित गर्ने…

नर्सिङ कलेज संचालकको आयोगलाई चेतावनीः विद्यार्थी देउ, कि तालाचावी लेउ

काठमान्डौ /चिकित्सा शिक्षा आयोगले स्नातकतर्फ लिएको एकीकृत प्रवेश परीक्षा अव्यवहारिक भएको भन्दै नर्सिङ तथा पारामेडिक्स अध्यापन गराउने कलेज संचालकहरुले विरोध जनाएका छन् । कलेजहरुलाई अध्यापन गराउन तोकिएको विद्यार्थी पनि उत्तीर्ण नहुने गरी परीक्षा लिएर निजी कलेजहरुलाई बन्द गराउने रणनीति आयोगले लिएको भन्दै विरोध जनाएका हुन् । सोमबार पत्रकार सम्मेलन गर्दै कलेज संचालकहरुले यदि एकीकृत परीक्षाको रिजल्टलाई पुनस्विचार नगरे कलेजको चावी आयोगलाई बुझाउने धम्की दिएका छन् । पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत नर्सिङ तथा पारामेडिक्स कलेजहरुको छाता संगठन एलाइट साइन्स इन्स्टिच्युसन एसोसिएसन ९एसिया०का अध्यक्ष एमप्रसाद अधिकारीले सोमबार सांकेतिक रुपमा कलेजहरुको साँचो बुझाउने बताए ।…

जापानबाट आयो थप २ लाख ८० हजार अस्ट्राजेनेका खोप

जापानबाट कोरोनाविरुद्को खोप नेपाल आइपुगेको छ। जापानले कभ्याक्स सुविधामार्फत उपलब्ध गराएको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये आज २ लाख ८ हजार ७ सय डोज खोप आइपुगेको हो। यसअघि ९ लाख डोज खोप आइसकेको छ। अब बाँकी रहेको खोप ७ गते नेपाल आउने बताइएको छ।व्यवस्थापन महाशाखाका अनुसार १६ लाखमध्ये दुई चरणमा गरी बाँकी सात लाख डोज खोप नेपाल आउन लागेको हो। यसअघि जापानबाट ९ लाख खोप नेपाल आइसकेको छ। उक्त खोप चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षमाथिका नागरिकलाई लगाइएको छ। अब आउने खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो…

स्वास्थ्यमा सबैको काज फिर्ता हुने, रिक्त दरबन्दी र करारको खोजी सुरु

काठमान्डौ /स्वास्थ्य मन्त्रालयमा पहुँचका भरमा सुगम तथा अनकूलका ठाउँमा राखिएका काज फिर्ता गरिने भएको छ।प्रदेश र स्थानीय तहमा समायोजन भइसकेका चिकित्सक एवं स्वास्थ्यकर्मी पहुँचका भरमा मन्त्रालय, विभागमा थुप्रिने प्रवृति बढेपछि मन्त्रालयले दरबन्दी र जनशक्ति व्यवस्थापन गर्न लागेको हो । विशेषगरी ओली सरकारका समयमा राजनीतिक पहुँचका आधार ठूलो संख्यामा कर्मचारी मन्त्रालय, विभाग र प्रदेशका संरचनामा काज राखिएका छन् ।मन्त्रालय एवं तिनै तहका सरकार अन्तर्गत कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी नर्स एवं अन्य कर्मचारीको दरवन्दी विवरण, रिक्त दरवन्दी अवस्था, काज गएको स्थान र औचित्यसहित करारको समेत विवरण यकीन गरी विवरण बुझाउन स्वास्थ्य राज्यमन्त्रीस्तरीय निर्णयबाट…

म्याद गुज्रन लागेपछि एस्ट्राजेनेका खोप लगाउने समूहको दायरा बढाइयो

स्वास्थ्यसमाचार / सरकारले मिति सकिन लागेपछि एस्ट्राजेनेका खोप लगाउने लक्षित समूहको दायरा बढाएको छ। सरकारले १८ वर्ष उमेर पुगेका कक्षा १२ का विद्यार्थीहरु र सीमा नाकाका प्रवेश बिन्दुहरुबाट नेपाल प्रवेश गर्ने १८ वर्ष पुरा भएका नागरिकलाई एस्ट्राजेनेका खोप दिने निर्णय गरेको छ। अहिले गत चैतमा कोभिसिल्डको पहिलो मात्रा खोप लगाएका ६५ वर्षमाथिका नागरिकलाई दोस्रो मात्राको रुपमा यो खोप दिइएको छ।।तर, यही अगस्ट महिनामा खोपको प्रयोग समय मिति सकिन लागेपछि लक्षित समूहको दायरा बढाउँदै १८ वर्ष पुर्याइएको छ। स्वास्थ्य सेवा विभाग, परिवाक कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले सबै प्रदेश निर्देशनालय र…

सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्दै स्वास्थ्य मन्त्रालय

स्वास्थ्यसमाचार / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विसं २०८० सम्ममा प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज स्थापना गर्ने भएको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सातवटै प्रदेशमा कलेज निर्माण गर्ने क्रममा नै प्रदेश नं २ मा मधेश स्वास्थ्य प्रतिष्ठान र रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको भौतिक पूर्वाधार सुचारु भएको जानकारी गराए। उनका अनुसार नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौँ विश्वविद्यालय मेडिकल स्कुललाई सार्वजनिक मेडिकल कलेजका रुपमा तोकी चिकित्सा शिक्षा ऐन–२०७५ को प्रावधान अनुसार छात्रवृत्ति कायम गर्ने प्रक्रियासमेत सुरु भइसकेको छ । मन्त्रालयले यस अगाडि विभिन्न मितिमा सरकारले चिकित्सा शिक्षा…

६ जना मन्त्री नियुक्त हुँदा पनि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्री पाएन ?

स्वास्थ्यसमाचार /कोरोना माहामारीको तेस्रो संक्रमण बढ्दै गएको लुम्बिनीमा स्वास्थ्य मन्त्री खाली छ । साउन २८ गते मुख्यमन्त्री कुलप्रसाद केसीसहित ७ जना मन्त्री बनेपनि यो मन्त्रालयले मन्त्री पाउन सकेको छैन । दलीग भागवण्डा नमिल्दा तीन जना विनाविभागीय मन्त्री बनेर बसेका छन् । लुम्बिनी प्रदेशमा कोरोना महामारीको संक्रमण बढ्दो छ तर यसलाई नियन्त्रणको लागि तालुकदार निकाय लुम्बिनी प्रदेशको विभागीय मन्त्रालयमा सरकारले विभागीग मन्त्री दिन सकेको छैन । माहामारी समयमा स्वास्थ्य मन्त्रालयलाई बेवास्ता गरिएको छ । तीन जना मन्त्री विनाविभागीय बनाएर राखिएपनि गठबन्धन दलमा भागवण्डा नमिलेका कारण मन्त्रालयले अभिभावक पाउन नसकेको हो ।…

महेश्वर श्रेष्ठ स्वास्थ्यराज्य मन्त्रीको प्राविधिक सल्लाहकार नियुक्त

स्वास्थ्यसमाचार /स्वास्थ्य तालिम केन्द्र लुम्बिनी निर्देशक महेश्वर श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको प्राविधिक सल्लाहकारमा नियुक्त भएका छन। महेश्वर श्रेष्ठलाई राज्यमन्त्री श्रेष्ठले सोमबार प्राविधिक सल्लाहकारमा नियुक्त गरेका हुन । प्रदेश स्वास्थ्य तालिम केन्द्र लुम्बिनी प्रदेशको प्रमुख रहेका श्रेष्ठलाई आइतबार मात्रै स्वास्थ्य मन्त्रालयमा तानिएको थियो। स्वास्थ्य शिक्षा समूह अन्तर्गत ११औं तहका कर्मचारी रहनु भएका श्रेष्ठ जनस्वास्थ्य संघका केन्द्रीय महासचिव समेत हुन । कर्मचारी समायोजनका क्रममा उनी प्रदेश स्वास्थ्य तालिम केन्द्रमा आएका थिए ।जनस्वास्थ्य संघका निर्वाचित केन्द्रीय महासचिव श्रेष्ठ स्वास्थ्य सेवा करिअरमा आधा दर्जनभन्दा बढी जिल्लाका प्रमुख भएर हाँकेपनि केन्द्रमा अवसर…

७ जना डाक्टर दशौं तहमा स्तरवृद्धि

स्वास्थ्यसमाचार / स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सात जना डाक्टरको दशौँ तहमा स्तरबृद्धि गरेको छ । मन्त्रालयले आइतबार उहाँहरुको स्तरबृद्धि गरेको हो । स्तरबृद्धि हुनेहरुमा गुल्मी अस्पतालका मेसु डा उत्तम पच्या, स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरी र दमौली अस्पतालमा मेसु डा सुनील पौडेल रहुनभएको छ । यस्तै सेती अस्पतालका कन्सलट्यान्ट डा जगदीश जोशी, प्युठान अस्पतालका मेसु डा नविन दर्नाल, स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखरामा कार्यरत कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा बुद्धिप्रसाद पौडेल र बरिष्ठ जनस्वास्थ्य प्रशासक डा सुरेश मेहताको पनि दशौं तहमा स्तरवृद्दि भएको छ ।  

स्वास्थ्य तालिमकेन्द्रका निर्देशक श्रेष्ठ स्वास्थ्य मन्त्रालयमा सरुवा

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ। स्वास्थ्य शिक्षा समूह ११औं तहका महेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयमा सरुवा गरिएको छ। समायोजनसँगै लुम्बिनी प्रदेशमा कार्यरत श्रेष्ठलाई मन्त्रालयमा तानिएको हो।जनस्वास्थ्य संघका निर्वाचित केन्द्रीय महासचिव श्रेष्ठ स्वास्थ्य सेवा करिअरमा आधा दर्जनभन्दा बढी जिल्लाका प्रमुख भएर हाँकेपनि केन्द्रमा अवसर पाएका थिएनन् । श्रेष्ठलाई मन्त्रालय वा विभाग अन्तर्गतको कुनै महत्वपूर्ण महाशाखामा जिम्मेवारी तयारीका साथ मन्त्रालय ल्याइएको हो ।सो समूहमा ११तहका चार जना भएपनि डेमोक्रयास समूहबाट श्रेष्ठ प्रभावशाली छन।