कपिलवस्तुमा झाडापखालाका बिरामी ४सय ६१ पुगे , नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयको टोली पखालाग्रस्त क्षेत्रमा

विपना पौडेल कपिलबस्तु / असोज १८ गतेदेखी कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलीएको झाडापखालाका बिरामी ४ सय ६१ पुगेका छन । कृष्णनगर नगरपालिका वडा नं ७, ८, ९ मा १८ गते रातिदेखि बान्तासँगै झाडापखाला लाग्ने बिरामीको ह्वातै बढेको छ । चेतनाको अभावका कारण सरसफाईमा ध्यान नदिँदा तथा दूषित पानीका कारण झाडापखालाको प्रकोप बढेको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताव शाहाले वताए । साथै प्रकोप फैलियको ठाउँमा चेतना कार्यक्रम सुरु गरेको बताउदै के कारणले झाडापखाला फैलियो भन्ने रिर्पाट शुक्रबार शाझ सम्म आउने मेयर शाहले बताए । शिवराज अस्पतालका निमित्त प्रमुख डाक्टर मुकेश चौधरीले…

रुपन्देहीमा १८ वर्षमाथिका सबैलाई कोरोनाबिरुद्धको खोप लगाउने

स्वास्थ्यसमाचार/रुपन्देहीमा दशै अघिनै १८ वर्षमाथिका सबै नागरिकले कोरोना बिरुद्धको खोप लगाउने भएका छन । जिल्ला स्वास्थ्य स्वास्थ्य कार्यालय रूपन्देहीका प्रमुख डा राजेन्द्र गिरीले रुपन्देहीमा १८ बर्षमाथिका सबैलाई कोरोना बिरुद्धको भेरोसिल खोप लगाउन थालिएको बताए । डा गिरीले भने जिल्लाका १६बटै पालिकामा असोज २२ र २३ १८ बर्षमाथि उमेर समूहका सबै व्यक्तिलाई खोप लगाउन निर्देशन दिइसकेको छ ।जिल्लामा कुल जनसंख्या १ लाख ८१ हजार मध्ये वालवालिका हरु १लाख २५ हजार र वाकी २ लाखले दुईमात्रा लगाई सकेका र २लाख ५० हजारले पहिलो डोज खोप लगाएको र वाकी ४ लाखलाई दशै अघि…

कपिलवस्तुमा झाडापखालाका बिरामीको संख्या तीन सय नाघ्यो

स्वास्थ्यसमाचार/कपिलवस्तुको कृष्णनगर नगरपालिकामा झाडापखालाको महामारी बढ्दो छ । आइतबारदेखि फैलिएको महामारीबाट दुर्इ जनाको मृत्यु भएको छ भने तीन सय बढी बिरामी छन् । झाडापखालाको महामारीका कारण कृष्णनगर नगरपालिकाको वडा नम्बर– ९ बहादुरगञ्जका ५ वर्षीय राज कश्यप र वडा नम्बर ८का ४० वर्षीय रामप्रसाद केवटको मृत्यु भएको बताइएको छ । कश्यपको निजी क्लिनिकमा उपचारको क्रममा तथा केवटको उपचार अभावमा घरमै मृत्युभएको मृतक परिवारका सदस्यले बताएका छन् । अस्पताल श्रोतका अनुसार ३५ जना बिरामीलाई अन्य अस्पतालहरूमा रेफर गरिएको छ भने एक सयजना सञ्चो भइ घर फर्केको अवस्था छ । शिवराज अस्पतालका निमित्त…

टिकट काट्न २० रुपैया भएन, घर मै राख्दा झाडा पखालाले मृत्यु

स्वास्थ्यसमाचार/कृष्णनगर नगरपालिका ८ बहादुरगन्जका वर्ष ४८ का राम प्रसाद केवट दिउसो ४ बजे शौचालय गएका थिए । घरमा शौचालय नभएको कारण उनी गाउँ नजिकैको खेतमा शौच गरे । उनलाई ४ पटक सम्म पातलो दिशा गएको थियो । दैनिक ज्यादा मजदुरी गर्दै केवट त्यो दिन काम पाएका थिएनन् । काम नभए पछि उनी घर मै थिए । राती ९ बजे पछि उनको स्वास्थ्यमा थप समस्या आउन सुरु गरेको थियो । पातलो दिसा सँगै बान्ता समेत सुरु भयो । त्यही झाडा बान्ताका कारण केवटले उपचार नपाई ज्यान गुमाए । केवटको घर देखी…

लुम्बिनी प्रदेश सरकारको नयाँ बजेट : स्वास्थ्य क्षेत्रलाई प्राथमिकता

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारले ४० अर्व ९५ करोड ९७ लाख रुपैयाँको नयाँ बजेट प्रस्तुत गरेको छ। सरकारका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयक मार्फत नयाँ बजेट घोषणा गरेका छन । कूल बजेटमध्ये चालुखर्च तर्फ १३ अर्ब ६४ करोड ५७ लाख १० हजार रुपैयाँ र पूजीगत खर्चतर्फ २२ अर्ब ४७ करोड १५ लाख रुपैयाँ रहेको छ। प्रतिशतका आधारमा कुल बजेटको ३३.३१ प्रतिशत चालु खर्चतर्फ र ५४.८७ प्रतिशत पूजीगत खर्चतर्फ हुन आउँछ। त्यसबाहेक ११.८२ प्रतिशत अर्थात् ४ अर्ब ८४ करोड २३ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन…

अस्पतालको माया र कोरोनाको कहालीलाग्दो अवस्था सम्झेर भाव बिभोर हुँदै बिदा भए :डा खनाल

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालका निवर्तमान प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा राजेन्द्र खनालले २१ महिना सम्म अस्पतालमा रहदा आफुले गरेका काम र अब गर्नुपर्ने कामको बारेमा जानकारी गराएका छन । अस्पतालमा आज संञ्चारकर्मि चिकित्सक नर्स तथा अस्पतालका कर्मचारी सहभागी कार्यक्रममा वोल्दै डा खनालले २१ महिना सम्म अस्पतालका सबैबाट आफुलाई सहयोग रहेको बताए । खनालले आफु मेडिकल सुपरिटेण्डेन्ट वाट बिदा भएपनि अस्पताल प्रति आफनो सहयोग निरन्तरता रहने बताए । लुम्बिनि प्रादेशिक अस्पताल बुटवलको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट पदको जिम्मेवारी बहन गर्दाको कार्य सम्पादन प्रदेश सरकारको प्रदेश नं. ५ को तत्कालिन मन्त्रि परिषद् मिति २०७६…

कपिलबस्तुको कृष्णनगरमा झाडापखला २ सय बिरामी २ को मृत्यु

स्वास्थ्यसमाचार /कपिलवस्तुको कृष्णनगरमा गए राति देखि झाडापखलाको संक्रमण फैलिएर २ सय भन्दा बढि बिरामी परेका छन । जिल्ला स्वास्थ्य, कार्यालय कपिलवस्तुका अनुसार कृष्णनगर नगरपालिका वडा नम्बर ७, ८ र ९ मा सोमबार रातिदेखि झाडापखला र वान्ता गर्ने बिरामीहरु बढेको छन । कृष्णनगर भारतसँग नजिककै पर्छ जहाँ २ सय भन्दा बढी बिरामी परेका छन् । भने, दुई जनाको मृत्यु भइसकेको छ । उनीहरुको कपिलवस्तुका विभिन्न अस्पताल र मेडिकलहरुमा उपचार भइरहेको बताइएको छ । स्वास्थ्य कार्यालय, कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले विभिन्न अस्पतालमा गरी २ सय जना विरामी परेको बताए । उनले भने,…

एच आइ भी संक्रमितद्धारा खोपलगाउन माग गर्दे मन्त्रालयमा बुझाए ज्ञापनपत्र

स्वास्थ्यसमाचार /रुपन्देही एच आइ भी एड्स संक्रमितलाई कोरोना बिरुद्धको खोपलगाउन माग गर्दे लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय जिल्ला स्वास्थ्य कार्यलय रुपन्देही र जिल्ला प्रशासन कार्यलय रुपन्देहीमा ज्ञापन पत्र बुझाएका छन । जिल्ला १५ सय संक्रमित रहेकोमा ५ सय जनाले खोप लगाई सकेको र वाकीलाई खोप लगाउन माग गर्दे ज्ञापनपत्र बुझाएका हुन ।ज्ञापन पत्र बुझदै लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय सचिब डा बिकास देवकोटाले उनीहरुलाई तत्काल खोप लगाउने ब्यबस्था मिलाउने बताए ।सचिब डा देबकोटाले जिल्लामा रहेका संक्रमितलाई पाएक पर्ने ठाउमा गएर खोप लगाउने ब्यबस्था मिलाउन…

लुम्बिनी प्रादेशिक अस्पतालमा नि.मेसु डा ढकालले गरे पदभार ग्रहण

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा नयाँ निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा ईन्द्र ढकालले पदभार ग्रहण गरेका छन । आज एक समारोहका बीच डा ढकालले पदभार ग्रहण गरेका हुन । उनलाई अस्पताल प्रमुखको कक्षमा अस्पताल विकास समितिका अध्यक्ष सुर्य भट्टराई र निवर्तमान भएका मेसु डा. राजेन्द्र प्रसाद खनालले खादा ओढाएर स्वागत गरेका थिए । पदभार ग्रहण गर्दै निमित्त मेसु ढकालले सरकारले घोषणा गरेको सर्वसुलभ स्वास्थ्य सेवा र नागरिकको निशुल्क स्वास्थ्य अधिकारलाई परिपालना गर्ने प्रतिवद्धता ब्यक्त गरे । उनले अस्पतालसँग भएको साधन र श्रोतलाई परिचालन गरि अस्पतालको आयश्रोत बृद्दीको व्यवस्था गरिने वताउदै डा…

लुम्बिनी प्रदेशमा २६ प्रतिशतले कोरोना बिरुद्धको पूर्ण खोप लगाए

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशमा कोराना बिरुद्धको ३३ लाख ८७ हजार १सय २८ अपेक्षित जनामध्ये २६ प्रतिशतले पूर्ण मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार प्रदेशमा ३२ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन्। खोप लगाउनेमा रुपन्देहीको कुन जनसंख्यामा २६ प्रतिशतले पूर्ण मात्रामा खोप लगाएको पाइएको छ। अपेक्षित जनसंख्याको ३१ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् । मन्त्रालयका अनुसार जिल्लामा सात लाख १३ हजार १६८ अपेक्षित जनसंख्या रहेका छन्। लुम्बिनी प्रदेशको कुन जिल्लामा कतिले लगाए का छन कोरोना बिरुद्धको खोप । प्रदेशको पूर्वी रुकुममा ३८ हजार ७१३ अपेक्षित जनसंख्या…