स्वास्थ्यसमाचार/लायन्स क्लव अफ बुटवल स्टार्स ,लायन्स क्लब अफ बुटवल क्षितिज ,लियो क्लव अफ बुटवल क्षितिज र लियाे क्लब बुटवल स्टार्सको आयोजनामा मानपकडी स्वाथ्य चौकीमा एक दिने स्वाथ्य शिविर गरेको छ । शिविरको शुभारम्भ गर्दै लायन्स डिष्ट्रिक ३२५ डिष्ट्रिक गर्भनर अर्जुनमान सैंजुले लायन्स क्लवले सामाजिक उत्तरदायित्व अभियान अनुसार सेवा प्रवाह जारी राखेको बताएका थिए । कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले स्वाथ्य शिविर आयोजना गरेर क्लवले गाउँमा राम्रो काम गरेको बताएका थिए । कार्यक्रममा लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष रिंकु लिगल, लायन्स क्लव अफ बुटवल क्षितिजका अध्यक्ष ध्रुब…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
सिकलसेल र थालेसिमिया लाई स्वास्थ्य बीमामा समावेश गरौ :मन्त्री केसी
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ ले सिकलसेल एनिमिया र थालेसिमिया रोगको निदान र उपचारलाई स्वास्थ्य बीमामा समावेश गर्न अनुरोध गर्नुभएको छ । बाँके निर्वाचन क्षेत्र नं१ (१)१ बाट निर्वाचित मन्त्री केसीले बुधवार स्वास्थ्य बीमा वोर्ड काठमाडौं पुगेर वोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलामार्फत् यस्तो अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । वोर्डका कार्यकारी निर्देशक डा बसौलासमक्ष मन्त्री केसीले हजारौं सिकलसेल एनिमिया र थालेसिमियाका बिरामीको निदान र उपचार स्वास्थ्य बीमाको सुबिधा थैलीमा समावेश नगरिदा यस रोगका बिरामीले औषधी खरिद गर्नुपर्ने भएको भन्दै स्वास्थ्य बीमाले प्रदान गर्ने निःशुल्क औषधीको सुबिधा…
तिलोत्तमाको आनन्दवन स्वास्थ्य चौकीमा भिडियो एक्स-रे सेवा सुरु
स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका आनन्दवन स्वस्थ चौकीमा भिडियो– एक्स रे सेवा सुरु भएको छ। तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले भिडियो– एक्स रे सेवाको उदघाटन गर्नु भएको छ। गर्भवतीको गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन र समयमै समस्याको पहिचान गर्ने उद्देश्यले पालीकाभित्र नै गर्भवतीका लागि निःशुल्क भिडियो एक्स–रे सेवा सञ्चालन गरेको नगरप्रमुख खाँणले बताउनु भयो । अब ‘ भिडियो एक्स–रे मेसिन’को प्रयोग गरी स्वास्थ्यकर्मीले नगरवासीले सेवा दिन सहज हुने बताउनु भयो। यो सेवा सुरु गर्नुअघि पालीका भित्र का गर्भवतीको गर्भावस्थाको परीक्षणका लागि बुटबल लगायतका क्षेत्रमा पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो । अहिले…
कानून विपरित सञ्चालित वीर अस्पताल छेउका दुई वटा फार्मेसी बन्द
स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतको निर्देशनमा औषधि व्यवस्था विभागका अधिकारीहरुको समेत निरीक्षण पछि कानून विपरित महंगोमा औषधि विक्रिबितरण गरिरहेका वीर अस्पताल छेउकै दुई वटा फार्मेसी बन्द गराएको छ । वीर अस्पतालको नयाँ भवन (सर्जिकल) को छेउमै गुठीको जग्गामा निजीस्तरमा सञ्चालन गरिएका उपकार फर्मा र सत्यम फर्माले दर्ता नभएका, म्याद गुज्रिएका र मूल्य नै नतोकिएका औषधि महंगोमा विरामीलाई बिक्रि वितरण गरिरहेको फेला परेपछि दुई वटै फार्मेसी बन्द गरिएको हो । विरामीलाई आवश्यक पर्ने औषधि वीर अस्पताल भित्रका फार्मेसीमा नपाउने र वीरका निर्देशकले मिलेमतोमा विरामीलाई बाहिरका फार्मेसीबाट महंगो औषधि किनाउने…
स्थापनाको ११४ बर्षमा लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथ ल्याब सुरु
स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल स्थापनाको ११४ बर्षमा क्याथ ल्याब सेवा सुरु भएको छ । सेवा आजबाट सुरु भएको अस्पताल बुटबलले जनाएको छ।अस्पतालले सुरु गरेको यो सेवा संगै सर्वसाधारणको पहुँचको अस्पतालको रुपमा चिनिँदै आएको लुम्विनी प्रादेशिक अस्पतालमा मुटुका बिरामीहरुलाई राहत हुने भएको छ। एनजीओग्राम सेवा मान्छेको मुटुमा भएको ‘ब्लकएज’ परीक्षण गर्ने विधि हो ।सो सेवा सञ्चालनमा आएपछि लुम्बिनी प्रदेश र आसपासका जनता उपचारका लागि राजधानीसम्म धाउनुपर्ने बाध्यता हटेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले आज एकै दिन २ जना बिरामीको एन्जियोग्राम गरेको वताउनु भयो। आज पहिलो दिन अस्पतालले गुल्मीका ७५…
एच.आई.भी. एड्सको न्यूनिकरणका लागि ओपन म्युजिक लाइभ कन्सर्ट
स्वास्थ्यसमाचार/सधै फेसनमा भन्ने थिमका साथ एच.आई.भि. एड्सको न्यूनिकरणका लागि बुटवलमा ओपन म्युजिक लाइभ कन्सर्ट सम्पन्न भएको छ।अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा मंगलबार दिउसो ३ बजेदेखि बुटवलमा म्युजिक लाइभ कन्सर्ट गरिएको थियो । एड्स हेल्थ फाउण्डेसन AHF को सहयोग तथा लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको संयोजन र आस्था समुहको आयोजनामा बुटवलको ट्राफिकचोकमा ओपन म्युजिक लाइभ कन्सर्ट गरिएको एड्स हेल्थ फाउण्डेसनAHF का दिव्यराज जोशीले बताउनुभयो। लाइभ कन्सर्टमा नेपाली गीत संगीतका ख्यातिप्राप्त गायक तथा संगीतकार काली प्रसाद बास्कोटाले करिव १ दर्जन गीत मार्फत ट्राफिक चोकलाई झुमाएका थिए। चिसो मौसमलाई रंगीन र तातो बनाएका कालीले आफ्नो…
कपिलवस्तु दुर्घटनाका ३ मृतकको सनाखत, ३० जना उपचाररत (घाइतेको विवरणसहित)
स्वास्थ्यसमाचार/पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार मध्यरातमा भएको बस दुर्घटनाका मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला छन्। यीमध्ये तीन जनाको मात्र सनाखत भएको छ। कपिलवस्तु प्रहरीका अनुसार नाम थर वतन नखुलेको वर्ष अ २५/२६ को पुरुष व्यक्ति ०५ः२५ बजे आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाले मृत घोषणा गरेको छ।यसैगरी नाम थर वतन नखुलेको वर्ष अं.२५/२६ कै पुरुष व्यक्ति ०५ः२५ बजे आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाले मृत घोषणा गरेको छ। अर्का एक मृतकको रौतहट जिल्ला पहुराही नपा ३ बस्ने वर्ष ४६ को नारायण ब। भण्डारीलाई रहेको र…
कपिलवस्तुमा बस दुर्घटना १० जनाको मृत्यु, ३० घाइते बुटबल र कपिलबस्तुमा उपचार हुदै
स्वास्थ्यसमाचार/पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा मध्यरातमा भएको बस दुर्घटनामा १० जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक अनिश भण्डारीले दिएको जानकारी अनुसार बुधबार राति १ बजे भएको बस दुर्घटनामा मृतकको संख्या १० जना पुगेको छ । महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त बस सुरही खोलामा खस्दा १० जनाको मृत्यु भएको हो। प्रहरीकाअनुसार ३२ जना घाइतेमध्ये ८ जनाको अवस्था गम्भिर छ । सुदुर पश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु–प–प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट २ सय मिटर तल खसेको हो। चन्द्रौटा देखि…
अक्सबृज इन्टरनेश्नल एकेडेमीमा नवआगन्तुक विद्यार्थीलाई स्वागत
स्वास्थ्यसमाचार/ प्राविधिक शिक्षा प्रदान गर्दै आएको बुटवलको अक्सबृज इन्टरनेश्नल एकेडेमीमा सरस्वती पूजा तथा नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरिएको छ । कार्यक्रमको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले उद्घाटन गर्दै शिक्षा र संस्कार दुबै एउटै सिक्काका दुई पाटा भएको बताए । ब्यक्ति स्वस्थ्य भएमात्र समाजको विकास हुने तर्क दिदै उनले स्वस्थ्य मानव र समुदायबाट समुन्नत देश विकास हुने बताए । प्राविधिक शिक्षा लिइरहेका विद्यार्थीहरु अझ बढि संवेदनशिल हुनुपर्ने उनले बताए। युवामा शिक्षासँगै संस्कार जोडिएका उर्जा प्राप्त हुने उनले बताए ।एक कार्यक्रमका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट…
पराल्मी स्वास्थ्य चौकीको नयाँ भवनको नगरप्रमुख पन्थीद्वारा उद्घाटन
स्वास्थ्यसमाचार/गुल्मीको रेसुङ्गा नगरपालिका(१४ पराल्मीमा स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।रेसुङ्गा नगरपालिका का नगरप्रमुख खिलध्वज पन्थीले नवनिर्मित स्वास्थ्य चौकी भवनको एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । नवनिर्मित पराल्मी स्वास्थ्य चौकी भवनको उद्घाटन गर्नुहुँदै नगरप्रमुख पन्थीले नगरपालिकाकै सबैभन्दा पिछडिएको वडामा सुविधायुक्त भवनको उद्घाटन गरि सेवा प्रवाह गर्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले यस स्वास्थ्य चौकीबाट गरिब तथा विपन्न परिवारका नागरिकहरुलाई सेवाबाट लाभान्वित हुन आग्रह गर्नुभयो । यस वडाको विकासलाई प्राथमिकतामा राखेको भन्दै शिक्षा र स्वास्थ्यलाई केन्द्रमा राखेर नगरपालिकाले विकासका कार्यलाई अगाडी बढाएको बताउनुभयो । त्यस अवसरमा नगरपालिकाका समाजिक…


