कपिलवस्तु दुर्घटनाका ३ मृतकको सनाखत, ३० जना उपचाररत (घाइतेको विवरणसहित)

स्वास्थ्यसमाचार/पूर्व पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही खोलामा बुधवार मध्यरातमा भएको बस दुर्घटनाका मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला छन्। यीमध्ये तीन जनाको मात्र सनाखत भएको छ।

कपिलवस्तु प्रहरीका अनुसार नाम थर वतन नखुलेको वर्ष अ २५/२६ को पुरुष व्यक्ति ०५ः२५ बजे आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाले मृत घोषणा गरेको छ।यसैगरी नाम थर वतन नखुलेको वर्ष अं.२५/२६ कै पुरुष व्यक्ति ०५ः२५ बजे आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाले मृत घोषणा गरेको छ।

अर्का एक मृतकको रौतहट जिल्ला पहुराही नपा ३ बस्ने वर्ष ४६ को नारायण ब। भण्डारीलाई रहेको र ऐ.०६ः२५ बजे आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाले मृत घोषणा गरेको छ।

यसैगरी ३० जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। महेन्द्रनगरबाट काठमाडौँ तर्फ जाँदै गरेको यात्रु बस सुरही खोलामा खस्दा १० जनाको मृत्यु भएको हो।

सुदूर पश्चिमको सुनौलो महाकाली यातायातले सञ्चालन गरेको सु–प – प्र–०२–००१ ख ००९८ नम्बरको बस बाटोबाट करिब १ सय मिटर तल खसेको हो। चन्द्रौटादेखि उत्तर १६ किलो मिटर मोडमा दुर्घटना भएको थियो। बस आज राति १२ः२५ मा कपिलवस्तु शिवराज नगरपालिका–१ स्थित सुरही खोलामा दुर्घटना भएको हो।

कपिलवस्तु प्रहरीले उपलब्ध गराएको घाइतेहरू विवरण र उपचारस्थल

बुटवल रुपन्देही रिफर भएका निम्न घाइतेहरू –

१. जि.ओखलढुङ्गा घर भई रुद्रध्वज गण महेन्द्रनगरमा कार्यरत हवलदार लोक ब. कार्कीको टाउको र शरीरको विभिन्न भागमा चोट अवस्था सिरिया सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचारपश्चात् थप उपचारको लागि चौराहा अस्पताल बुटवल रिफर गरेको।

२. बस चालक जि. कन्चनपुर भिमदत्त न.पा. ४ वस्ने वर्ष ४० को पुर्ण व. चन्द बायाँ खुट्टामा चोट अवस्था मध्यम सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा सामान्य उपचारपश्चात् थप उपचारको लागि चौराहा अस्पताल बुटवल रिफर गरेको।

३. जि. कैलाली वेलडाडी न.पा–१ वस्ने वर्ष २४ को महेश सुनार दाहिने खुट्टामा चोट अवस्था मध्यम सञ्जीवनीमा उपचारपश्चात् चौराहा अस्पताल बुटवल रिफर गरेको।

४. जि. बाँके राप्ति सुनारि गा.पा.–२ वस्ने वर्ष २३ को सुशील कुँवर दाहिने खुट्टामा चोट चौराहा अस्पताल बुटवल रिफर गरेको।

५. जि. गुल्मी मालिका गा.पा. –७ बस्ने वर्ष २९ को अर्जुन कार्की निधारमा चोट अवस्था सामान्य चौराहा अस्पताल बुटवल रिफर गरेको।

६. जि. कन्चनपुर भिमद्त्त न.पा.–१८ बस्ने वर्ष २८ को सन्तोष चौधरी अनुहार र छातीमा चोट अवस्था मध्यम चौराहा अस्पताल बुटवल रिफर गरेको।

७. सहचालक जि. कन्चनपुर महेन्द्रनगर न.पा.–१८ वस्ने वर्ष ३५ को केशव हमाल टाउकोमा चोट अवस्था सामान्य, चौराहा अस्पताल बुटवल रिफर गरेको।

८. जि.बैतडी मेनौलि न.पा. –१ बस्ने वर्ष २२ को राजेश दयाल टाउकोमा चोट अवस्था मध्यम, चौराहा अस्पताल बुटवल रिफर गरेको।

९. जि. कन्चनपुर महेन्द्र नगर नगरपालिका-१ वस्ने वर्ष १८ को नितेश सुनार दुवै हातमा चोट अवस्था मध्यम , चौराहा अस्पताल बुटवल रिफर गरेको।

चन्द्रौटा कपिलवस्तुको विभिन्न अस्पतालहरूमा उपचार भइरहेका घाइतेहरू-

१०. जि. गोरखा शहिद लखन गा.पा.–७ aस्ने वर्ष ३० को मनोज बिक बाहिरी चोट नदेखिएको अवस्था सामान्य सञ्जीवनी अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको।

११. जि. दार्चुला शैलेस शिखर न.पा.–३ दार्चुला वस्ने वर्ष २४ को नबिन भट्ट नेपाली ढाडमा चोट अवस्था सामान्य, ऐ. अस्पतालमा उपचार भई रहेको।

१२. जि. कन्चनपुर भिमदत्त न.पा. १४ बस्ने वर्ष ३३ की गीता कुँवर कम्मरमा चोट अवस्था सामान्य ऐ. अस्पतालमा उपचार भई रहेको।

१३. निजको छोरा वर्ष १२ को नबिन कुँवर निधारमा चोट अवस्था सामान्य, ऐ. अस्पतालमा उपचार भई रहेको।

१४. जि. ओखलढुङ्गा झारपुर गा.पा. वडा नं नखुलेको वर्ष १९ को बिसन भुजेल निधारमा चोट अवस्था सामान्य, ऐ. अस्पतालमा उपचार भइरहेको।

१५. जि. कन्चन्पुर शुक्ला फाटा न.पा. ११ बस्ने वर्ष ३१ को मोहनसिङ लोहार निधारमा चोट सामान्य, ऐ. अस्पतालमा उपचार भइरहेको।

१६. जि. काठ्मान्डौ काठ्मान्डौ महानगर पालिका– ३ बस्ने वर्ष ४१ को अनिल तन्डुकार निधार छाती बायाँ हातमा चोट अवस्था मध्यम आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटा कपिलवस्तुमा उपचार भइरहेको, ऐ. अस्पतालमा उपचार भइरहेको।

१७. जि. कन्चनपुर भिमदत्त न.पा. १६ बस्ने वर्ष ५४ की नारायणी थापा ऐ. अस्पतालमा उपचार भइरहेको।

१८. ऐ.ऐ. १८ वस्ने वर्ष २८ को दीपेन्द्र बोहोरा दाहिने हात र निधारमा चोट अवस्था मध्यम।

१९. जि. कैलाली लम्किचुवा न.पा.–१ बस्ने वर्ष २७ की रेखा आचार्य दाहिने खुट्टा र अनुहारमा चोट अवस्था मध्यम।

२०. जि. कन्चनपुर भिमदत्त न.पा.–१८ बस्ने वर्ष ४१ की शान्ति सिङ अनुहारमा चोट अवस्था मध्यम।

२१. जि. कैलाली गेरुवा गा.पा. ४ बस्ने वर्ष३२ को गणेश काफ्ले दाहिने खुट्टामा चोट अवस्था मध्यम।

२२. निजको श्रीमती वर्ष २७ की रेखा आचार्य शरीरको भित्री भागमा चोट अवस्था सामान्य।

२३. निजको छोरी वर्ष ३ की श्रीष्टि काफ्ले टाउकोमा चोट अवस्था सामान्य।

२४. देश भारत उत्तर प्रदेश मुद्राबास बस्ने वर्ष ३५ को मोहम्मद रिजन बायाँ खुट्टामा चोट अवस्था मध्यम आधारभुतमा उपचार भइरहेको।

२५. ऐ.ऐ. बस्ने वर्ष ५४ को अनिस मनियार शरीरको विभिन्न भागमा चोट अवस्था मध्यम।

२६. जि. धादिङ सिप्ले गा.पा.-२ वस्ने वर्ष २५ को कृष्ण नेपाली अनुहार र छातीमा चोट अवस्था मध्यम।

२७. जि. कन्चनपुर भिमदत्त न.पा. १९ बस्ने वर्ष २० को सुमन विष्ट अनुहार र ढाडमा चोट अवस्था गम्भीर।

२८. जि. कन्चनपुर भिमदत्त न.पा. -१ वस्ने वर्ष २० को मनोजसिंह धामी निधारमा चोट अवस्था सामान्य।

२९. ऐ.ऐ. बस्ने वर्ष २० को अशोक सिंह सामान्य।

३० जि. कन्चनपुर भिमदत्त न.पा. ४ बस्ने वर्ष ३६ को ज्ञानेन्द्र पाल बाहिरी चोट नदेखिएको अवस्था सामान्य।

सम्बन्धित शिर्षक :