तिलोत्तमाको आनन्दवन स्वास्थ्य चौकीमा भिडियो एक्स-रे सेवा सुरु

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका आनन्दवन स्वस्थ चौकीमा भिडियो– एक्स रे सेवा सुरु भएको छ। तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले भिडियो– एक्स रे सेवाको उदघाटन गर्नु भएको छ।

गर्भवतीको गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन र समयमै समस्याको पहिचान गर्ने उद्देश्यले पालीकाभित्र नै गर्भवतीका लागि निःशुल्क भिडियो एक्स–रे सेवा सञ्चालन गरेको नगरप्रमुख खाँणले बताउनु भयो ।

अब ‘ भिडियो एक्स–रे मेसिन’को प्रयोग गरी स्वास्थ्यकर्मीले नगरवासीले सेवा दिन सहज हुने बताउनु भयो। यो सेवा सुरु गर्नुअघि पालीका भित्र का गर्भवतीको गर्भावस्थाको परीक्षणका लागि बुटबल लगायतका क्षेत्रमा पुग्नुपर्ने बाध्यता रहँदै आएको थियो ।

अहिले पालिका भित्रैबाट सेवा दिन सुरु गरेसँगै गर्भावस्थामा हुनसक्ने समस्याको समयमै पहिचान गरी उपचार गर्न सक्ने अवस्था सिर्जना भएको उहाँको भनाई छ।

तिलोत्तमा ६ का वडा अध्यक्ष गणेश पाठकले अन्य सरकारी अस्पतालमा भिडियो एक्सरेको शुल्क ७५० र निजीमा १३ सय रुपैयां शुल्क रहेकामा यहां ६५० मात्र रहेको बताउनु भयो ।

ठूलो मेहनतले भिडियो एक्सरे सेवा सञ्चालन गर्न सफल भएकाले यसको सेवा लिन नगरवासीलाई वडाध्यक्ष पाठकले अनुरोध गर्नु भयोे । स्वास्थ्य चौकीमा हरेक महिनाको पहिलो र तेस्रो शुक्रबार महिला तथा प्रसुति रोग विशेषज्ञ डा. शर्मिला शर्माले गर्भवती महिलाको भिडियो एक्सरे गर्ने स्वास्थ्य चौकीका प्रमुख ज्ञानप्रसाद पौडेलले जानकारी दिनु भयो ।

कार्यक्रममा ध्रुव धिताल,अर्जुनराज उपाध्यायले तिलोत्तमा ६ का वडाध्यक्षले वडावासी र नगरवासीको स्वास्थ्य उपचारलाई प्राथमिकतामा राखेर काम गरेको भन्दै यसबाट अरुले पनि सिक्नुपर्ने बताउनु भयो। स्वास्थ्य शिक्षा लगायका क्षेत्रमा यो नगरपालिकम अब्बल बन्दै गएको देखिएको उहाले बताउनु भयो।

सम्बन्धित शिर्षक :