शुद्धोधन गाउँपालिकाका निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

स्वास्थ्यसमाचार/लायन्स क्लव अफ बुटवल स्टार्स ,लायन्स क्लब अफ बुटवल क्षितिज ,लियो क्लव अफ बुटवल क्षितिज र लियाे क्लब बुटवल स्टार्सको आयोजनामा मानपकडी स्वाथ्य चौकीमा एक दिने स्वाथ्य शिविर गरेको छ ।

शिविरको शुभारम्भ गर्दै लायन्स डिष्ट्रिक ३२५ डिष्ट्रिक गर्भनर अर्जुनमान सैंजुले लायन्स क्लवले सामाजिक उत्तरदायित्व अभियान अनुसार सेवा प्रवाह जारी राखेको बताएका थिए । कार्यक्रममा बोल्दै शुद्धोधन गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद बस्यालले स्वाथ्य शिविर आयोजना गरेर क्लवले गाउँमा राम्रो काम गरेको बताएका थिए ।

कार्यक्रममा लायन्स क्लव अफ बुटवल स्टार्सका अध्यक्ष रिंकु लिगल, लायन्स क्लव अफ बुटवल क्षितिजका अध्यक्ष ध्रुब कुमार शर्मा, गाउपालिका उपाध्यक्ष शान्ता ज्ञवाली ,लायन्स इन्टरनेश्नल ३२५ पि फस्ट भिडिजी पुरुसोत्तमभक्त प्रधानाङ्ग, सेकेन्ड भिडिजी बालाराम भट्टराई, डिष्ट्रिक एलसीसीएफ कोअर्डिनेटर सन्दीप कसौधन, पालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेल, वडा ५ का अध्यक्ष चन्द्रमान चौधरी लगायतको सहभागीता रहेको थियो ।

शिविरमा छाला तथा यौन रोग विशेषज्ञ डा. ज्योति श्रेष्ठ, प्रस्तुती तथा स्त्रीरोग विशेषज्ञ डा. अनिता पुन सहितको स्वास्थ्यकर्मीहरुको समुहले ५२५ सर्वसाधारणहरूको स्वाथ्य परिक्षण गरेका थिए ।

 

सम्बन्धित शिर्षक :