स्थापनाको ११४ बर्षमा लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथ ल्याब सुरु

औपचारीक उदघाटन फागुन १५ गते मुख्यमन्त्री चौधरीले गर्ने

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल स्थापनाको ११४ बर्षमा क्याथ ल्याब सेवा सुरु भएको छ । सेवा आजबाट सुरु भएको अस्पताल बुटबलले जनाएको छ।अस्पतालले सुरु गरेको यो सेवा संगै सर्वसाधारणको पहुँचको अस्पतालको रुपमा चिनिँदै आएको लुम्विनी प्रादेशिक अस्पतालमा मुटुका बिरामीहरुलाई राहत हुने भएको छ।

एनजीओग्राम सेवा मान्छेको मुटुमा भएको ‘ब्लकएज’ परीक्षण गर्ने विधि हो ।सो सेवा सञ्चालनमा आएपछि लुम्बिनी प्रदेश र आसपासका जनता उपचारका लागि राजधानीसम्म धाउनुपर्ने बाध्यता हटेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले आज एकै दिन २ जना बिरामीको एन्जियोग्राम गरेको वताउनु भयो।

आज पहिलो दिन अस्पतालले गुल्मीका ७५ बर्षिय एक पुरुष र गुल्मीकै ७२ बर्षिय महिलाको सफलतापूर्वक एन्जियोग्राम गरेको डा थापा क्षेत्रीले बताउनु भयो।डा.थापाका अनुसार अस्पतालका मुटुरोग विशेषज्ञहरु डा.अर्जुन बुढाथोकी र डा.रोशन घिमिरे साथै फिजिसियन डा. सुदर्शन थापा, एनेस्थेसिया डा. सुरेन्द्र कुवर,र डा समिर आचार्य तथा रेडियोलोजि टेक्निसियन बिजयध्वज बस्नेत र रेमन थारु संगै नर्सिङ स्टाफहरू लक्ष्मी पौडेल, सरिता क्षेत्री र रुस्मा बिसी सहितको टीमले उपचार गर्नु भएको थियो।

अस्पतालमा करिव डेढबर्ष अघि ६ करोड बढी खर्च गरेर क्याथल्याव स्थापना गरेको भएपनि मुटुरोगका एन्जियोग्राम गर्नुपर्ने बिरामीहरुले सेवा पाउन सकेका थिएनन्। अस्पतालका प्रमुख डा थापाका अनुसार लुम्विनी प्रादेशिक अस्पतालमा २ जना मुटुरोग बिशेषज्ञ हरुले दैनिक ६० जना बिरामीहरुको परिक्षण तथा उपचार गर्दै आएको मुटुरोग बिशेषज्ञ डा रोशन घिमिरेले बताउनु भयो।

 

डा घिमिरेले मुटुको नसा बल्क भए खोल्न सकिने र अस्थायी पेजमेकर राख्न सकिने बताउनु भयो। अस्पतालमा आएका मुटुको समस्याका बिरामीहरु मध्ये सरदर १२ प्रतिशत जतिमा एन्जियोप्लाष्ट वा एन्जियोग्राम गर्नुपर्ने अवस्था देखिएको डा घिमिरेले बताउनु भयो। एनजीओप्लास्टी सेवा मुटुको धमनीमा जाली हाल्ने र पेसमेकर मुटुको चाललाई नियमित गर्न राखिने प्रविधि भएको  बताउनु भयो।

अस्पतालका मेसु डा थापाले अस्पतालमा मुटुका भएका छौं तर अझैपनि हामीलाई जनशक्ति भने अभाव नै छ डा. थापाले भन्नु भयो।लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले क्याथ ल्याव सञ्चालनको लागी २२ करोड बिनियोज गरेसंगै अस्पतालमा यो सेवा सुरु भएको छ।

यसअघि बुटवलमा समुदायले सञ्चालन गर्दै आएको गौतमबुद्ध मुटु अस्पतालमा मात्रै क्याथल्याव सेवा सञ्चालनमा थियो भने लुम्विनी प्रादेशिक अस्पतालमा समेत सेवा थपिएपछि एन्जियोग्रम र एन्जियोप्लाष्ट गर्नुका लागि बाहिर जानु पर्ने बाध्यकारी अवस्थाको अन्त्य भएको छ।

काडियोलोजी बिभागका जनस्वास्थ्य निरीक्षक राम प्रसाद अर्यालका अनुसार अस्पतालमा सिमेन आरसीटी एस  मेसिन रहेको बताउनुभयो।

क्याथ ल्याबमा २ जना चिकित्सकसहित २ जना स्टाफ नर्स, १ एनेस्थेसिया र १ हेल्प गरी ८ जनाको समूहबाट सेवा प्रदान हुने अस्पतालमा प्रशासन प्रमुख राजन केसीले बताउनु भयो। ।।

 

सम्बन्धित शिर्षक :