पराल्मी स्वास्थ्य चौकीको नयाँ भवनको नगरप्रमुख पन्थीद्वारा उद्घाटन

स्वास्थ्यसमाचार/गुल्मीको रेसुङ्गा नगरपालिका(१४ पराल्मीमा स्वास्थ्य चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।रेसुङ्गा नगरपालिका का नगरप्रमुख खिलध्वज पन्थीले नवनिर्मित स्वास्थ्य चौकी भवनको एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

नवनिर्मित पराल्मी स्वास्थ्य चौकी भवनको उद्घाटन गर्नुहुँदै नगरप्रमुख पन्थीले नगरपालिकाकै सबैभन्दा पिछडिएको वडामा सुविधायुक्त भवनको उद्घाटन गरि सेवा प्रवाह गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

उहाँले यस स्वास्थ्य चौकीबाट गरिब तथा विपन्न परिवारका नागरिकहरुलाई सेवाबाट लाभान्वित हुन आग्रह गर्नुभयो । यस वडाको विकासलाई प्राथमिकतामा राखेको भन्दै शिक्षा र स्वास्थ्यलाई केन्द्रमा राखेर नगरपालिकाले विकासका कार्यलाई अगाडी बढाएको बताउनुभयो ।

त्यस अवसरमा नगरपालिकाका समाजिक विकास समितिका संयोजक लिलाधर आचार्यले स्वास्थ्य र शिक्षा विकासका प्रमुख मेरुदण्ड भएको बताउनुभयो । अहिले सोही कुरालाई ध्यान दिएर नगरपालिकाको सम्पूर्ण टिम अगाडी बढिरहेको भन्दै उहाँले वडामै भौतिक रुपमा सुविधा युक्त स्वास्थ्यचौकीको भवन निर्माण हुनुले सेवा प्रवाहमा सहजता ल्याउने बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले स्वास्थ्य सेवाबाट प्राप्त हुने सेवालाई भरपुर रुपमा उपयोग गर्न स्थानीयलाई आग्रह गर्नुभयो ।स्थानीय केशव पोखरेलले आफ्नो स्वर्गीय पिता ओमकान्त पोखरेल र माता मनिकर्णा पोेखरेलको स्मृतिमा स्वास्थ्य चौकी भवन निर्माणका लागि दुई रोपनी जग्गा उपलब्ध गराउनुभएको थियो ।

स्वास्थ्य चौकीको भवन निर्माणका लागि जग्गा प्रदान गरी समाजिक रुपमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै पोखरेललाई दोसल्ला तथा सम्मानपत्रद्वारा सम्मान गरिएको हो । नवनिर्मित स्वास्थ्य चौकी भवन उद्घाटनसँगै किशोर किशोरी मैत्री स्वास्थ्य सेवा सञ्चालन तथा पोषण मैत्री स्वास्थ्य संस्था घोषणा समेत गरिएको छ ।

त्यस्तै, नगरप्रमुख पन्थीले रेसुङ्गा नगरपालिका १४ पराल्मी र गुल्मीदरबार गाउँपालिका९१ बलिथुम जोड्ने टेकुुवा घिमिरे ट्रस पुलको उद्घाटन गर्नुभयो । यो ट्रस पुल २४ लाखा ३१ हजार लागतमा निर्माण भएको हो । क्षेत्रगत कार्यक्रम अन्तर्गत ८५ प्रतिशत संघीय अनुदान, १३ प्रतिशत रेसुङ्गा नगरपालिकाको र दुई प्रतिशत उपभोक्ताको श्रमदानबाट पुल निर्माण गरिएको बताइएको छ ।

सम्बन्धित शिर्षक :