सिकलसेल र थालेसिमिया लाई स्वास्थ्य बीमामा समावेश गरौ :मन्त्री केसी

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ ले सिकलसेल एनिमिया र थालेसिमिया रोगको निदान र उपचारलाई स्वास्थ्य बीमामा समावेश गर्न अनुरोध गर्नुभएको छ ।

बाँके निर्वाचन क्षेत्र नं१ (१)१  बाट निर्वाचित मन्त्री केसीले बुधवार स्वास्थ्य बीमा वोर्ड काठमाडौं पुगेर वोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलामार्फत् यस्तो अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

वोर्डका कार्यकारी निर्देशक डा बसौलासमक्ष मन्त्री केसीले हजारौं सिकलसेल एनिमिया र थालेसिमियाका बिरामीको निदान र उपचार स्वास्थ्य बीमाको सुबिधा थैलीमा समावेश नगरिदा यस रोगका बिरामीले औषधी खरिद गर्नुपर्ने भएको भन्दै स्वास्थ्य बीमाले प्रदान गर्ने निःशुल्क औषधीको सुबिधा थैलीमा सूचिकृत गर्न अनुरोध गर्नुभयो ।

सिकलसेल र थालेसिमिया रोगको निदान र उपचारका लागि सरकारले स्वास्थ्य बीमामा समेटे पनि बीमा गरेका यस रोगका बिरामीले निःशुल्क औषधी प्राप्त गर्न सकेका छैनन् ।

सिकलसेल र थालेसिमिया रोग लागिसकेपछि यसका रोगी विरामीले दीर्घकालीन रुपमा औषधी खानुपर्ने र औषधीसमेत अत्यन्तै महङ्गो हुनेहुँदा स्वास्थ्य बीमा वोर्डलाई निःशुल्क औषधीको सुबिधामा समेट्न आफूले अनुरोध गरेको मन्त्री केसीले बताउनुभयो ।

सम्बन्धित शिर्षक :