लक्षित वर्गका लागि सुरु गरिएको बुस्टर डोज अभियान स्थगित

स्वास्थ्यसमाचार/ सरकारले मंगलबार सुरु गरेको बुस्टर डोज खोप अभियान स्थगित गरिएको छ । सरकारले ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई बुस्टर डोज खोप अभियान सुरु गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गरी थप छलफल गरी फेरि अभियान सञ्चालन गरिने भन्दै हालका लागि अभियान स्थगित गरिएको बताएको छ। सरकारले भेरोसेल खोप लगाएका ६० वर्षमाथिका जेष्ठ नागरिक र दीर्घरोगीलाई मंगलबारदेखि थप एक मात्रा खोप दिने भनी सोमबार सूचना जारी गरेको थियो । तर त्यसै सूचनाअनुसार खोप केन्द्रमा पुगेका जेष्ठ नागरिक र दीर्घरोगीले खोप पाएका थिएनन् ।

न्युनतम सेवा मापदण्ड सुधारमा प्युठान अस्पताल लुम्बिनी प्रदेशको तेस्रो स्थानमा

स्वास्थ्यसमाचार/प्युठान अस्पताल न्युनतम सेवा मापदण्डका सुचकको आधारमा लुम्बिनी प्रदेशको तेस्रो स्थानमा परेको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलले आयोजना गरेको प्रदेशमा अस्पतालहरुको न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा प्रस्तुत तथ्यांकले यस्तो देखाएको हो। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको मुल्यांकनमा अघिल्लो आर्थिक वर्षमा ५९ प्रतिशत रहेकोमा यस बर्ष बढेर ७४ प्रतिशत रहेको तथ्यांकले देखाएको छ। लुम्बिनी प्रदेशका १२ जिल्लाहरुमध्ये हालसम्म सर्वेक्षण गरिएका ९ वटा जिल्लाका विभिन्न सुचकहरुमा सुधार गर्दै प्युठान तेस्रो स्थानमा परेको हो। गुल्मी, पाल्पा र कपिलबस्तुको भने न्युनतम सेवा मापदण्डहरु सर्वेक्षण गर्न अझै बाँकी छ। स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण…

वरिष्ठ फिजिशियन डा नन्दु पाठकलाई व्यापार संघको सम्मान

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा नन्दु पाठकलाई स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको छ । रुपन्देही व्यापार संघले आफ्नो २० औं वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको अवसरमा डा पाठकलाई समान गरिएको हो । पूर्व मन्त्री छविलाल विश्वकर्मा तथा संघका अध्यक्ष यमलाल लोहनीले संयुक्त रुपमा पाठकलाई कोभिड महामारी तथा अन्य समयमा समेत स्वास्थ्य उपचार तथा सेवामा अनवरत खटिरहेको भन्दै उनलाई सम्मान स्वरुप प्रमाणपत्रसहित दोसल्ला ओढाइएको गरेका हुन् ।

सिद्धार्थनगर सिटी हस्पिटलमा निःसन्तानका लागि निःशुल्क शिविर

स्वास्थ्यसमाचार/ सिद्धार्थनगर सिटी हस्पिटल, लुम्बिनीरोड, भैरहवामा निःशुल्क निःसन्तान शिविर हुने भएको छ । हस्पिटलको सेवा विस्तार गर्दै बिरामीहरुलाई निरन्तर रुपमा दिदै आएकोमा यही पुस २२ गते बिहीबार काठमाण्डौ तथा विदेशमा लामो अनुभव प्राप्त डाक्टरद्वारा निःसन्तान दम्पत्तिको लागि स्वास्थ्य शिविर आयोजना गरिएको हस्पिटलका मेडिकल डाइरेक्टर प्राफेसर डा जावेद अहमद खानले बताए । अस्पतालका अनुसार शिविरले वर्षौदेखि सन्तान नभएर चिन्तित भईरहेका निःसन्तान दम्पत्तिहरुको लागि बाबुआमा बन्ने अवसर प्रदान गर्नेछ । महिलाहरुमा रहेका विभिन्न किसिमका स्त्री रोगहरुको सफल उपचार पनि गरिने अस्पतालले जनाएको छ । रिष्ठ महिला रोग विशेषज्ञ डा ज्योति रानाद्वारा प्रत्येक…

तालिमेलाई औषधी बेच्न दिने सरकारको तैयारी, फर्मासिष्टहरूको विरोध

स्वास्थ्यसमाचार/ नेपाल फार्मेसी संघले दक्ष जनशक्ति हुदा हुदै तालिमको भरमा औषधि बेच्न नदिने बताएका छन्। जनस्वास्थ्य माथि खेलवाड हुने भन्दै संघले तालिमको भरमा कुनै पनि व्यक्तिलाई औषधि बेच्न नदिने बताएका छन्। औषधि व्यवस्था विभागले तालिम दिएर औषधि बेच्न पाउने विवादास्पद विषयलाई औषधि सल्लाहकार समितको बैठकमा एजेण्डा पेश गर्ने तयारी गरेको छ। नेपाल फार्मेसी संघको नेतृत्वमा गएको टोलिले शुक्रबार औषधी व्यवस्था विभागका महानिर्देशकलाई भेटेर यस विषयमा ध्यानाकर्षण समेत गराएको छ। विभागको उक्त तयारी कुनै पनि हालमा पुरा हुन नदिने संघका अध्यक्ष अमृत खनालले बताए। उनले भने, ‘यस किसिमको प्रस्ताव बैठकमा आउनु…

ओमिक्रोनबारे सतर्कता अपनाउन सबै प्रदेश र स्थानीय तहलाई इडिसिडीको ७ बुँदे निर्देशन

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोन सम्बन्धी थप तयारी र सतर्कता अपनाउनका लागि सबै स्थानीय तहहरुलाई ७ बुँदे निर्देशन जारी गरेको छ । इडिसिडीका निर्देशक डा. कृष्ण पौडेलले सबै स्थानीय तह, सबै जिल्ला कार्यलयहरु र सातवटै प्रदेश निर्देशनालयहरुलाई पत्राचार गर्दै कोभिड-१९ को नयाँ भेरियन्ट फैलिन नदिने सतर्कता अपनाउन निर्देशन दिएका हुन् । इडिसिडीले जनस्वास्थ्यका मापदण्ड पालना गर्न, समुदायका जोखिम क्षेत्रहरु पत्ता लगाएर एन्टीजेन परीक्षण गर्न, पहिचान भएका कोभिड केसहरुको व्यवस्थापनका लागि सहयोग र समन्वय गर्न निर्देशन दिएको छ । यसैगरी, कन्ट्याक्ट ट्रेसिङ…

महिलाहरुले मात्रै चलाएको बागलुङ बडिगाडको नमुना स्वास्थ्य चौकी

स्वास्थ्यसमाचार/बागलुङस् स्वास्थ्य परीक्षण, उपचार र व्यवस्थापनमा खटिने बडिगाड गाउँपालिका स्थित ग्वालीचौर स्वास्थ्यचौकी इन्चार्ज सुशीला रेश्मीलाई बिरामीले उनकै कोठामा पुगेर उल्टै सोध्छन्, ‘डाक्टर खै। शिक्षक, कर्मचारी वा अन्य जानेबुझेकाले पनि बिरामीको परीक्षण गर्ने को हो भनेर सोध्दा भने उनलाई अचम्म लाग्छ। उनी स्वास्थ्यचौकीको इन्चार्ज र हेल्थ असिस्टेन्ट पनि हुन् । उनीसँगै यो स्वास्थ्य चौकीमा ८ जना महिला स्वास्थ्यकर्मी कार्यरत छन् । सबैले मिलेर सेवाप्रवाह गरिरहेका छन्  । दैनिक एक सय जस्तो बिरामी स्वास्थ्य परीक्षण र उपचारमा आउने गरेका छन्  । तर अधिकांशले महिला मात्रै देखेर अनौठो मान्छन् । ‘कतिले मलाई नै स्वास्थ्यकर्मी…

दीर्घरोग र ६० र वर्षभन्दामाथिका लाई कोभिडको बुस्टर डोज दिने तयारी

स्वास्थ्यसमाचार/सरकारले कोभिड(१९ विरुद्धको खोपको ‘अतिरिक्त डोज’ दिने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा। समिर अधिकारीले खोपको ओमिक्रोन भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै अतिरिक्त डोज दिन लागिएको जानकारी दिए। सरकारले क्यान्सर, उच्च रक्तचाप, मधुमेह, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति तथा ६० वर्षमाथिका वृद्धवृद्धालाई खोप दिने तयारी गरेको छ। उनका अनुसार राष्ट्रिय खोप सल्लाहकार समितिले ६० वर्षभन्दामाथि र दीर्घरोग भएका व्यक्तिलाई अतिरिक्त डोज दिन सिफारिश गरेको थियो। सोही आधारमा सरकारले निश्चित समूहमा खोपको अतिरिक्त डोज दिने निर्णय गरेको हो। खोपका लागि जिल्ला स्वास्थ्य कार्यालयहरूसँग समन्वय समन्वय गरी भेरोसेल, कोभिशिल्ड र अस्ट्राजेनेका खोप लगाउने…

लुम्बिनी प्रादेशिक अस्पतालमा निमार्णधिन प्रसूति भबन सहरी विकासमन्त्री द्धारा निरिक्षण

स्वास्थ्यसमाचार/सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा निमार्णधिन प्रसूति भबनको निरिक्षण गरेकी छन।गुल्मी जाने क्रममा आज क्रममा अस्पतालमा निर्माणधिन भबन समय भित्र सक्न ठेकदारलाई निर्देशन दिएकी छन । मन्त्री झाँक्रीले चैत्र २० गते सम्म प्रसूति भबन निमार्ण सम्पन्न गरि बिरामीलाई उक्त भबनबाट सेवा दिने गरि काम गर्न निर्देशन समेत दिएकी छन । मन्त्री रामकुमारी झाँक्रीलाई अस्पतालका मेसु डा ईन्द्र ढकालले अस्पतालको बारेमा जानकारी गराएका थिए। अस्पतालका नर्सिड ईन्चार्ज ज्योती पौडेलले प्रसूतिक्षेत्रको बारेमा जानकारी गराईकि थिईन ।  २०७५ सालमा शिलान्यस भै सुरु भएको भबनको संघिय सरकारबाट २७ करोडको लगातमा निमार्ण…

भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चारको मृत्यु, तीनको अवस्था गम्भीर

स्वास्थ्यसमाचार/ बाँकेस्थित कर्णाली प्रदेशको मेडिकल स्टोर कक्षमा चार जना मृत भेटिएका छन। मृतक चारै जनाको सनाखत भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए। क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका—६ कालीकोटका २३ वर्षीय धनप्रसाद भट्टराई, उनका ३ महिनाका छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ वर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ वर्षीया कोली भट्टराईको मृत्यु भएको उनले बताए। भेरी अस्पतालका निमित्त मेसु डा। खगेन्द्रजंग शाहकाअनुसार कर्णाली प्रदेशको मेडिकल स्टोरको क्वार्टरमा कोइला बालेर सुतेका कर्मचारी र उनका परिवारको निसास्सिएर मृत्यु भएको हो । घटनास्थलमा रहेका बाँकेका प्रमुख…