स्वास्थ्यसमाचार/ जन्मेको ९ महिनादेखि १५ वर्ष उमेर पूरा गरेका रुपन्देहीका ३ लाखभन्दा धेरै बालबालिकालाई यही फागुन १३ देखि २४ गतेसम्म दादुरा–रुबेला खोप लगाइने भएको छ । यसका लागि रुपन्देहीमा १ हजार १ सय खोप केन्द्र निर्धारण गरिएको छ ।२ हजार २ सय जना स्वास्थ्यकर्मीमार्फत जिल्लामा रहेका उक्त उमेर समूहका ३ लाख १४ हजार ७ सय ३८ जनालाई दादुरा रुबेलाको खोप दिने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । दादुरा–रुबेला खोप अभियान २०८०/०८१ सम्बन्धी उक्त कार्यालयले संचारकर्मीसँग अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै रुपन्देहीमा २ चरणमा खोप लगाइने जनाएको छ ।…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
स्वास्थ्य मन्त्रीको संसदमा आलोचना, एमालेले माग्यो राजीनामा
स्वास्थ्यसमाचार/प्रमुख प्रतिपक्षी दल एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको राजीनामा माग गरेको छ । एमालेले विभिन्न काण्डहरुमा प्रचण्ड नेतृत्वको सरकारका मन्त्रीहरु मुछिएको भन्दै राजीनामा माग गरेको हो । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले उनीहरूको माग गरेका हुन् । उनले पूर्वमन्त्री शेरबहादुर तामाङ, गोकुल बास्कोटा र सर्वेन्द्रनाथ शुक्लाको उदाहरण दिँदै प्रचण्ड सरकारका तीन मन्त्रीको राजीनामा मागेका थिए । उनले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयानका लागि बोलाएको चर्चा गर्दै मन्त्रीको झन्डा हल्लाएर अख्तियारको बयान दिन जान लाज लाग्नुपर्ने बताए ।…
रुपन्देहीमा दादुरा रुबेला खोप अभियान दुई चरणमा
स्वास्थ्यसमाचार/रुपन्देही जिल्लामा दादुरा–रुबेला खोप अभियान दुई चरणमा सञ्चालन हुने भएको छ । यहि फागुन १३ गते बाट सुरु हुने अभियान अन्र्तगत पहिलो चरणमा रुपन्देहीका ९ वटा पालिकामा १३ फागुन देखि १७ गते सम्म सञ्चालन हुने छन् भने दोस्रो चरणमा फागुन २० देखि २४ गते सम्म ७ वटा पालिकामा खोप अभियान सञ्चालन हुने भएको हो । स्वाथ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्माका अनुसार पहिलो चरणमा बुटवल, देवदह, तिलोत्तमा, लुम्बिनी, सिद्धार्थनगर, ओमसतिया, रोहिणी, सियारी, शुद्धोधन(जम्मा ९ पालिका) र दोस्रो चरणमा गैडहवा, कञ्चन, सैनामैना, सम्मरीमाई, मर्चावारी, कोटहिमाइ, मायादेवी(जम्मा ७ पालिका) मा खोप…
क्यान्सरको जोखिम देखिएपछि भारतमा कटन क्यान्डी बिक्रीमा प्रतिबन्ध
काठमाडौं । भारतमा केही राज्यले कटन क्यान्डीको बिक्रीमा प्रतिबन्ध लगाएका छन् ।भारतको दक्षिणी राज्य तमिलनाडुले परीक्षण गर्दा क्यान्सर उत्पन्न गर्ने पदार्थ रोडामिन–बी भेटिएपछि गत हप्ता कटन क्यान्डी बिक्रीमा प्रतिबन्ध लगाएको हो । फेब्रुअरी महिनाको सुरुतिर केन्द्र शासित पुडुचेरीले पनि कटन क्यान्डीमाथि प्रतिबन्ध लगाएको थियो । अन्य राज्यहरूले पनि यसको नमुना परीक्षण गर्न थालेका छन् । भारतलगायत विश्वका विभिन्न देशमा कटन क्यान्डी खानेकुरा बालबालिकामाझ परिचित छ । तमिलनाडुको चेन्नई सहरका खाद्य सुरक्षा अधिकारी पी सतिश कुमारले कपास क्यान्डीमा हुने प्रदूषकले क्यान्सर निम्त्याउन सक्ने र शरीरका सबै अंगलाई असर गर्नसक्ने बताए ।…
बुटबलमा दादुरा-रुबेला बिरुद्धको खोप लगाउन घरघरमा निमन्त्रणा
स्वास्थ्यसमाचार /रुपन्देहीको बुटबल उपमहानगरपालिकामा दादुरा तथा रुबेलाबिरुद्धको खोप लगाउन घरघरमा निमन्त्रणा कार्ड बाँडिने भएको छ। उपमहानगरपालिकास्तरीय खोप समन्वय समितिको बसेको बैठक तथा अभिमुखीकरणमा पालिकाका स्वास्थ्य महाशाखा प्रमुख युवराज पान्डेले बताउनु भयो। उपमहानगरपालिकाको वडावडामा स्वयंसेविकामार्फत निमन्त्रणा कार्ड बाँडेर बालबालिकालाई खोपको पहुँचमा ल्याइने जानकारी दिँदै उनले खोप लगाउनका लागि स्वास्थ्यकर्मी स्यमसेबिका संञ्चारकर्मी संग अन्तरक्रिया गरिएको उहाले बताउनु भयो। बुटबलका सहरका घना बस्ती, सुकुम्बासी बस्ती, उद्योग तथा कारखाना, बसपार्कजस्ता ठाउँमा पनि खोपको पहुँच बढाइने उपमहानगरपालिकाले जनाएको छ। महाशाखा प्रमुख पान्डेले खोप लगाउन छुट भएका समुदाय, वर्ग र स्थानको पहिचान गरी प्रभावकारी रूपमा खोप…
दादुरा–रुबेलाको खोप अभियान फागुन १३ गतेदेखि चैत ७ गतेसम्म
स्वास्थ्यसमाचार/ सरकारले आउँदो फागुन १३ गतेदेखि चैत ७ गतेसम्म देशभरि दादुरा–रुबेलाको खोप अभियान सञ्चालन गर्ने भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले दादुराको सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्षमुनिका सबै बालबालिकाका लागि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । प्रवक्ता डा बुढाथोकी अनुसार भारतसँग सीमा जोडिएका दादुरा–रुबेलाको अतिसङ्क्रमित २१ जिल्ला र काठमाण्डौ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइनेछ । जाजरकोट र पश्चिम रुकुममा भने गएको कात्तिकमा भूकम्प गएपछि खोप अभियान सञ्चालन गरिएको थियो । खोप अभियानकै क्रममा…
नवलपरासीमा दादुरा–रुबेलाविरुद्धको खोप दुई चरणमा लगाइने
स्वास्थ्यसमाचार /पश्चिम नवलपरासीमा एक लाख बढी बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइँदैछ । अभियानकै रुपमा सञ्चालन गरी लगाउन लागिएको खोप जिल्लाका सात पालीकामध्ये पहिलो चरणमा नगरपालिका र दोस्रो चरणमा गाउँपालिकामा सञ्चालन गरिनेछ । जसअनुसार फागुन १३ देखि १९ गतेसम्म रामग्राम,सुनवल र बर्दघाट नगरपालिकामा सञ्चालन गरिनेछ भने फागुन २१ गतेदेखि २७ गतेसम्म पाल्हीनन्दन,सरावल,प्रतापपुर र सुस्ता गाउँपालिकामा सञ्चालन गरिने स्वास्थ्य कार्यालयका प्रमुख ओम प्रकाश पन्थीले जानकारी दिए । सरकारले दादुराबाट उच्च जोखिममा रहेका काठमाडौं र तराई जिल्लामा रहेका ९ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई यो रोग विरुद्धको खोप लगाउँदैछ । बाँकी जिल्लामा रहेका ९ महिनादेखि…
स्वास्थ्य मन्त्री द्वारा १५ शैयाको गोकर्णेश्वर नगर अस्पताल सिलान्यास
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राजधानीको गोकर्णेश्वर नगरपालिका – ४ मा स्थापना हुने गोकर्णेश्वर नगर अस्पताल सहिद मुकेश कायस्थ इन्जुरी सेन्टरको सिलान्यास गरेका छ्न। बिहिवार सिलान्यास भएको उक्त नगर अस्पताल १५ शैयाको हुने छ। अस्पताल निर्माणका लागि सरकारले साडे २२ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले सिलान्यास भएको अस्पताल समममै सम्पन्न हुनु पर्ने बताए । मन्त्री बस्नेतले निर्माण व्याबसायी समेत रहेका संविधान सभा सदस्य जनार्दन ढकालले समयमै अस्पतालको निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गरे । आफू पदमा भए पनि नभए पनि…
६ महिना पहिले अमेरिका गएकी २७ बर्षीया नेपाली नर्स इनुको निधन
स्वास्थ्यसमाचार/अमेरिकामा नेपाली नर्स इनु योल्माको निधन भएको छ । झण्डै ६ महिना अगाडि अमेरिका आएकी २७ बर्षीया नेपाली नर्स इनुको न्युयोर्कको म्यानहटनमा रहेको माउन्ट साइनाई अस्पतालमा निधन भएको हो । अमेरिकाबाट प्रकाशित नेपाली अनलाईन खासोखास डटकमका अनुसार एनआरएनए न्युयोर्क च्याप्टर अध्यक्ष हेमन्त मल्लले उनको निधनबारे पुष्टि गरेका हुन् । ईलाम नाम्सालिङकी इनु योल्मो क्यान्सरले सिकिस्त भएपछि माउन्ट साइनाई अस्पतालमा आईसीयुमा राखिएको थियो । जुलाईको दोश्रो साता अमेरिका आएकी थिइन् । रोजगारमा आधारित तेश्रो श्रेणीको ग्रिनकार्डमा अमेरिका आइसकेपछि उनी अमेरिकाको न्युयोर्कमा नर्सको रुपमा कार्यरत रहदै आएकी थिइन् । गत नोभेम्बरमा अत्यन्तै…
न्यूनतम सेवा मापदण्ड मुल्यांकनमा लुम्बिनी प्रादेशिक अस्पताल पहिलो
स्वास्थ्यसमाचार/बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै प्रथम भएको छ । सेकेन्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा तेस्रो पटक प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालय न्युनतम सेवा मापदण्ड मुल्यांकन समितिले जनाएको छ । न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा अस्पतालले यो वर्ष ८८ प्रतिशत अङ्क प्राप्त गरेको छ । अघिल्लो वर्ष ८० प्रतिशत अङ्क प्राप्त गरी पहिलो बनेको यस प्रादेशिक अस्पतालले यो वर्ष थप अंक प्राप्त गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले वताउनु भयो । लुम्बिनी प्रदेश स्वास्थ निर्देशनालयले लुम्बिनी प्रादेशिक अस्पतालको सर्भेक्षण पश्चात मंगलबार र बुधबार…


