पोलियो दिवसमा बुटवलमा रोटरीको जनचेतनामूलक र्‍याली

स्वास्थ्यमाचार /विश्व पोलियो दिवसका अबसरमा बुटवलमा जनचेतनामूलकर्‍याली निकालिएको छ । रुपन्देहीका १९ वटा रोटरी तथा रोट¥याक्ट क्लवहरुले संयुक्तरुपमा ¥यालीको आयोजना गरेका हुन् । ¥यालीको अगुवाई भने रोटरी क्लव अफ बुटवलले गरेको थियो । रोटरी इन्टरनेशनलको पहलमा एक दशक पहिलेदेखि २४ अक्टोबरका दिन यो दिवस विश्वभर मनाउन सुरु गरिएको हो । सन् १९७९ देखि रोटरीले पोलियो उन्मूलनका लागि कार्यक्रम गर्दै आएको छ । हरेक वर्ष अक्टोबर २४ का दिन विश्व पोलियो दिवस संसारभर मनाउने गरिन्छ । सन् २०१० को अगस्त १० मा नेपाल पोलियोमुक्त राष्ट्र घोषित भइसकेको छ । तर नेपाल…

तिलोत्तमा आँखा उपचार केन्द्र स्थापना नगरप्रमुख द्धारा उद्घाटन

स्वास्थ्यसमाचार/ तिलोत्तमा नगरपालिका –२शंकरनगरमा आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । नेपाल नेत्र ज्योति संघ, लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर, श्री रण अम्बिका शाह आँखा अस्पतालको व्यवस्थापन र तिलोत्तमा नगरपालिकाको सहयोगमा आँखा उपचार केन्द्रको स्थापना गरिएको हो । आँखा उपचार केन्द्रको तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे । नगरप्रमुख घिमिरेले आँखा उपचार केन्द्र स्थापनाले यस क्षेत्रका आँखासम्बन्धि रोगका बिरामी लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले नेपाल नेत्र ज्योति संघ, श्री रण अम्बिका शाह आँखा अस्पताललाई धन्यवाद दिए । नगरप्रमुख घिमिरेले तिलोत्तमामा स्थापना गरिएको आँखा उपचार…

घ्यु कुमारी यसरी प्रयोग गर्न जान्ने हो भने दर्जनौं रोगबाट मुक्त, सुन्दरतामा चमत्कार

स्वास्थ्यसमाचार/ घ्युकुमारी एक जडिबुटी हो । यो प्राय जसो सबैको घरमा सजिलै पाईन्छ । शहर बजारतिर घरको छतमा, आँगनमा गमलामा रोप्ने गरिन्छ भने कुनै ठाउँमा यसको खेती नै गरिन्छ । घ्युकुमारीलाई आर्युवेदिक औषधीका रुपमा लिइन्छ । यो स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ ।घ्युकुमारी बिभिन्न रोगहरुका लागि औषधीको रुपमा काम गर्छ । घ्युकुमारी सेवन गर्नु मानव स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । यो हरेक मौसममा सजिलै पाइन्छ । घ्युकुमारी सेवन गर्नुका लाभबारे आउँनुहोस चर्चा गरौं । १, घ्युकुमारी दैनिक रुपमा सेवन गर्दा यसले समग्र शरीर र आन्द्रामा जम्मा भएका विषाक्त पदार्थलाई…

बिश्वभर कोरोना वाट १ लाख २० हजार स्वास्थ्यकर्मीको मृत्यु :डब्लूएचओ

स्वास्थ्यसमाचार/ विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोभिडबाट विश्वभरका स्वास्थ्यकर्मीहरु नराम्रोसँग प्रभावित भएको जनाएको छ । कोभिडबाट मात्र ८० हजार देखि १ लाख ८० हजार स्वास्थ्यकर्मीको मृत्यु भएको पनि उसले जनाएको छ । सन् २०२० को जनवरीदेखि यसै वर्षको मे महिनामा उनीहरुको मृत्यु भएको हो । ‘स्वास्थ्यकर्मीलाई खोपमा प्राथमिकता दिनुपर्छ,’ डब्लूएचओका प्रमुख टेड्रोस एडहानोम घिब्रेससले भने । खोप वितरणमा देखिएको असमानताप्रति उनले असन्तुष्टि जनाए ।यसअघि डब्लूएचओका अर्का बरिष्ठ अधिकारीले खोप अभावमा अर्को वर्ष पनि विश्वमा कोभिड महामारी रहने चेतावनी दिएका थिए । विश्वभर १३ करोड ५० लाख स्वास्थ्यकर्मी रहेको अनुमान छ…

धुर्काेट गाउँपालिकामा ७ जना स्वास्थ्यकर्मीको माग, कुन पदमा कति?

स्वास्थ्यसमाचार/ गुल्मीको धुर्काेट गाउँपालिकाले बिभिन्न तहका स्वास्थ्यकर्मी माग गरेको छ। धुर्काेट गाउँपालिकाले एक सूचना जारी गर्दै करार सेवामा ७ जना स्वास्थ्यकर्मी माग गरेको हो। माग गरेका स्वास्थ्यकर्मीमा स्टाफ नर्स १ रेडियोग्राफर १ अहेब १ अनमी  चौथो तह २ जना माग गरेको छ भने ल्याब असिस्टेन्ट चौथो तहमा १ जना माग गरेको छ । विज्ञापन खुलाइएको १५ भित्र आवेदन दिनुपर्नेछ।

बालबालिकालाई कात्तिक ७ र ८ मा भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने

स्वास्थ्यसमाचार/सरकारले कात्तिक ७ र ८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने भएको छ।सरकारले प्रत्येक वर्ष कात्तिक ३ र ४ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्दै आएको थियो । तर यो वर्ष भने दसैंको बिदाले ४ दिन ढिला भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सरकारले ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदै आएको छ।आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य मन्त्रालयले अभिभावकलाई आग्रह गरेको छ। कोरोना संक्रमणको…

लुम्बिनी प्रदेशका ७ अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने [सूची]

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारका लागि निःशुल्क उपचार हुने लुम्बिनी प्रदेशमा ७ वटा अस्पताल को सूची सार्वजनिक गरेको छ ।मन्त्रालयले लुम्बिनी प्रदेशका ७ वटा अस्पतालाई सूचीकृत गरेको छ्।मन्त्रालयले यी अस्पतालमा उपचार भएको बिरामीको संख्याका आधारमा रकम उपलब्ध गराउने छ। मन्त्रालयले समान्य लक्षण भई अस्पताल भर्ना भएका बिरामीको उपचार गरेवापत ३ हजार ५००, मध्यम जटिल बिरामीको उपचार गरेवापत ७ हजार र जटिल र क्रिटिकल बिरामीको उपचार गरेवापत १५ हजार उपचार शुल्क उपलब्ध गराउने गरेको छ।संक्रमितको निःशुल्क उपचार गरेबापत सरकारले ती अस्पताललाई मासिक रूपमा शोधभर्ना रकम उपलब्ध गराउने गरेको छ…

डेंगुले लग्यो पाल्पामा वडा सदस्यको ज्यान

स्वास्थ्यसमाचार /रम्भा गाउँपालिका–१ पाल्पाका वडा सदस्य हुमबहादुर सिंजालीको डेंगुको कारण मृत्यु भएको छ ।रम्भा–१ बिसौना घर भएका सिंजालीको डेंगुका कारण मृत्यु भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । ५७ वर्षीय सिंजालीको उपचारका क्रममा गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । डाइलासिस गर्नुपर्ने अवस्था सिर्जना भएको र अन्तिम अवस्थामा रोग पहिचान भएको गाउँपालिका अध्यक्ष भण्डारीले बताए । हात दुख्ने समस्या देखिएर स्याङ्जाको गल्याङ सामुदायिक अस्पताल पुगेका सिंजालीलाइ पट्टी बाँधेर अस्पतालले घर फर्काएको थियो । पछि पुनः हात दुख्ने र अरू समस्या देखिएपछि उनलाई तानसेनको युनाइटेड मिसन…

कोभिड खोप वैश्विक सार्वजनिक वस्तुको रुपमा उपलब्ध गराउनुपर्छ : अर्थमन्त्री शर्मा

स्वास्थ्यसमाचार /अर्थमन्त्री जनार्दन शर्माले अति कम विकसित (एलडीसी) र भूपरिवेष्ठित विकासशील मुलुक (एलएलडीसी) हरुमा कोभिड विरुद्धको खोप वैश्विक सार्वजनिक वस्तुको रुपमा उपलब्ध हुने व्यवस्था गर्नुपर्नेमा वताएका छन। आगामी नोवेम्बरमा हुने विश्व व्यापार संगठनको १२ औं मन्त्रीस्तरीय सम्मेलनको लागि अति कम विकसित देशहरुको मन्त्री स्तरीय बैठकलाई मंगलवार भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो वताएका हुन । अति कम विकसि देशहरुको लागि कोभिड १९ विरुद्धको खोपको आपूर्तिलाई सहज बनाउनु प्राथमिक महत्वको विषय भएको मन्त्री शर्माको भनाइ छ ।अति कम विकसित देशहरुको आपूर्ति व्यवस्था, कमजोर उत्पादक क्षमता, अपर्याप्त लगानी तथा डिजिटल डिभाइड (अर्थात…

लुम्बिनीको स्वास्थ्य मन्त्री इन्द्रजित थारु राज्यमन्त्री विमला वली

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवारकल्याण मन्त्री इन्द्रजित थारु र राज्यमन्त्री बनेकी दाङकी विमला खत्री वली भएका छन । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । स्वास्थ्य जनसंख्या तथा परिवारकल्याण मन्त्री इन्द्रजित थारु दाङ क्षेत्र नं. १ वाट निर्वाचित सांसद हुन् । तत्कालिन मुख्य मन्त्री शंखर पोखे्रलले बैसाख ६ गते पहिलो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालय गठन गरेका थिए । बैसाख ६ गते पहिलो पटक स्वास्थ्य मन्त्रालय स्थापना गरीएपछि लुम्बिनी प्रदेशमा दुई साता मै तीन मन्त्री…