दिपेन्द्र कुमार पुन बने लुम्बिनी प्रदेशको पाचौं स्वास्थ्य मन्त्री

स्वास्थ्यसमाचार/ लुम्बिनीमा नयाँ सत्ता गठबन्धनबाट नवनियुक्त स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन हुने भएको छ। मुख्यमन्त्री कार्यालयमा बसेको दलहरूको बैठकले मन्त्रालय बाँडफाँट टुङ्गाएको छ ।

जसअनुसार स्वास्थ्य मन्त्रीमा दिपेन्द्र कुमार पुन हुने भएका छन। उनी रोल्पाबाट निर्बाचित संसाद हुन । यस्तै अन्य मन्त्रालय पनि भागभन्डा भएको छ। एमालेले ५, माओवादीले मुख्यमन्त्री सहित थप ३, नागरिक उन्मुक्ति, जसपा र स्वतन्त्र सांसदले एक÷एक मन्त्रालय लिने गरी १–१ सदस्यीय मन्त्रीमण्डल बनाउने तयारी भएको वताईएको छ।

 

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :