स्वास्थ्यमा काम गर्न खोजे तर समय पाएनन लुम्बिनीका दुई मन्त्रीले

लुम्बिनीको स्वास्थ्यमा २०८० लाई हेर्दा ।

स्वास्थ्यसमाचार/नयाँ बर्षको सुरुवात संगै लुम्बिनी प्रदेशमा भएको सरकारमा पहिलो पटक स्वास्थ्य मन्त्री भएका बिष्णु पन्थी मन्त्री भएको ७२ दिनमा सरकारबाट बाहिरीनु परयो। आर्थिक क्षेत्रमा बढी चासो राख्ने पन्थी स्वास्थ्यको क्षेत्रमा पनि छोटोसमयमा केहि का मगर्न खोजेका थिए तर सरकार अदलीबदलीको कारण उनले ७२ दिनमा ४३ कामको सुरुवाता गरेका थिए । उनले गरेका काम स्वास्थ्यमा राम्रो प्रभाब पार्ने खालका थिए ।
यस्ता छन् मुख्य उपलब्धी
कपिलवस्तु अस्पताललाई ५० शैयाबाट १०० शैयामा स्तरउन्नति,प्रदेशस्तरीय सरुवा रोग अस्पताल शिवराज नगरपालिका ०५ चन्द्रौटामा सिलन्यास,लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवललाई १५ शैय्यामा स्तरउन्नति,लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा क्रमशः १९३ र ४३ जना अस्थाई दरबन्दी स्वीकृत,कोभिड १९ बाट मृत्यु भएका परिवारलाई ६ करोड ३६ लाख राहत रकम निकासा,नवौँ तहका विशेषज्ञ चिकित्सक हरुको अस्थायी पदपूर्ति गर्ने व्यवस्था,कपिलवस्तु अस्पताल तौलिहवा, राप्ति प्रादेशिक अस्पताल तुलसीपुर, बर्दिया अस्पतालमा डायलासिस सेवा संचालन गर्न आवश्यक जनशक्ति र मेडिकल सामग्री व्यबस्थापन,।

निःशुल्क रक्त संचार सेवा सामुदायिक र सहकारी अस्पतालबाट सेवा उपलब्ध,जिल्ला र प्रादेशिक अस्पतालहरुमा विशेषज्ञ चिकित्सकहरुको अस्थायी पदपूर्ति गर्ने व्यवस्था ,लुम्बिनी प्रादेशिक अस्पतालमा क्याथ ल्याब सेवा संचालन ।मुटुको भल्भ प्रतिस्थापन, मिर्गौला प्रत्यारोपण र क्यान्सर उपचारमा सहुलियतका लागि स्थापनादेखि हालसम्म ८ सय ६० जना २ लाखका दरले आर्थिक सहयोग सिफारिस ,राप्ती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि १० जना विशेषज्ञ डाक्टर र एक जना नर्सिङ प्रशासक व्यवस्थापन ,राप्ती प्रादेशिक अस्पतालमा ल्क्ष्ऋग् र एक्ष्ऋग ९नवजात शिशु० सेवा विस्तारका लागि जनशक्ति र उपकरण व्यवस्थापन ,राप्ती प्रादेशिक अस्पतालमा नाक, कान, घाँटीमा तथा मानसिक बिरामीको उपचार सेवा विस्तारका लागि बजेट तथा जनशक्ति व्यवस्थापन ।

भिम अस्पतालमा सिटी स्क्यान र ब्लड वैंक सेवा संचालन , प्रादेशिक अस्पताल, जिल्ला अस्पताल र पालिकाका अस्पतालहरुलाई २५ थान अल्ट्रासाउण्ड मेसिनसहित अक्सिजन कनसन्ट्रटर, अक्सिजन सिलिन्डर, एक्सरे फिल्म भ्यु, भेन्टिलेटर, ओटी लाइट, आइसियु बेड, इसिजी महत्वपूर्ण मेडिकल सामाग्री हस्तान्तरण ,स्वास्थ्य ऐन पहिलो संशोधन प्रदेश सभामा पेश तथा सरोकार पक्षसँग छलफल ,प्रादेशिक अस्पतालसहित जिल्लाका अस्पताल विकास समितिमा रिक्त रहेका अध्यक्ष तथा सदस्यहरु एवम् मेसुको नियुक्ति ,सुत्केरीको लागि पोषण खाद्य आहार वितरण सम्बन्धी कार्यविधि २०७९ दोश्रो संशोधन स्वीकृति ,लागत साझेदारीमा कार्यक्रम तथा परियोजना कार्यान्वयनका लागि छनौट गरी ५ करोडभन्दा बढी बराबरको सम्झौताको काम अघि बढाइएको ।

लमही आँखा अस्पताल लमही दाङ, राप्तीआँखा अस्पताल तुल्सीपुर दाङ, छन्द कालेबाबु नारायणी आँखा अस्पताल कपिलवस्तु, अपाङ्गबाल अस्पताल तथा पुनस्थापना केन्द्र नेपालगंज बाँके, श्रीरिमुवा स्वास्थ्य चौकी बलेटक्सार, गुल्मी,अस्पताल सुदृढीकरण कार्यक्रममार्फत विभिन्न १६ वटा स्वास्थ्य सस्थामा रकम निकासा ,प्रदेशलाइ पूर्ण संस्थागत प्रसुती सेवायुक्त प्रदेश घोषणाको लागि कार्यविधि निर्माण,बढ्दो प्रतिजैविक प्रतिरोध सम्बन्धी जनस्वास्थ्य समस्यालाई समयमै रोकथाम एवं निवारणका लागि कपिलबस्तु जिल्लाबाट परियोजनाको सुरुवात ,विभिन्न जिल्लाहरुमा एकिकृत स्वास्थ्य शिविर संचालन ,प्रदेश जनस्वास्थ्य प्रयोगशाला संचालन ,थारु समुदायमा सिकलसेल तथा थालेसेमिया परीक्षण तथा उपचारका लागि ८ वटा सरकारी अस्पतालबाट सिकलसेल र थालेसेमिया रोगको निदान, परामर्श र उपचार सुरु लगाएका काम आफनो कार्यकालमा अघि बढाएको बताउनु भयो।

यस्ता छन् मुख्य उपलब्धी

त्यस्तै पन्थी सरकारबाट वाहिरीएपछि बनेको सरकारका स्वास्थ्यमन्त्री राजु खनालले पनि स्वास्थ्यको क्षेत्रमा उल्लेखनिय काम गर्नु भएको थियो। सरकार बनेको ८ महिनामा बाहिनु परेका खनाले स्वास्थ्यमा लुम्बिनी प्रदेशको स्वास्थ्यमन्त्रालयले दोश्रो चौमासिकको अबधिमा गरेका मुख्य कार्यहरु सार्वजनिक गरेको छ ।स्वास्थ्यमन्त्री राजु खनालले पत्रकार सम्मेलन गरी बितेको ८ महिनामा भएका काम सार्वजनिक गर्नुभएको हो ।मन्त्री खनालले नीतिगत/सेवा प्रवाहमा भएका उपलब्धि, जनशक्ति व्यवस्थापन, बजेट खर्चको अवस्था, सञ्चालनको तयारीमा रहेका कार्यक्रमलगायतको बारेमा जानकारी गराउनु भयो।

यो अवधिमा सिकलसेल थाल्सेमिया र हेमोफिलियाका बिरामीका परिवारहरुको लागि निःशुल्क बिमा कार्यक्रमको शुरुवात भएको, प्रदेशमा भएको सिकलसेल एनिमियाको समस्या समाधानको लागि बारबर्दियामा रहेको आरसी मेमोरियल अस्पताललाई प्रदेशस्तरीय सिकलसेल अस्पतालमा स्तरोन्नति अन्तिम चरणमा रहेको र त्यसका लागि आवश्यक बजेटसमेत स्थानीय तहमा हस्तारन्तरण भइसकेको र लमही अस्पतालमा पनि सिकलसेल, थाल्सेमियाको परिक्षण तथा निदान सेवा शुरु गरिएको मन्त्री खनालले वताउनु भयो।

यस्तै अवकाशमा जाने ६० वर्ष उमेर पुगेका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानजनक विदाइ कार्यक्रम अन्तर्गत एकमुष्ट ५० हजार उपलब्ध गराउने कार्यक्रमको शुरुवात भएको, निःशुल्क कर्निया प्रत्यारोपण कार्यक्रमको शुरुवात गरिएको, बर्दिया अस्पताल, पृथ्वीचन्द्र अस्पताल नवलपरासी, कपिलवस्तु अस्पताल, रामपुर अस्पताल पाल्पा र गुल्मी अस्पतालमा निःशुल्क हेमो डायलाइसिस सेवाको शुरुवात भएको, स्थायी/अस्थायी दरबन्दी खाली रहेका एक सय पाँच सिटमा भर्ना प्रक्रिया शुरु भएको,शुरु गरिएको वताउनु भयो।

हिमाली जिल्लामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको लागि प्रोत्साहन कार्यक्रमको शुरुवात भएको, ४० वर्ष माथिका नागरिकहरुलाई निःशुल्क मधुमेह, रक्तचाप, मिर्गौैला रोगको जाँच गर्ने कार्यक्रमको शुरुवात गरिएको, ८० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिइएको, स्वास्थ्यकर्मीद्वारा क र ख वर्गका अपांगता भएकाहरुको घरमै गएर निःशुल्क उपचार कार्यक्रमको शुरुवात भएको र समुदायमा रहेका पाँच वर्षमुनिका कुपोषित बालबालिकाहरुको खोजपड्ताल तथा ब्यवस्थापन कार्यक्रमको शुरुवात गरिएको मन्त्री खनालले बताउनु भयो।

सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुको निःशुल्क रगत परीक्षण गरी रक्तअल्पताको अवस्था पहिचान गरी रक्तअल्पता भएका किशोरीहरुको उपचार तथा ब्यवस्थापन गर्ने कार्य शुरु गरिएको, सडक र्दुघटना न्यूनीकरण गर्न सडक सहायता कार्यक्रमको शुरुवात भएको, मातृ मृत्युदर उच्च भएका पालिकाहरुमा आमा सुरक्षा विशेष कार्यक्रमको शुरुवात गरिएको, आयुर्वेद सेवाको विस्तारका लागि प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीलाई आयुर्वेद अनुसन्धान केन्द्र सञ्चालनको लागि कार्यक्रमको शुरुवात गरिएको, लुम्बिनी आयुर्वेद चिकित्सालयलाई १५ शैयामा स्तरोन्नति गरिएको, लुम्बिनी प्रादेशिक अस्पतालमा प्रदेशको गौरवको आयोजनाको रुपमा रहेको बहुउपयोगी १२ तले भवनको निर्माण कार्य शुरु गरिएको वताउनु भयो।

यसैगरी क्याथल्याव सेवा सञ्चालन, इलष्लिभ नामदर्ता तथा ल्याव रिपोर्टिङ सेवा सञ्चालन, बर्थिङ सेन्टर सेवा स्थापना, १५ बेड क्षमताको एसएलसीयु स्थापना तथा सञ्चालन, छ बेड क्षमताको पीआईसीयु स्थापना तथा सञ्चालन, ८ वेडबाट विस्तार गरी एनआईसीयु वेड संख्या १२ पु¥याइएको, इन्टेरेस्कोप सञ्चालन, बालउद्यान स्थापना, प्रसूति तथा महिला रोग र बालरोगका विरामीका लागि छुट्टै काउन्टर र ल्याव नमूना संकलनको व्यवस्था, बाँझोपन क्लिनिक सञ्चालन, विहान ९ बजेबाट बिमाको औषधि रिफिल काउन्टरको शुरुवात, बिहान ७ बजेबाट मधुमेह रोगका विरामीको सुगर परीक्षण गर्ने व्यवस्था, ल्याव रिपोर्ट एसएमएसबाट उपलब्ध गराउने व्यवस्था, एमआरआई खरिद प्रक्रिया अगाडि बढाइएको प्रगति प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै स्वास्थ्य मन्त्रालयले विद्यालय नर्स कार्यक्रमअन्तर्गत यस आर्थिक वर्षमा १७ वटा विद्यालयहरुमा सेवा शुरु गर्ने गरी विद्यालयको विवरण तयार गरी विद्यालय छनोटको प्रक्रियामा रहेको, बर्दिया अस्पतालको भवन निर्माण सम्पन्न भएको जनाएको छ ।

त्यस्तै प्रस्तावित भालुबाङ अस्पतालको भवन निर्माणको लागि ठेक्का मूल्यांकन भई आशयको सूचना प्रकाशन भइसकेको पनि मन्त्रालयले जनाएको छ । मन्त्री खनालले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा औषधि भण्डारण गृह निर्माण कार्य शुरु गरेको, विशेषज्ञ शल्य चिकित्सा सेवा बिस्तार तथा मोडुलर ओ.टि सेटअप तयार गरिएको, प्रयोगशाला स्तरोन्नति गरी माइक्रोबायोलोजी कल्चर सेवाको शुरुवात गरिएको वताउनु भयो।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले पहिलो दुई चौमासिकको अवधिमा नीतिगत काम पनि धेरै भएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले पूर्ण संस्थागत प्रसूति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चितता सम्बन्धी निर्देशिका २०८० तयार गरी कार्यान्वयन शुरु गरिएको जनाएको छ । आयुर्वेद कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०८०, भान्साघर (खानपिन) सुधार कार्यक्रम निर्देशिका २०८० र स्वस्थ जीवनशैली प्रशिक्षक प्रशिक्षण तालिम म्यानुअल स्वीकृत गरी कार्यान्वयन शुरु गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति सम्बन्धी (पहिलो संसोधन) ऐन २०८० र नियमावलीको पाँचांै संशोधन जारी गरिएको छ । योसँगै प्रदेशभित्रका सबै स्वास्थ्य संस्थाको अनुगमन, नवीकरण, स्तरोन्नतिलगायतमा देखिएको समस्या समाधान भएको स्वास्थ्य मन्त्री खनालले जानकारी दिनुभयो । साथै प्रयोगशाला सञ्चालनसम्बन्धी निर्देशिका जारी गरी प्रयोगशाला सञ्चालनमा ल्याइएको छ ।

यसैगरी भौतिक पूर्वाधार तर्फ गरेका कामबारे पनि जानकारी दिइएको छ । स्वास्थ्य मन्त्री राजु खनालले लुम्बिनी प्रादेशिक अस्पतालको सुविधा सम्पन्न भवन निर्माण थालनी, प्यूठान अस्पताल भवन निर्माण, अर्घाखाँची अस्पताल भवन निर्माण, बाँकेमा टिवि अस्पताल भवन निर्माण, पृथ्वीचन्द्र अस्पताल भवन निर्माण, कपिलवस्तु आयुर्वेद स्वास्थ्य केन्द्र भवन निर्माण, रुकुमपूर्व अस्पताल भवन निर्माण, एकीकृत आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिक्षण अस्पताल बेलझुण्डी दाङ भवन निर्माण, बाँके आयुर्वेद स्वास्थ्य केन्द्र भवन निर्माण निरन्तरता, ट्रमा सेन्टर भवन निर्माणलाई निरन्तरता दिइएको जनाएको छ ।

त्यस्तै राप्ती प्रादेशिक अस्पतालको दुई सय बेडको ओ एन एम गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको जनाएको छ । लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले सञ्चालनको तयारीमा रहेका कार्यक्रमबारे जानकारी दिदै प्रदेशभित्रका सबै अस्पतालको ओएनएम सर्वे गर्ने, प्रदेशभित्रका सबै अस्पतालको अनलाइन नेटवर्किङ गर्ने, पाठेघर परीक्षण/अप्रेसन शिविर सञ्चालन गर्ने तयारीका कामको सुरुबात भएको थियो ।

सम्बन्धित शिर्षक :