लोकसेवा आयोग लुम्बिनीमा स्वास्थ्यका १५९ पदमा विज्ञापन खुल्यो

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा स्वास्थ्यकर्मीका लागि विज्ञापन खुलाएको छ ।  आयोजले आज सूचना जारी गरी स्वास्थ्यका १५९ पदमा विज्ञापन खुलाएको हो ।

सबैभन्दा बढी कम्युनिटी नर्सिङका लागि अनमी ७९ पदमा विज्ञापन खुलाइएको छ । अहेब ७४ जनाका लागि विज्ञापन गरिएको छ । भने आयुर्वेदतर्फ बैद्य ५ जना र ल्याब असिस्टेन्ट ५ जना माग गरिएको छ ।

दरखास्त दिने मिति बैखाश २० गतेसम्म र दोब्बर दस्तुर तिरेर २७ गतेसम्म तोकिएको छ । यी पदमा लागि आगामी जेठको १८ र १९ गते परीक्षा मिति तोकिएको छ ।

 

सम्बन्धित शिर्षक :