स्वास्थ्यकर्मी संघ रुपन्देहीद्वारा २०८१ सालको भित्तेपात्रो बिमोचन

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देही द्वारा आयोजित नयाँ वर्ष २०८१ सालको पावन अबसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ।

नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीका अध्यक्ष घनलाल अर्यालको अध्यक्षता तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँडको प्रमुख आतिथ्यता तथा विशिष्ठ अतिथिमा प्रजापाल गिरी नेपाली काग्रेस क्षेत्र नं २का सभापति तथा अतिथि तिलोत्तमा सभापति हरिलाल पाण्डे, नेपाल स्वास्थ्यकर्मी संघ लुम्बिनी प्रदेश संयोजक नमनारायण बेल्बासे,नेपाल रहनु भएको थियो ।

त्यस्तै स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य तथा क्यालेण्डर प्रकाशन समिति संयोजक मदन पोखरेल सुमन नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रिय सदस्य डिलेस्वर श्रेष्ठ , नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय सदस्य नवीन कुमार पन्थी ,नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला अध्यक्ष राम प्रसाद ढकाल नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति रुपन्देही अध्यक्ष चक्रपाणि पाण्डे ,कर्मचारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ईश्वरी आचार्य,लगायत बोल्नु भएको थियो।

 

 

केदार नाथ साहको स्वागत तथा सञ्चालन जिल्ला उपाध्यक्ष बालकृष्ण कँडेलको  गर्नु भएको थियो।

सम्बन्धित शिर्षक :