नेपाल औषधी थोक व्यावसायी संघ रुपन्देहीद्वारा २०८१ सालको भित्तेपात्रो बिमोचन

स्वास्थ्यसमाचार/नेपाल औषधि थोक व्यावसायी संघ रुपन्देहीले नयाँ बर्ष २०८१को शुभकामना तथा क्यालेन्डर बिमोचन गरेको छ।

नेपाल औषधि थोक व्यवसायी संघ रुपन्देहीका अध्यक्ष कृष्ण जिसीको अध्यक्षता, नेपाल औषधि थोक व्यवसायी संघ लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष बुद्धि प्रसाद ज्ञवालीको प्रमुख आतिथ्य, नेपाल आयुर्वेद औषधि उत्पादक संघका बरिष्ठ केन्द्रीय उपाध्यक्ष चन्द्रकान्त खनालको बिशिष्ट आतिथ्यमा नयाँ बर्षको शुभकामना आदान प्रदान साथै २०८१को शुभकामना तथा क्यालेन्डर बिमोचन गरिएको थियो।

उक्त कार्यक्रममा नेपाल थोक औषधी ब्यबसायी समिति प्रदेश सदस्य छत्र कुमार क्षेत्री ,सल्लाहकार महेश कुमार श्रेष्ठ लगायतको सहभागीता रहेको कार्यक्रमको स्वागत सुदिप पाण्डेले गर्नु भएको नेपाल औषधि थोक व्यवसायी संघ रुपन्देहीले जनाएको छ।

सम्बन्धित शिर्षक :