राप्रपा आन्दोलनमा अश्रुग्यास लागेका डाँगीको उपचारको क्रममा निधन

स्वास्थ्यसमाचार/राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा ले चैत २७ गते काठमाडौंमा गरेको आन्दोलनका क्रममा घाइते भएका ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा निधन भएको छ ।

राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका अध्यक्षसमेत रहेका ६५ वर्षीय डाँगीको सोमबार बिहान उपचारका क्रममा छाउनी अस्पतालमा निधन भएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

प्रवक्ता श्रेष्ठका अनुसार प्रदर्शनका क्रममा प्रहरीको अश्रुग्यास प्रहारबाट डाँगी घाइते भएका थिए । श्रेष्ठले डाँगीको निधनबारे जानकारी दिँदै भनेका छन्  चैत २७ गतेको प्रदर्शनको क्रममा प्रहरीको अश्रुग्यास प्रहारबाट घाइते डाँगीको छाउनी अस्पतालमा उपचारको क्रममा आज निधन भएको हो ।

उच्च रक्तचाप र अश्रुग्यास प्रहारबाट उहाँको टाउको र श्वासप्रस्वासमा समस्या देखिएको थियो ।डाँगीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि अहिले १२ बजे राप्रपा केन्द्रीय कार्यालय चाबहिलमा राखिने पनि पार्टीले जनाएको छ ।

सम्बन्धित शिर्षक :