गौतमबुद्ध मुटुअस्पतालको तेश्रो अधिबेशन पुस १० गते, गृहमन्त्री खाँडले उदघाटन गर्ने

स्वास्थ्यसमाचार /गौतमबुद्ध सामयुदायिक स्वास्थ्य संस्थाको नवौ वार्षिक साधारण सभा,तेश्रो अधिबेशन तथा गौतमबुद्ध मुटु अस्पतालको नवौ स्थापना दिवस पौष १० गते हुने भएको छ । गौतमबुद्ध सामयुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमका अनुसार भोली पुस १० गते तिलोत्तमा नगरपालिका वडा नं ६ को १० नंम्बरमा गौतम बुद्धसामुदायीक मुटु अस्पताल निर्माण स्थलमा हुने वताए ।गौतमबुद्ध सामयुदायिक स्वास्थ्य संस्थाको नवौ वार्षिक साधारण सभा तथा तेश्रो अधिबेशन नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडले उदघाटन गर्ने अध्यक्ष आलमले बताए। रुपन्देही उद्योग संघले ०६२ सालमा राष्ट्रिय औद्योगिक प्रदर्शनीको जम्मा तीन रुपैयाँ मूल्यको टिकट बिक्रीबाट प्राप्त हुने रकम…

लुम्बिनी प्रादेशिक अस्पतालमा युनियनको कार्यसमिति बिस्तार :अध्यक्षमा पन्थी

स्वास्थ्यसमाचार /नेपाल कर्मचारी युनियन संघ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भएको भेलाले कार्यसमिति र सल्लाहकार समिति चयन गरेको छ। युनियनका केन्द्रिय सचिव गणेश भण्डारीको प्रमुख आतिथ्यतामा भएको भेलाले दया सागर पन्थी कोे अध्यक्षतामा ११ सदस्यीय कार्य समिति र ७ सदस्यीय सल्लाहकार समिति सर्वसहमत रुपमा चयन गरेको हो । समितिको उपाध्यक्ष नेत्रलाला पान्डे, बिजय ध्वज बस्नेत सचिब भगबती पान्डे सहसचिब, सिता भटट्राई कोषाध्यक्ष र सदस्यहरु सुरेन्द्र राज पन्त ,भिमप्रसाद ज्ञाबली,हरीन्यौपाने, राकेस पासवान,भरत जंग केसी तारा न्यौपाने रहेका छन। भने समितिको सल्लाहकार सुकई प्रसाद चौधरी भागीरथ राना सागर गौतम, गिता ज्ञाबली, बबिता बजिमय…

लुम्बिनी प्रादेशिक अस्पतालबुटबलमा थप ४ वटा सेवाको शुभारम्भ

स्वास्थ्यसमाचार/लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले थप ४ वटा सेवाको बुधबारदेखि शुभारम्भ गरेको छ । अस्पतालमा थप १० वटा डायलासिस वेड, ट्रमा वार्ड, भिजिटिङ पास तथा कोभिड इमेरजेन्सी सेवा शुभारम्भ गरेको हो । लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारुले एक कार्यक्रमका बीच अस्पतालमा थप सेवाको शुभारम्भ गर्दै प्रदेशकै केन्द्रको रुपमा विकास गर्ने सरकारको लक्ष्य पूरा हुने तर्फ गएको उल्लेख गरे । कम जनशक्तिलाई शक्ति र सीमित श्रोतसाधनले पनि कुसल व्यवस्थापन र इच्छाशक्ति हुने हो भने स्वास्थ्य सुविधालाई प्रभावकारी बनाउन सकिने उदाहरण पेस भएको उल्लेख गरे ।लुम्बिनी प्रदेशमा स्वास्थ्य…

औद्योगिक व्यापार मेलामा मास्क र स्यानिटाइजर अनिवार्य गर्न सुझाव

स्वास्थ्यसमाचार/ बुटबलमा यहि पुसको ८ गतेदेखि ‘चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी, व्यापार मेला तथा पर्यटन महोत्सवमा कोरोनाको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षालाई ध्यान दिन र यसबारे सचेतनाका कार्यक्रम संञ्चालन गर्न सुझाव दिएका छन । मेलाको सुरक्षा व्यवस्थापनबारे मेला सचिवालयमा बसेको बैठकमा सुरक्षा निकायका प्रमुखहरुले स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर मेला सञ्चालन गर्न सुझाव दिएका हुन । उनीहरुले त्यस्तै सवारी आवागमन सहज गर्न ट्राफिक व्यवस्थापन, प्राथमिक उपचार कक्ष, आपतकालीन कक्ष, सूचना केन्द्र, एम्बुलेन्स र दमकल र पर्याप्त स्वयंसेवक पनि तयारी हालतमा राख्न सुरक्षा निकायका प्रमुखहरुले सुझाव दिए् । बैठकमा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी…

बुटवलमा स्वास्थ्य अनुसन्धान परिषद्को प्रदेश कार्यालय स्थापना

स्वास्थ्यसमाचार/ नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लुम्बिनी प्रदेश इकाई कार्यालय बुटवलमा सञ्चालनमा आएको छ । परिषद्ले गर्ने स्वास्थ्य अनुसन्धानका कामलाई सरल बनाउनको लागि सात वटै प्रदेशमा कार्यालय स्थापना गर्ने योजना अनुसार बुटवलको शिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा इकाई कार्यालय स्थापना गरिएको हो । प्रदेश कार्यालय स्थापनाको अवसरमा सोमबार आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा परिषदका कार्यकारी निर्देशक डा. प्रदिप ज्ञवालीले अन्तर्राष्ट्रिय मापदण्डमा स्वतन्त्र अनुसन्धानको काम गर्दै आएको परिषदले सातै प्रदेशमा कार्यालय स्थापना गर्ने क्रममा बुटवलमा इकाई कार्यालय स्थापना गरिएको वताए । ज्ञवालीका अनुसार कार्यालयले संघीय सरकारको प्रामिकतालाई प्रदेश सरकारको प्राथमिकतासंग जोड्नेगरी…

शुद्धोधन १मा रोगको नियन्त्रण तथा रोकथाम सम्बधी अभिमुखीकरण

स्वास्थ्यसमाचार/  लुम्बिनी ग्रामिण बिकास परिषद नेपालको आयोजना शुद्धोधन गाउँपालिका वडा नं १ को आर्थिक सहयोगमा ३ दिने बिभिन्न रोगको नियन्तण तथा रोक थाम समन्धि अभिमुखीकरण तालिम सम्पन्न भयो । लुम्बिनी ग्रामिण बिकास परिषदका अध्यक्ष चन्द्रकान्त खनालको अध्यक्षता शुद्धोधन गाउँपालिका वडा नं १ वडा सचिब हिरा भुसालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी भुसालले वोल्दै अहिले बिश्वमा सर्ने भन्दा नसर्ने रोगबाट मानिसको मृत्युदर बढेकोले जनचेतनाका कार्यक्रम आबश्यक रहेकोले वडाले यस्ता कार्यक्रम आयोजना गरेको बताए। हाम्रो समाजमा अहिलेपनि चेतनाको कमि छ यो चेतनाबाट माथि उठाउन आबश्यक छ सबै…

लुम्बिनीका ९ जिल्लामा भोलीदेखी विद्यार्थीलाई मोडर्ना खोप लगाईने

स्वास्थ्यसमाचार/सरकारले भोलिदेखि लुम्बिनी प्रदेशका ९ जिल्लाका १२वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा सङ्गीता कौशल मिश्रले वताईन । लुम्बिनी प्रदेशको रुकुमपूर्व, रोल्पा, प्यूठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पश्चिम, कपिलवस्तु र बर्दिया रहेका छन् ।यस्तै मन्त्रालयले यसअघि १२ वर्षमाथिका दीर्घ रोगीका लागि फाइजर खोप लुम्बिनी प्रदेशका ३ जिल्ला रुपन्देही वाके र दाडमा संञ्चालन भएको र अहिले दोश्रोमात्र लगाउने क्रम जारी रहेको स्वास्थ्यजनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा ३२ प्रतिशत बालबालिका दीर्घरुपमा कुपोषित

स्वास्थ्यसमाचार/बहुआयामिक गरिबी, प्राकृतिक तथा मानवीय विपत्ती र कोभिड–१९ जस्ता महामारीका कारणले आर्थिक क्षेत्रमा आएको शिथिलता र कमजोर पूर्वाधारको अवस्थाले नेपालको कुपोषण न्यूनीकरण गर्ने कार्यमा अवरोध पुगेको निष्कर्ष निकालिएको छ । बहुक्षेत्रीय पोषण योजना दोस्रो र अन्य पोषण तथा खाद्य सुरक्षासम्बन्धी कार्यक्रमको विस्तारमा आवश्यक सूचना तथा तथ्याङ्क उपलब्ध गराउन सन् २०२० मा राष्ट्रिय योजना आयोगले सुरु गरेको पोषणको कमी पूर्तिसम्बन्धी अध्ययनमा सो निष्कर्ष निकालिएको होे । विश्व खाद्य कार्यक्रमको सहयोगमा गरिएको यस अध्ययनले पोषणलाई खाद्य प्रणालीको दृष्टिकोणबाट हेर्दै पोषिलो खाद्य पदार्थको उपलब्धता र उपभोगका लागि आर्थिकलगायत अन्य केकस्ता बाधा छन् भन्ने…

उपचार नपाई अकालमा ज्यान गुमाउनुपर्ने अवस्था अब हुन्नः स्वास्थ्यमन्त्री खतिवडा

नेपालमा भेरोसेल लगाएका ६० वर्षभन्दा माथिका नागरिकलाई सरकारले अतिरिक्त मात्रा खोप लगाउने निर्णय गरिसकेको छ। अतिरिक्त मात्रासँगै सरकारले ‘बुष्टर डोज’ लगाउने तयारीसमेत गरेको छ। कुल जनसङ्ख्याको ५० प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकेपछि मात्रा सरकारले सबै नागरिकलाई ‘बुष्टर डोज’ लगाउने तयारी गरेको छ। अहिले कुल जनसङ्ख्याको ३९ प्रतिशतलाई पहिलो र ३१ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइसकिएको छ । ‘बुष्टर डोज’ र ओमिक्रोन महामारी नियन्त्रणमा सरकार अहिले भइरहेको प्रयासबारे स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडासँग राससले लिएकाे अन्तर्वार्ताको सारांशः नेपालीलाई कोरोनाविरुद्ध ‘बुष्टर डोज’ आवश्यक छ कि छैन ? अतिरिक्त खोपले नै पुग्दैन…

२१ लाख डोज जोनसन खोप विदेश जाने र यसअघि छुटेकालाई दिइने

स्वास्थ्यसमाचार/सरकारले कोरोना विरुद्धको खोप जोन्सन एन्ड जोन्सन विदेश जाने व्यक्तिहरुलाई प्राथमिकतामा राखेर लगाउने भएको छ।यो खोप एक डोज मात्र लगाए पुग्छ भने अन्य खोपहरु दुई डोज लगाउनुपर्छ।कतिपय देशहरुले बाहिरबाट आउने नागरिकका लागि जोन्सन खोप नै अनिवार्य गरेका छन्। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार जोन्सन खोप विदेश जाने व्यक्तिहरुलाई दिइने र बाँकि खोप अन्य व्यक्तिहरुलाई लगाइने छ।उनले भने,‘बिहीबार आएको २१ लाख ७६ हजार डोज खोप विदेश जाने व्यक्तिहरुलाई मात्र खपत हुँदैन। बाँकि खोप १८ वर्ष उमेर पुगेका अन्य व्यक्तिहरुलाई पनि दिइन्छ। त्यसका…