५० प्रतिशतले पूर्ण मात्राको खोप लगाएपछि बुस्टर डोज

स्वास्थ्यसमाचार/सरकारले लक्षित जनसंख्याको ५० प्रतिशतले पूर्ण मात्राको खोप लगाएपछि बुस्टर डोज दिने जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको कोभिड १९ को भर्चुअल प्रेस ब्रिफिङमा बोल्दै राष्ट्रिय खोप सल्लाहकार समितिका विज्ञ प्राडा रमेशकान्त अधिकारीले भने–‘जबसम्म लक्षित जनसंख्याको ५० प्रतिशतभन्दा बढीलाई आवश्यक दुई मात्राको खोप पुर्‍याउन सकिँदैन तबसम्म बुस्टर दिन सकिँदैन ।’ उनका अनुसार हालसम्म विश्व स्वास्थ्य संगठनले ुबुस्टर डोजुका लागि पहिला जुन खोप लगाएको हो त्यही लगाउनुपर्ने सिफारिस गरेको छ ।समितका सदस्य डा गणेशकुमार राईले खोपको उपलब्धता बढेको खण्डमा र भण्डारण गर्न सकिएमा बुस्टर डोज छिट्दै दिइने बताए…

लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या मन्त्रालय दाङमा उद्घाटन

स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको मुख्य कार्यालय उद्घाटनसँगै सेवा सुरु भएको छ । बुधबार राप्ती उपत्यकाको सिसहनियामा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्र जित थारूले उद्घाटन गरेसँगै मन्त्रालयको नियमित सेवा सुरु भएको छ ।मन्त्रालयले पूर्ण रूपले राप्ती उपत्यकाबाट काम सुरु गरेको जानकारी गराउँदै मन्त्री थारूले अव छिटोभन्दा छिटो अन्य मन्त्रालयले पनि स्थाई राजधानीबाटै सेवा सुरु गर्ने बताए । मन्त्री थारूले प्रदेश सरकारको निर्णय अनुसार सबैको सहयोगमा राजधानीको सफलतासँगै राजधानी कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताए । संघ सरकार र प्रदेश सरकारको नीति अनुसार सबै पालिकामा…

बुटबलको औद्योगिक प्रदर्शनीमा निःशुल्क दन्त शिविर र रक्तदान हुने

स्वास्थ्यसमाचार/ आगामी पुस ८ गतेदेखि बुटवलको देवीनगरमा सञ्चालन हुने चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलामा निःशुल्क दन्त शिविर र रक्तदान गरिने भएको छ । उद्योग ब्यापार संघ बुटवलको आयोजनामा पुस २० गतेसम्म मेला हुन लागेको हो । मेलामा आउने दर्शकलाई निःशुल्क सेवा दिने उद्देश्यले दन्त शिविर र बुटवलमा रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको मेलाका प्रवक्ता विष्णुप्रसाद पाण्डेले जानकारी दिए । यस्तै मेलामा सांस्कृतिक कार्यक्रम अन्तर्गत डान्स आइडल, मम्मी डान्स, विद्यालयस्तरीय नृत्य र दोहोरी गीत प्रतियोगिता सञ्चालन हुने सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले जानकारी दिए…

बेलायतमा नयाँभेरियन्ट ओमिक्रोनबाट पहिलो व्यक्तिको मृत्यु

स्वास्थ्यसमाचार/बेलायतमा ओमिक्रोन भेरियन्टबाट एक जनाको मृत्यु भएको छ । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले सोमबार ओमिक्रोन भेरियन्टबाट एक जनाको मृत्यु भएको पुष्टि गर्नुभएको हो । यसअघि बेलायती स्वास्थ्य सचिव साजिद जाविदले ओमिक्रोनका १० जना अस्पतालमा रहेको बताउनु भएको छ । अस्पतालमा भर्ना भएकाहरुको मृत्युदर बढ्ने सक्ने चेतावनी दिनु भएको थियो । युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार उनीहरुको उमेर १८ देखि ८५ बीचमा रहेको छ । बेलायती स्वास्थ्य सचिवले ओमिक्रोन भेरियन्ट असाधारण दरमा फैलिरहेको पनि चेतावनी दिनु भएको छ । सङ्क्रमणहरू प्रत्येक दुईदेखि तीन दिनमा दोब्बर हुँदै गइरहेको छ । यसको फैलावटको…

कोरोना बीमामा देखिएको समस्या समाधानको बिषयमा गृहकार्य भइरहेको छ :अर्थमन्त्री शर्मा

स्वास्थ्यसमाचार.अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको भुक्तानी सम्बन्धी समस्या समाधानका लागि गृहकार्य भइरहेको बताएका छन् । सोमबार बीमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कोरोना बीमामा देखिएको समस्याबारे गृहकार्य भइरहेको बताएका हुन् । उनले बीमाबाट अर्बौंको दायित्व सिर्जना भएको र समस्या समाधान गर्न गृहकार्य भइरहेको जानकारी दिदै यसलाई चाँडै निचोडमा पुर्याउने बताए । त्यस्तै शर्माले बीमा क्षेत्रको नियमनका लागि ऐन परिमार्जन आवश्यक रहेको पनि बताए । बीमा क्षेत्रको दायरा वृद्धि भइरहेको बेला यसलाई नियमन गर्ने ऐनसमेत सोहीअनुरूप विकसित गराउँदै लैजानुपर्ने बताउनुभएको हो । ‘बीमा क्षेत्रको आवश्यकता र व्यवसाय…

होमियोप्याथिक डा राजेश प्रधानाङ्गको कोरोना संक्रमणबाट मृत्यु

स्वास्थ्यसमाचार/ होमियोप्याथिक डा राजेश प्रधानाङ्गको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दुई साताअघि कोरोना संक्रमण भएर सानेपास्थित स्टार अस्पताल भर्ना भएका प्रधानागंको आइतबार राती मृत्यु भएको अस्पतालका सिओओ डा सन्देश जिसीले जानकारी दिए । प्रधानांगकी श्रीमती समेतलाई कोरोना संक्रमण भएर दुबै जनालाई अस्पतालको आइसीयूमा राखिएको थियो । श्रीमती संक्रमणमुक्त भएर डिस्चार्ज हुँदै गर्दा श्रीमानलाई भने बचाउन नसकिएको डा जिसीले जिकीर गरे । ५४ वर्षीय डा प्रधानाङ्गको होमियोप्याथिक चिकित्सा विधाको विकासमा ठूलो योगदान रहेको छ । उनको निधनप्रति नेपाल होमियोप्याथिक चिकित्सक संघले समवेदना व्यक्त गरेको छ । उनका एक छोरा र…

कोरोना संक्रमित बढ्दै, एकैदिन ३४१ थपिए, ३ जनाको निधन

स्वास्थ्यसमाचार/नेपालमा कोरोना संक्रमितको संख्या बिस्तारै उकालो लाग्दै गएको छ।केही महिनायता देखि दैनिक २ सयको हाराहारीमा संख्यामा संक्रमित थपिने गरेका थिए। तर, पछिल्लो २४ घन्टामा ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार १३ हजार २३६ नमुना परीक्षणमा ३४१ जनामा संक्रमण पुष्टि भएको हो।सोही अवधिमा भने ३७६ जना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा ८ लाख ७ हजार १५४ जना संक्रमणमुक्त भइसकेका छन्। आज देशभर ५ हजार ८२४ सक्रिय संक्रमित छन्। जसमध्ये ५ हजार ५०८ होम आइसोलेसन र ३१६ संस्थागत आइसोलेसनमा छन्।पछिल्लो २४ घन्टामा…

४ पुसदेखि बालबालिकालाई विद्यालयमै कोरानाविरुद्धको खोप

स्वास्थ्यसमाचार/सरकारले १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई ४ पुसदेखि कोभिड– १९ विरुद्धको खोप लगाउने भएको छ । यो समूहका बालबालिकालाई लगाउन मिल्ने मोडर्नाको खोप ५७ जिल्लाका सम्पूर्ण विद्यालयबाटै दिन लागेको हो । लक्षित समूहमा पर्ने बालबालिकाको संख्या करिब ३४ लाख रहेको अनुमान छ । उनीहरूलाई लगाउन यसअघि आएका समेत गरी आइतबारसम्म मोडर्नाको ३६ लाख डोज खोप जम्मा हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । ‘खोप आइसकेको भोलिपल्टैबाट जिल्लामा पठाउने तयारी भइरहेको छ । पहिलो डोजका लागि आधा मात्रै खोप पठाइन्छ । ४ पुसदेखि ५७ जिल्लाका सबै स्कुलबाट खोप दिइनेछ,’ स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख सागर…

थप २११ जनामा कोरोना संक्रमण, दुई संक्रमितको मृत्यु

स्वास्थ्यसमाचार/ पछिल्लो २४ घण्टामा देशभर थप २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १ हजार ४ सय ३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी २११ जनामा कोरोना संक्रमण पुष्टि हो । आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १९ हजार २५५ पुगेको छ ।पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ५४९ पुगेको छसोही अवद्यिमा देशभरबाट ३२९ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो…

ओमिक्रोन प्रजातिसंग कति डराउने :डा रबिन्द्र पान्डे

-अहिलेसम्मको तथ्यांक हेर्दा ओमिक्रोन डेल्टा भेरिएन्टभन्दा निकै कम घातक देखिएको छ । हालसम्म ओमोक्रोनको कारण संसारमा कसैको पनि मृत्यु भएको छैन । – अफ्रिका तथा युरोपमा फैलिएको यो लहरमा डेल्टा प्रजाति प्रमुख हो।हामीले दोस्रो लहरमा भोगेको डेल्टा प्रजाति अहिले अफ्रिका र युरोपमा फैलिएको छ ।त्यसमा ओमिक्रोन पनि मिसिएको छ। तर अति न्यून – अफ्रिकन मुलुकमा ओमिक्रोनले बालबालिका तथा युवा बढी प्रभावित भएका छन् । तर अस्पताल भर्ना हुने वा आइसीयु चाहिने संख्या एकदम न्यून छ । – कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्ति तथा पहिले संक्रमित भएका व्यक्तिलाई यो नयाँ प्रजातिले…