स्वास्थ्यसमाचार/नेशनल प्याथ ल्याब बुटवल र एन.पी.एल. काठमाडौं प्रयोगशाला एन.ए.बी.एल.(ISO १५१८९:२०१२) बाट प्रमाणीकरण भएका छन् । हालैमात्र भारत सरकारको प्रयोगशाला सर्टिफाइड बडी नेशनल एक्रिडिटेसन बोर्ड फर टेस्टिङ एण्ड क्यालिब्रेसन ल्याबरोटोरीज (एन.ए.बी.एल.)बाट नेशनल प्याथ ल्याबले आफ्ना दुई वटा प्रयोगशालाहरू प्रमाणीकरण गराएको हो । एन.ए.बी.एल.ले आईएसओ १५१८९: २०१२ कोअनुसार मेडिकल प्रयोगशाला गुणस्तर र प्रतिस्पर्धा प्रमाणीकरण सेवा प्रदान गर्दछ ।‘हामीले एक वर्षअघिबाट एक्रिडिटेसनको प्रक्रिया सुरु गरेका थियौं,’ एन.पी.एल.का प्रबन्ध निर्देशक पवन जोशीले भने, ‘केही दिनअघि मात्रै हाम्रा दुवै प्रयोगशाला एक्रिडिटेसन प्रमाणीकरण भएका छन् । हामीलाई यो प्रमाणीकरण गर्न एक वर्षभन्दा बढी समय लाग्यो ।’…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
चिकित्सा शिक्षा सम्वन्धी जाँच बुझ आयोगको प्रतिवेदन सार्वजनिक
स्वास्थ्यसमाचार/ ]सरकारले चिकित्सा शिक्षा सम्वन्धी जाँचबुझ आयोग २०७४ को प्रतिवेदन छ बर्ष पछि सार्वजनिक गरेको छ । बुधबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आयोगले ६ बर्ष अघि तयार गरेको प्रतिवेदन सार्वजनिक गरेको हो । मन्त्रालयले प्रतिवेदनमा औल्याएका विषयवस्तुलाई कार्यान्वयनमा लैजाने बताएको छ । सरकारले डा गोविन्द केसीसँगको सम्झौता अनुसार ४ बैशाख २०७४ मा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग बनाएको थियो। सो आयोगमा स्वर्गीय प्राडा उपेन्द्र देवकोटा र शिक्षा मन्त्रालयका तत्कालीन उच्च तथा प्राविधिक शिक्षा महाशाखाका सहसचिव सूर्यप्रसाद गौतम सदस्य थिए।सो प्रतिवेदनले थुप्रै त्रुटि औल्याउनुको साथै…
भोली चैत २९ गते ईद पर्वको सार्वजनिक विदा
स्वास्थ्यसमाचार चैत्र २९ गते सार्वजानीक बिदा हुने भएको छ। मुस्लिम समुदायको धार्मिक पर्व ईद–उल फित्र (ईद) को अवसरमा सार्वजानीक बिदा दिने नेपाल सरकारको निर्णय भएकोले गृह मन्त्रालयले जनाएको छ। २९ गते भोली सार्वजानीक बिदा रहेको गृहमन्त्रालय सहसचिब रुद्र प्रसाद पन्डीतद्धारा हस्ताक्षरित सुचनमा उल्लेख गरिएको छ।
बुटवलमा पहिलो पटक कलेजोको बायोप्सी जाँचको सुरुवात ग्यास्ट्रो सेन्टरमा
स्वास्थ्यसमाचार/कलेजोको अवस्था बारेमा पत्ता लगाउने विश्वसनिय जाँच कलेजोको बायोप्सी सेवा बुटवलमा पहिलो पटक ६० बर्षकी महिलाको जाँच गरिएको छ। कलेजोको वायोस्पी जाँचबाट बिरामीको कलेजोको अवस्था, क्यान्सर लगायत अन्य समस्या भए नभएको बारेमा यसबाट पत्ता लगाउन सकिन्छ। साथै फाइब्रोस्क्यान पछि समस्या ग्रस्त कलेजोको रोगी बिरामीको अवस्थाको बिस्तृत जाँच गर्नको लागि यसभन्दा पहिले यस क्षेत्रका बिरामीलाई राजधानी लगायतका ठाउंमा जानुपर्ने बाध्यता हटेको छ। यो जाँच ग्यास्ट्रो सेन्टर बुटवलका विशेषज्ञ डा. बिष्णु पौडेल, डा. सुदिप थापा, तथा पेट, कलेजो तथा आन्द्रा रोग विशेषज्ञ डा. मोहन भुसाल , डा. सबिर कुमार श्रेष्ठ टिमले गर्न…
धुर्कोटको बृहत निःशुल्क स्वास्थ्य शिविरमा ६सय ६०जनाले लिए सेवा
स्वास्थ्यसमाचार/गुल्मीको धुर्कोट गाउँपालिकाले एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शनिबार धुर्कोट गाउँपालिका वडा नम्बर ६ रजस्थल स्थित धुर्कोट आधारभुत अस्पतालमा सम्पन्न शिविरमा ६६० जनाले सेवा लिएका छन् । जसमा महिला ४५८ र पुरुष २०२ जनाले सेवा लिएका छन् । शिविरमा १८९ जनाले जनरल मेडिसिन, १८० जनाले हाडजोर्नी तथा नशा रोग, ९२ जनाले स्त्री रोग, ७३ जनाले बालरोगको सेवा लिएका छन् । त्यसैगरी ४७ जनाले दाँत र ७९ जनाले मनोरोगको सेवा लिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम खनालले जानकारी दिए । शिविरमा लुम्बिनी प्रादेशिक अस्पताल, बुटबलका कन्सल्टेन्ट फिजिसियन…
Social transformation through meditation :Deputy Prime Minister Shrestha
Health News/Deputy Prime Minister and Minister of Foreign Affairs Narayankaji Shrestha has emphasized on the need for social transformation through meditation. Speaking after the inauguration of the Lumbini International Meditation Day, which was the first day of the ‘Lumbini International Peace Festival’, which started today in Lumbini, the birthplace of Buddha, Minister Shrestha said that meditation can transform the society and the nation along with it. Minister Shrestha mentioned that Buddha demand, peace and meditation are complementary to each other and emphasized that Lumbini should be developed as a place…
राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनीद्वारा समसामयिक विषयमा दुई दिने प्रशिक्षण सुरु
स्वास्थ्यसमाचार/ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा शुक्रबारदेखि दाङको तुलसीपुरमा नेतृत्व बिकास, संगठन व्यवस्थापन तथा समसामयिक विषयमा दुई दिने प्रशिक्षण सुरु भएको छ । उद्घाटन समारोहमा बोल्दै केन्द्रीय अध्यक्ष डा. झलक शर्माले महासङ्घले मुलुकको स्वास्थ्यलाई आमूल रुपान्तरण गर्ने जिम्मेवारी भएको र एकीकृत रुपमा समन्वयकारी भूमिका गर्दै नेतृत्व गर्ने बताए । महासंघले जनताले अनुभूत गर्ने गरि स्वास्थ्यको मुहार फेर्ने बताए । सामाजिक न्याय र पेशागत मर्यादाका लागि स्वास्थ्यकर्मीको एकता, आम नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता भन्ने संगठनको मुल मर्मका भुल्न नहुने महासंघका केन्द्रीय सल्लाहकार समितिका संयोजक राम बहादुर…
कक्षा १२ पास गरेपछि मात्रै २ वर्षे जनरल नर्सिङ पढ्न पाइने
स्वास्थ्यसमाचार/अब कक्षा १२ पास गरेका विद्यार्थीहरुले मात्रै २ वर्षे ‘जनरल नर्सिङ’ पढ्न पाउने भएका छन् । प्रा डा कुन्तादेवी पुनको नेतृत्वमा बनेको कार्यदलले दिएको सुझावअनुसार जनरल नर्सिङ कार्यक्रम सुरु गर्न लागिएको चिकित्सा शिक्षा आयोगले बताएको छ । चैत ९ गते बसेको आयोगको १३औं बैठकले कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । त्यसअनुसार कक्षा १२ पछि स्वास्थ्य कार्यक्रम सुरू गर्न लागिएको आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झाले बताए । हाल माध्यमिक शिक्षा परीक्षा एसईई पास गरेपछि सीटीईभीटी अन्तरगतको प्रविणता प्रमाणपत्र (पीसीएल) ३ वर्षे नर्सिङ कार्यक्रम पढ्न पाइन्छ । सीटीईभीटी अन्तरगतको यो…
नेपाल औषधी व्यावसायी संघ लुम्बिनी प्रदेशको पदस्थापन सम्पन्न
स्वास्थ्यसमाचार/ नेपाल औषधि व्यावसायी संघ लुम्बिनी प्रदेशको पद स्थापन कार्यक्रम सम्पन्न भएको छ । चैत ११ र १२ गते सम्पन्न चौथो साधारण सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई शुक्रबार एक समारोहका बिच नेपाल औषधी ब्यवसायी संघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेल, पुर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, केन्द्रीय सदस्य भुवनेश्वर वुढा, सल्लाहकार डा रोहित राज क्षेत्री, सल्लाहकार निर्मलध्वज श्रेष्ठ, निवर्तमान अध्यक्ष शिव ज्ञवालीले नवनिर्वाचित अध्यक्ष लुकराज न्यौपानेलाई माला, माईन्युड हस्तान्तरण गरि पदस्थापन गरिएको हो । कार्यक्रममा नेपाल औषधी ब्यवसायी संघ केन्द्रीय वरिष्ठ उपाध्यक्ष राम प्रसाद खरेलले ब्यवसायिक हकहितसँगै संघ सामाजिक…
कपिलवस्तुको सिकोटवा वडा नं३मा फैलियो झाडापखाला
स्वास्थ्यसमाचार/कपिलवस्तु नगरपालिका वडा नं३ सिकोटवा गाउँमा झाडापखाला तथा हैजाका बिरामी देखा परेका छन् । चाररपाँच दिनयता सो गाउँका केही परिवारमा झाडापखाला देखिएको थियो बिरामीमध्ये दुईजनाको एन्टीजेन परीक्षण गर्दा १ जनामा हैजा रोग देखिएको हो । झाडापखालाका बिरामीहरूको संख्या बढ्न थालेपछि गाउँमा हैजा फैलन नदिन स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बताए । सो गाउँबाट झाडापखालाका बिरामी अस्पताल आएको र उनीहरूको सघन ढंगबाट उपचार भइरहेको कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विपिन जयसवालले बताए । अस्पताल आएका कुनै पनि वान्ता तथा झाडा पखालाका बिरामीलाई छुट्टै राखेर विशेष ढंगबाट…

