नेपाल जनस्वास्थ्य संघको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

काठमान्डौ/नेपाल जनस्वास्थ्य संघको नयाँ केन्द्रीय कार्यसमितिले कार्यभार सम्हालेको छ । आइतबार २७ चैतमा सर्वसम्मत रुपमा कृष्णमान शाक्यको नेतृत्वमा निर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको हो ।

समितिको उपाध्यक्षमा तेत्रप्रसाद दुलाल, महासचिवमा कैलाश खाकी श्रेष्ठ, सचिव भीमप्रसाद सापकोटा, कोषाध्यक्ष विजय ढकाल र सह—कोषाध्यक्षमा मायाकुमारी गोले निर्विरोध निर्वाचित भएका थिए ।

त्यसैगरी, सदस्यहरुमा नरेशप्रसाद जोशी, श्रीकृष्ण बस्नेत, विकेश मल्ल, विनोदकुमार पोखरेल, मनोज सिग्देल र अमृत विष्ट चयन भएका थिए ।

सम्बन्धित शिर्षक :