बैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइने

स्वास्थ्यसमाचार/रराष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको दोस्रो चरणअन्तर्गत ६ र ७ बैशाखमा भिटामिन ‘ए’ क्याप्सुल खुवाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका स्वास्थ्य प्रशासक लीला विक्रम थापाकाअनुसार ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ ।

१ देखि ५ वर्षसम्मका करिब २९ लाख बालबालिकालाई जुकाको औषधि दिइने उनले जानकारी दिए । देशभरका ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका हरुले ७ वटै प्रदेशका स्थानीय खोप केन्द्रहरूबाट बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउनेछन् ।

भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने यो कार्यक्रममा सरकारको झण्डै ९ करोड ५१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रत्येक वर्ष दुई चरणमा खुवाइने भिटामिन ‘ए’ र जुकाको औषधि पहिलो चरण कात्तिकमा र दोस्रो चरण बैशाखमा खुवाइन्छ ।

गत कात्तिकमा भिटामिन ‘ए’ कार्यक्रमको पहिलो चरणअन्तर्गत करिब ९० प्रतिशत बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइएको थियो । यसैगरी, ८७ प्रतिशत बालबालिकाले जुकाको औषधि दिइएको थियो । भिटामिन ‘ए’ को कमको रोकथाम र उपचारका गर्ने उद्देश्यले वि।सं। २०५० सालबाट ८ जिल्लाबाट भिटामिन ‘ए’ कार्यक्रम सुरु भएको थियो ।

अहिले यो कार्यक्रम देशभरका ७७ जिल्लामै लागु भएको छ । यस्तै, वि सं २०५६ सालबाट १३ जिल्लाबाट परजीवी जुका नियन्त्रण कार्यक्रम लागु भएको थियो । यो कार्यक्रम पनि अहिले ७७ वटै जिल्लामा लागु छ ।

सम्बन्धित शिर्षक :