स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियानको शुभारम्भ गर्नु भएको छ । लुम्बिनी प्रदेश स्वास्थ मन्त्रालयले दाङको राप्ती गाउँपालिका स्थित आदर्श नमुना माध्यमिक विद्यालय लालमटीयामा आयोजना भएको कार्यक्रममा मुख्यमन्त्री आचार्यले खोप अभियानको शुभारम्भ गर्नु भएको हो । मुख्यमन्त्री आचार्य सहित स्वास्थ्यमन्त्री खेमबहादुर सारुले खोप अभियानमा सहभागी हुने स्वास्थ्यकर्मीलाई खोप बाकस हस्तान्तरण गरेपछि अभियान सुरु भएको छ । १० बर्ष देखि १४ बर्ष सम्मका किशोरीलाई लक्षित गरेर खोप लगाउन थालिएको छ । कक्षा ६ देखि १० सम्म पढ्ने किशोरीलाई खोप लगाइने छ । विद्यालय बाहिर रहेका किशोरीहरुलाई…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
बुटवल हस्पिटल सबै मापदण्ड पुरा गर्ने अस्पताल बन्न सफल :उपमेयर अर्याल
स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रा देवी अर्यालले बुटवल हस्पिटल प्रा लि सबै मापदण्ड पुगेको स्वास्थ्य संस्था बन्न पुगेको बताउनु भएको छ । उहाँले धेरै स्वास्थ्य संस्थाहरु मापदण्डका आधारमा हेर्दा कमजोर देखिए पनि बुटवल हस्पिटल प्रा लि सबै मापदण्ड पुरा गर्ने पहिलो अस्पताल बनेको प्रतिक्रिया दिनु भयो । बुटवल हस्पिटल प्रा लिको स्थलगत अवलोकनपछि उपमेयर अर्यालले एउटा स्वास्थ्य संस्थाले सरकारले तोकेका सबै मापदण्ड पुरा गरेको महसुस बल्ल भएको बताउनु भयो । बुटवललाई स्वास्थ्यका दृष्टिले समेत पहिलो बनाउनका लागि नीजि क्षेत्रसँगको सहकार्य आवश्यक रहेको उहाँको भनाई छ । शिक्षामा जस्तै स्वास्थ्यमा पनि…
बुटवलमा नगर प्रमुख पान्डेले गरे एचपिभी खोप अभियानको शुभारम्भ
स्वास्थ्यसमाचार/ बुटबलमा नगर प्रमुख खेलराज पाण्डेले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गर्नु भएको छ । ज्ञानोदय माध्यामिक विद्यालयमा आज आयोजित एक कार्यक्रममा स्वास्थ्यकर्मीलाई खोप सामग्री प्रदान गरेर अभियानको शुभारम्भ गर्नु भएको छ । किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्दै छ ।बुटबलमा भने १० हजार किशोरीहरुलाई ८३ स्थानबाट खोप लगाउन लागिएको स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले बताउनु भयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका…
प्रधानमन्त्री ओलीद्वारा क्यान्सर विरुद्ध खोप अभियानको शुभारम्भ
स्वास्थ्यसमाचार/प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व क्यान्सर दिवसका अवसरमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानको शुभारम्भ गरेका छन् । बालुवाटरस्थित शिवपुरी उच्च माध्यामिक विद्यालयमा आज आयोजित एक कार्यक्रममा काठमाडौं महानगरपालिका–३ स्वस्थ्यकर्मीलाई खोपसामग्री प्रदान गरेर अभियानको शुभारम्भ गरेका हुन् । किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउनका आजदेखि फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गर्दै छ । खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप लगाइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मुलुकमा हरेक दिन…
स्वास्थ्य मन्त्रालयमा आवश्यक जनशक्ति थप गर्नका लागि बाटो खुल्यो
स्वास्थ्यसमाचार/स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक जनशक्ति थप गर्नका लागि बाटो खुलेको छ । गत माघ १५ गते मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संगठन तथा व्यवस्थापन (ओएनएम )सर्वेक्षणका लागि पूर्व स्वीकृति दिएपछि जनशक्ति थप गर्न बाटो खुलेको हो । संघीयता कार्यान्वयनमा आए पछि २०७५ सालयताा मन्त्रालयले यस्तो सर्वेक्षण गरेको छैन । यसबीचमा बढ्दो जनसंख्या चाप, सेवाको माग तथा स्वास्थ्यजन्य आवश्यकता बढे पनि ओएनएम सर्वेक्षण नहुँदा कार्यसम्पादनमा कठिनाइ भैरहेको छ । कतिपय क्षेत्रमा जनशक्ति अभावका कारण सेवा सञ्चालनमा कठिनाइ भैरहेको अधिकारीहरुले बताउने गरेका छन् । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विस्तार तथा…
विश्व क्यान्सर दिवसः प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने
स्वास्थ्यसमाचार/क्यान्सर लाग्दैमा डराउनु नपर्ने भन्दै प्रारम्भिक चरणमा पहिचान भएमा निर्मूल हुने चिकित्सकहरू बताउँछन् । सही समयमा क्यान्सर पहिचान भएमा यसको उपचार सम्भव रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित रूपमा स्वास्थ्यको जाँच गरी प्रारम्भिक चरणमा क्यान्सर पत्ता लागेमा उपचार गरेर रोकथाम गर्न सकिने बताउनुभयो । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अरुण शाहीले क्यान्सर थाहा पाउनेबित्तिकै उपचार भए जस्तोसुकै अवस्थाको रोग निको पार्न सकिने बताउनुभयो । “क्यान्सर लागेका बिरामी सबै काम छाडेर अब जीवन सकियो भन्दै डराएर बस्छन् । तर त्यसो…
आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान : ढुक्क भएर लगाउन आग्रह
स्वास्थ्यसमाचार/आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान सञ्चालन हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाण्डौको शिवपुरी स्कुलबाट र मुख्यमन्त्रीहरुले सातै प्रदेशबाट बिहान ११ बजे खोप अभियानको शुभारम्भ गर्ने तयारी छ । विद्यालय केन्द्रित यो खोप अभियान आज माघ २२ गतेदेखि आउँदो फागुन ६ गतेसम्म देशभर एकैपटक सञ्चालन गर्न लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा महिलामा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले देशभर एपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर झण्डै १७ लाख किशोरीलाई…
क्यान्सरको न्यूनीकरण गर्दै निवारण गर्ने नेपालको लक्ष्य : स्वास्थ्यमन्त्री
काठमान्डौ/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरलाई न्यूनीकरण गर्न सबैले सहकार्य गर्न जरुरी रहेको बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।उहाँले क्यान्सर निवारणका लागि धेरै कामहरु गर्न बाँकी रहेको जानकारी दिनुभयो । उहाँले उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी रहेको बताउनुभयो । मन्त्री पौडेलले पाठेघरको क्यान्सरको समस्या ठुलो रहेको भन्दै यसलाई सबैको सहकार्यबाट न्यूनीकरण गर्दै लैजानुपर्ने बताउनुभयो । क्यान्सर निवारणको तहमा पुग्नका लागि सबैले पहल गर्न जरुरी रहेको धारणा व्यक्त गर्नुभयो । ‘‘खासगरी हामीले क्यान्सर निवारणका निम्ति…
नेत्रज्योति संघ जिल्ला शाखा, गुल्मीको २८औं जिल्ला सभा सम्पन्न
स्वास्थ्यसमाचार/ नेपाल नेत्रज्योति संघ जिल्ला शाखा, गुल्मीको २८ औं जिल्ला सभा सम्पन्न भएको छ । “हाम्रो कर्तव्य, हाम्रो जिम्मेवारी, आँखा सेवामा साझेदारी” भन्ने नाराका साथ सदरमुकाम तम्घासमा भएको जिल्ला सभामा प्रमुख अतिथि रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले थोरै लगानीले पनि जनताको मुहारमा खुसी देख्न सकिने बताउनुभयो । उहाँले आफु निर्वाचित भएर आएपछि गरेको निर्णयले अहिले रेसुंगा नगरपालिकाका मोतियाबिन्दुका बिरामीहरुले निःशुल्क शल्यक्रिया सेवा लिन पाएका उल्लेख गर्नुभयो । स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेर गुल्मी अस्पतालमा हाडजोर्नी बिशेषज्ञ सेवा, मृगौलाका रोगीहरुका लागि डायलायसिस सेवा सञ्चालन लगायतका थुप्रै काम गरिरहेको बताउनुभयो । स्थानीय सरकारसँग…
नर्सिङ कर्मचारीको लागि सुरक्षित गर्भपतन सम्बन्धी तालिम शुभारम्भ
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा नर्सिङ कर्मचारीहरूको लागि MVA (मिनिमल भजाइनल) बाट गरिने सुरक्षित गर्भपतन (क्याक) सम्बन्धी १४ दिने तालिमको शुभारम्भ गरिएको छ। स्वास्थ्य तालिम केन्द्र लुम्बिनीको आयोजनामा भएको तालिमको एक कार्यक्रमका बिच सुभारम्भ गरिएको हो । स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक भुबन कुबरको अध्यक्षतामा लुम्बिनी प्रादेशिक अस्पतालका प्रमुख कन्सल्टेन्ट गाइनोकोलोजिस्ट डा बिबि राउतको बिशिष्ट आतिथ्य तथा लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिड प्रमुख नेहा थापा, स्वास्थ्य तालिम केन्द्रका बरिष्ठ नर्सिड अधिकृत बिद्या खत्री लुम्बिनी प्रादेशिक अस्पतालका नर्सिड अधिकृत ज्योती पौडेलको आतिथ्यमा तालिम सुभारम्भ गरिएको थियो । तालिम सुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख कन्सल्टेन्ट…

