पेडियाट्रिक क्रिटिकल केयर सम्बन्धि चार दिने तालिम बुटवलमा समापन

स्वास्थ्यसमाचार /संवेदनशिल अबस्थामा बिरामी भएका वालवालिकाको ब्यबस्थापन गरि वालमृत्युदरमा कम ल्याउने उदेश्यका साथ बुटबलमा सञ्चालित ४ दिने पेडियाट्रिक क्रिटिकल केयर तालिमको समापन भएको छ।

चिकित्सक र नसिङ् कर्मचारी लाई गंभीर अवस्थाका बालबालिकाहरूको उपचारमा सघाउने उदेश्यका साथ तालिम कार्यक्रम आयोजना गरिएको हो।स्वास्थ्य तालिम केन्द्र लुम्बिनीको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको प्राबिधिक सहयोग र एफएचआई ३६० इपिक नेपालको आर्थिक सहयोगमा तालिम आयोजना गरिएको छ।

स्वास्थ्य तालिम केन्द्रका निमित्त प्रमुख भुवन कुँवरको अध्यक्षता प्रदेश आपुर्ति ब्यबस्थापन केन्द्रका प्रमुख डा. राजेन्द्र गिरीको प्रमुख आतिथ्य तथा स्वास्थ्य निर्देशनालय लुम्बिनीका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी, लुम्बिनी प्रादेशिक अस्पतालका वाल रोग बिशेषज्ञ डा किरणमणि पौडेल डा नेत्र थापा,को सहभागितामा तालिम समापन गरिएको हो ।

तालिम समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा. राजेन्द्र गिरीले बाल मृत्युदरले प्रदेशलाई गिज्याउने अबस्था रहेको र यसलाई घटाउनुको लागी महत्त्वपूर्ण रहने बताउनु भयो । उहाले यस्ता तालिमलाई निरन्तरता दिनुपर्ने बताउनु भयो । तालिममा सिकेका कुराहरुलाई सहभागीले पनि ब्यवहारमा लागु गर्न आग्रह समेत गर्नु भयो ।

स्वास्थ्य निर्देशनालयका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले लुम्बिनीमा वाल मृत्युदर मात्रृमत्युदर बढीरहेको अबस्थामा यि र यस्ता तालिमले वाल मृत्युदर घटाउनुको लागी महत्वपुर्ण भुमिका हुन भएकोले तालिममा सिकेका कुरा ब्यावाहरमा लागु गर्नु पर्ने बताउनु भयो ।

समापन कार्यक्रममा अध्यक्ष एबं स्वास्थ्य तालिम केन्द्रका निमित्त निर्देशक भुबन कुबरले आवश्यकताको हिसावले महत्वपुर्ण रहेको वताउनु भयो । यो तालिम प्रभाबकारी हुने समेत बताउनु भयो ।

कोरोनाले पाठ सिकाए पछि यस्ता तालिमको सुरुवात गरिएको र अब निरन्तरता दिने समेत कुँवरले बताउनु भयो । पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजारमा हाल ३३ रहेको छ । भने नवजात शिशु मृत्युदर प्रतिहजार २१ मा रहेकोे तथ्याङ्क उल्लेख गर्नु भयो ।

तालिममा एफएचआई ३६० इपिक नेपालका प्राविधिक तथा कार्यक्रम व्यवस्थापन विशेषज्ञ प्रदीप कुमार श्रेष्ठले तालिम प्रभावकारीता भएको र कार्यन्यन गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्नु भयो ।बरिष्ठ नर्सिङ अधिकृत विद्या खत्रीको सञ्चालनमा तालिम समापन भएको थियो ।

 

४ दिन सम्म चल्ने तालिममा लुम्बिनी प्रादेशिक अस्पताल बुटबल आम्दा अस्पताल भिम अस्पताल राप्ती प्रादेशिक अस्पताल पृथ्वी चन्द्र अस्पताल लगायतका अस्पतालका १६ जना चिकित्सक तथा नर्सहरुलाई सहभागी रहेका छन । तालिममा डा.किरणमणि पौडेल नेत्र राना डा.बिपीन खनाल ज्योती पौडेल र माधुरी ज्ञवालीले सहजीकरण गर्नु भएको छ।

यस तालिमले गंभीर अवस्थाका बालबालिकाहरुको क्रिटिकल केयर सम्बन्धि सेवाको गुणस्तर सुधार गर्न मद्दत पु¥याउनेछ र चिकित्सक तथा नसिङ् कर्मचारी हरुलाई आवश्यक तालिम र उपकरण प्रदान गरेर स्वस्थ र प्रभावकारी उपचार बनाउन सहयोग गर्ने अपेक्षा गरिएको तालिममा सहभागीले बताएका छन।

 

 

सम्बन्धित शिर्षक :