बुटवल १३ र १७ मा निर्माणाधीन नगर अस्पताल, छिट्टै सञ्चालन हुने

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिका वडा नम्बर १३ र १७ मा १५ बेडका अस्पताल निर्माण सम्पन्न भएको र छिटै सञ्चालन हुने भएका छन ।

नगर प्रमुख खेलराज पाण्डेयले वडा नम्बर १३ र १७ मा १५ बेडका अस्पताल निर्माण सम्पन्न भएको र छिटै सञ्चालन हुने वताउनु भयो । यस्तै, उहाले आम्दा अस्पतालमा पारामेडिकल अध्ययन शुरु र अस्पतालको स्तरोन्नति शुरु भएको समेत बताउनु भएको छ।

कार्यक्रममा बोल्दै नगर प्रमुखले बीटीआइमा ४० जना छात्रालाई निशुल्क अध्ययनको व्यवस्था, सीपमूलक तालिम र रोजगारका लागि नगरप्रमुख गृहणी महिला स्वरोजगार कार्यक्रम, मेयर युवा इलम कार्यक्रम, उपप्रमुख महिला आत्मनिर्भर कार्यक्रम, बा आमासँग नगरप्रमुख कार्यक्रम नियमित रुपमा सञ्चालन भइरहेको प्रमुख पाण्डेय समेत बताउनु भयो ।

नगरसभाले औपचारिक कार्यक्रमहरुमा मञ्चमा ७ जनाभन्दा बढीले आसन ग्रहण नगर्ने र औपचारिक कार्यक्रमहरुलाई छरितो बनाउँदै लैजाने निर्णय गरेको छ। नगरसभाको बैठकमा प्रमुख खेलराज पाण्डेयले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको थियो।

 

 

सम्बन्धित शिर्षक :