विश्व स्तनपान सप्ताह :आम्दाअस्पतालमा स्तनपान सम्बन्धी सचेतना

स्वास्थ्यसमाचार/आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पतालद्वारा स्तनपान सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन भएको छ । विश्व स्तनपान सप्ताह कार्यक्रम २०८१ को अवसरमास्तनपान समानता: सबैको सहयोग र सहभागिता भन्ने नारासँगै स्तनपान सप्ताह कार्यक्रम विश्वभर मनाइएको छ । उक्त नारालाई सार्थक बनाउन सोमबार आम्दा अस्पतालको आयोजनामा अस्पतालमा सेवालिइरहेका सुत्केरी आमाहरु र परिवारका सदस्यहरुलाई स्तनपानको महत्वबारे सचेतगराइएको हो ।कार्यक्रममा आम्दा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद पराजुलीले विश्वस्तनपान सप्ताहबारे जानकारी गराउँदै यसको महत्व , आवश्यकता र उद्देश्यबारे प्रकाशपारेका थिए । कार्यक्रममा बोल्दै उनले आमा र बच्चाको स्तन पानमा परिवारका सदस्यकोसहयोग महत्वपूर्ण रहने भएकाले अस्पताल…

रगतमाथि भ्रष्टाचार अक्षम्य छ, रेडक्रसलाई कारबाही गरियोस डा. कार्की

काठमान्डौ/रास्वपाकी सांसद डा तोसिमा कार्कीले नेपाल रेडक्रस सोसाइटीले गरेको रगतमाथिको भ्रष्टाचार अक्षम्य अपराध भएको भन्दै कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद डा काकीले विगत ६० वर्षदेखि नेपाल रेडक्रस सोसाइटी देशभरि नै रगत वितरण गर्दै आइरहेको संस्था भ्रष्टाचारमा चुर्लुम्म डुब्नु दुखद भएको बताएकी हुन्। समाज कल्याण परिषद्मा नेपाल रेडक्रस विरुद्धमा परेका उजुरीका आधारमा अनियमितता भएको देखिएको छ। छानबिन समितिको प्रतिवेदन अनुसार नेपाल रेडक्रसमा रगत संकलनदेखि भण्डारसम्ममा अनियमितता, मापदण्ड पुरा नगरिएको तथा कम गुणस्तरको रगत वितरण भएको तथ्य सार्वजनिक भएको थियो, तर समितिले प्रतिवेदन सार्वजनिक गरेको…

डेंगुको सन्त्रास बढदो: एकजनाको मृत्यु, २३ सय बढी संक्रमित

स्वास्थ्यसमाचार/डेंगुको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । तनहुँका संक्रमित पुरुषको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । अन्य रोग समेत भएको व्यक्तिको डेंगु संक्रमणपछि मृत्यु भएको महाशाखाले जनाएको हो। महाशाखाको एनटिडी तथा किटजन्य रोग नियन्त्रण शाखाकाप्रमुख डा।गोकर्ण दाहालका अनुसार तनहुँका ५० वर्षीय एक व्यक्तिको डेंगु संक्रमण पछि मृत्यु भएको हो। यसैबीच यो अगस्टका पाँच दिनमा देशभर ११७ डेंगी संक्रमित थपिएका छन् । जनवरीयता डेंगी संक्रमित हुनेको संख्या दुई हजार ३६५ पुगेकोे छ । यो वर्ष डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ । वाग्मती प्रदेशमा सबैभन्दा धेरै ७४७…

असुरक्षित गर्भपतनले महिलाको स्वास्थ्यमा जोखिम बढ्दै

स्वास्थ्यसमाचार/असुरक्षित गर्भपतनले स्वास्थ्य जोखिममा बढ्दै गएकोमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। अनिश्चित तथा अवैध गर्भधारणसँगै गरिने असुरक्षित गर्भपतनका कारण महिलाको मृत्यु हुनुका साथै जोखिम बढ्दै गएको उनीहरुको भनाइ छ। आज दाङको घोराहीमा आयोजित कार्यक्रमका घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख राधा पौडलले असुरक्षित गर्भपतनका कारण कतिपय महिलाको ज्यानै जाने गरेको बताइन्। परिवार नियोजनका साधनका रुपमा गर्भपतनलाई लिन नहुने उनको भनाइ थियो । यौन सम्पर्कका क्रममा सचेत नहुँदा अनिश्चित गर्भ रहन जाने र गर्भ बसेको थाहा पाएपछि चकटेल खाएझैँ औषधि प्रयोग गर्दा महिलाले ज्यान गुमाउनु परेको बताइन्। यस विषयमा सबैै गम्भीर हुनु…

नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेश समितिद्वारा पद हस्तान्तरण

स्वास्थ्यसमाचार /नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको वार्षिक साधारण सभा तथा नबनिर्वाचित पदाधिकारी हरुलाई जिम्मेबारी हस्तान्तरण गरिएको छ ।प्रदेश अध्यक्ष हेमराज पाण्डेयको अध्यक्षता स्वास्थ्य निर्देशनालय लुम्बिनीका निर्देशक तथा नेफाका सल्लाहकार डा. बिनोद कुमार गिरीको प्रमुख आतिथ्यता पद हस्तान्तरण गरिएको हो । केही समय भएको निर्वाचनमा सरोज रिमाल विजयी भएका थिए । सचिवमा नरेश बाबु श्रेष्ठ, खुल्लामा ४ जनामा मनोज ज्ञवाली, माधव राउत, आईतबार चौधरी र राजु केसी विजयी भएका थिए ।पद हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशका निर्वतमान अध्यक्ष हेमराज पाण्डेले आफ्नो कार्यकालमा नेतृत्वमा लुम्बिनी प्रदेशमा नेपाल जनस्वास्थ्य संघको…

स्वास्थ्य मन्त्रालय लुम्बिनीद्वारा छैठौं सातौ र आठौँ तहमा ३१ जनाको स्तरवृद्धि

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा प्रदेश निजामती एन र नियामाबली आईसकेपछि स्वास्थ्य मन्त्रालयले पहिलो पटक छैठौं सातौ र आठौँ तहमा ३१ जनाको स्तरवृद्धि गरिएको छ। स्वास्थ्य मन्त्रालयका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत तथा सुचना अधिकृत शैलेन्द्र पाण्डेका अनुसार स्तर बृद्धिको लागी ६४ जनाको निवेदन दर्ता भएको र ३१ जनाको स्तरवृद्धि भएको बताउनु भयो। उहाँका अनुसार आठौँ तहमा ४ जना सातौ तहमा १२ जना र छैठौं तहमा १५ जना को स्तरवृद्धि भएको बताउनु भयो। प्रदेश निजामती एन र नियामाबली नआउँदा सम्म यो स्तरवृद्धि संघिय सरकारबाट हुँदैआएको थियो। स्तरवृद्धि भएकाहरुको नामाबली यस प्रकार रहेको छ।…

पत्रकार चेतन पन्तको निधन

स्वास्थ्यसमाचार / पत्रकार चेतन पन्तको निधन भएको छ।विगत २ वर्षदेखि अबुर्द रोगबाट पीडित पन्तको आइतबार राति भैरहवास्थित आफ्नै निवासमा निधन भएको हो।भैरहवाको दुर्गा कोलनीमा परिवार सहित बस्दै आएका ६६ वर्षीय पन्त उपचार गराएर घरमै स्वास्थ्यलाभ गरिरहेका थिए। ३६ वर्ष पत्रकारिता क्षेत्रमा बिताएका पन्तले पत्रकारिताको माध्यमबाट विश्वभर लुम्बिनी र बौद्ध क्षेत्रहरु चिनाउन सन् २०१० मा बुद्धिस्ट साइट्स डटकम नामक वेबसाइट र चेतन पन्त नामक युट्युव च्यानलबाट आफ्नै लगानीमा वृत्तचित्र निर्माण गरी प्रसारण गर्दै आएका थिए।२०४५ सालदेखि पत्रकारितामा आबद्ध उनले नेपाल टेलिभिजन, इमेज टेलिभिजन, स्पेसटाइम नेटवर्क लगायतका सञ्चारमाध्यममा काम गरेका थिए। पछिल्लो…

प्युठानको गौमुखी गाउँपालिकामा एउटै परिवार तीन जनामा हैजा सङ्क्रमण

स्वास्थ्यसमाचार/प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरू एउटै परिवारका रहेका छन् । गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए । तीनै जनालाई झाडापखाला लागेपछि उनीहरूको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो । ‘जिल्ला अस्पतालमा परीक्षणका क्रममा तीनै जनामा हैजा पुष्टि भएको हो’, उनले भने ।गौमुखी गाउँपालिकाका आठ जनामा झाडापखाला देखिएको थियो । उनीहरूको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

१० दिनपछि मन्त्रीहरुको कार्यविभाजन :स्वास्थ्य मन्त्रीमा खेम सारु

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशमा विना विभागीय मन्त्री बनेका ८ जना सांसदहरूले १० दिनपछि जिम्मेवारी पाउनुभएको छ । जन अनुसार स्वास्थ्य मन्त्रीमा नेकपा एमालेका तर्फबाट पाल्पाका खेम सारुलाई जिम्मेबारी दिएको हो। मुख्यमन्त्रीसहित एमालेबाट ५ र कांग्रेसबाट ४ मन्त्रीले साउन ९ गते शपथ लिनुभएको थियो । मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार नै कार्य विभाजनसँगै सरकारलाई पूर्णता दिन खोजेपनि काँग्रेसभित्रको आन्तरिक विवादले रोकिएको छ । कांग्रेसमा मन्त्री छान्ने विवाद साम्य नहुँदा सरकारमा जान खुट्टा उचालेका दुई साना दललाई पनि समस्या परेको छ । एमालेका मुख्यमन्त्री चेतनारायण आचार्य र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसँग शुक्रबार…

उपचारको क्रममा सुत्केरीको मृत्यु अस्पतालले लापरवाही गरेको भन्दै कारबाहीको माग

स्वास्थ्यसमाचार /तिलोत्तमा–४ ड्राईभरटोलमा रहेको ओम महिला तथा बालबालिका अस्पतालमा सुत्केरीको ज्यान गएको छ ।शान्ती नमुना माविमा अंग्रेजी विषय अध्यापन गर्र्दै आएकी सृजना पौडेलको शरिरमा युरिनको मात्रा फैलिएपछि समयमा नै उपचार नहुँदा मृत्यु भएको हो । साउन १७ गते विहान ८ः ३० बजे छोरीलाई जन्म दिएको उनको दिउँसो ३ बजे सम्म पनि पिसाव भएको थिएन । आईसीयुमा राखेर उपचार गर्नुपर्ने विरामी अस्पतालमा आइसीयु नै नभएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ल्याँदा ढिला भएको कारण मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालमा साँझ ६ बजे मात्रै उपचारको लागि ल्याइएको मृतकका जेठाजु गोविन्द बेल्बासे…