लुम्बिनी प्रदेशस्तरीय स्वास्थ्य समिक्षा :रुपन्देही प्रथम,बर्दिया दोश्रो,प्युठान तेश्रो

स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तरगत कार्यालयहरूको वार्षिक समीक्षा सम्पन्न भएको छ। आर्थिक बर्ष २०७८/७९को वार्षिक समिक्षा सम्पन्न भएको छ।   तिन दिनदेखी दाडको भालुवामा भएको समिक्षामा रुपन्देही जिल्ला स्वास्थ्य कार्यलय प्रथम भएको छ । प्रदेशमा रहेका १२ बटा स्वास्थ्य कार्यलय मध्येबाट रुपन्देही प्रथम भएकोहो। त्यस्तै बर्दिया दोश्रो भएको छ। प्युठान तेश्रो,नबलपरासी पश्चिम चौथो गुल्मी पाँचौ,रोल्पा छैठौ,कपिलबस्तु सातौ,पाल्पा आठौ,दाड नबौ,अर्घाखाची दसौ,वाके एघारौ र रुकुम पुर्व वाह्रौ भएको स्वास्थ्य निर्देशनालय लुम्बिनीले जनाएको छ। स्वास्थ्य मन्त्रालय लुम्बिनीका सचिब डा बिकास देबकोटाले बिभिन्न मापदन्डका आधारमा बनाएर मुल्याकन गरिएको बताए। कार्यक्रममा २०७८/७९को बार्षक…

खानपान र व्यायाममा ध्यान दिन सके मुटुरोगबाट बचिन्छ :डा गौतम

स्वास्थ्यसमाचार/  गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले आफ्नो जिवनशैली, खानपान र नियमित व्यायाममा ध्यान दिन सके मुटुरोगबाट बच्न सकिने बताए। विश्व मुटु दिवसका अवसरमा बुटवलमा जनचेतनामुलक ¥यालीको समापनमा बोल्दै डा गौतमले पछिल्लो समय नेपालमा मुटुरोगीहरुको संख्या बढ्दै गएको भन्दै धुम्रपान मुटुरोगको मुख्य कारण बन्दै गएको उल्लेख गरे । डा.  गौतमले  धुम्रपान, मद्यपान, चिल्लो तथा तारेको खाना, बोंसो लगायतको सेवनलाई रोक्न सके मुटुरोग लाग्नबाट जोगिन सकिने बताए। ¥यालीको समापनमा वोल्दै अस्पतालका अध्यक्ष एजाज आलमले वर्षमा कम्तिमा एकपटक भएपनि स्वास्थ्य परिक्षण गरी भविश्यमा हुन सक्ने स्वास्थ्य समस्याबाट…

डेंगु संक्रमण बढेसंगै बुटवल उपमहानगरमा सरसफाई अभियान जारी

स्वास्थ्यसमाचार/  बुटवल उपमहानगरपालिकाले सरसफाई अभियान अन्तरगत गोलपार्कदेखि अस्पताल लाईनसम्मको सडकमा सरसफाई गरेको छ । चाडवाडलाई लक्षित गरेर उपमहानगरपालिकाले बुधबारदेखि तीन दिने सरसफाई अभियान सञ्चालन गरेको हो ।सरसफाई अभियानअन्तरगत बसपार्क क्षेत्र, राजमार्ग, लुम्बिनी प्रादेशिक अस्पताल क्षेत्र, आम्दा अस्पताल क्षेत्र र सबै वडा कार्यालयहरुले वडा क्षेत्रभित्र सरसफाई गर्ने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । सरसफाईसँगै डेंगु नियन्त्रण अभियान र सचेतना अभियान सञ्चालन हुने उहाँले बताउनुभयो ।बुटवल नगरलाई सफा, सून्दर राख्नका लागि सबै नगरबासीको सकारात्मक भूमिका आवश्यक पर्ने भएकाले आफ्नो घर, टोल र नगर सफा राख्नका लागि आग्रह गर्नुभयो । उहाँले हरेकजसो…

स्वास्थ्य र शिक्षाका ठूला योजना अघि बढाउँदै बुटबल उपमहानगर

स्वास्थ्यसमाचार/बुटवल उपमहानगरपालिकामा केही ठूला योजनाहरु सञ्चालनका लागि प्रक्रिया अघि बढेका छन् ।सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)को स्तरोन्नति, कृषि बजार केन्द्र स्थापना, सूचना केन्द्र निर्माण, प्रदेशस्तरको बसपार्कजस्ता योजनाहरु प्रक्रियामा अघि बढेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो । बुटवल उपमहानगरपालिकाले बुधबार गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले बुटवललाई आर्थिक, स्वास्थ्य र शिक्षाका हिसाबले अग्रणी बनाउने गरी केही योजनाहरु अघि बढेको र ती योजनाले छिटै मुर्त रुप लिने बताउनुभयो । ‘हामीले बुटवलका मुख्य समस्या समाधान गर्दै केही ठूला योजनाहरु अघि बढाएका छौं, उहाँले भन्नुभयो–ती योजनाहरुमा बुटवल उपमहानगर, संघ, प्रदेश र अन्य…

लुम्बिनीमा डेंगुको महामारी बढदो तथ्यांकमा स्थानिय र प्रदेश बेखबर

स्वास्थ्यसमाचार/  लुम्बिनी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमणबाट हालसम्म ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याक अनुसार लुम्बिनीमा गत साउनदेखि हालसम्म ३ जना संक्रमितको मृत्यु भएको हो । त्यो संख्यामा तीन साताअघि मन्त्रालयको ५ सय मिटरमा पर्ने कालिकानगरमा मृत्यु भएका पूर्वगाविस उपाध्यक्ष चुरामणि आचार्यको नाम ठेगाना नै छैन भने रुपन्देहीको देवदह ५ खैरेनीमा केही दिनअघि डेंगुबाटै मृत्यु भएका ७२ वर्षीय दुर्गाप्रसाद सुवेदीको नाम ठेगाना उल्लेख छैन । कालिकानगरमा मृत्यु भएका आचार्य र खैरेनीमा मृत्यु भएका सुवेदीबारे अखबारमा खबर आएका थिए । जिल्ला स्वास्थ्य कार्यालय तथा स्थानीय तहले…

लुम्बिनी प्रादेशिक अस्पतालमा शुभकामना ,स्वागत र सम्मान कार्यक्रम

स्वास्थ्यसमाचार/ लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा विजया दशमी, शुभ दिपावली, नेपाल संवत र छठ पर्व२०७९को उपलक्ष्यमा शुभकामना सम्मान तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ। नेपाल स्वास्थ्यकर्मी संघ लुम्बिनी प्रादेशिक अस्पताल ईकाई समितिको आयोजनामा उक्त कार्यक्रम भएको हो।   स्वास्थ्यकर्मि संघका ईकाई समितिका अध्यक्ष भिम ज्ञाबलीको अध्यक्षता, अस्पतालका मेसु डा ईन्द्र ढकालको प्रमुख आतिथ्यता, नेपाल स्वास्थ्यकर्मी संघरुपन्देही जिल्ला अध्यक्ष राम प्रसाद ढकालको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका सचिब वालकृष्ण कडेल, नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेस महासचिव नेत्र प्रसाद आचार्य ,लुम्बिनी प्रादेशिक अस्पताल नासु चिरञ्जीबी घिमिरे एफएचका…

रोटरी डाउनटाउनको डेगु रोकथाम र सचेतना अभियान

स्वास्थ्यसमाचार / रोटरी क्लब अफ बुटवल डाउन टाउनको आयोजना तथा रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउन, रामापिथेकस, सिनर्जी, ईन्ट्रयाक्ट क्लब अफ स्लकर्स होम, गार्गी एकेडेमी , एनायन्स डाउनटाउन, ईन्नरह्विल क्लब अफ बुटवल जितगढीले बुटवलमा मंगलबारदेखि डेङ्गु रोग नियन्त्रण तथा सचेतना कार्यक्रम शुरु गरेका छन । राजमार्ग चौराहाबाट शुरु भएको कार्यक्रम बुटवल उपमहानगरपालिकाका वडाहरुमा डेगु रोगबारे सचेतनामुलक पर्चापम्प्लेट वितरण, अडियो सामग्रीमार्फत माईकिङ गरिने क्लबका अध्यक्ष भरत रानाले बताए । डेगु संक्रमितको संख्या बढेका कारण सचेतनाका कार्यक्रमलाई प्राथमिकतामा राखेको उनले बताए । कार्यक्रम संयोजक कमला हमालले सचेतना डेगुबाट बच्न सबैभन्दा प्रभावकारी उपाय सचेतना…

सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा )लाई ३सय बेड वनाईने

स्वास्थ्यसमाचार/ बुटवल । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पतालको स्तरोन्नति हुने भएको छ ।बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघको त्रिपक्षीय सञ्चालनमा रहेको अस्पतालमा २ सय बेड थप गर्दै स्तरोन्नति गर्ने समझदारी भएको हो । एशोशिएशन अफ मेडिकल डक्टर्स अफ एशिया (आम्दा) ईन्टरनेशनलका अध्यक्ष सिगेरू सुगानामीको उपस्थितिमा बसेको अस्पताल सञ्चालक समितिको बैठकले अस्पतालको स्तरोन्नति गर्न निर्णय गरेको हो । आम्दा नेपाल, बुटवल उपमहानगरपालिका र बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको त्रिपक्षीय सहमतिमा २०५३ सालमा बुटवल उपमहानगरपालिका वडा नं. ७ (साविक वडा नं. ९) मा सिद्धार्थ बाल तथा महिला अस्पताल…

आम्दा ईन्टरनेशनल बुटवलसँग सहकार्य निरन्तर अघि बढाउन ईच्छुक

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाको निमन्त्रणामा आम्दा ईन्टरनेशनलका अध्यक्ष डा. सिगेरू सुगानामी रूपन्देही आउनुभएको छ ।अध्यक्ष सुगानामीलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभयो । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका अध्यक्षसमेत रहनुभएका प्रमुख पाण्डेयले आम्दा ईन्टरनेशनलले स्वास्थ्यका क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले बुटवलले आम्दासँग निरन्तर सहकार्य गर्न चाहेको र बुटवलको अस्पताललाई स्तरोन्नति गर्ने योजनामा रहेको बताउनुभयो । आम्दाका अध्यक्ष सुगानामीले बुटवलसँगको सहकार्य निरन्तर अघि बढाउन ईच्छुक रहेको बताउनुभयो । सुगानामीको नेतृत्वमा रहेको टोलीमा आम्दा नेपालका अध्यक्ष डा अनिल कुमार दास, पूर्व अध्यक्षहरू डा सरोज…

सिद्धार्थ डायग्नोष्टिक सेन्टरद्वारा दशैं मिलन कार्यक्रम सम्पन्न

स्वास्थ्यसमाचार/ बुटवल–६ श्रवणपथस्थित ‘सिद्धार्थ डायग्नोष्टिक सेन्टर प्रालि’को प्रथम पूर्ण बैठक तथा विजया दशमी, शुभ दिपावली र छठ पर्व २०७९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष उपेन्द्र अर्यालको अध्यक्षता, विशिष्ट शैक्षिक तथा सामाजिक व्यक्तित्व, रसायन शास्त्रका प्राध्यापक बसन्तराज खनालको प्रमुख आतिथ्यता, संस्थाका सल्लाकार डा.तिलक भुषाल र डा.अरुणकुमार क्षेत्रीको विशिष्ट आतिथ्यता रहेको थियो । त्यस्तै, सञ्चालक तथा प्रवन्ध निर्देशक नारायण पौडेल, सञ्चालक रामबहादुर खड्का, दलबहादुर लोहागुन, कपिल न्यौपाने, अरविन्द्र चन्द्र आर्चाय, डा.कमल कार्की, केशवबहादुर महत, खेम तिवारी, रिना राना, थानेश्वर अर्याल, बलराम न्यौपानेलगायतको…