स्वास्थ्यसमाचार/ संवेदनशिल अबस्थमा बिरामी भएका वालवालिकाको ब्यबस्थापन गरि वालमृत्युदरमा कम ल्याउने उदेश्यका साथ बुटबलमा पेडियाट्रिक क्रिटिकल केयर तालिम सुरु भएको छ। चिकित्सक र नसिङ् कर्मचारी लाई गंभीर अवस्थाका बालबालिकाहरूको उपचारमा सघाउने उदेश्यका साथ तालिम कार्यक्रम आयोजना गरिएको हो।स्वास्थ्य तालिम केन्द्र लुम्बिनीको आयोजना लुम्बिनी प्रादेशिक अस्पतालको प्राबिधिक सहयोग र एफएचआई ३६० इपिक नेपालको आर्थिक सहयोगमा तालिम आयोजना गरिएको छ। स्वास्थ्य तालिम केन्द्रका निमित्त प्रमुख भुवन कुँवरको अध्यक्षता प्रदेश आपुर्ति ब्यबस्थापन केन्द्रका प्रमुख डा. राजेन्द्र गिरीको प्रमुख आतिथ्य तथा स्वास्थ्य निर्देशनालय लुम्बिनीका बरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी, लुम्बिनी प्रादेशिक अस्पतालका वाल रोग…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
नेपालगञ्जको सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्सको सीईओमा डा. कनौडिया
स्वास्थ्यसमाचार/नेपालगञ्जको सञ्जीवनी कलेज अफ मेडिकल साइसेन्स प्रालिको प्रमुख कार्यकारी अधिकृतमा डा नितेशकुमार कनौडिया नियुक्त भएका छन् । सन् २०१४ मा काठमाडौं विश्वविद्यालय अन्तर्गत नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस अध्ययन सकेका डा। कनौडियाले सोही कलेजको सहायक निर्देशक भएर समेत काम गरिसकेका छन् । नेपाली युवा उद्यमी फोरम नेपालगञ्जका संस्थापक अध्यक्ष समेत रहेका डा कनौडियाले २०७२ सालको भूकम्पपछिको राहत कार्यक्रममा सक्रियतापूर्वक लागेका थिए । कोभिड महामारीमा ‘फिल द बकेट’ अभियान सञ्चालन गरेर नेपाल(भारत सीमामा स्वास्थ्य सेवा सञ्चालन गर्न मुख्य भूमिका निर्वाह गरेका थिए । उनी देशका विभिन्न दुर्गम पहाडी जिल्लामा स्वास्थ्य शिविर लिएर…
लुम्बिनीको मन्त्रिपरिषद् बैठक :अर्याललाई प्यूठान र सिंहलाई रोल्पा अस्पताल सरुवा
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकार प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेशका केही केहि चिकित्सकहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय पनि गरेको छ । साथै डा. ओम अर्याललाई प्यूठान अस्पताल र त्यहाँ कार्यरत रहेका ११ औं तहका डा.विनोद सिंहलाई रोल्पा अस्पतालमा खटाउने समेत बैठकले निर्णय गरेको छ ।यस्तै लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई सैद्धान्तिक सहमती प्रदान गरेको छ । लुम्बिनी प्रदेश समसामयिक कर, राजश्व संकलन गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकको अवधारणा पत्रलाई स्वीकृती प्रदान…
रुपन्देहीका स्वास्थ्यकर्मीहरुलाई एचपीभी खोप सम्बन्धी अभिमुखीकरण
स्वास्थ्यसमाचार/ रुपन्देहीमा पाठेघर मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियानलाई सफल बनाउन स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गर्ने कार्यक्रमहरू सञ्चालन भैरहेको छ। लुम्बिनी प्रादेशिक अस्पताल सहित १६ पालिकाका प्रमुख हरुलाई चरणबद्ध रुपमा अभिमुखीकरण गरिएको स्वास्थ्य कार्यलय रुपन्देहीले जनाएको छ। आज बुटबलमा स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण कार्यक्रमको सुभारम्भ गर्दे स्वास्थ्य कार्यलय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञावालीले यो अभियान अन्तर्गत, जिल्लामा ५९ हजार किशोरीहरूलाई खोप प्रदान गर्ने लक्ष्य राखिएको वताउनु भयो । उहाले पुस २५ देखि माघ ९ गतेसम्म स्वास्थ्य संस्था प्रमुखहरूलाई अभिमुखीकरण गर्ने कार्यक्रम रहेको बताउनु भयो । उहाले एचपीभी (ह्युमन प्यापिलोमाभाइरस) खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रममा…
स्वास्थ्य बीमा सुधारको कार्ययोजना प्रस्तुत गर्न प्रधानमन्त्रीको निर्देशन
स्वास्थ्यसमाचार/प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनका आधारमा यथाशीघ्र सुधारको कार्ययोजना बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिनुभएको छ । सो कार्यदलको प्रतिवेदन र सुझावबारे आज प्रधानमन्त्री निवासमा ब्रिफिङ लिएपछि प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने लक्ष्यसहित नागरिकलाई सुशिक्षित गराउनुपर्ने र बिरामी भइहालेमा खर्च नभएर उपचार गर्न नपाउने अवस्था हुन नहुने बताउनुभयो । उहाँले कार्यदलबाट स्वास्थ्य बीमा कार्यक्रमको वस्तुनिष्ठ समीक्षासहित सुझाव दिइएकाले यथास्थितिमा परिवर्तन गरी व्यावहारिक हुनेगरी कार्यक्रमलाई एक साताभित्र कार्ययोजना ल्याउन मन्त्रालयलाई भन्नुभएको हो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कार्यदलका संयोजक डा शम्भु आचार्य, सदस्यहरु डा…
स्वास्थ्य मन्त्रालय लुम्बिनीको पुँजीगत खर्च४२ दशमलव १२ प्रतिशत
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनासम्म जम्मा १९प्रतिशतमात्र बजेट खर्च गरेको छ ।चालुतर्फ २३ दशमलव ९५ प्रतिशत र पुँजीगततर्फ जम्मा १६ दशमलव ६४प्रतिशत बजेट खर्च भएको हो । लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७करोडको बजेट ल्याएकोमा अहिलेसम्म७ अर्ब ५३ करोड ५९ लाख रुपैयाँ खर्च हो ।पुँजीगत र चालु गरी पुस मसान्तसम्म १९ दशमलव ३४ प्रतिशत बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय लुम्बिनी प्रदेशले जनाएको छ । पुँजीगत तर्फ २४ अर्ब ५८करोड ५९ लाख बजेट रहेकोमा ६महिनामा जम्मा ४ अर्ब ९ करोड १३…
पाठेघरको मुखको क्यान्सरबाट नेपालमा प्रत्येक दिन चार जना महिलाको मृत्यु
स्वास्थ्यसमाचार/पाठेघरको मुखको क्यान्सरबाट नेपालमा प्रत्येक दिन चार जना महिलाको मृत्यु हुने गरेको देखिएको छ । स्वास्थ्य कार्यलय रुपन्देहीले गरेको अभिमुखीकरण कार्यक्रममा कार्यलयका क्षयकुष्ठ अधिकृत टिकाराम अधिकारीले प्रत्येक दिन नेपालमा चार जना महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको अनुमान रहेको बताउनुभयो । तिन पालिकाका स्वास्थ्य प्रमुखहरुलाई गरेको ‘पाठेघरको मुखको क्यान्सर र एचपीभी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम’मा उहाँले यस्तो बताउनुभएको हो । तथ्याकं अनुसार बर्सेनि २,१६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । त्यसमध्ये १,३१३ जनाको मृत्यु हुने गरेको हो ।‘नेपालमा हरेक वर्ष २,१६९ जनालाई पाठेघरको मुखको क्यान्सर…
लुम्बिनी प्रादेशिक अस्पताल प्रदेशको समृद्धिका लागि ‘लाइफ लाइन’ स्वास्थ्यमन्त्री सारु
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले सेवालाई गुणस्तर बनाउनका लागि अस्पताल परिवारले सामुहिक भावनाले काम गर्न निर्देशन दिनुभयो । लुम्बिनी प्रादेशिक अस्पतालमा थप गरिएको महिला तथा प्रसुती शल्यक्रिया कक्षको उद्घाटन कार्यक्रममा स्वास्थ्यमन्त्री सारुले यस्तो बताउनु भएको हो ।उहाले प्रदेश सरकारले सबै स्वास्थ्य संस्थाहरुलाई नजिकबाट निगरानी राखेर मुल्याङ्कन गरिरहेको उल्लेख गर्दै मन्त्री सारुले आफ्नो जिम्मेवारीमा प्रतिवद्ध भएर सेवामा लाग्न आग्रह गर्नु भयोे । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मात्र नभई सिङ्गो प्रदेशको समृद्धिका लागि ‘लाइफ लाइन’को रुपमा रहेको उल्लेख गर्नु भयोे । अस्पतालमा आउने जुनसुकै वर्ग वा समुदायका सेवाग्राहीले अपनत्व महशुस गर्ने…
अर्घाखाँचीका ८७ सय किशोरीलाई ‘एचपिभी’ खोप लगाइने
स्वास्थ्यसमाचार/पाठेघरको मुखको क्यान्सर रोकथामका लागि अर्घाखाँचीका ८७ सय किशोरीलाई ‘एचपिभी’ खोप लगाइने भएको छ ।आगामी माघ २२ देखि सञ्चालन हुने खोप अभियानअन्तर्गत विद्यालयमै पुगेर छ देखि १० कक्षामा अध्ययनरत किशोरीलाई उक्त खोप लगाउने भएको हो । विद्यालय बाहिरका १० देखि १४ वर्षमुनिका किशोरीलाई पनि खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख शिव सार्कीले बताउनु भयो।उहाँका अनुसार खोप कार्यक्रम सञ्चालनका लागि सबै पालिका २ सय स्वास्थ्यकर्मीलाई अभिमुखीकरण तालिम दिएको बताउनु भयो ।यसपछि शिक्षक, पालिकाका स्रोतव्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका, चिकित्सक, अन्य स्वास्थ्यकर्मीहरूलाई तालिम दिने कार्यक्रम रहेका सार्कीलेले बताउनु भयो । लुम्बिनी…
लुम्बिनीमा दुई लाख ९८ हजार किशोरीलाई एचपिभी खोप लगाइने
स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप पठाएको छ । लुम्बिनीमा दुई लाख ९८ हजार नौ सय १० मात्रा खोप आएको प्रदेश स्वास्थ्य आपुर्ति केन्द्र लुम्बिनीले जनाएको छ।‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा खोप नेपाल आएपछि प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले जानकारी दिए। उनले सबै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताए । निर्देशक डा रायमाझीका अनुसार गाभीले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपिभी खोप निःशुल्क उपलब्ध…

