स्वास्थ्य पत्रकार मञ्च नेपालमा नयाँ कार्यसमिति, अध्यक्षमा काफ्ले

स्वास्थ्यसमाचार/स्वास्थ्य पत्रकार मञ्च नेपालको अध्यक्षमा भिषा काफ्ले निर्वाचित भएका छन् ।  काठमाडौँमा सम्पन्न मञ्चको छैटौँ राष्ट्रिय अभिवेशनबाट काफ्लेको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

निर्वाचन समितिका अनुसार मञ्चको बरिष्ठ उपाध्यक्षमा बुद्धि कटेल  निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन भएको दुई जना उपाध्यक्ष पदका लागि महेश तिमल्सिना बिजयी भएका छन् । अर्को पदमा भने सञ्जीता खनाल  र शरद शर्मा को बराबर मत आएपछि एक एक वर्ष आलोपालो गर्ने सहमति भएको छ ।

महासचिव पदमा  शिवहरि घिमिरे निर्वाचित भएका छन् । यस्तै सचिव पदमा ज्योति अधिकारी  निर्वाचित भएकी छन् । कोषाध्यक्षमा भने  सिर्जना खत्री विजयी भएकी हुन् ।

सदस्यहरुमा उपेन्द्र खड्का, सृजना कार्की, सुरेश खनाल, सन्तोष राई, कृष्ण आचार्य, भोला अधिकारी, लक्ष्मी चौलागाईँ, विना न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

अधिवेशनले बासुदेव न्यौपानेलाई लुम्बिनी प्रदेश संयोजक, वीरबहादुर तामाङलाई बागमती प्रदेश, मोहसिन अलि मियालाई गण्डकी प्रदेश संयोजकमा निर्वाचित गरेको छ । यस्तै तुलसा घिमिरेलाई प्रवास संयोजकमा निर्वाचित गरेको छ ।

नयाँ कार्यसमिति निर्वाचित भएसंगै सरोज ढुंगेल नेतृत्वको पुरानो कार्यसमिति विदा भएको छ । नयाँ कार्यसमितिको पदावधी दुई वर्षको हुनेछ ।

सम्बन्धित शिर्षक :