स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलको निजामती कर्मचारी युनियन ईकाई समितिको नवौं अधिवेशन सम्पन्न भएको छ।
कार्यक्रम दया सागर पन्थीको अध्यक्षता नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण प्रमुख आतिथ्य तथा नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डेय, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा.इन्द्र ढकाल, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. विष्णु गौतम, नर्सिङ प्रमुख नेहा थापाको विशिष्ट आतिथ्यता रहेको थियो ।
त्यस्तै नेपाल कर्मचारी युनियन रुपन्देही जिल्ला सदस्य चिरञ्जीवि घिमिरे लुम्बिनी प्रादेशिक अस्पताल स्वास्थ्यकर्मी संघका अध्यक्ष भीम ज्ञावाली,विकास समितिका केन्द्रीय अध्यक्ष सुरेन्द्र राज पन्त, नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रादेशिक अस्पताल ईकाई समिति अध्यक्ष सिता खनाल नर्सिङ संघकी अध्यक्ष विष्णु खनाल लगायतको आतिथ्यमा अधिबेशन सम्पन्न भएको थियो ।
अधिवेशनमा प्रमुख रामकृष्ण खाँण अतिथी बिशिष्ट चक्रपाणी पाण्डेय, तथा अतिथीहरु तिलक गौतम, भीम ज्ञावाली, सिता खनालले शुभकामना दिदै कर्मचारीहरूको हकहितका मुद्दाहरू अघि बढाउन नवगठित समितिले महत्त्वपूर्ण भूमिका खेल्ने वताउनु भयो
उहाँहरुले स्वास्थ्य सेवाको गुणस्तर वृद्धि र कर्मचारीका समस्याहरू समाधान गर्न एकताबद्ध प्रयास आवश्यक रहेकोमा समेत बताउनु भयो ।
नवौं अधिवेशनले दया सागर पन्थीको अध्यक्षतामा १७ सदस्यीय समिति चयन गरेको छ।जसको उपाध्यक्ष नेत्र पाण्डेय सचिव विजय ध्वज बस्नेत कोषाध्यक्ष शिव कुँवर रहनु भएको छ ।
सदस्यहरू सुरेन्द्र राज पन्त, चिरञ्जीवी घिमिरे, भागिरथ राना, माधुरी ज्ञावाली, भीम ज्ञावाली, गीता ज्ञावाली, भगवती पाण्डेय रहनु भएको छ।भने आमन्त्रित सदस्यहरुमा ज्योती पौडेल, दोण पन्थी, कृष्ण कार्की, बिमला शेरचन, हरि न्यौपाने, र तारा न्यौपाने रहनु भएको छ ।
कार्यक्रमको सञ्चालन माधुरी ज्ञावालीले र स्वागत मन्तव्य भागिरथ रानाले व्यक्त गर्नुभएको थियो।समितिको पहिलो बैठकले सल्लाहकार समिति चयन गर्ने निर्णय गरेको समेत अध्यक्ष पन्थीले बताउनु भयो ।
प्रतिकया दिनुहोस्