नर्सिङ.दिवसको महत्व के हो, नेपालमा कहिले मनाइन्छ ?
नर्सिङ.दिवस, प्रत्येक बर्ष १५ माघमा मनाइन्छ ।बिक्रम संवत २०१८ साल माघ १५ गतेका दिन नान ( नेपाल नर्सिङ संघ) को स्थापना भएको हो । साथै बिश्व नर्सिङ.दिवस प्रत्येक वर्ष मे १२ मा मनाइन्छ, । फ्लोरेन्स नाइटिङ्गेको (Founder of Modern Nursing)को जन्म उत्सव भएकोले अन्तराष्ट्रिय नर्सिङ.दिवस, त्यस दिनलाई मनाउने गरिन्छ । उक्त दिनमा हामीले पनि बिभिन्न कार्यक्रमका साथ दिवस मनाउने गर्दैछौ । दिवस नर्सहरूको कदर गर्न र पेशागत सम्मान बढाउनुको लागि विशेष महत्त्वपूर्ण मानिन्छ।
यो दिवसको इतिहास र यसका उद्देश्यहरू के हुन?
नर्सिङ.दिवसको इतिहास यहाँबाट सुरुवात हुन्छ जहाँ केयर भन्ने शब्द केयरीमा एक्टिभ हुन्छ त्यसबाट सुरु भएको पाईन्छ । नर्सिङको सुरुवात १९७४ मा आरम्भ भएको हो, भने फोफेशनल नर्सको सुरुवात फ्लोरेन्स नाइटिङ्गेल देखी सुरु भएको हो । इतिहासलाई हेर्नेको भने यो पेसा ब्रिटिश परिवारका खानदानी छोरीहरुले यसको महत्व बुझेर यो पेसा अपनाउनु भयो ।
१९८५मा भएको ब्रिटिश युद्धले पनि नर्सिङ सेवालाई थप प्रोत्साहन भएको पाईन्छ । यसका उद्देश्यहरू प्राय स्वास्थ्य र सामाजिक सेवामा सुधार ल्याउन, जनस्वास्थ्यमा योगदान पुर्याउन, र नागरिकहरूको स्वास्थ्य अवस्था सुधार गर्नका लागि केन्द्रीत हुन्छन्। यसका प्रमुख उद्देश्यहरूमा समावेश गर्न सकिन्छ यस्तै स्वास्थ्य सेवामा पहुँच विस्तार स्वास्थ्य शिक्षा र जागरुकता मुलुकका स्वास्थ्य प्रणालीको सुधार सामाजिक र मानसिक स्वास्थ्य समर्थन संक्रमण र रोगको रोकथाम रहेका छन ।
नर्सहरूको भूमिका स्वास्थ्य क्षेत्रमा कस्तो छ?
नेपालमा नर्सहरूको भुमिका स्वास्थ्य सेवाको स्तर उकास्न, नर्सिङ पेशाको सुधार गर्न र जनस्वास्थ्यमा योगदान पुर्याउन महत्त्वपूर्ण भूमिका रहेको छ । संघीयता पछि नर्सिङ क्षेत्रको सुधारको दिशा सकारात्मक देखिन्छ, तर यसका लागि दीर्घकालीन योजना र नीतिहरूको आवश्यकता छ। नर्सिङ पेशाको सुधार, स्रोतको उपलब्धता, र स्थानीय तहहरूमा नर्सिङ सेवाको प्रभावकारी कार्यान्वयनका लागि अझै धेरै काम गर्नुपर्ने देखिन्छ ।
स्वास्थ्य सेवामा नर्सहरूले कुन महत्वपूर्ण भूमिका खेल्छन्?
नर्सहरूले स्वास्थ्य सेवा प्रदान गर्नका लागि महत्वपूर्ण जिम्मेवारीहरू निभाउँछन्। उनीहरूले रोगीहरूको शारीरिक, मानसिक, र भावनात्मक आवश्यकता हरू पूरा गर्छन्, चिकित्सकीय उपचार प्रक्रिया गर्दै, स्वास्थ्य अवस्था अनुगमन गर्छन् र उपचारको प्रभावकारिता सुनिश्चित गर्छन्।
नर्सहरूको काम र जिम्मेवारीहरूका बारेमा के भन्नुहुन्छ?
नर्सहरूको मुख्य जिम्मेवारीहरूमा रोगीहरूको रेखदेख, औषधि व्यवस्थापन, उपचारको अनुगमन, आपतकालीन स्थितिमा निर्णय लिनु, परिवारसँग सल्लाह गर्ने, र चिकित्सकसँग मिलेर उपचार योजना बनाउने कार्यहुन्छ । धेरै जिम्मेबारी नर्सहरुको काँधमा रहेको छ उहाँलेपनि बिभिन्न वाधा ब्यधा सहेर आफुहरुको भुमिका महत्वपुर्ण तरिकाले निर्वाह गर्नु भएको छ ।
नर्सहरूको दैनिक कामकाजी दायित्वहरू के कस्ता छन?
नर्सहरूको दैनिक कार्यमा रोगीहरूको स्वास्थ्य अवस्था जाँच गर्नु, औषधि दिनु, ड्रेसिङ र घाउको हेरचाह गर्नु, अस्पतालका अन्य कर्मचारीसँग समन्वय गर्नु, र चिकित्सा र प्रशासनिक कामका लागि रिपोर्ट तयार गर्नु नै हुन्छ ।
नर्सिङ पेशामा भएका चुनौतीहरू के–के हुन?
नर्सिङ पेशामा हुने मुख्य चुनौतीहरूमा कामको भार, मानसिक र शारीरिक तनाव, कम वेतन, बढी घण्टाको काम, र उच्च जोखिमी अवस्थाहरू समावेश छन्। साथै, नर्सहरूलाई गुणस्तरीय प्रशिक्षण र स्रोतहरूको अभावले पनि चुनौती छ । हामीहरुले यस्ता चुनौति हरुलाई पार गर्दे आफनो सेवा प्रवाहलाई निरन्तरता दिएका छौ ।
नर्सिङ पेशामा काम गर्दा आम समस्याहरू र चुनौतीहरूको सामना कसरी गर्नुहुन्छ?
काम गर्दा सबै क्षेत्रमा समस्या नै हुन्छन तरपनि नर्सहरू चुनौतीहरूको सामना गर्नका लागि समय व्यवस्थापन, सहकर्मीहरूका साथ समन्वय, मानसिक स्वास्थ्यको ख्याल राख्ने, र पेशागत प्रशिक्षणको निरन्तरता नै रहन्छ । यिनीहरुको सामानका गरेर हामीले आफनो कार्यलाई निरन्तरता दिएका हुन्छौ ।
नर्सिङ क्षेत्रको सुधारका लागि राज्यले के कदमहरू चालेको छ?
राज्यले नर्सिङ क्षेत्रको सुधारका लागि नयाँ प्रशिक्षण कार्यक्रमहरू, नर्सहरूको पेशागत मान्यता र प्रमाणपत्र प्रणाली, थप वेतन र स्वास्थ्य सुविधा, र नर्सहरूको कामकाजी अवस्था सुधारका लागि नीति आबश्यक हुन्छन त्यस्ता खाले नीति नयाँ कार्यक्रम तालिम ल्याउनु आबश्यक देखिन्छ यस तर्फ सरकारले कदम चाल्नु पर्ने हुन्छ ।
नर्सिङको पेशालाई समाजमा अझ सम्मानित कसरी बनाउन सकिन्छ?
नर्सिङ पेशालाई समाजमा सम्मानित बनाउनका लागि नर्सहरूको कामको महत्व सबैमा बुझाउन, पेशागत प्रशिक्षण र सेवा सुधार्न, र सरकारद्वारा उचित सेवा र सुविधाहरू प्रदान गर्न आवश्यक छ।
नर्सिङ पेशाको मान्यता र सम्मान बढाउनका लागि के सुझाव दिनुहुन्छ?
नर्सिङ पेशाको सम्मान बढाउनुको लागि नर्सहरूको योगदानलाई कदर गर्ने, विशेष प्रशिक्षण र शिक्षा अवसरहरू प्रदान गर्ने, र पेशागत विकासका लागि नयाँ सिर्जना गर्ने जस्ता कदमहरू चाल्नुपर्ने देखिन्छ । समग्रमा हेर्नेको भने वाहिर भने जस्तो अबस्था कुनैपनि पेसामा देखिदैन एउटा बोल्ने र अर्काे कार्यन्यन गर्ने गर्दा नर्समात्र होईन सम्पुर्ण क्षेत्रमा विकृतिहरु मैलाएका छन । श्रम श्रोषण रहेको छ सरकारले सय तर्फ उचित ध्यान दिनुपर्ने देखिन्छ ।
नर्सहरूको क्षमता विकास र पेशागत प्रशिक्षणका लागि के कदमहरू चालिएका छन?
नर्सहरूको क्षमता विकासका लागि विभिन्न शैक्षिक र प्रशिक्षण कार्यक्रमहरू चलाइन्छ, जसमा विशेष योग्यता हासिल गर्नका लागि प्रशिक्षकहरूको तयारी र कार्यशालाहरू पनि समावेश छन्। तर समय सापेक्षता अनुसार छैनन बनाउनु आबश्यक रहेको छ ।
नर्सिङ पेशामा महिलाको प्रमुख भूमिका र योगदानको बारेमा तपाईंको दृष्टिकोण के हो?
महिलाहरू नर्सिङ पेशामा प्रमुख भूमिका निभाउँछन्। महिलाहरूको संवेदनशीलता, क्षमता, र रोगीको हेरचाहमा गहिरो समक्ष नर्सिङ पेशामा अत्यधिक मूल्यवान छ ।हामीले यसरी आफनो भुमिका निर्वाह गरेका छौ । अझ हामी समय अनुसार परिस्कृत भएर अघि बढ्नु पर्ने हुन्छ त्यसका लाई नयाँ कार्यक्रम तालिम शैक्षिक कार्यक्रम लगायतलाई निरन्तरता सरकाले दिनु पर्दछ । नर्सहरूको मानसिक र शारीरिक स्वास्थ्यको ख्याल राख्नका लागि नियमित विश्राम, मानसिक स्वास्थ्य समर्थन सेवाहरू, सही आहार र व्यायाम, र दबाब व्यवस्थापन तालिमहरू आबश्यक रहेका छन ।
हालका नयाँ प्रविधिहरू नर्सिङ पेशामा कसरी लागू भएका छन?
नयाँ प्रविधिहरू जस्तै इलेक्ट्रोनिक स्वास्थ्य रेकर्ड (EHR), टेलिमेडिसिन, र रोबोट सहायक उपकरणहरू नर्सिङ पेशामा प्रयोग भइरहेका छन्, जसले उपचार प्रक्रिया र रोगीको हेरचाहलाई थप प्रभावकारी बनाउँछन्।हामीपनि नयाँ प्रबिधिहरुको प्रयोग गरेर सेवा र सहजता ल्याउनको लागी लागिरहेका छौ ।
६३ औ नर्सिङ दिवस कसरी मनाउँदै हुनुहन्छ ।
यस वर्ष “आजको आवश्यकता नर्सलाई सुरक्षित र सम्मान जनक कार्य ब्यवस्था” भने नाराका साथ ६३ औ नर्सिङ.दिवस बिभिन्न कार्यक्रम गरेर मनाउँदै छौ । यही १४ गते रक्तदान कार्यक्रम गरेका छौ । १५ गते गते नर्सिङ दिवसका दिन रिटायर्ड नर्सलाई सम्मान भर्खरै लुम्बिनी प्रादेशिक अस्पतालमा नर्सिङ संघको नयाँ कार्यसमिति बिस्तार भएको छ समितिलाई सम्मान कविता गोष्ठी लगायतका कार्यक्रम गरेर दिवस मनाउन लागेका छौ ।
प्रतिकया दिनुहोस्