स्वास्थ्य सेवा विभागद्धारा ४सय ९० नर्सको छैठौ तहमा बढुवा (सूचीसहित)

स्वास्थ्यसमाचार/  स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले ४सय ९० जना नर्सको स्तरवृद्धि गरको छ। स्वास्थ्य सेवा बिभागले २०७९ आषाढमा दर्ता भै पाँचौबाट छैठौ तह लगायतमा स्तरवृद्धि गरेको हो । ४९० नर्सको सरुवा (सूचीसहित)नर्सिङ स्तरवृद्धि पाँचौबाट छैटौं..

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन‘ए’ र जुकाको औषधि खुवाईदै

स्वास्थ्यसमाचार/ सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ ।स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने जनाएको छ । भिटामिन ए कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । यस्तै १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ । दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकाहरुलाई भिटामिन ए र २३ लाख ९३ हजार बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाईने महाशाखाले जनाएको…

नेपालमा डेंगु संक्रमण बाट ४४ जनाको मृत्यु, ३३ हजार ९७५ संक्रमित

स्वास्थ्यसमाचार/ डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म डेंगुबाट ४४ जनाको मृत्यु भएको हो । सातै प्रदेशको ७६ जिल्लामा फैलिएको डेंगुबाट साउनदेखि हालसम्म ३३ हजार ९७५ जना संक्रमित भइसकेका छन् । त्यसैगरी विगत २४ घण्टामा २७ जनामा कोभिड पुष्टि भएको छ । ८६७ पीसीआर र ६७९ एन्टिजेन गरी १ हजार ५४६ वटा नमुना परीक्षणबाट २७ जनामा संक्रमण देखिएको हो भने २६ जना निको भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ५६९ रहेको छ भने २४ घण्टामा डेंगीबाट मृत्यु हुनेको संख्या शून्य छ…

तिलोत्तमाको आनन्दबन स्वास्थ्य चौकीमा मानसिक रोगको उपचार सुरु

स्वास्थ्यसमाचार/  तिलोत्तमा नगरपालिकाको आनन्दबन स्वास्थ्य चौकीमा विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा मानसिक स्वास्थ्य सेवा र फुल बोडी चेकअपको सुरु गरिएको छ। हाम्रो राष्ट्रिय प्राथमिकता – सबैको निम्ति मानसिक सुस्वास्थ्यको व्यवस्था भन्ने मूल नारासहित रहेको सचेतना तथा अभिमुखीकरण कार्यक्रमको नगर प्रमुख रामकृष्ण खाण, उपप्रमुख जगेश्वर देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल र वडा अध्यक्ष गणेश पाठकले फुल बोडी चेक अप गरि समुद्घाटन गरे । आजै देखि ल्याब टेस्ट सहितको होल बोडी चेकअप ( फुल बोडी चेक अप ) को समेत शुरुवात गरिएको छ। १५ शैयाको अस्पाताल निर्माणको चरणमा रहेको सो…

द श्री फाउन्डेसन न्यूयोर्क अमेरिकाद्वारा बुटवलमा रक्तदान

स्वास्थ्यसमाचार/  द श्री फाउन्डेसन आईएनसी, न्यूयोर्क अमेरिकाको आयोजनामा बुटवलमा रक्तदान भएको छ । लायन्स क्लव अफ काठमाडौं शालिग्राम, मैनादेवी फाउन्डेशन रुपन्देही, स्वयंसेवी रक्तदाता समाज बुटवललगाएतको सहयोगमा सम्पन्न सो रक्तदान कार्यक्रममा ३१ जनाले सहभागिता जनाएका हुन् । द श्री फाउन्डेसन न्यूयोर्क अमेरिकाका अध्यक्ष पुरुषोत्तम पन्थीका अनुसार सो संस्थाले सामुदायिक स्वास्थ्य, सडक सुरक्षा, बाल सुरक्षा, युवा शसक्तिकरण, शिक्षा तथा वातावरण सुधारको क्षेत्रमा कार्य गर्दै आएको छ । अमेरिका र नेपाल लगाएत बिभिन्न मुलुकमा सामाजिक सेवा गर्दै आएको सो संस्थाले अन्तर्राष्ट्रिय स्तरमा सामाजिक कार्यहरु गर्नका लागि ईजाजत समेत प्राप्त गरिसकेको अध्यक्ष पन्थीले जानकारी…

भारतीय कम्पनीको रुखाखोकीको औषधिबाट ६६ बच्चाको मृत्यु

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले उत्पादन गरेको बच्चालाई खुवाउने रुखा(खोकीका औषधि प्रयोग नगर्न सुझाव दिएको छ । गाम्बियामा रुखाखोकीको औषधि खाँदा ६६ जना बच्चाको मृत्यु भएको घटनामा त्यही औषधि नै मुख्य कारण हुनसक्ने भन्दै डब्ल्यूएचओको उक्त सुझाव दिएको हो । बुधबार मिडिया ब्रिफिङको क्रममा डब्ल्यूएचओका प्रमुखले भनेअनुसार भारतको मेडन फर्मास्युटिकल्स कम्पनीले चार प्रकारका कफ र कोल्ड सिरप रुखा-खोकीको औषधि उत्पादन गरेको छ । ती औषधि खाँदा गाम्बियामा बच्चाहरुको मृत्यु भएको छ । बुधबारको मिडिया ब्रिफिङमा भनिएको छ, ‘डब्ल्यूएचओले आज गाम्बियामा पाइएका चार औषधिलाई लिएर चेतावनी जारी गरेको…

राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल गण्डकी प्रदेशको प्रथम भेला सम्पन्न

स्वास्थ्यसमाचार/  राष्ट्रिय आयुर्वेद एशोसियसन नेपाल गण्डकी प्रदेश र कास्की जिल्ला को संयुक्त आयोजनामामा प्रथम भेला तथा आयुर्वेद जेष्ठ नागरिक सम्मान तथा २०७९ तथा विजयादशमी , शुभ दिपावली र छठ पर्वको शुभकामना आदान प्रादन सम्पन्न भएको छ। डाप्रफुल्ल चन्द्र यादव ज्यू को संयोजकता ,डा प्रेम किशोर मिश्रको अध्यक्षता एबम गण्डकी प्रदेश का अर्थ मन्त्री रामजी प्रसाद बरालको प्रमुख आतिथ्य र केन्द्रिय अध्यक्ष श्री जगत बहादुर भट्टराई को विशिष्ट आतिथ्यमा , भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । डा लक्ष्मी कान्त चापागाईं डा गोपि नाथ पौड्याल ,डा अनिल थापा , डा…

युरिक एसिड र चाडबाडको खानपान :डा.रामकृष्ण बराल

शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई युरिक एसिड भनिन्छ । युरिक एसिड कार्बन, हाइड्रोजन, अक्सिजन तथा नाइट्रोजन जस्ता तत्व मिलेर बनेको हुन्छ । यो शरीरमा रहेको प्रोटिनबाट एमिनो एसिडको रुपमा प्राप्त हुन्छ, यसको मात्रा पिसाबद्वारा शरीरबाट बाहिरिने गर्छ । तर जब शरीरमा यसको मात्रा बढ्छ, तब यो शरीरभित्र जम्मा हुन थाल्छ र हड्डीमा क्षति पुर्याउने गर्छ । विभिन्न अध्ययनका अनुसार यो समस्या ३० वर्षको उमेर पार गरेका व्यक्तिहरुलाई धेरै हुने गर्छ । जब कुनै कारणवस मिर्गौलाले रगतमा भएका विभिन्न रसायनलाई राम्ररी छान्न सक्दैन, तब रगतमा रहेको युरिया युरिक एसिडमा परिवर्तित…

अर्घाखाँचीको पाणिनी गाउँपालिकामा सुत्केरीलाई निःशुल्क एम्बुलेन्स

स्वास्थ्यसमाचार/ अर्घाखाँची अर्घाखाँचीको पाणिनी गाउँपालिकाले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको छ । गाउँपालिकाका सुत्केरीलाई एम्बुलेन्सको भाडा तिर्नु नपर्ने पाणिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले जानकारी दिनुभयो । गाउँपालिकाको यही असोज १२ गतेको निर्णयअनुसार नयाँ भाडादरसहित एम्बुलेन्स सञ्चालनमा आएको छ ।गाउँपालिकाले स्थानअनुसार रु पाँच सयदेखि रु एक हजार ५०० सम्म भाडा निर्धारण गरेको छ । पाणिनी गाउँपालिका– ५, ६, ७ र ८ देखि सन्धिखर्कसम्म रु दुई हजार, पाणिनी गाउँपालिका– १, २, ३, ४ र ५ को भर्तीपुरदेखि सन्धिखर्कसम्म रु तीन हजार, पाणिनी गाउँपालिकादेखि पाल्पासम्म रु चार हजार ५००, पाणिनी…

आफ्नो स्वास्थ्यको ख्याल आफै गरौं !

खासगरी विभिन्न चाडपर्वको ध्यानमा हामीले हाम्रो आफ्नो स्वास्थ्यको ध्यान नदिन पनि सकिन्छ । चाडपर्वहरु अन्य समय भन्दा फरक हुनसक्छन् । यो समयसंगै खानपिन, आराम र मनोरञ्जनका विषय जागरुक हुन्छन् । मासु र मदिराजन्य पदार्थ खाने र कसरत नपर्ने खेल तथा भर्चुअल मनोरञ्चनमा व्यस्त हुने शैली धेरैले अपनाएको पाइन्छ। पछिल्लो समय त यस्तो शैली चाडपर्वको पर्याय नै हुँदै आएको छ। जुन तत्काल र दीर्घकालका लागि समेत जोखिमपूर्ण छ। त्यसैले चाडपर्व मनाउने हाम्रो पछिल्लो शैलीमाथि पुनर्विचार आवश्यक छ। कतिपय विकसित देशमा जस्तो नियमित स्वास्थ्य जाँच गर्ने प्रचलन हामीकहाँ छैन। जाँच नै नगरेपछि…