स्वास्थ्यसमाचार/पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाउने राष्ट्रिय अभियान अन्तर्गत गुल्मी जिल्लाका ११ हजार ३ सय किशोरीलाई उक्त खोप लगाइने भएको छ। आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म संचालन गरिने राष्ट्रिय अभियान अन्तर्गत गुल्मी जिल्लाका १२ स्थानीय तहका विद्यालयमा अध्ययनरत ११ हजार ४४ छात्रा र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षसम्मका २ सय ४४ गरि ११ हजार २ सय ८८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.खोप लगाइने जानकारी स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले दिनुभयो। अभियान अन्तर्गत दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तहमा रहेका…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
हिमोफिलियाका बिरामीलाई नि:शुल्क औषधी उपलब्ध गराउने स्वास्थ्यमन्त्री को निर्णय
स्वास्थ्यसमाचार/रगत नजम्ने वंशाणुगत समस्या हिमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि दिने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्णय गर्नुभएको छ । निकै महँगो औषधि अवश्यक पर्ने रोगको उपचारका लागि धेरै बिरामी तथा सरोकारवाला मार्फत् सरकारले आफैं व्यवस्था गर्न सरकारलाई आग्रह गर्दै आएका थिए । जटिल किसिमको वंशाणुगत तथा पछिसमेत देखिने यस रोगको उपचारका लागि आवश्यक औषधि अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका संघीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाट समेत उपलब्ध गराउनेछ । विश्व हिमोफिलिया महासंघबाट अनुदान प्राप्त गरी सरकारी अस्पतालबाट बिरामीलाई उपलब्ध गराउने निर्णय गरिएको मन्त्री पौडेलले बताउनुभयो…
कपिलवस्तुका ४४ हजार बढी किशोरीलाई एचपिभी खोप लगाइँदै
स्वास्थ्यसमाचार /कपिलवस्तुका ४४ बढी हजार किशोरीलाई एचपिभी खोप लगाइँदै छ । यहि माघ २२ गतेदेखि फागुन ६ गतेसम्म संचालन हुने खोप अभियान अन्तरगत जिल्लाका ४४ हजार ४ सय ७१ जना किशोरीलाई एचपिभी खोप लगाइने स्वास्थ्य कार्यालय कपिलवस्तुका वरिष्ठ जनस्वास्थ्य अधिकृत नारायण प्रसाद चौधरीले वताए । जिल्लामा दुई चरणमा गरी खोप अभियान सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पहिलो चरण अन्तरगत ५ पालिकाका विद्यालयबाट खोप लगाइने छ । जिल्लाको कपिलवस्तु, कृष्णनगर, शिवराज नगरपालिका यसैगरी विजयनगर र यशोधरा गाँउपालिकामा माघ २२ गतेदेखि २८ गतेसम्म खोप अभियान चलाइने अधिकृत चौधरीले बताए…
प्रदेशका सबै अस्पतालमा अपरेसनद्वारा बच्चा जन्माउन सकिने अवस्था छ : स्वास्थ्यमन्त्री सारु
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम बहादुर सारुले लुम्बिनी प्रदेशका सबै जिल्लाका अस्पतालहरुमा अपरेसनद्वारा बच्चा जन्माउन सकिने अवस्था रहेको बताउनुभएको छ । मन्त्री सारुले मातृमृत्यु दरको अवस्था र मातृमृत्य हुने कारणको अध्ययन गरि रोकथामका लागि सबै जिल्लाका अस्पतालहरुमा अपरेसन गरेर बच्चा जन्माउन सकिने व्यवस्था मिलाएको बताउनुभएको हो । लुम्बिनी प्रदेश सभा संसदमा प्रदेशसभा सदस्यहरुले राखेको जिज्ञासाको जवाफ दिँदै स्वास्थ्यमन्त्री सारुले स्वास्थ्य संस्थामा सेवा लिन ढिलो पुग्ने र स्वास्थ्य संस्थामा प्रयाप्त भौतिक पुर्वाधार तथा विशेषज्ञ जनशक्ति नहुँदा मातृमृत्यु बढि भएको भन्दै त्यसलाई सुधार गरेर सबै जिल्लाका अस्पतालहरुमा अपरेसन गरेर बच्चा जन्माउन मिल्ने…
पाल्पा अस्पतालमा अप्रेसन कक्षका लागि भवन निर्माण हुँदै
स्वास्थ्यसमाचार /पाल्पा अस्पतालमा अप्रेसन कक्षका लागि भवन निर्माण हुने भएको छ । लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुको पहलमा विनियोजित बजेटबाट अस्पतालमा अप्रेसन लगायतका थप सेवा दिन भवन निर्माण हुने भएको हो । मन्त्री सारुले पाल्पा अस्पतालको व्यवस्थापन तथा सेवा प्रवाह सुधारका लागि ५० लाख रुपैंया बजेट विनियोजन गर्नुभएको थियो । सोही बजेटबाट अस्पतालले भवन निर्माणका लागि ठेक्का खुलाएको छ । अस्पतालले ६९ लाख ६७ हजार १ सय ४५ रुपैंया ६६ पैसा स्टिमेटको ठेक्का खुलाएको छ । पाल्पा अस्पताल विकास समितिका अध्यक्ष गुराँस आत्रेयले उक्त बजेटले ओपीडी सेवा विस्तार…
दक्ष जनशक्ति नहुँदा पाल्पा अस्पतालमा रहेको अक्सिजन प्लान्ट बन्द
स्वास्थ्यसमाचार/दक्ष जनशक्ति नहुँदा पाल्पा अस्पतालमा रहेको अक्सिजन प्लान्ट बन्द भएको छ । दक्ष जनशक्तिले अभाव र मर्मतसम्भारमा ध्यान नदिँदा अस्पतालमा साढे तीन वर्षअघि जोडिएको प्लान्ट एक वर्ष अघिदेखि प्रयोगविहीन भएको हो । कोरोनाको समयमा संघीय सरकारबाट बजेट विनियोजन भई निमार्ण भएको अक्सिजन प्लान्ट हाल बिग्रिएर थन्किएको छ ।२०७८भदौमा अक्सिजन प्लान्ट जडान गरिएको थियो ।संघीय सरकार अन्तर्गत अर्थ मन्त्रालयले २०७८ जेठमा अक्सिजन प्लान्ट सञ्चालनका लागि एक करोड ५० लाख बजेट स्वीकृत गरेको थियो । सरकारले स्वीकृत गरेको रकमबाट अक्सिजन उत्पादन गर्ने मेसिनहरु खरिद गरि प्लान्ट सञ्चालनमा ल्याइएको थियो । प्लान्टका लागि अस्पताल नजिकै…
रुपन्देहीका ५८ हजार ९ सय किशोरीहरुलाई एचपिभी खोप लगाइने
स्वास्थ्यसमाचार/रुपन्देही जिल्लामा रहेका ५८ हजार ८ सय ९८ जना किशोरीहरुलाई पाठेघरको क्यान्सर विरुद्धको (एचपीभी) खोप लगाइने भएको छ । देश व्यापी अभियान अन्तरगत रुपन्देही जिल्लामा यहि माघ २२ गते देखि फागुन महिनाको ६ गते सम्म खोप लगाइने जिल्ला स्वाथ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले बताउनु भयो । उहाँका अनुसार जिल्लामा दुई चरणमा खोप अभियान चलाइने छ । जस अनुसार पहिलो चरणमा माघ महिनाको २२ गते देखि २९ गते सम्म जिल्लाको बुटवल उपमहानगरपालिका र सिद्धार्थ नगर नगरपालिकामा र माघ २२ देखि २७ सम्म सैनामैना, कञ्चन, गैडहवा, शुद्धोधन, सियारी र मायादेवी…
रुपन्देहीमा दुई चरणमा पाठेघर मुखको क्यान्सर बिरुद्ध खोप लगाइने
स्वास्थ्यसमाचार/किशोरिहरुमा हुने पाठेघरको मुखको क्यान्सर रोगको बिरुद्ध रुपन्देहीमा अभियान चलाइने भएको छ । आगमी माघ २२ गते शुरु गरिने अभियानमा विद्यालयमा अध्ययनरत १० बर्षदेखि १४ बर्ष उमेर समुहका छात्रालाई खोप लगाइने भएको हो । विभिन्न विद्यालयका छात्रालाई पहिलो चरण र दोस्रो चरणमा गरि ५८ हजार ८ सय ९८ किशोरीलाई खोप लगाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य कार्यलयका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले बताए । रुपन्देहीमा जिल्ला स्वास्थ्य कार्यलयको अगुवाई सबै १६ पालिकाहरुमा किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाइने भएको छ । पाठेघरको मुखको क्यान्सर ह्युमन प्यापिलोमा भाइरसको संक्रमणबाट हुने गर्दछ ।…
गढवा स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवा प्रदान गर्न छुट्टै कक्ष
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गढवा स्वास्थ्य चौकीमा इमर्जेन्सी सेवाको उद्घाटन गर्नु भएको छ । २४ सै घण्टा इमर्जेन्सी स्वास्थ्य सेवा उपलब्ध गराउन छुट्टै कक्षको स्थापना गरिएको हो । दुर्घटना तथा अकस्मात बिरामी परेका व्यक्तिलाई तत्काल उपचार सेवा पु¥याउने गरी इमर्जेन्सी सेवा दिन थालिएको छ । अहिले गढवामा १५ वेडको आधारभुत अस्पताल निर्माणको काम भइरहेको छ । अस्पताल निर्माण सम्पन्न भएर सेवा दिन थाले स्वास्थ्यउपचारकालागि अनेत्र जानुपर्ने बाध्यता अन्त्य हुने मुख्यमन्त्री आचार्यले विश्वास व्यक्त गर्नु भयो । ‘यहाँ अस्पताल बन्दैछ । यो बन्यो भने उपचारकालागि टाढा जानुपर्दैन’उहाँले भन्नुभयो,‘उपचार सेवालाई प्रभावकारी…
स्कुले किशोरीबाट सुरु हुँदै एचपिभी खोप, कति छ सुरक्षित ?
काठमाडौँ / सरकारले देशभर यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म पाठेघरको मुखको क्यान्सरविरूद्धको एचपिभी खोप अभियान सञ्चालन गर्दै छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले लक्षित समूहका किशोरीहरू विद्यालयमै अध्ययन गरिरहेकाले पहिलो चरणमा विद्यालय केन्द्रित गरेर अभियान सञ्चालन गर्ने जनाएको छ। बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा अभियान गौतमका अनुसार कक्षा ६,७,८,९ र १० का किशोरीहरूलाई उक्त खोप लगाइने छ। ‘यो खोप लगाउने लक्षित वर्ग १० देखि १४ वर्षकाका किशोरीहरू यी कक्षाहरूमा अध्ययन गरेको पाइयो,’आज पाठेघरको मुखको क्यान्सर तथा एचपिभी खोपसम्बन्धी शिक्षा पत्रकार सञ्जाल नेपालइजोनसँगको अभिमूखीकरण…


