नेपाल अर्बुद रोग निवाहरण संस्था रुपन्देहीको सभापतिमा हमाल

स्वास्थ्यसमाचार/ नेपाल अर्बुद (क्यान्सर) रोग निवारण संस्था रुपन्देहीको सभापतिमा खिमबहादुर हमाललाई चयन गरिएको छ । जिल्ला शाखा रुपन्देहीको बिहिबार बुटवलमा सम्पन्न पाँचौ अधिवेशनले हमालको अध्यक्षतामा सर्वसम्मत १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । तीन वर्षे कार्यकालको लागि नवनिर्वाचित कार्यसमितिको सदस्यहरुमा सुरेन्द्रप्रसाद श्रेष्ठ, हरिप्रसाद अर्याल, सुरेन्द्रमुनी शाक्य, प्रजापाल गिरी, वीना न्यौपाने, डा. कमल भुसाल (निकोलस), पुनम पौडेल, रमेशकुमार पराजुली, ईन्दिरा पाण्डे, बाबुराम विक, निमा थारु, उमादेवी थापा र चोला पाठक निर्वाचित हुनु भएको निर्वाचन अधिकृत लोकप्रसाद खरेलले जानकारी गराउनु भयो । त्यस्तै निर्मलप्रसाद लाकौल, भिमप्रसाद तुलाचन, मधुसुदन गैरे, रोहितराज क्षेत्री…

स्वस्थ्य जीवनका लागि सन्तुलित भोजन र ब्यायाम

व्यायाम भनेको त्यस्तो व्यवस्थित कर्म हो, जसले शरीरको अवयवलाई सन्तुलित ढंगले सक्रिय तुल्याउँछ । समान्यतया व्यायामले शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्दछ । शरीरको तौल ठीक राख्ने, मुटुका रोगलगायत भित्री अंगका रोग हटाउने, हृदयाघात घटाउने, पाचन प्रणालीको विकास, अनिद्रा, मानसिक समस्या, डिप्रेसन, तनाब, चिन्ता आदि हटाउने, शरीरको रोगप्रतिरोधक क्षमताको विकास, शरीरको लचिलोपन र शारीरिक बल तथा मनोबलको विकासका लागि ब्यायाम सर्बोत्तम उपाय हो । व्यायामलाई शारीरिक गतिविधिको रूपमा परिभाषित गरिएको पार्इन्छ । जसमा मांसपेशी सकृय भै व्यक्तिको फिटनेस, मनोवृत्ति, स्वास्थ्य र कल्याणलाई सुधार गरी जीवन तन्दुरूस्ती कायम राख्छ । ब्यायामले शरीरलाई तन्दुरुस्त,स्वस्थ्य,फुर्तिलो…

स्वास्थ्य सेवा बिभागद्धारा ९सय २८ स्वास्थ्यकर्मीको स्तरवृद्धि

स्वास्थ्यसमाचार/  स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाको चौथो र पाँचौं तहका ९ सय २८ जना कर्मचारीको बढुवा गरेको छ।विभागले असारसम्म बढुवाका लागि आवेदन दिएका कर्मचारीहरुको स्तरवृद्धि गरेको हो। अहेव, ल्याब टेक्निसियनलगायतका सहायकस्तरका कर्मचारीहरुको स्तरवृद्धि भएको हो। बढुवाको सुची हेरौ । स्वास्थ्य विभागले गर्यो ९ सय २८ कर्मचारीको स्तरवृद्धि

प्लाष्टिकको प्रयोग मानव स्वास्थ्य र पर्यावरणका लागि हानिकारक

स्वास्थ्यसमाचार/ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) ले प्लाष्टिकजन्य पदार्थ नजलाउन आग्रह गरेको छ ।प्लाष्टिकको प्रयोग मानव स्वास्थ्य र पर्यावरणका लागि अत्यान्तै हानिकारक छ। वातावरण र नागरिकको जनस्वास्थ्यलाई मध्यनजर गर्दै पराल, प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थहरुमा आगो नलगाउन आग्रह गरिएको सिद्धार्थनगर नगरपालिका काप्रमुख प्रशासकिय अधिकृत नवराज पौड्यालले वताउनु भयो।पराल, प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थहरु जलाउँदा वातावरण प्रदुषित हुन्छ । वातावरणका साथै नागरिकको जनस्वास्थ्यमा गम्भीर असर पर्ने गरेको चिक्तिसकहरु बताउँछन् ।‘प्लाष्टिकजन्य पदार्थ जलाउँदा वातावरण प्रदुषित भई जनस्वास्थ्य असर परेको हुँदा उक्त कार्य नगर्नका लागि सूचना जारी गरेर सूचित गरेको छौं,’ प्रमुख प्रशासकीय अधिकृत पौड्यालले भन्नुभयो…

लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक सम्म गाडी रोक्न निषेध

स्वास्थ्यसमाचार/ बुटवलको अस्पताल लाईन क्षेत्रमा गाडी रोक्न नपाइने भएको छ । बुटवल उपमहानगरपालिकामा सरोकारवालाहरुसहित बसेको बैठकले लुम्बिनी प्रादेशिक अस्पतालदेखि ब्लड बैंक चोकसम्मको क्षेत्रमा पार्किङ गर्न र गाडी रोक्न नपाउने निर्णय गरेको हो । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयको अध्यक्षतामा बसेको बैठकले बुटवल नगरलाई सफा र सुन्दर बनाउन तथा भीडभाड कम गर्दै ट्राफिक व्यवस्थापन गर्न बुटवलका व्यस्त चोक तथा अत्यावश्यक सेवा क्षेत्र आसपासमा भीड कम गर्ने गरी व्यवस्थापन गर्ने निर्णय गरेको हो । बैठकले बुटवलका मुख्य सडकहरुको पार्किङ व्यवस्थापन गर्ने, राजमार्ग क्षेत्रमा रहेका टिकट काउण्टरहरु एकीकृत गरी बसपार्कभित्रै व्यवस्थापन गर्ने, लामो…

बुटबलमा आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीलाई AHMIS तालिम

स्वास्थ्यसमाचार/ स्वास्थ्य सेवा वितरण प्रणाली र बिरामी हेरचाहका सबै कार्यहरू प्रभावकारी रूपमा व्यवस्थापन गर्नको लागि आयुर्वेद स्वास्थ्य व्यबस्थापन सूचना प्रणाली समन्धि ३ दिने तालिम सम्पन्न भएको छ। लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा बुटबलमाAHMISआयुर्वेद स्वास्थ्य व्यबस्थापन सूचना प्रणाली प्रदेशका १२ जिल्लामा रहेका आयुर्वेद चिकित्सक तथा आयुर्वेद स्वास्थ्यकर्मी लाई आयुर्वेद स्वास्थ्य व्यबस्थापन गर्नेको लागी सहज होस भन्ने उदेश्यका साथ तालिम दिईएको हो। तालिम समापन कार्यक्रममा बोल्दै स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनालाल चौधरीले लुम्बिनी प्रदेशमा आयुर्वेदक्षेत्रमा राम्रो काम सुरु भएको बताएका छन। राम्रो काम भएपनि अहिले सम्म डाटा ब्यबस्थापन राम्रो नभएकोले अहिलेको…

भेरी अस्पतालमा डायलाइसिस सेवा पाउनै मुस्किल, १५ महिनादेखि पालो पर्खदैं बिरामीहरू

कृष्ण अधिकारी नेपालगन्ज/ नेपालगन्जको भेरी अस्पतालमा मिर्गौला रोगका बिरामीहरुले १५ महिनादेखि पालो पर्खदा पनि डायलाइसिस सेवा पाउन सकेका छैनन् । अहिले नेपालगन्जको भेरी अस्पतालमा बाँके, बर्दिया, सुर्खेत, दाङदेखि जुम्लासम्मका ८५ जना मिर्गौलाका बिरामीहरुले डायलाइसिस सेवाका लागि पालो पर्खिरहेका छन् । वि।सं। २०७८ भदौंपछि नयाँ बिरामीहरुले भेरी अस्पतालमा नियमित रुपमा डायलाइसिस सेवा पाउन सकेका छैनन् । भेरी अस्पतालमा ४ वटा मात्रै डायलिसिस मेसिन छन । नियमित सेवा लिने बिरामीहरुका लागि तीन वटा र आकस्मिक सेवा लिने बिरामीहरुका लागि एउटा मेसिनबाट सेवा दिने गरिएको छ । पछिल्लामा दिनहरुमा युवाहरुमा पनि मिर्गौला सम्बन्धी…

मिरा कोषका अध्यक्षद्धारा उपचाररत खड्कालाई आर्थिक सहयोग

स्वास्थ्यसमाचार/  बुटबल पब्लिक स्कुलका संस्थापक अध्यक्ष एबं मिरा कोषका अध्यक्ष हेमलाल शर्माले अर्घाखाँची पालिका बिनोद खड्कालाई उपचारमा सहयोग गर्नु भएको छ। बिगत ३ वर्ष अगाड़ी अर्घाखाँची को नरपानीमा दुर्घटनामा परी हाल सम्म पनि तिनाउ हस्पिटल बुटवलमा उपचार गराई रहेका अर्घाखाँची पालिका बिनोद खड्कालाई उपचारमा सहयोग गर्नु भएको हो । उहाले बिनोदको स्वास्थ्यलाभको कामना गर्दै यस मिरा कोषमा वाट १५०००/आर्थिक नगद सहयोग सहित अन्य कपडा तथा ब्लाङ्केट सहयोग गर्नु भएको छ । कार्यक्रममा संस्थाका संरक्षक मिरा शर्मा र अन्य सदस्यहरुको उपस्थिति रहेको थियो। कोषले अन्यको उपचारमा समस्या भएपनि सहयोग गर्दे आएको…

युसिएमएसमा बिरामीको उपचारमा लापरबाही : पीडितले गरे क्षतिपूर्ति माग

स्वास्थ्यसमाचार/ भैरहवाका राम जियावन मिश्रले छोराका उपचारको लागि ६ लाख खर्च गरे पनि भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजबाट भरपर्दो उपचार नपाएको आरोप लगाएका छन् । बिहिबार मिश्रले पत्रकार सम्मेलनको आयोजना गरि मेडिकल कलेजले छोराको भविष्य बिगारेको आरोप लगाउदै क्षतिपूर्तिको दावी गरेका छन् । रुपन्देहीको सिद्धार्थनगर–१२ बस्ने मिश्रले युनिभर्सल मेडिकल कलेजका चिकित्सकले उपचारमा लापरबाही गरेको आरोप लगाएका छन् । १३ वर्षीय छोरा रुपकको कुहिना र नाडीमा भाँचिएको हातको शल्यक्रियाका क्रममा मेडिकल कलेजका चिकित्सकले हेलचेक्र्याइँ गरेको आरोप लगाए । मिश्रका अनुसार २०७८ साल असार २३ गते रुपक घरको छतबाट खसेका…

पाल्पा बिहे भोजमा प्रयोग भएको पानीमा भेटियो ‘कोलिफर्म’

स्वास्थ्यसमाचार/ जिल्लाको बगनासकाली गाउँपालिका –१ चिर्तुङ्गधारास्थित घोरबन्दमा बिहे भोजमा प्रयोग भएको पानीमा मानव स्वास्थ्यका लागि हानिकारक जीवाणु कोलिफर्म भेटिएको छ । ल्याव टेस्ट पछि बिहेमा प्रयोग गरिएको पानीमा कोलिफर्म भेटिएको प्रयोगशालाबाट पुष्टि भएको छ । बिहेको भोजमा प्रयोग भएको एउटा ड्रमको पानीमा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय पाल्पाले जानकारी दिएको छ । बिहेको भोजमा दुई वटा ड्रमको पानी प्रयोग भएको थियो । त्यसमध्ये एउटामा कोलिफर्म जीवाणु भेटिएको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराइले बताउनुभयो । उहाँका अनुसार ड्रमकै पानीमा फोहोर भेटिएको र परीक्षणमा कोलिफर्म भेटिएको हो । पानीको मूलमा वा…