स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सरकारको मन्त्रालय र केन्द्रीय निकायमध्ये सबैभन्दा धेरै वित्तिय प्रगति स्वास्थ्य मन्त्रालयले गरेको छ । २०८१ फागुन ३ सम्मको मन्त्रालयगत खर्चको विवरण अनुसार स्वास्थ्य मन्त्रालयले सबैभन्दा धेरै वित्तिय खर्च गरेको हो । मन्त्रालय र केन्द्रीय निकाय गरि १६ वटा कार्यालयमा सबैभन्दा धेरै वित्तिय प्रगति स्वास्थ्य मन्त्रालयले गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका प्रदेश सचिव डिलाराम पन्थीले आर्थिक वर्ष २०८१/८२ को बजेटको अर्धवार्षिक समीक्षामा प्रस्तुत गरेको प्रतिवेदनमा स्वास्थ्य मन्त्रालय १६ वटा कार्यालय मध्ये प्रथम भएको हो । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
बालबालिकाको क्यान्सर उपचारका लागि चार अस्पतालबाट निःशुल्क औषधि
स्वास्थ्यसमाचार/क्यान्सर पीडित बालबालिकाहरुले सर्वसुलभ रुपमा निःशुल्क औषधि पाउने भएका छन् ।बिहीवार मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले क्यान्सर पीडित बालबालिकाहरुले सर्वसुलभ रुपमा निःशुल्क औषधि पाउने बताउनुभएको हो । उहाँले क्यान्सर पीडित बालबालिकाको निःशुल्क उपचारको अभियान तीन महिनादेखि कार्यान्वयन भएको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ )लगायत संस्थाहरुले औषधि उपलब्ध गराएपछि थप सहज भएको बताउनु भयो । उहाँले औषधिको वितरण मन्त्रालयको समन्वयमा स्वचालित प्रणालीबाट व्यवपस्थित गरिने बताउनु भयो । काठमाडौंको कान्ति बाल अस्पताल, ललितपुरको पाटन अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल र चितवनको बिपी कोईराला क्यान्सर अस्पतालबाट निःशुल्क औषधि…
न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा अर्घाखाँची अस्पताल ९४ अंकसहित उत्कृष्ट
स्वास्थ्यसमाचार/अर्घाखाँची अस्पतालले न्यूनतम सेवा मापदण्ड (MSS) कार्यान्वयन कार्यक्रमअन्तर्गत लुम्बिनी प्रदेशमै उत्कृष्ट कार्य सम्पादन गरेको छ । अनुगमन, मूल्यांकन तथा समीक्षात्मक कार्यक्रमपछि विज्ञ टोलीले अस्पतालको कार्यसम्पादन मूल्यांकन गरी ९४% अंक प्रदान गरेको घोषणा गरेको हो । लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयको आयोजनामा सम्पन्न कार्यक्रम अस्पताल विकास समिति सदस्य तथा सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइराला हुनुहुन्थ्याे । उहाँले अर्घाखाँची अस्पतालको उत्कृष्ट कार्यसम्पादनका लागि अस्पताल प्रमुख डा. जगनाथ तिवारी, सम्पूर्ण स्वास्थ्यकर्मी, कर्मचारी तथा निक्स साइमन संस्थालाई बधाई तथा धन्यवाद…
न्यूनतम सेवा मापदण्डको रिजल्ट सन्तोष जनक भएन : स्वास्थ्य सचिव उपाध्याय
स्वास्थ्यसमाचार/आयुर्वेद स्वास्थ्य केन्द्र तथा चिकित्सालयहरूमा न्युनतम सेवा मापदण्ड (अभिमुखीकरण र कार्यन्वयन ) कार्यक्रम बुटबलमा सुरु भएको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनीको आयोजनामा भएको कार्यक्रममा प्रदेशका २ अस्पताल १२ स्वास्थ्य संस्थाका प्रमुख लाई तिन दिनसम्म न्युनतम सेवा मापदण्ड कार्यान्वयनको लागि अभिमुखीकरण गरिएको हो । अभिमुखीकरण कार्यक्रमको लुम्बिनी प्रदेशका स्वास्थ्य सचिब डा वासुदेव उपाध्यायले उदघाटन गर्नु भयो। उदघाटनमा बोल्दै स्वास्थ्य सचिब डा उपाध्यायले पुर्व जानकारी गराएर न्युनतम सेवा मापदण्ड (MSS) को रिजल्ट सन्तोष जनक नआएको बताउनुभयो । अर्काै बर्षदेखी यस्तो नभई अनुसन्धानात्मक तरिकाले जाने र मुल्याकंन गरेर रिजल्ट दिने ब्यबस्था गर्ने बताउनु…
पाल्पामा नसर्ने रोग पहिचान र निदानका लागि एक महिने अभियान
स्वास्थ्यसमाचार/स्वास्थ्य कार्यालय पाल्पाले नसर्ने रोगहरूको अवस्था पहिचान र निदानका विषयमा एक महिने अभियान सञ्चालन गरेको छ । कार्यालयले सरोकारवाला पक्षसँग अन्तरक्रिया गरी परीक्षणको कामलाई तीव्रता दिएको छ । नसर्ने रोग न्युनिकरणका लागि संघीय स्वास्थ्य मन्त्रालयले ७७ वटै जिल्ला र ७५३ वटा पालिकामा फागुन १ गते मसान्तसम्म एक महिने जनचेतना,खोज अनुसन्धान, रोग परीक्षण पहिचान तथा उपचारका कार्यक्रम सञ्चालन गरिएको छ। नसर्ने रोग न्युनिकरणका लागि मधुमेह,उच्च रक्तचाप,मिर्गौला,शरीरको तौल मापनको अवस्था पत्ता लगाउन सरकारी स्वास्थ्य निस्शुल्क परीक्षणको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । नसर्ने रोगहरूलाई न्युनिकरण गर्न स्वस्थकर खानपान र नियमित…
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको बैठकले ४सय शय्याको शिक्षण अस्पताल निर्माणको गुरुयोजना स्वीकृत
स्वास्थ्यसमाचार/प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानसभाको पाँचौँ बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम स्वीकृत गर्दै प्रतिष्ठानको दीर्घकालीन विकासका लागि महत्त्वपूर्ण निर्णयहरू गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित बैठकमा रजिष्ट्रार प्रा। श्याम लम्सालले प्रस्तुत गरेको नीति, योजना, कार्यक्रम तथा बजेट सम्बन्धी प्रस्तावहरू छलफलपछि अनुमोदन गरिएको छ । प्रतिष्ठानले हाल ३३० श्यैयाको अस्पताल सञ्चालन गर्दै विभिन्न विशेषज्ञ सेवा प्रदान गरिरहेको छ भने बैठकले चार सय श्ययाको आधुनिक शिक्षण अस्पताल निर्माणसम्बन्धी गुरुयोजना पारित गरेको छ । उक्त योजनाका लागि आवश्यक स्रोत सुनिश्चित गर्न अर्थ मन्त्रालयमा प्रक्रिया…
ग्यास्ट्रो सेन्टर बुटवलमा पहिलो पटक PTBD सेवाः बिरामीलाई उपचारमा सहजता
स्वास्थ्यसमाचार /गुणस्तरीय तथा विश्वासनीय चिकित्सकीय सेवा प्रदान गर्दै आएको ग्यास्ट्रो सेन्टर बुटवल प्रा. लि. अन्तर्गतको रेडियोलोजी विभागले यस क्षेत्रमा पहिलो पटक PTBD (-Percutaneous Transhepatic Biliary Drainage) सेवा सुरु गरिएको छ । यो सेवा रेडियोलोजिस्ट डा. बिष्णु पौडेल र डा. कबिराज भुसालको नेतृत्वमा सफलतापूर्वक सुरू गरिएको हो। दाङ निवासी ५२ वर्षीय पुरुष बिरामीमा पहिलो पटक यो प्रक्रिया गरिएको छ। सफल उपचारपछि ग्यास्ट्रो सेन्टर बुटवलको रेडियोलोजी विभागले Interventional Radiology सेवाको दायरा फराकिलो बनाएको छ। PTBD के हो र किन आवश्यक छ ? PTBD एक अत्याधुनिक चिकित्सा प्रविधि हो, जसले विभिन्न कारणले पित्तनली…
शुद्धोदनको एकीकृत घुम्ती शिविर विशेषज्ञ स्वास्थ्य परीक्षण देखि निःशुल्क औषधी बितरणसम्म
स्वास्थ्यसमाचार/ शुद्धोदन गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती शिविरमा एक हजार वढी नागरिकले सेवा लिएका छन्। शुद्धोदन गाउँपालिका वडा नं ७ मटेरियामा आयोजना गरिएको उक्त घुम्ती शिविरमा एक हजार वढीले सेवा लिएको गाउँपालिकाले जनाएको छ । शिविरमा विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी वितरण साथै मधुमेह तथा पिसाब परीक्षण, पशुपंक्षी जाँच तथा निःशुल्क औषधी वितरण साथै गोबर तथा थुनेलो परीक्षण र पशु बन्ध्याकरण तथा कृत्रिम गर्भाधान सेवा, आयुर्वेद उपचार तथा निःशुल्क औषधी वितरण, ज्येष्ठ नागरिक स्वास्थ्य उपचार तथा रसायन औषधी निःशुल्क वितरण, सुत्केरी आमाको स्वास्थ्य परीक्षण एवम् पोषणजन्य औषधी वितरण सेवा…
राममणि बहुमुखी क्याम्पस मणिग्राममा रक्तदान ४४ पिण्ट रगत सङ्कलन
स्वास्थ्यसमाचार/राममणि बहुमुखी क्याम्पस, मणिग्राममा स्वास्थ्य तथा सरसफाई एकाइको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीको सहकार्यमा एक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। यस कार्यक्रममा ४४ जनाले रक्तदान गरेका छन्, र कुल ४४ पिण्ट रगत सङ्कलन भएको ब्लड बैंकका प्राविधिक निरञ्जन राजभण्डारीले जानकारी दिनुभएको छ। कार्यक्रमको उद्घाटन क्याम्पस सञ्चालक समितिका अध्यक्ष ध्रुवकुमार धितालले रक्तदातालाई ब्लड प्याकेट हस्तान्तरण गरेर गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन उपप्राध्यापक मुक्तिनाथ गैह्रेको नेतृत्वमा भएको थियो। क्याम्पस प्रमुख ताराप्रसाद पराजुली, नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री लगायतका व्यक्तिहरूले रक्तदानको महत्वबारे विचार व्यक्त गर्नुभएको थियो।
फागुन ११ गते गौमुखीमा निशुल्क मानसिक बिशेषज्ञ स्वास्थ्य शिबिर हुने
स्वास्थ्यसमाचार /प्युठानको गौमुखी गाउँपालिकाको आयोजना प्युठान अस्पतालको प्राबिधिक सहयोग र स्वास्थ्य कार्यलय प्युठानको समन्वयमा निशुल्क मानसिक बिशेषज्ञ स्वास्थ्य शिबिर हुने भएको छ। यहि फागुन ११ गते गते पुजा स्वास्थ्य चौकी लिवासेमा निशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसीराम पौडेलले बताउनु भयो । शिविरमा निन्दा नलाग्ने एकोहोरो हुने आत्महत्याको प्रायाश गर्ने लगायतका स्वास्थ्य समस्या भएकाले उक्त निशुल्क बिशेषज्ञ स्वास्थ्य शिबिर सेवा लिन आग्रह गरिएको छ। आज पालिकाले एक बिज्ञप्तीमा जारी गरि यहि फागुन ११ गते बिहान ९ बजे देखी ५ बजे सम्म पुजा स्वास्थ्यचौकी लिवासेमा सेवा लिन पठाउने…

