स्वास्थ्यसमाचार /प्रधानमन्त्री केपी शर्मा लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै प्रदेश सरकारले १,२०० शय्याको लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माण सुरु गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो । यो अस्पताल भवन प्रदेश सरकारको ६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको पहिलो ठूलो पूर्वाधार हो ।तर, केन्द्र सरकारले १,००० शय्याको अस्पताल पूर्ण रूपमा सञ्चालन गर्न नसकेको उल्लेख गर्दै, संघ, प्रदेश, र स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । ’ हामीले मिलेर यी स्वास्थ्य संस्थाहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्छ प्रधानमन्त्रीले भन्नुभयो,’सहकार्यबाट मात्र नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सकिन्छ ।प्रधानमन्त्री ओलीले प्रविधिको सही सदुपयोगमा पनि…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
आर्थिक अभावमा कोही बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनुपर्दैन : मन्त्री पौडेल
स्वास्थ्यसमाचार/बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधिका लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सहयोगी दाताहरूलाई धन्यवाद दिनुभएको छ । विश्व स्वास्थ्य सङ्गठन र सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुट क्यान्सर मेडिसिन्सअन्तर्गत बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधिको पहिलो खेप प्राप्त गरेको हो । क्रमैसँग थप औषधि उपलब्ध हुने सङ्गठनले जानकारी दिएको छ । मन्त्री पौडेलले आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट वञ्चित हुनु नपरोस् भनेर मन्त्रालयले मङ्सिर १ गतेदेखि लागू हुनेगरी बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था गरेको स्मरण गर्दै…
अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज, मेयरको स्वास्थ्यमा सुधार
स्वास्थ्यसमाचार/पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्कनुभएको छ । अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहनुभएका पौडेल आज ‘डिस्चार्ज’ हुनुभएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उहाँलाई थप केही दिन अस्पतालमा राखिने पनि अस्पतालले जनाइएको छ । “दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन । यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने निर्णय भएको छ”, कीर्तिपुर अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “मेयर…
लुम्बिनी प्रदेश सभामा एचपीभी खोपबारे विवादित अभिव्यक्तिप्रति सांसद गिरीको आपत्ति
स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश सभाको नवौं बैठकमा वोल्दै सांसद दिपेन्द्र पुन सिजलद्वारा एचपीभी खोपबारे दिइएको भ्रामक र अप्रमाणित अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै त्यसलाई सदनको रेकर्डबाट हटाउन नेपाली काग्रेसकी सांसद निमा गिरीले माग गर्नुभएको छ। उहाँले सार्वभौम सभाबाट तथ्यहीन र वैज्ञानिक प्रमाणविहीन कुरा बोल्न नहुने भन्दै नियमापत्ति जनाउनु भएको हो। आज भएको प्रदेश सभाको नवौं बैठकमा उक्त कुरा गरिएको थियो । एचपीभी (Human Papillomavirus) खोप विश्व स्वास्थ्य संगठन (WHO) र अन्य स्वास्थ्य निकायहरूद्वारा सुरक्षित, प्रभावकारी, र प्रमाणित खोप हो। एचपीभी खोपका वैज्ञानिक प्रमाणहरूः क्यान्सर रोकथाममा प्रभावकारिताः एचपीभी खोपले गर्भाशय–ग्रीवा, गुदा, र मुख–घाँटी…
हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधी उपलब्ध गराउन स्वास्थ्य र हेमोफिलिया महासंघबीच सम्झौता
काठमाडौँ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क औषधि उपब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व हेमोफिलिया महासङ्घबीच सम्झौता भएको छ । औषधि व्यवस्था विभागमा महासङ्घ र मन्त्रालयबीच यससम्बन्धी सम्झौता गत शुक्रबार भएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको निजी सचिवालयले आज जनाएको छ । अब महासङ्घबाट यो रोगको उपचारका लागि आवश्यक औषधि प्राप्त हुने र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मातहतका सङ्घीय अस्पताल तथा प्रादेशिक अस्पतालका अलावा अन्य सरकारी अस्पतालबाटसमेत उपलब्ध गराउने निजी सचिवालयले आज जारी गरेको प्रेसनोटमा उल्लेख छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार…
तेह्र लाख किशोरीलाई लगाइयो एचपिभी खोप,स्वास्थ्यमन्त्रीद्वारा आभार
स्वास्थ्यसमाचार/पाठेघरको मुखको क्यान्सरबाट बचाउने उद्देश्यले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानबाट १३ लाख किशोरीले खोप प्राप्त गरेका छन् । अभियानको १२औँ दिन शनिबारसम्म १३ लाख किशोरीले खोप लिएका स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा विवेककुमार लालले जानकारी दिनुभयो । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हालसम्म अभियानलाई सफल पार्न खट्ने सबै स्वास्थ्यकर्मीहरू, स्वयंसेवक, सहयोगी विद्यालयलगायत सबै सहयात्रीहरूलाई अनवरत मिहिनेत गरेकामा धन्यवाद ज्ञापन गर्नुभएको छ । गत माघ २२ गते सुरु भएको अभियान यही फागुन ६ गतेसम्म सञ्चालन हुनेछ । अभियानका क्रममा कक्षा ६ देखि १० का…
जलनका बिरामीलाई स्वास्थ्य लाभको कामना होइन, सुविधा सम्पन्न अस्पताल बनाऔं:सांसद भण्डारी
स्वास्थ्यसमाचार/सांसदहरुले पछिल्ला समय जलनका घटना वृद्धि भइरहेकाले सुविधासम्पन्न जलन अस्पताल बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद चन्द्रकान्त भण्डारीले जलनको उपचारमा विशेष प्रबन्ध गर्न सरकारसँग आग्रह गरे। सांसद भण्डारीले आफू दुई वर्षअघि फागुन ३ गते नै जलनमा परेको र त्यसको भोलिपल्ट सरकारले नेपालमा जलन अस्पताल बनाउने भनी गरेको निर्णय तत्काल कार्यान्वयन गर्न आग्रह गरे। ‘जलन हुने, शीर्घस्वास्थ्य लाभको कामना गर्ने, श्रद्धाञ्जली व्यक्त गर्ने यो हाम्रो निरन्तरता भयो। जुन म जलनमा परेको थिएँ। आजकै दिन सरकारले नेपालमा जलन अस्पताल बनाउने निर्णय गरेको थियो। म ३ महिना…
कीर्तिपुर अस्पतालको आइसियुमा अर्थमन्त्री पौडेल र मेयर आचार्यको उपचार
स्वास्थ्यसमाचार/ पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किएर आगो लाग्दा घाइते भएका उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि कीर्तिपुर अस्पताल भर्ना गरिएको छ। शनिबार दिउँसो कार्यक्रम उद्घाटन क्रममा बेलुन उडाउन लाग्दा नजिकैको आगोले बेलुनमा आगो लागेपछि त्यसको लप्काले अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई पोलेको थियो। दुवै जनालाई गण्डकी अस्पतालमा प्रारम्भिक उपचारपछि सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं ल्याएर कीर्तिपुर अस्पताल पुर्याइएको थियो।कीर्तिपुर अस्पतालले विज्ञप्ति जारी गरी अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई सघन उपचार कक्ष (आइसियु)मा भर्ना गरिएको जनाएको छ। अस्पतालका अनुसार प्रारम्भिको मूल्यांकन गर्दा…
न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा गुल्मी अस्पताल ९१ अंकसहित सुधार उन्मुख
स्वास्थ्यसमाचार/न्युनतम जनशक्तिको उपस्थितीमा न्यूनतम सेवा मापदण्ड कार्यान्वयमा गुल्मी अस्पताल सुधार उन्मुख देखिएको छ । न्युनतम सेवा मापदण्ड कार्यान्वय कार्यक्रम अन्तर्गत गरिएको मूल्यांकनमा अस्पताल सुधार उन्मुख देखिएको हो । विगत तीन वर्षको मूल्यांकनमा अस्पतालको क्रमशः अंक बढेको देखिन्छ । न्युनतम सेवा मापदण्डमा गुल्मी अस्पतालले यस वर्ष ९१ प्रतिशत अंक प्राप्त गरेको छ । न्युनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन मूल्यांकन तथा समिक्षा कार्यक्रममा पृथ्वी चन्द्र अस्पताल नवलपरासीका प्रमुख तथा न्युनतम सेवा मापदण्ड स्रोत व्यक्ति डा. नुरुल होडाले गुल्मी अस्पतालले ९१ प्रतिशत अंक प्राप्त गरेको घोषणा गर्नु भयो । तोकिएको…
क्रिमसन अस्पतालमा ईसीएचएस सेवा शुरु, पूर्व भारतीय सैनिक र आश्रित परिवारको निशुल्क उपचार
स्वास्थ्यसमाचार/रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा पुर्व भारतीय सेना तथा आश्रित परिवारका सदस्यहरुको निशुल्क उपचार हुने भएको छ । अस्पतालमा प्राङगणमा आयोजित एक कार्यक्रमका बीच भारतीय राजदूतावासका प्रतिनिधि मेजर नविन कुवँर तथा क्रिमसन अस्पतालका अध्यक्ष दुर्गा प्रसाद पाण्डेले संयुक्त रुपमा सेवा शुभारम्भ भएको घोषणा गरे । संझौता अनुसार क्रिमसन अस्पतालमा पुर्व भारतीय सैनिक तथा आश्रित परिवारको उपचार बापतको सम्पुर्ण खर्च अब ईसीएचएसले ब्यहोर्ने छ । संझौता पत्रमा हस्ताक्षर भएपनि लागु आजबाट भएको अस्पतालका जनसम्पर्क अधिकृत चन्द्रकान्त बस्यालले वताए । विशेषगरि तिलोत्तमा आसपासका क्षेत्रमा बसोबास गर्ने पुर्व भारतीय सैनिकहरूलाई अब ईसीएचएस मार्फत…

