स्वास्थ्यसमाचार/ चिनीजस्तै नुन पनि बढी सेवन गर्न नहुने भन्दै पोषणविद्हरूले सचेत गराएका छन् । आयोडिन मन्थका अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूले सचेत गराएका हुन् । नुन उत्पादन, ढुवानी, भण्डारण, वितरण र उपभोग सम्बन्धमा जनचेतना जगाउन विश्वव्यापीरूपमा उपभोक्ता जागरण गराउने उद्देश्यले मनाउँदै आएको महिनाव्यापी प्रचार अभियानको पहिलो दिन मञ्चले आयोजना गरेको कार्यक्रममा बढ्दो शहरीकरणसँगै नागरिकमा खाद्यवस्तुको उपभोग गर्ने बानीमा पनि परिवर्तन भइरहेको र त्यसमा पनि जंकफुडको व्यापक प्रयोगले खानपानमा नुनको मात्रा बढी हुँदा थाइराइडलगायत नसर्ने खालका रोगको जोखिम बढ्दै गएको बताइएको छ । कार्यक्रममा स्वास्थ्य मन्त्रालय, महिला कल्याण…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
एक वर्षमा २८ हजार प्रहरीले उपचार गराए लुम्बिनी प्रहरी अस्पतालमा
स्वास्थ्यसमाचार/नेपालगन्जमा रहेको लुम्बिनी प्रदेश प्रहरी अस्पतालले गएको एक वर्षमा २८ हजार ६८१ जना प्रहरी, प्रहरीका परिवार र पूर्व प्रहरीको उपचार गरेको छ । लुम्बिनी मात्र नभई कर्णाली र सुदूरपश्चिमका समेत प्रहरी र उनका परिवारका बिरामीलाई उपचार सेवा दिँदै आएको सो अस्पतालमा बिरामीको चाप बर्सेनि बढ्दै गएको सो अस्पतालले जनाएको छ । लुम्बिनी प्रदेश प्रहरी अस्पतालका निर्देशक तथा प्रहरी वरिष्ठ उपरीक्षक डाअमिनकुमार श्रेष्ठका अनुसार यो अस्पतालले पश्चिम नेपालका कर्णाली र लुम्बिनी प्रदेशका बिरामी प्रहरी कर्मचारीसँगै उनीहरूका परिवार र पूर्व प्रहरीलाई लामो समयदेखि उपचार सेवा प्रदान गर्दै आएको छ । उहाँले गत…
अर्घाखाँचीमा गृहिणीहरूका लागि भान्सा सुधार कार्यक्रम सञ्चालन
स्वास्थ्यसमाचार/अर्घाखाँचीमा स्वस्थकर जीवनशैली प्रवर्द्धनमा गृहिणीहरूका लागि भान्सा सुधार कार्यक्रम सञ्चालन गरिएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र अर्घाखाँचीको आयोजनामा जिल्लाका बिभिन्न स्थानमा भान्सा मार्फत स्वस्थकर जीवन जिउन सहयोग गर्ने उद्धेश्य अनुरुप गृहिणीहरूलाई लक्षित गरी भान्सा सुधार कार्यक्रम सञ्चालन गरिएको हो । खाना पकाउनु पूर्वदेखि उपभोगसम्म आयुर्वेदमा लिपिबद्ध पोषण प्रबर्द्धन कार्यहरूलाई पोषण संवेदनशील भई भान्सा सुधार मार्फत स्वस्थकर जीवन जिउनका लागि समुदायको पोषण सुधार हुने गरी परिणाम प्राप्त गर्नु यस कार्यक्रमको मुख्य उदेश्य रहेको केन्द्रले जनाएको छ । आयुर्वेद चिकित्सा विज्ञानमा स्वस्थ हुनका लागि असल खानापान, असल ब्यवहार र विचारलाई प्रमुख मानिएको…
माघ २१ गते आईतबार लुम्बिनी प्रदेशमा सार्वजनिक विदा
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा माघ २१ गते आईतबार सार्वजनिक विदा दिइएको छ । प्रदेश स्थापना दिवसको अवसरमा माघ २१ गते प्रदेशमा सार्वजनिक विदा हुने भएको हो । प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा कार्यक्रम गरि दिवस मनाउने प्रदेश सरकारको तयारी छ । २०७४ माघ २१ गते लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको थियो । सोही दिन प्रदेशमा स्थापना दिवस मनाउने तयारी थालिएको हो ।
डा .रमेश सिंह भण्डारीको नेतृत्वमा नेपाली डाक्टरहरुको मात्र संलग्नतामा टिचिङमा कलेजो प्रत्यारोपण सफल
स्वास्थ्यसमाचार/विदेशी विशेषज्ञको सहयोग विना मुलुक कै विशेषज्ञहरूको प्रयासले नेपालमा पहिलो पटक सफल कलेजो प्रत्यारोपण भएको छ । त्रिवि शिक्षण अस्पतालको टोलीले आफ्नै क्षमतामा सफलता पूर्वक कलेजो प्रत्यारोपण गरेका हुन । उक्त कलेजो प्रत्यारोपण कर्ता ४१ वर्षीय पुरुष बिहीवार शिक्षण अस्पतालबाट डिसचार्ज समेत भएका छन् । नाताले श्रीमती रहेका ४० वर्षीय महिला दाता भने यस अघि नै १० दिनको अस्पताल बसाइ पछि डिसचार्ज भएका थिए । कलेजो प्रत्यारोपण शल्य चिकित्सक प्रा डा रमेश सिंह भण्डारीको नेतृत्वमा भएको उक्त प्रत्यारोपण २१ दिन अघि अर्थात् गत पुस २७ गते ६० जना नेपाली चिकित्सा…
सुविधा थैलीमा औषधिको शुल्क परिमार्जन गर्दै स्वास्थ्य बीमा बोर्ड
स्वास्थ्यसमाचार/स्वास्थ्य बीमा बोर्डले झण्डै छ वर्ष पछि सुविधा थैलीमा रहेका औषधिको शुल्क परिमार्जन गर्न लागेको छ । बोर्डले यसका लागि सेवा प्रदायक स्वास्थ्य संस्थाहरु एवं सर्वसाधारणहरु तथा सरोकारवालाहरुसँग सुझाव माग गरेको छ। बोर्डले सुविधा थैलीमा रहेका १२०८ वटा औषधिको नाम र प्रस्तावित शुल्क सार्वजनिक गर्दै सुझाव माग गरेको हो। बोर्डको गत पुस ९ गतेको निर्णय अनुसार सुविधा थैलीमा रहेका औषधिको शुल्क समयानुकुल परिमार्जन गर्न समिति गठन गरिएको थियो। उक्त समितिले प्रस्ताव गरेको मूल्यसूचीका विषयमा बोर्डले सुझाव माग गरेको हो। समितिका एक जना सदस्य स्वास्थ्य अर्थशास्त्री सुभेच्छा तिवारीले बजार विश्लेषण गरेर…
ओएनएम सर्भे नभए लुम्बिनी आयुर्वेद चिकित्सालय सञ्चालनमा समस्या
स्वास्थ्यसमाचार/रुपन्देहीमा रहेको लुम्बिनी आयुर्वेद चिकित्सालयमा ओएनएम सर्वे नभए अस्पताल सञ्चालमा गर्न समस्या हुने भएको छ। २०४३ सालमा स्वीकृत स्थायी दरबन्दीबाटनै अहिले अस्पताल सञ्चालन भैरहेको छ। ६ जनाको दरबन्दी रहेको चिकित्सालयमा १५ बेड सञ्चालमा रहेको छ। अस्पतालका प्रमुख डा. प्रवेश श्रीवास्तवका अनुसार अस्पतालमा नेपाल सरकारको दरबन्दी जम्मा ६ जनाको रहेको बताउनु भयो। उहाले यो दरबन्दी २०४३ सालमा स्वीकृत भएको हो अहिले सम्म उही दरबन्दीबाट अस्पताल सञ्चालन भएको बताउनु भयो। उहाले सरकारी अस्पताल तथा स्वास्थ्य संस्थाहरुमा वैज्ञानिक ढंगमा संगठन तथा व्यवस्थापन सर्भेक्षण (ओएनएम) नहुदा पहिलेको दरबन्दीबाट काम चलाएको बताउनु भयो। एउटा…
हृदयघातबाट उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन
स्वास्थ्यसमाचार/हृदयघातबाट उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधन भएको छ । हृदयघातका कारण मरासेनीको निधन हो । लामो समय जिल्ला न्यायाधीशमा रहनुभएको उहाँ उच्च अदालत पाटकमा गत पुस २४ गतेदेखि मात्र कार्यरत हुनुहुन्थ्यो । काठमाडौंको कलंकीमा बस्दै आउनुभएको मरासेनीको बिहान ९ बजे घरमा बसिरहेका बेला स्वास्थ्यमा समस्या आएको थियो । लगत्तै उहाँलाई अस्पताल पुर्याइएको थियो । उपचारका क्रममा बिहान १० बजे निधन भएको पाटन उच्च अदालतका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिनुभयो ।मंगलबार मरासेनीको इजलाससमेत तोकिएको थियो । मरासेनीलाई इजलास नम्बर ४ मा चन्द्रमणि ज्ञवालीसँग संयुक्त इजलास र इजलास नम्बर ५…
स्वास्थ्य जिवनको सबै भन्दा महत्वपूर्ण पाटो तिलोत्तमा नगरप्रमुख खाँण
स्वास्थ्यसमाचार/तिलोत्तमा नगरपालिका वडा नम्बर—३ वडा कार्यालयद्धारा ज्येष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ३ वडा कार्यालयको प्राङ्गणमा भएको सम्मान कार्यक्रमका प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाणले ज्येष्ठ नागरिक एक सय वर्ष पुग्नुभएकी रेशमी आमालाई सल ओडाएर सम्मान गर्दै कार्यक्रमको उद्घाटन गर्नुभएको हो । बोल्दै तिलोत्तमा ३ वडा कार्यालयले जिवनको सबै भन्दा महत्वपूर्ण पाटो भनेको स्वास्थ्य हो,वडा कार्यालयले ज्येष्ठ नागरिकको स्वास्थ्य परिक्षण संगै सम्मान गरेर सराननीय कार्य गरेको भन्दै वडा कार्यालयलाई आभार व्यक्त गर्नुभयो । देशका ७५३ वटा नगरपालिका मध्ये सबैको रोजाईमा तिलोत्तमा पर्नुको…
घोराही उपमहानगरमा औषधी खरिदमा ढिलाइ हुँदा बिरामीलाई समस्या
स्वास्थ्यसमाचार/दाङको घोराही उपमहानगरपालिका–१० स्थित नारायणपुर सहरी प्रवर्धन केन्द्रमा सिटामोल, एन्टासिट, जीवनजल, एस्पिरिनलगायतका अत्यावश्यक औषधी पाइँदैन । सरकारले निःशुल्क घोषणा गरेका यी औषधी बिरामीले सहजै पाउनुपर्ने भए पनि घोराही उपमहानगरपालिकाले औषधी खरिदमा ढिलाइ गर्दा स्वास्थ्य संस्थामा बिरामीलाई समस्या हुने गरेको छ । निःशुल्क घोषणा गरेका औषधी नागरिकले बाहिर किन्नुपर्ने बाध्यता छ । मङ्सिरसम्म औषधी भए पनि पछिल्लो समय औषधी सकिँदा बिरामीलाई बाहिर खरिद गर्न सुझाव दिने गरेको नारायणपुर सहरी प्रवर्धन केन्द्रका प्रमुख डिल्लीराज आचार्य बताउनुहुन्छ । प्रवर्धन केन्द्रका प्रमुख आचार्यले भन्नुभयो, “गत मङ्सिरसम्म निःशुल्क रूपमा पाइने औषधी थिए तर अहिले सकिएका छन् । औषधी नहुँदा सेवाग्राहीलाई…