स्वास्थ्यसमाचार/ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गत नर्सिङ तथा परिवार कल्याण महाशाखाको प्रमुखमा वरिष्ठ नर्सिङ प्रशासक ईश्वरी केसीलाई ल्याईएको छ। केसी यसअघि भेरी अस्पताल, नेपालगञ्जमा कार्यरत थिइन्।
नवनियुक्त प्रमुख केसीलाई आज एक विशेष कार्यक्रमबीच स्वागत गरिएको छ। उक्त कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेम सारु, स्वास्थ्य सचिव डा. वासुदेव उपाध्याय, स्वास्थ्य शिक्षा प्रशासक नोदनारायण चौधरी लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
यस अघि नर्सिङ तथा परिवार कल्याण महाशाखा रिक्त रहेको थियो। केसीको नेतृत्वमा महाशाखाले स्वास्थ्य सेवाको अभिवृद्धि गर्न महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।
प्रतिकया दिनुहोस्