स्वास्थ्यसमाचार/नेपाल हृदय रोग निवारण प्रतिष्ठान गुल्मीले रेसुङ्गा नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विधालयका १५ वर्ष उमेर समूहका विद्यार्थीहरुको आजदेखि निःशुल्क बाथ र मुटुरोग परीक्षण सुरु गरेको छ।
रेसुंगा नगरपालिका भित्रका रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्यनरत १५ वर्ष उमेर समुहका आठ हजार विद्यार्थीको मंगलबारदेखि निःशुल्क बाथ मुटुरोग परीक्षण सुरु गरिएको हो।
रेसुंगा नगरपालिका वडा नं.१ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा आयोजित कार्यक्रमको शुभारम्भ रेसुंगा नगरपालिकाका प्रमुख खिल ध्वज पन्थीले गर्नुभएको हो।नगरप्रमुख पन्थीले पछिल्लो समय स्वास्थ्यको क्षेत्रमा नसर्ने रोगहरु प्रमुख चुनौती बनिरहकोले यसतर्फ सबै सचेत रहनुपर्ने पर्ने कुरामा जोड दिनुभयो।
बिभिन्न कारणले अहिले मुटु,मृगौला र क्यान्सरका बिरामीहरु बढ्दै गइरहेको बताउदै नगरप्रमुख पन्थीले रेसुंगा नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको समेत जानकारी दिनुभयो।
नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयका करिब आठ हजार विद्यार्थीहरुको वाथ मुटु रोगको जाँच गरिने जानकारी दिदै नगरप्रमुख पन्थीले स्वस्थ नागरिक तयार गर्नु अहिलेको आवश्यकता कुरामा जोड दिनुभयो ।
मानव पुँजीको विकासका लागि स्वास्थ्य पहिलो प्राथामिक क्षेत्र भएकाले निरोगी र सक्षम जनशक्ति तयारका लागि नगरपालिकाले बिशेष कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको समेत उक्त कार्यक्रममा बताउनुभयो।
अहिले सुरु गरिएको वाथ मुटु रोग जाँचका माध्यमबाट नगरपालिका भित्रमा यो समस्याबाट पीडित विद्यार्थीहरुको एकिन तथ्यांक आउने र उनीहरुलाई निको पार्ने स्थानीय सरकारको दायित्वको क्षेत्र भएको सोहि बमोजिम कार्यक्रम अघि बढाउने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।
नेपाल हृदय रोग निवारण प्रतिष्ठानका केन्द्रीय समिति सदस्य तथा पूर्व जिल्ला अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले पछिल्लो समय सर्ने भन्दा नसर्ने रोगबाट बालबालिका पिडित भइरहेकोले प्रतिष्ठानले यो अभियान चलाएको बताउनुभयो। स्थानीय सरकारसँगको सहकार्यमा गुल्मी जिल्लामै पहिलो पटक विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न लागेको पूर्व जिल्ला अध्यक्ष पाण्डेले जानकारी दिनुभयो।
यस नगरपालिकाका विद्यालयबाट सञ्चालन गरिएको स्वास्थ्य परीक्षण अभियान जिल्लाका सबै स्थानीय तहका विधालयमा पुराउने लक्ष्य राखिएको बताउनुभयो।सामुदायिक र संस्थागत गरि ५० वटा विद्यालय रहेका नगरपालिकामा यो अभियान तीन दिनसम्म संचालन हुने छ।
प्रतिष्ठानका माध्यमद्वारा सरकारी तथा गैरसरकारी संघसंस्थाहरूको सहयोगमा मुटु जाँच शिविर लगायत उपचारात्मक र जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको बताउदै पाण्डेले भौतिकवादी जीवन शैली र आहार विहारका कारण मुटु लगायतका नसर्ने रोग बढ्दै गएको गएको नसर्ने रोगलाई नियन्त्रणमा लिन नसके भयावहको अवस्था आउने बताउनुभयो।
मुटुरोग विशेषज्ञ डा.सुमन्त बञ्जाडेले विद्यार्थी उमेरमा हुने वाथ मुटु रोगको जाँच गर्नुहुने कार्यक्रम रहेको छ ।उहाँले विद्यार्थी उमेरमा वाथ मुटुरोग लाग्ने कारण लगायतका विषयमा समेत सचेतना गराउने कार्यक्रम रहेको छ।
प्रतिष्ठानका सचिव विनोद पाण्डेले नेपालमा वाथ मुटुरोगबाट वर्षेनी १ हजार भन्दा बढी बालबालिकाको मृत्यु हुने तथ्याङ्क प्रस्तुत गर्नुभयो।हाल बाथरोग लागेर पीडित भई कष्टकर जीवन विताइरहेकाहरुको संख्या १ लाख भन्दा बढी रहेको र वाथ रोगबाट गरिब,विपन्न,सीमान्तकृत र पिछडिएका वर्गका बालबालिकाहरूमा बढी मात्रामा प्रभावित हुने गरेका छन्।
प्रतिष्ठान गुल्मीका निवर्तमान अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेको अध्यक्षता रहेको कार्यक्रममा रेसुंगा नगरपालिका -१ का वडाअध्यक्ष रामप्रसाद पन्थी, महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद मरासिनी,गुल्मी मोडेल अस्पतालका डा.शिव खरेल, गुल्मी मोडेल अस्पतालका अध्यक्ष बाबुराम पन्थी लगायतको आतिथ्यता रहेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव विनोद पाण्डेले गर्नुभएको थियो।
प्रतिकया दिनुहोस्