१२ सय शैयाको लुम्बिनी प्रादेशिक अस्पताल: ५ महिना १३ प्रतिशत काम

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालको १२ सय शैयाको १० तले नयाँभवन निर्माणको काम ५ महिनामा १३ प्रतिशत भएको छ ।

६ अर्ब १८ करोड रुपैयाँ लागतमा बन्न लागेको यो अस्पतालभवन प्रदेश सरकारको पहिलो ठूलो पूर्वाधार हो ।तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलको पालामा प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा अघि बढाइएको अस्पताल भवनको शिलान्यास गत भदौ १५ गते भएको थियो ।

ठेक्का प्रक्रिया विवादास्पद भएपछि दुईपटक रद्द गरिएकोथियो । भवन निर्माण मापदण्डको ‘स्पेसिफिकेसन’मै आशंका भएपछियसअघिका दुवै टेन्डर रद्द गरिएको थियो । तेस्रोपटक आह्वान भएको टेण्डर स्वीकृत भई गत पुस २६ गतेठेक्का सम्झौता भएको थियो ।

प्रदेश सरकारले चालु आर्थिक वर्षमायो भवन निर्माणका लागि एक अर्ब ८० करोड बजेट विनियोजनगरेको थियो । शिलान्याश भएको पाँच महिनाको अवधिमा १३प्रतिशत काम पूरा भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका साइटइञ्चार्ज इञ्जिनियर शंकर सुवेदीले जानकारी दिए ।

अघिल्लो वर्षको पुस २६ गते ‘क्याप साइट–आशिष–रेलिगेर’जेभीसँग ठेक्का सम्झौता भई भवन निर्माणका पूर्व तयारीका कामहरुगत बैशाखदेखि नै सुरु भएको थियो । क्याप साइट भारतीय प्रतिष्ठितनिर्माण कम्पनी हो । आशिष र रेलिगेर नेपाली कम्पनी हुन् ।

ठेक्का सम्झौताअनुसार २०८५ साल पुससम्म अस्पतालकोभवन निर्माण सक्नुपर्नेछ ।हाल दैनिक २१० जना कामदारहरू काममा खटिएका निर्माणकम्पनीले जनाएको छ । अहिले सबभन्दा तल्लो बेसमेन्टको कामभइरहेको छ । यसका लागि रड बुन्ने, बिच्छ्याउने, पिलर उठाउने र भुइँ ढलान गर्ने कार्य भइरहेको छ ।

बेसमेन्टको कामसँगै लिफ्टका लागिपिलर उठाउने कार्य पनि भइरहेको छ ।नयाँ भवनको सबभन्दा माथि हेलिप्याड हुनेछ । हेलिप्याडबाटसिधैँ इमर्जेन्सी वार्डमा आउजाउ गर्न मिल्ने लिफ्ट पनि निर्माण हुनेछ ।

प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास प्राधिकरणले तयारगरेको गुरुयोजना अनुसार अस्पतालको मुख्य भवन १० तलाकोहुनेछ । पाँच तलाको क्यान्सर उपचारको छुट्टै भवन हुनेछ । १० तलाकोमुख्य भवनमा दुई तला अन्डरग्राउन्ड पार्किङ हुनेछ भने पाँच तलाकोभवनमा एक तला अन्डरग्राउण्ड पार्किङ हुनेछ ।

दुई भवन र त्यसका उपकरण, आन्तरिक व्यवस्थापनमा सरकारले ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ रुपैयाँ लागत अनुमानगरेको छ । त्यसमा एक भारतीयसहित दुई नेपाली कम्पनीसँग संयुक्तरूपमा ५ वर्षभित्र काम सक्ने गरी ६ अर्ब १८ करोड रुपैयाँमा सम्झौताभएको हो ।

अस्पताल भवनको उप प्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसादपौडेल र मुख्यमन्त्री चेतनारायण आचार्यले शिलान्यास गरेका थिए ।नयाँ भवनको अगाडिको भागमा अत्याधुनिक बहिरंग सेवा ओपीडी, आपतकालीन उपचार, इमर्जेन्सी र इन्डोर सर्भिस कक्षसहित१२ सय बेड रहने छन् ।

साथै विशिष्टीकृत ग्यास्ट्रो, न्युरो, कार्डियोलोजी लगायतका सबैविशेषज्ञ सेवा एउटै भवनबाट उपलब्ध हुनेछन् ।सरकारले चालु आर्थिक वर्षमा भवन निर्माणका लागि १ अर्ब८० करोड रुपैयाँ विनियोजन गरेको छ ।

मुख्यमन्त्रीले गरे निरीक्षण

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीप्रादेशिक अस्पताल भवन निर्माणाधीन स्थलको अनुगमन गरेका छन् । आयोजना स्थलमा पुगेर मुख्यमन्त्री आचार्यलेकामको प्रगतिबारे जानकारी लिए ।

‘विशेषगरी, यो प्रदेशको गौरवकोआयोजना हो । प्रदेशले जुन लक्ष्यर उद्देश्य बोकेर यसलाई उच्चप्राथमिकतामा राखेर काम गरिरहेको छ, यसले समग्र प्रदेशकोविकासमा महत्वपूर्ण योगदान पु¥याउनेछ,’ मुख्यमन्त्री आचार्यले भने–‘कुनै पनि अवस्थामा काममा समस्या नआओस् भन्नका लागि सरकारले विशेष ध्यान दिएको छ ।’

आयोजना स्थलको अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले काम सन्तोषजनक ढंगले अघि बढिरहेको बताए । ‘यही हिसाबलेकाम अघि बढ्यो भने तीन वर्षभित्र भवन सम्पन्न हुनेछ भन्ने आशाजागेको छ,’ मुख्यमन्त्री आचार्यले भने–‘यही आर्थिक वर्षमा २८प्रतिशतसम्म काम सम्पन्न गर्ने रिपोर्टिङ प्राप्त भएको छ । हाल सम्मको कामलाई मूल्यांकन गर्दा सन्तोषजनक देखिएको छ ।

सम्बन्धित शिर्षक :