स्वास्थ्यसमाचार/ नेपाल औषधी थोक व्यवसायी संघ (पडान)रुपन्देही शाखाको प्रथम साधारण सभा तथा दोस्रो अधिवेशन तथा साधारण सभाबाट नयाँ नेतृत्व चयन गरिएको छ । देवदह नगरपालिका वडा नम्बर १० चरेङ्गेमा आयोजना गरिएको कार्यक्रमबाट कृष्ण जि सि को अध्यक्षता सात कार्यसमिति गठन गरिएको छ । जसको उपाध्यक्षमा सुदिप पाण्डे, सचिवमा मनिलाल तिवारी, कोषाध्यक्षमा महेश राज पन्थी, सदस्यमा महेश बिष्ट, सरोज घिमिरे, भेषराज वस्ती रहेका छन् । कार्यक्रममा संस्थाका लुम्बिनी प्रदेश पुर्व वरिष्ठ उपाध्यक्ष बुद्धि प्रसाद ज्ञवाली, नेपाल औषधि थोक व्यवसायिक संघ केन्द्रिय सदस्य शरद राज शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष तुफान बाबु श्रेष्ठ,…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
सम्मरीमाईमा एचपीभी खोप अभियान सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया
स्वास्थ्यसमाचार/रूपन्देहीको सम्मरीमाई गाउँपालिका, फरेनामा एचपीभी खोप अभियान २०८१ अन्तर्गत पालिका स्तरीय खोप समन्वय समितिका पदाधिकारी, विद्यालयका प्रधानाध्यापकहरू, पत्रकार तथा संचारकर्मीहरूबीच अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम सम्मरीमाई गाउँपालिका गाउँ कार्यपालिकाका अध्यक्ष बिनोद कुमार श्रीवास्तवको अध्यक्षता र प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहको प्रमुख आतिथ्यता मा सम्पन्न भएको हो। साथै, कार्यक्रम स्वास्थ्य शाखा प्रमुख मुन्सी प्रसाद माझीको सञ्चालनमा सम्पन्न भएको थियो। कार्यक्रममा एचपीभी (Human Papillomavirus) खोपको महत्त्व, लक्षित उमेर समूह (११–१४ वर्षका किशोरीहरू), खोप अभियानको प्रभावकारिता, र समुदायमा यससम्बन्धी जनचेतना फैलाउने विषयमा छलफल गरिएको थियो। खोप अभियानलाई प्रभावकारी बनाउन…
स्वास्थ्य मन्त्रालयको टोलीद्वारा बुटवलमा एचपीभी खोप अभियानको अनुगमन
स्वास्थ्यसमाचार/बुटवल–१२ स्थित नया गाउँ माध्यमिक विद्यालयमा आयोजित (एचपीभी) विरुद्धको राष्ट्रिय खोप अभियानको अनुगमन तथा निरीक्षण सम्पन्न भएको छ। स्वास्थ्य आपतकालीन तथा प्रकोप व्यवस्थापन इकाई (HEDMU) तथा स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र (HEOC) का प्रवक्ता तथा प्रमुख डा. प्रकाश बुढाथोकीको नेतृत्वमा उक्त अनुगमन भएको हो। ११ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको खोप अभियानको प्रभावकारिता सुनिश्चित गर्न अनुगमन टोलीले बुटवलका विभिन्न केन्द्रहरूमा निरीक्षण गरेको थियो। खोप अभियानले किशोरीहरूलाई एचपीभी संक्रमणबाट सुरक्षित बनाउने उद्देश्य लिएको छ, जुन पाठेघरको क्यान्सर जस्ता गम्भीर रोगहरूको प्रमुख कारण मानिन्छ। डा. बुढाथोकीले खोप कार्यक्रमको…
पश्चिम नवलपरासीको पृथ्वीचन्द्र अस्पतालमा आइसीयू सेवा सञ्चालन
स्वास्थ्यसमाचार/ रामग्राम नगरपालिका-५ बुद्धचोकस्थित पृथ्वीचन्द्र अस्पतालमा सघन उपचार सेवा (आइसियू) सञ्चालनमा आएको छ। लुम्बिनी प्रदेश सरकारले रू १३ करोड ६६ लाखको लागतमा निर्माण गरेको ५० शय्याको अस्पतालमा यो सेवा शुरू भएको हो। यसअघि आइसीयू सेवा नहुँदा बिरामीलाई भैरहवा, बुटवल, भरतपुर पठाउनुपर्ने बाध्यता थियो। अब भने नयाँ भवनमा जनरल तथा आर्थोपेडिक सेवा पनि सुरू गर्ने तयारी गरिएको अस्पतालका सूचना अधिकारी गोविन्द ज्ञवालीले जानकारी दिए। अस्पतालमा आइसियूसँगै जनरल सर्जन, एनेस्थेसिया, स्त्रीरोग, डेण्टल सर्जन, ल्याब र नर्सिङ सेवाका विशेषज्ञहरू पठाइएको छ। साथै, केही दिनअघि आँखा विशेषज्ञ पनि आएकाले आँखासम्बन्धी सेवा विस्तारको तयारी भइरहेको…
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई समान निर्वाह भत्ता दिने निर्णय
स्वास्थ्यसमाचार/प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसबीचमा सम्बन्ध पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदन समेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा (मासिक ४८ हजार सात सय रुपियाँ) कायम गर्नुपर्ने निर्णय भएको को हो । अन्य विषयमा थप छलफल गरी छिट्टै आयोगको बैठकबाट निर्णय लिने निष्कर्ष निकालिएको छ । बैठकले सम्बन्धित कलेजमा दुई वर्ष अध्ययन र…
बुटवल हस्पिटल प्रा. ली.र वरदान आइभीएफ बीच उपचार सम्झौता
स्वास्थ्यसमाचार/बुटवल हस्पिटल प्रा. ली. ले आफ्नो सेवा र सुविधा विस्तार गर्दै बुटवलमा रहेको वरदान आइभीएफसँग उपचार सम्झौता गरेको छ। यस सम्झौतासँगै अब वरदानमार्फत आइभीएफ सेवा लिएका सेवाग्राहीहरू बुटवल हस्पिटल प्रा. ली. मा प्रस्तुति सेवा लिन सक्नेछन्। निःसन्तान दम्पतीका लागि आइभीएफ उपचार केन्द्रका रूपमा स्थापित वरदान आइभीएफसँगको यस सहकार्यले बुटवल हस्पिटललाई प्रमुख रोजाइ बनाएको छ। अस्पतालको उत्कृष्ट भौतिक संरचना, दक्ष जनशक्ति र अत्याधुनिक उपकरणले यसलाई सेवाग्राहीहरूको पहिलो विकल्प बनाएको हो। बुटवलमा निकै सफल रहेको वरदान आइभीएफसँगको सम्झौतासँगै दुवै संस्थाबीचको सहकार्य सेवाग्राहीहरूको लागि अझ सहज भएको छ। सम्झौतापत्रमा बुटवल हस्पिटल प्रा. ली.…
लुम्बिनी प्रादेशिक अस्पतालमा ६३ वर्षीय बिरामीमा सफलतापूर्वक थाई पेसमेकर प्रत्यारोपण
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ६३ वर्षीय पुरुषको सफलतापूर्वक थाई पेसमेकर प्रत्यारोपण गरिएको छ। डा. रोशन घिमिरेका अनुसार, यो प्रक्रिया बुटवलमा पहिलो पटक नभए पनि सबैभन्दा जटिल थियो। पेसमेकरले राम्रोसँग काम गरिरहेको र बिरामीको अवस्था सामान्य रहेको वताउनु भयो । डा. घिमिरेले यस सफलतामा आफ्नो योगदानका लागि आदरणीय गुरुहरू लाई सम्झनुभएको छ। साथै, सहयोगका लागि अस्पतालका मेसु डा. इन्द्र ढकाल, क्याथल्याबका सहयोगी हातहरू, शल्यक्रियामा सहभागी डाक्टरहरू र सहयोगी हातहरूलाई विशेष धन्यवाद व्यक्त गर्नुभएको छ। लुम्बिनी प्रादेशिक अस्पतालले यसअघि पनि मुटु सम्बन्धी उपचारमा महत्वपूर्ण प्रगति गर्दै आएको छ। अस्पतालमा मुटुको उपचारका…
जनस्वास्थ्य अधिकृत आर्चाय बने निजामती कर्मचारी संगठन लुम्बिनीको अध्यक्ष
स्वास्थ्यसमाचार/जनस्वास्थ्य अधिकृत नेत्रप्रसाद आचार्य नेपाल निजामती कर्मचारी संगठन लुम्बिनी प्रदेश अध्यक्षमा निर्बाचिन हुनु भएको छ । बुटवलमा सम्पन्न दोस्रो अधिवेशनले बुटवलका नेत्रप्रसाद आचार्यको नेतृत्वमा २१ सदस्यीय लुम्बिनी प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको संगठनका निवर्तमान अध्यक्ष खगराज उपाध्यायले जानकारी दिनुभयो । प्रदेश समितिको उपाध्यक्षमा टुक बहादुर रोका र नन्दा कुमारी नेपाली, महासचिव भिमलाल ज्ञवाली, सचिवमा जयराम खड्का, शिवराज न्यौपाने र मोहनसिंह सुनार, कोषाध्यक्षमा श्रीराम पाण्डे रहनु भएको छ । यस्तै गरी सदस्यहरुमा जंगबहादुर नेपाली, गुप्त बहादुर पुन, अनिल कुमार शर्मा, ठगिश्वर पोखरेल, विष्णुप्रसाद बस्याल, हरिप्रसाद पन्थी, नारायण थापा, विमला पौडेल,…
नवलपरासीमा एचपीभी खोप एकैसाथ विभिन्न विद्यालयबाट शुभारम्भ
स्वास्थ्यसमाचार/नवलपरासीमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भि खोप जिल्लाका विभिन्न विद्यालयबाट एकैसाथ शुभारम्भ गरिएको छ। जिल्लाका सातै पालिकाका विभिन्न विद्यालयहरूबाट खोप सुरु गरिएको हो। जिल्लाका २०० विद्यालयमा २०१ खोप केन्द्र निर्माण गरी खोप सुरुवात गरिएको बताइएको छ। एचपीभी खोप सञ्चालनका लागि २०५ जना खोप स्वास्थ्य कार्यकर्ता र ३०८ जना स्वयंसेवक परिचालन गरिएको स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ। स्वास्थ्य कार्यालयले रामग्राम १२ स्थित सरस्वती माध्यमिक विद्यालय कसियाबाट जिल्लाभर खोप सञ्चालन गरिएको जानकारी दिएको हो। जिल्ला समन्वय समितिका प्रमुख एवं खोप समन्वय समितिका संयोजक भगौती यादव रूदलको अध्यक्षता र लुम्बिनी प्रदेशका सांसद बैजनाथ…
रुपन्देहीमा पहिलो दिन ७ हजार ४६५ जनालाई एचपिभी खोप लगाइयो
स्वास्थ्यसमाचार/रुपन्देहीमा पहिलो दिन ७ हजार ४६५ जनाले पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाएका छन् ।पहिलो चरणमा ८ वटा पालिकामा ३१ हजार ९९५ जना किशोरीहरुलाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय रुपन्देहीले पहिलो दिन ७ हजार ४६५ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । देशभर आजबाट पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाउन शुरु गरिएको छ । रुपन्देहीमा पहिले चरणमा झण्डै ३२ हजारलाई खोप लगाउने तयारी रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीले जानकारी दिनुभयो । रुपन्देहीमा हर्षोल्लासपूर्वक खोप लगाएका छन् । पहिले चरणमा आजदेखि २७ गतेसम्म र…

