स्वास्थ्यसमाचार/सरकारले साबिकका अञ्चल अस्पतालहरूमा नर्सिङ पढाउने सरकारले तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलका अनुसार एकदेखि तीन सय शैयासम्मका सरकारी अस्पतालमा नर्सिङ पढाउन लागिएको हो । उनका अनुसार यो तयारीले केही दिन भित्रै मन्त्रिपरिषदबाट निर्णय भएर मूर्त रूप लिनेछ । ‘एकसयदेखि तीन सय बेडमुनिका जुन अस्पतालहरू छन् नेपाल सरकारका छन् । चाहे ती प्रादेशिक हो वा चाहे केन्द्रमा तिनीहरूमा नर्सिङ पढाउन सकिन्छ कि सकिँदैन रु पढाउने गरी हामीले नीगितगत रूपमा पास गर्यौँ । अब तीन दिन भित्र मन्त्रिपरिषद् लान्छौँ’ सचिव पोखरेलले जानकारी दिए । सोमबार…
www.swasthyasamachar.com is a online health news portal. It share News Reports & Information related to health & health sectors. Email - [email protected]/Visit in facebook - www.facebook.com/SwasthyaSamacharOnline .
चिकित्सा र नर्सिङका समस्या प्याकेजमै सम्बोधन गर्नुपर्छ : प्रधानमन्त्री
स्वास्थ्यसमाचार/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू प्याकेजमै सम्बोधन गर्नुपर्ने बताएका छन् । प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । छलफलमा प्रधानमन्त्रीले भने, “नर्सिङ शिक्षाको कुरा गरिरहँदा नर्सिङ र सिटिइभिटीको क्षेत्राधिकार बाझिने गरेको परिस्थिति पनि छ । त्यसलाई हामीले क्लियर गरेर जानुपर्छ ।” चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्या सम्बोधनका निम्ति छिटै चिकित्सा शिक्षा आयोगको बैठक बसिने प्रधानमन्त्रीले जानकारी दिए । प्रधानमन्त्रीले भने, “चिकित्सा शिक्षा आयोगको बैठक हामी छिटै बस्छौँ । स्वास्थ्य क्षेत्रका समस्या के हुन्, नर्सिङ क्षेत्रका…
तिलोत्तमामा ज्येष्ठ नागरिक घर दैलो स्वास्थ्य परिक्षण कार्यक्रम सुरु
स्वास्थ्यसमाचार/तिलोत्तमा स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने अपाङ्गता ज्येष्ठ नागरिकको घर दैलोमै स्वास्थ्य परिक्षण कार्यक्रम सुरु गरिएको छ। नगरपालिका १७ बटा वडा बाट यस्तो सेवा सुरु गरिएको तिलोत्तमा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। स्वास्थ्य शाखा प्रमुख केशब भट्टराईका अनुसार अपाङ्गता भएका र ज्येष्ठ नागरिकहरु विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुने भएकाले उनीहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न यो गरि नगरपालिकाले १७ बटै वडा वाट कार्यक्रमको सुरु गरिएको बताउनु भयो।’ कार्यक्रम अन्तर्गत उपचारात्मक सेवाका साथै ज्येष्ठ नागरिकको स्वास्थ्यमा ध्यान केन्द्रित गराउन पैरवी, छलफलहरू पनि सञ्चालन गरिएको उहाले बताउनु भयो।‘ अपाङ्गता र ज्येष्ठ नागरिकहरु स्वास्थ्य…
स्वास्थ्य शाखा प्रमुखमाथि वैद्य नेतृत्वको पार्टी कार्यकर्ताले दले कालो मोसो
मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बागलुङ बडिगाड गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विपेन्द्र केसीमाथि कालो मोसो दलेको छ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति बागलुङले कार्यालयतर्फ आउँदै गर्दा बिहान पौने १० बजेतिर गाउँपालिका-६ खाल स्थित मध्यपहाडी लोकमार्गमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख केसीलार्ई कालो मोसो दलेको गाँउपालीका स्रोतले जानकारी दिएको छ । स्रोतले भन्यो, ‘बिहान कार्यालय आउँदा बाटोमा मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्ययताले कालो मोसो दलेको भन्ने जानकारीमा आएको छ ।’ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, बागलुङ कमिटीले विज्ञप्ति जारी गर्दै म्याद…
रुकुम पश्चिममा खुकुरी प्रहार वाट १४ वर्षीय वालकको मृत्यु एक घाइते
स्वास्थ्य समाचार/रुकुम पश्चिममा एक बालकको खुकुरी प्रहारबाट हत्या भएको छ । मुसीकोट नगरपालिका वडा नम्बर ११ मा रोल्पाको परिवर्तन गाउँपालिका ४ पाछावाङका अन्दाजी १४ वर्षीय निर्मल डाँगीको खुकुरी प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । अर्का एकजना घाइते भएका छन् । मुसीकोट नगरपालिका ११ काफलबोटका ३२ वर्षीय चन्द्रबहादुर पुनले डांगीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । खुकुरी प्रहारबाट मुसीकोट नगरपालिका ११ कै ४१ वर्षीय सुकलाल पुन घाइते हुनु भएको छ ।डिएसपी भट्टराईका अनुसार डाँगीको घाँटी रेटेर हत्या गरिएको छ ।…
सियारीद्वारा अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री प्रदान
स्वास्थ्यसमाचार /रुपन्देहीको सियारी गाउँपालिकाले अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री बितरण गरेको छ ।पालिकाले ११ जना जना अपाङगता भएका व्यक्तिलाई सहायता सामाग्री वितरण गरेको हो । पालिकामा आएका १४ जनाको निवेदन मध्ये ११ जनालाई ट्राई साईकल, ह्वील चियर र बैसाखी बितरण गरेको छ ।बाँकी रहेका ३ जना उपस्थित नभएका कारण प्रदान नगरिएको र आवश्यकता आधारमा पछि प्रदान गरिने पालिकाले जनाएको छ । गाउँपालिकाले आर्थिक अबस्था र शारिरिक अबस्था कमजोर भएका व्यक्तिहरु पनि सहजरुपमा हिँडडुल गर्न पाउन भन्ने उद्धेश्यले सहायता सामाग्री प्रदान गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । गाउँपालिकाले महिला…
बुटवल १७ मोतीपुरमा निःशुल्क स्वास्थ्य शिबिर
हरिश ढकाल स्वास्थ्यसमाचार/ स्थानिय स्तरमा आम जनताका लागि स्वास्थ्य सेवा प्रबद्र्धन गर्ने उद्देश्यले रुपन्देहीको मोतीपुर मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बुटवल उपमहानगर पालिका १७ मोतीपुर स्थित एभरग्रीन पब्लिक बोर्डिङ स्कुलमा सम्पन्न सो निःशुल्क स्वास्थ्य शिविरमा झण्डै १ हजार जनाले सेवा प्राप्त गरेका छन् । बुटवल १७ मोतिपुर स्थित एभरग्रीन पब्लिक बोर्डिङ स्कुलको रजत महोत्सव अर्थात २५ औं बार्षिक उत्सवका अवसरमा ढकाल समाज प्रतिष्ठान र सामुदायिक सिकाई केन्द्रको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । बिद्यालयमा शिक्षक, बिद्यार्थी र अभिभावकहरुलाई लक्षित गरि संचालन गरिएको सो निशुल्क स्वास्थ्य…
एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मोटरसाइकल दुर्घटनामा मृत्यु
स्वास्थ्यसमाचार/एमबीबीएस (डाक्टर) अध्ययनरत दुई विद्यार्थीको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । पर्साको वीरगञ्जमा मोटरसाइकल दुर्घटना हुँदा धनुषाका सुमित यादव र बाराको सुवर्णपुरका सञ्चित यादवको मृत्यु भएको हो । प्रहरीका अनुसार उनी दुबै जना वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए । वीरगञ्ज महानगरपालिका १५ स्थित जिल्ला आयुर्वेद अस्पतालदेखि पूर्व जाने सडकमा मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटनामा उनी दुवै विद्यार्थीको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए । मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।…
तिलोत्तमा नगरप्रमुख खाँणद्वारा ॐ महिला तथा बाल अस्पतालको उद्घाटन
स्वास्थ्यसमाचार/ स्वस्थ, स्वच्छ र सभ्य समाज निमार्णका लागी राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनु पर्ने सरोकार वालाहरूले बताएका छन।तिलोत्तमामा खुलेको ॐ महिला तथा बाल अस्पतालको उद्घाटन कार्यक्रममा वोल्ने वक्ताहरुले कुनैपनि स्वास्थ्य उपचारको अभावमा मृत्यु बरण गर्नपर्ने अबस्थाको अन्त्य कालागी राज्यले शिक्षा र स्वास्थ्यमा लगानी बढाउनु पर्नेमा जोड दिएका हुन । उदघाटन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका नगर प्रमुख रामकृष्ण खाँणले भौतिक बिकास संगै मानविय बिकास जरुरी रहेकाले स्वास्थ्य र शिक्षाका क्षेत्रमा तिलोत्तमा लाई अगाडी बढाउने रणनीतिक हिसाबले अघि बढेको बताउनु भयो। नगरप्रमुख खाँणले तिलोत्तमा स्थापना भएकोे ॐ महिला तथा बाल अस्पतालको…
१० करोडको लगानीमा तिलोत्तमामा खुल्यो महिला तथा बाल अस्पताल
स्वास्थ्यसमाचार/ रुपन्देहीको तिलोत्तमा नगरपालिकामा १० करोड बढिको लगानीमा ओम महिला तथा बाल अस्पताल सञ्चालनमा आएको छ। अस्पतालको आइतबार तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले उद्घाटन गर्ने अस्पतालले पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो। सुत्केरी आमाहरु, नवजात शिशु, बालबालिका तथा किशोरकिशोरिका लागि गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नका लागि ओम महिला तथा बाल अस्पताल स्थापना गरेको अस्पतालका अध्यक्ष शारदा तिवारीले जानकारी दिइन। स्थानीय सरकार तिलोतमा नगरपालिकाबाट १५ बेड को स्वीकृति लिई २०७७ साल श्रावण ७ गते शिलान्यास गरिएको अस्पतालले २०८० साल जेष्ठ बाट निःशुल्क सेवा र श्रावण बाट नियमित सेवा दिईरहेको उनले जानकारी…