स्वास्थ्यसमाचार /रुपन्देहीमा पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी खोप अभियानको पहिलो चरणमा ९१ प्रतिशत खोप लगाएका छन् ।
माघ २२ देखि ३० गते सम्म रुपन्देहीका ८ पालिकामा सञ्चालन गरिएको एच.पि.भी खोप ३० हजार ९ सय २९ लक्ष्य रहेकोमा २८ हजार ९८ जनाले खोप लगाएका छन ।स्वास्थ्य कार्यलय रुपन्देहीका निमित्त प्रमुख चिन्तामणि ज्ञवालीका अनुसार पहिलो चरणमा ८ पालिकामा ९१ प्रतिशतले खोप लगाएको बताउनु भयो ।
पहिलो चरणका पालिकाहरु बुटबल उपमहानगर सैनामैना नगरपालिका, सिद्धार्थनगरका ,कञ्चन गैडहवा शुद्धोधन मायादेवी र सियारी गाउँपालिका रहेका थिए ।
रुपन्देही जिल्लामा रहेका ५८ हजार ८ सय ९८ जना किशोरीहरुलाई पाठेघरको क्यान्सर विरुद्धको (एचपीभी) खोप लगाइने लक्ष्य रहेको छ । विद्यालयमा अध्ययनरत छात्रा र विद्यालय नजाने १० देखि १४ वर्षका उमेर समूहका किशोरीहरूले यो खोप लगाउने लक्ष्य राखिएको थियो । अभियान फागुन ६ गतेसम्म चल्नेछ ।
प्रतिकया दिनुहोस्