स्वास्थ्यसमाचार/नेपाल चिकित्सक संघ लुम्बिनीको अध्यक्षमा डा. कृष्ण खरेल निर्वाचित भएका छन् । खरेलको अध्यक्षतामा १३ सदस्यीय नयाँ नेतृत्व तीन वर्षे कार्यकालका लागि सर्वसम्मत चयन भएको हो । निर्वाचन समितिका संयोजक डा.श्रीधर आचार्यका अनुसार समितिको वरिष्ठ उपाध्यक्षमा डा. सन्दीप सुवेदी, उपाध्यक्षमा डा. वर्षा थापा, महासचिवमा डा. प्रकाश बस्नेत, कोषाध्यक्षमा डा. रमेश भट्टराई, सहसचिवमा डा. मोहनलाल तिवारी र सहकोषाध्यक्षमा डा. अमित चतुर्वेदी सर्वसम्मत भए । सदस्यहरुमा डा. रमेश अर्याल, डा. सरोज थापा, डा. मनिष विश्वकर्मा, डा. राजेन्द्र बस्याल, डा. सदीक्षा चापागाईं र डा. आकाश शाही चयन भएको उनले जानकारी दिए ।संघको लुम्बिनी…
समाचार
पोषणमा लुम्बिनी :१६ प्रतिशत बालबालिकामा ख्याउटेपना जुन नेपालमै बढी
स्वास्थ्यसमाचार/लुम्बिनी प्रदेशमा सबैभन्दा बढि ख्याउटेपना भएका बालबालिका पाईएको छ। स्वाथ्य निर्देशनालय लुम्बिनीको तथ्यांक अनुसार देशमा सबैभन्दा बढि ख्याउटे बालबालिका लुम्बिनी प्रदेशमा रहेको देखिएको हो । नेशनल डेमोग्राफि एण्ड हेल्थ सर्वे डाटा सन् २०२२ का अनुसार लुम्बिनी प्रदेशमा १६ प्रतिशत बालबालिकामा ख्याउटेपना भएको देखिएको छ। प्रदेशका विभिन्न निकाय, संघीय सरकारका निकाय तथा स्थानीय निकायमा विभिन्न दातृ संस्थाले समेत पोषणको लागि काम गर्दै आएको बताएपनि यसमा सरकारी तथ्याङ्कबाट नै बालबालिकाहरूमा ख्याउटेपना बढ्दै गएको पाइएको हो । देशभर कुल बालबालिका मध्ये ८ प्रतिशत बालवालिका रहेकोमा कुल ख्याउटे बालबालिकाहरूको संख्यामा सबैभन्दा बढि १६ प्रतिशत बालबालिकामा ख्याउटेपना…
चिकित्सक संघ लुम्बिनीको नयाँ नेतृत्वको लागी पुस २८ गते निर्वाचन
स्वास्थ्यसमाचार /चिकित्सक संघ लुम्बिनी शाखामा नयाँ नेतृत्वको लागी निर्वाचन हुने भएको छ।चिकित्सक संघ लुम्बिनीका महासचिव डा. सन्तोष पोखरेलका अनुसार आगामी ३ बर्षको लागी यहि पुस २८ गते निर्वाचन हुन लागेको बताउनु भयो। चिकित्सक संघ लुम्बिनी शाखाले निर्वाचनको लागी कार्यतालिका समेत सार्वजानिक गरेको छ। ७ सय भन्दा बढी चिकित्सकहरु आवद्ध रहेको शाखामा निर्वाचन भन्दा कार्यतालिका तयार गरेपनि सर्वसम्मत नयाँ नेतृत्व चयन हुने अबस्था देखिएको छ। बिगतका बर्षमा पनि यस्तै अबस्था रहेको र अहिले पनि त्यहि सर्वसम्मत नयाँ नेतृत्व चयन हुने अबस्था रहेको महासचिव पोखरेलले बताउनु भयो।यस पटक भने चिकित्सक संघ लुम्बिनीमा…
१ सय ८४ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि भएर अधिकृत बने (सूचीसहित)
स्वास्थ्यसमाचार/स्वास्थ्य सेवा विभागले १ सय ८४ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि भएर अधिकृत बनेका छन् । विभागले सार्वजनिक गरेको स्तरवृद्धि विवरणअनुसार १ सय ८४ जना स्वास्थ्यकर्मी सहायक पाँचौबाट अधिकृत छैटौंमा स्तरवृद्धि भएका हुन् । स्तरवृद्धि हुनेहरुमा सबैभन्दा बढी हेल्थ असिस्टेन्ट एचए रहेका छन् । त्यसबाहेक केही रेडियोग्राफर, ल्याब टेक्नीसियन, एनेस्थेटिक सहायक, परिवार नियोजन सुपरभाइजर, भेक्टर कन्ट्रोल सुपरभाइजर, फार्मेसी सुपरभाइरजर, सिअहेब र बरिष्ठ ल्याब असिस्टेन्ट पनि अधिकृतमा बढुवा भएका छन् । विभागकाअनुसार विसं २०८० साल असारमा आवेदन दिएकाहरुबाट नेपाल स्वास्थ्य सेवा ऐन,२०५३ ले तोकेको आधार र प्रक्रिया पूरा गरेका कर्मचारीहरुको बढुवा भएको हो…
देवदह नगरपालिका वडा नं २ पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा
स्वास्थ्यसमाचार/स्वास्थ्य समाचार रुपन्देहीको देवदह नगरपालिका वडा नं २ लाई पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा गरिएको छ । देवदह नगरपालिका वडा नम्बर २ पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा हुने देवदहको पहिलो वडा हो । देवदह २ मा अवस्थित केरवानी स्वास्थ्य चौकीमा एक कार्यक्रमको आयोजना गरि पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा गरिएको हो। देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले देवदह नगरपालिका जिरो होम डेलिभरी पालिका बनाउने अभियानमा लागेको र जस अन्तर्गत देवदह वडा नम्बर २ पूर्ण संस्थागत प्रसुती युक्त वडा घोषणा भएको भन्दै खुशी व्यक्त गर्नुभयो । कुनै पनि…
रक्षाआयुर्वेदको १६ औ वार्षिक उत्सवको पूर्व सन्धानमा जनचेतना मुलक कार्यक्रम
स्वास्थ्यसमाचार/रक्षा आयुर्वेद औषधालयको १६ औ वार्षिक उत्सवको पूर्व सन्धानमा आयुर्वेद जिबन शैली र उपचार स्वस्थ र दीर्घायु जीबनको आधार भन्ने मुल नाराका सहित स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम सम्पन्न भयो। राष्टिय आयुर्वेद एसोसियसन नेपाल र रक्षा आयुर्वेद औषधालयको संयुक्त आयोजनामा तिलोत्तमा नगरपालिका वडा नं ९को शंकरपुरमा स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम भएको हो। रक्षा आयुर्वेदका सञ्चालक शालिकराम भुसालका अनुसार औषधालयको १६ औ वार्षिक उत्सवको पूर्व सन्धानमा सामाजिक उत्तरदायित्त्व बहन गर्ने उदेश्य स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम आयोजना गरिएको बताउनु भयो। ६० जना सहभागी शिविरमा औषधीको सेबन गर्ने र जिबन शैली…
नेपालमा भेटियो कोरोनाको नयाँ भेरियन्ट, सतर्क रहन आग्रह
स्वास्थ्यसमाचार/छिमेकी देशमा फैलिएको कोरोनाको नयाँ सब-भेरियन्टमा नेपालमा पनि देखा परेको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो पटक गरिएको प्रयोगशाला परीक्षणमा कोभिड – १९ अन्तरगतको ओमिक्रोनको भेरियन्टको सब भेरियन्टमा जेएन.१ देखिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज जारी विज्ञप्तीमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आइतबार देशका विभिन्न ठाउँबाट विभिन्न उमेर समूहका १६ जना संक्रमित व्यक्तिको नमूनालाई जिन सिक्वेन्सिङ गर्दा ७ वटा नमूनामा सव भेरियन्टमा जेएन.१ देखिएको उल्लेख छ । यो सब भेरियन्टमा नेपालमा पहिलो पटक भेटिएको मन्त्रालयले जनाएको छ ।मन्त्रालयले नयाँ सव भेरियन्टमा देखिएसंगै नाकामा सतकर्ता अपनाएको भन्दै व्यक्तिहरुलाई पनि सतर्क…
सर्लाहीमा अस्पतालका विषयमा विवाद हुँदा झडप, एकको मृत्यु
स्वास्थ्यसमाचार/सर्लाहीमा प्रहरीको गोली लागेर एक जनाको ज्यान गएको छ। प्रहरीको गोली लागेर गम्भीर घाइते भएका बरहथवा नगरपालिका–६ का जयशंकर साहको मृत्यु भएको हो। सर्लाहीको बरहथवा नगरपालिकामा बनाउन लागेको ५० शय्या अस्पतालको विषयमा विवाद हुँदा प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागेर साह गम्भीर घाइते भएका थिए । टाउकामा गोली लागेका साहको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दियो। अस्पतालको विषयलाई लिएर स्थानीयहरूले मेयर कल्पना कटुवालको घरमै आजगनी गर्न लागेपछि गोली चलाउनु परेको प्रहरीले दाबी गरेको छ। प्रदर्शनकारीले गाडीमा समेत आगजनी गरेको बताइएको छ। अवस्था अझै साम्य भइनसकेको प्रहरीले जनाएको छ। किन…
बोली ब्यवहार सुधार होला लुम्बिनी प्रादेशिक अस्पतालका कर्मचारीको?
स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशिक अस्पतालमा अस्पतालमा आउने सेवाग्राहीसँग बोलीचाली सुधार गर्ने उदेश्यले सेवाग्राहीसँग सहज सञ्चार तथा द्वन्द व्यवस्थापन बारे दुई दिने तालिम सम्पन्न भयो। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले सेवाग्राहीको आत्मसम्मानमा कुनै पनि ठेस नपुग्नेगरी काम गर्न निर्देशन दिए । अस्पतालमा कुनै एक जना सदस्यले गर्ने गलत व्यवहारका कारण सिङ्गो अस्पतालप्रति सेवाग्राहीको नकारात्मक धारण सिर्जना हुने बताउँदै मेसु थापाले नम्र बोली र सम्मानसहित व्यवहार गर्न आग्रह गरे । सेवाग्राही सँगको अन्तर सम्बन्धलाई बलियो बनाउनुका साथै कुनै पनि समय उत्पन्न हुन सक्ने द्वन्द व्यवस्थापनका लागि अन्तरवैयक्तिक सञ्चार विभाग स्थापना गरी सहजीकरण…
बाल स्वास्थ्यका लागी पोषणका सामग्री बाँडेर मात्र सुधार हुदैन :स्वास्थ्य मन्त्री खनाल
स्वास्थ्यसमाचार / लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशमा देखिएको पोषणको समस्या समाधानका लागी स्थानिय सरकारसँग मिलेर काम गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिनु भएको छ । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयले आयोजना गरेको प्रदेश स्तरिय पोषण कार्यक्रमको समिक्षा तथा योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्नुहुँदै स्वास्थ्य मन्त्री खनालले नागरिक स्थानिय सरकारसँग प्रत्यक्ष रुपमा जोडिने भएकाले स्थानिय सरकारसँग मिलेर कार्यक्रम कार्यान्वयन गर्न आग्रह गर्नुभयो । मन्त्री खनालले स्थानिय तहलाई उनीहरुको क्षेत्रको पोषणको अबस्थाको बारेमा जानकारी दिएर सहयोग गर्न आग्रह गर्नुपर्ने बताउनु भयो । बालस्वास्थ्यका लागी पोषणका सामग्री बाँडेर मात्र सुधार ल्याउन नसकिने…