राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन सिलिन्डर विस्फोट हुँदा बिरामीको ज्यान गयो

स्वास्थ्यसमाचार/अक्सिजन सिलिन्डर विस्फोट हुँदा उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आएका एक बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–३ का १० वर्षीय बालक आक्रोश नेपालीको आज मृत्यु भएको हो । एमआरआइ गर्ने क्रममा चिकित्सक र स्वास्थ्यकर्मीको लापरवाहीका कारण बालकको ज्यान गएको आफन्तले दाबी गरेका छन् । सामान्य अवस्थाको बिरामी अस्पतालको गम्भीर लापरवाहीका कारण ज्यान गएको भन्दै आफन्तले अस्पतालमा विरोध प्रदर्शन गरेका छन् । अस्पतालको लापरवाहीका कारण बालकको ज्यान गएको भन्दै आफन्तले दोषीलाई कारबाही र परिवारलाई क्षतिपूर्तिको माग गर्दै आफन्तले प्रतिष्ठानका उपकुलपतिको कार्यालय र अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् ।…

पाल्पा पूर्णखोप सुनिश्चित दिगोपना जिल्ला घोषणा

स्वास्थ्यसमाचार/ पाल्पा जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ ।पाल्पाका १० वटै स्थानीय तहहरु पुर्ण खोप दिगोपना सुनिश्चितता घोषणा सम्पन्न भएपछि जिल्लालाई घोषणा गरिएको हो । हरेक बर्षको जेठ महिनामा पालिकाहरुलाई पुर्ण खोप दिगोपना सुनिश्चित घोषणा गरिन्छ । जिल्ला खोप समन्वय समितिले सबै स्थानीय तहको सबै वडामा पुगी लक्षित बालबालिका भएका घरमा सुलभ सर्वेक्षण गरेपछि घोषणा गरिएको हो । कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र कुमार गिरिले पुर्णखोप दिगोपना सुनिश्चितता घोषणा प्रतिवेदन २०८० प्रस्तुत गर्नुभयो ।पाल्पा जिल्लाका १६ देखी ५९ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पर्ने…

लुम्बिनीमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको रोडम्याप तयार गरिदै

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले प्रदेशको नेतृत्व गर्ने गुणस्तरिय प्रयोगशालाको रुपमा प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई विकास गर्नुपर्ने बताउनु भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशलाको पञ्चवर्षिय कार्ययोजनामाथिको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री खनालले प्रदेशमा आउदा दिनमा देखिन सक्ने रोगको समेत परिक्षण गर्न सक्ने प्रयोगशाला निर्माण गर्न आबश्यक रहेकोमा जोड दिनुभयो । मन्त्री खनालले त्यस्का लागी स्पष्ट खाका तयार पारेर निश्चित समय भित्र परिणाम देखिने गरि काम गर्ने लक्ष्यका साथ योजना निर्माण गर्न निर्देशन दिनुभयो । उहाँले प्रदेश मन्त्रालय आफैले परिक्षण गर्ने मात्र नभई प्रदेश भित्रका अन्य प्रयोगशाला मापदण्ड अनुसार…

पश्चिम नवलपरासीमा २ दुई वटा औषधि पसल शिल

स्वास्थ्यसमाचार/पश्चिम नवलपरासीमा अवैध रुपमा संचालित दुई वटा औषधि पसल शिल गरिएको छ।जिल्लाको संयुक्त बजार अनुगमन समितिले मापदण्ड बिपरीत संचालन रहेका भन्दै प्रवेश उपचार केन्द्र र सन मेडिको औषधी पसलमा शिल गरेको हो। जनस्वास्थ्य जस्तो सवेदनशिल बिषयमा जिल्लामा रहेका फार्मेसी र क्लिनिक निश्चित मापदण्ड बिपरीत संचालन भएको गुनासो आएपछि संयुक्त बजार अनुगमन समितिले अनुगमन गरेको थियो। सोही अनुगमनका रामग्राम नपा(१८ को बन्जरियामा संचालित प्रबेश उपचार केन्द्रले कुनै पनि निकायको ईजाजतपत्र नलिई संचालन गरेको र बुद्धचोकमा रहेको सन मेडिको औषधी पसल संचालनका लागि मापदण्ड पुग्ने कुनै पनि कागजपत्र नभएकोले शिल गरिएको अनुगमन…

नबलपरासीमा सर्पदंश उपचार केन्द्र, ‘नाम छ, उपचार छैन’

स्वास्थ्यसमाचार/नवलपरासीको सरावल–१ का उत्तम चौधरीलाई गत शनिबार सर्पले टोक्यो । चौधरीलाई आफन्तले एम्बुलेन्समा राखेर सुनवल–११ जर्गाहमा रहेको नेपाल प्रहरी युक्ति तालिम महाविद्यालयमा सञ्चालित सर्पदंश उपचार केन्द्रतर्फ लगे । केन्द्र आउन करिब पाँच सय मिटर बाँकी रहँदा फोन सम्पर्कबाट उपचार केन्द्रमा ‘एन्टी स्न्याक भ्यानम’ नभएको जानकारी पाए । उत्तम र उहाँका आफन्त अत्तालिए, त्यत्तिकैमा एम्बुलेन्स चालकले एम्बुलेन्स फर्काएर बुटवलतर्फ कुदाए । उहाँ मात्र होइन सुनवल–११ जर्गाहाकै ४१ वर्षीया रेनुका चापागार्इंलाई गत आइतबार सर्पले टोक्यो । चापागाईंका छिमेकीले वडा अध्यक्ष कमल चुवाईलाई तत्काल खबर गरे । चुवाईले आफ्नै वडामा रहेको नेपाल प्रहरी…

लुम्बिनी आयुर्वेद चिकित्सालयमा बिरामीको आर्कषण बढ्दो

स्वास्थ्यसमाचार /लुम्बिनी प्रदेशमा आयुर्वेद चिकित्साप्रति बिरामीहरुको आर्कष्ण बढ्दै गएको पाइएको छ । पछिल्लो समयमा सरकारी आयुर्वेद चिकित्साप्रति सर्वसारणहरुको आर्कषण बढ्दै गएको हो । बुटवलमा रहेको प्रदेश सकरार अन्र्तगत रहेको लुम्बिनी आयुर्वेद चिकित्सालमा उपचार गराउने विरामीहरुको संख्या बढ्दै गएको छ । आर्थिक बर्ष २०७८/०७९ को तुलनामा आर्थिक बर्ष २०७९/८० अघिल्लो आर्थिक बर्ष उपचार गराउने विरामीहरुको संख्या बढ्दै गएको हो । लुम्बिनी आयुर्वेद चिकित्सालय बुटवलका प्रमुख डा. प्रवेश श्रीवास्तवका अनुसार उपचारका लागि आउने विरामीको संख्या बढ्दै गएको हो । अघिल्लो आर्थिक बर्ष २०७८/०७९ २६ हजार बिरामी ले उपचार गरेका थिए । जसमा…

नर्भिकमा उपचारका क्रममा प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

स्वास्थ्यसमाचार/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ। काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा दाहालको निधन भएको हो। प्रधानमन्त्री प्रचण्डनिकट स्रोतले दाहालको निधन भएको जानकारी दिएको छ। ‘उहाँ ९सीता दाहाल०को निधन भएको भनेर चिकित्सकले परिवारलाई जानकारी दिइसकेका छन्,’ स्रोतले भन्यो। चिकित्सकहरुका अनुसार दाहालको बुधबार बिहान ८स्३३ बजे निधन भएको हो।

स्वास्थ्य मन्त्रीबस्नेतको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण र आपत्तिजनक:राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल

स्वास्थ्यसमाचार/स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले हिजो दिएको विवादास्पद अभिव्यक्तिको राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालले विरोध गरेको छ । उसले मंगलबार बेलुका विज्ञप्ती जारी गर्दै मन्त्रीको अभिव्यक्तिलाई गैरकानूनी, गैरजिम्मेवारपूर्ण र आपत्तिजनक भनेको छ । महासंघका अध्यक्ष डा झलक गौतमद्धारा जारी विज्ञप्तीमा ‘संविधानको धारा १६ को सम्मानपूर्वक बाच्न पाउने हक तथा मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को व्यवस्था विपरितको कसुरु हुने गरी आएको आत्महत्या दुरुत्साहन गराउने अभिव्यक्तिले मन्त्री जस्तो पदको पदीय गरिमाको अवमूल्यन भएको,’ उल्लेख गरेको छ । उसले अगाडी भनेको छ, ‘नेपालको स्वास्थ्य सेवाको सम्पूर्ण जिम्मा लिएको र स्वास्थ्य सेवालाई आम…

निवर्तमान स्वास्थ्य राज्यमन्त्री डा तोसिमा द्धारा :स्वास्थ्य मन्त्री बस्नेतको राजिनामा माग

स्वास्थ्यसमाचार/निवर्तमान स्वास्थ्य राज्यमन्त्री एवं सांसद डा तोसिमा कार्कीले स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतको राजिनामा मागेकी छन् । स्वास्थ्य मन्त्री बस्नेतले मंगलबार पत्रकार सम्मेलनमा दिएको विवादास्पत अभिव्यक्तिलाई लिएर सांसद डा कार्कीले राजिनामा मागेकी हुन् । मन्त्री बस्नेतले हिजो ‘एक जना स्वास्थ्यकर्मी सरुवा रोक्नका लागि आत्महत्या गर्ने सम्मको धम्की दिने गरेको भन्दै आफूले सचिवहरुलाई त्यस्तो धम्की दिन आए झुण्डिनका लागि डोरी किनेर पठाइदिनुहोस’ भन्ने अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिले आत्महत्याका लागि दुरुत्साहन गरेको भन्दै सर्बत्र आलोचना भएको छ । सांसद डा कार्कीले केही वेर अघि सामाजिक सञ्जालमा टिप्पणी लेख्दै मन्त्रीको अभिव्यक्तिलाई…

प्युठान जिल्ला पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा

स्वास्थ्यसमाचार /प्युठान जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गरिएको छ। लुम्बिनी प्रदेशका स्वास्थमन्त्री राजु खनालले प्युठान जिल्लालाई पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा गर्नु भएको हो। पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री खनालले सर्ने रोगबाट बचाउन खोप अनिवार्य भए जस्तै नसर्ने रोग लाग्न नदिन सचेतना अभियान चलाउन पनि आबश्यक रहेको बताउनु भयो । यसका लागि प्रदेश सरकारले भान्सा सुधार कार्यक्रम ल्याएको बताउनु भयो । जिल्लाका नौ वटा स्थानीय तहका ६४ वडामा रहेका सबै बालबालिकाले पूर्ण रुपमा नियमित खोप पाएपछि जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय प्युठानका प्रमुख हेमराज…