यतिको बिमान दुर्घटनामा तिलोत्तमाले पनि गुमायो युवा चिकित्सक

स्वास्थ्यसमाचार/ हिजो पोखरामा भएको यति एयरलाईन्सको एटिआर ७२ बिमान दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ४ मा स्थायी घर भएका एक चिकित्सकले समेत ज्यान गुमाएका छन्। पोखराको बृटिस वेलफेयर अस्पतालमा कार्यरत रुपन्देहीको तिलोत्तमाका डा गणेश थापा २ साताको बिदा सकिएपछि आईतबार यति एयरलाईन्सको सोही बिमानमा काठमाण्डौंबाट पोखरा जाँदै थिए। तर उनी सहित ६८ यात्रु र चालकदलका ४ सदस्य गरी ७२ जना सवार बिमान पोखरा बिमानस्थलमा ओर्लन नपाई दुर्घटनामा पर्यो। तिलोत्तमा नगरपालिका वडा नं ४ डिंगरनगरमा रहेको आफ्नै घर अगाडीको सिद्धार्थ बोर्डिङ स्कुलमा एसएलसी सम्म र बुटवलकै ग्लोरियस कलेजबाट प्लस टु…

स्वास्थ्यमा सुधार आएपछि नगर प्रमुख पाण्डेयअस्पतालबाट डिस्चार्ज

स्वास्थ्यसमाचार/ बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। निमोनियाका कारण लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना भएका पाण्डेय आईतबार अस्पतालबाट डिस्चार्ज भएका हुन्। डिस्चार्ज भएपछि पाण्डेयले उपचारमा संलग्न चिकित्सक डा नन्दु पाठकलगायतका स्वास्थ्यकर्मी, अस्पताल प्रशासन, सुरक्षागार्ड, सरसफाईकर्मीलाई धन्यवाद दिएका छन्। पाण्डेयले सरकारी अस्पतालको सेवासुविधामा अझै सुधार गर्दै आमनागरिकको स्वास्थ्य सुरक्षाप्रति गम्भीर हुनुपर्ने बताए। उनले बुटवलले नगरस्तरको स्वास्थ्य सेवामा सुधार ल्याउन २ वटा अस्पताल निर्माणको क्रममा रहेको र थप अस्पताल स्थापनाका लागि प्रयास भईरहेको बताए। बुटवलमा थप अस्पताल स्थापना हुदा विशिष्टिकृत सेवा सञ्चालनमा जोड दिने बताए।

छपियामा चिकित्सकहरुद्वारा पाठेघरको मुखको क्यान्सर जाँच शिविर

स्वास्थ्यसमाचार/ पेशासंँगै सामाजिक उत्तरदायित्वमा निर्वाह गर्ने उद्देश्यका साथ रुपन्देहीका चिकित्सकहरुद्वारा स्थापना गरिएको रोटरी ई क्लब अफ मेडिकोफ्युजन हाईब्रिड नेपालले छपियामा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संचालन गरेको छ । सियारी गाउँपालिका र जलकल्याण सहकारी संस्थाको सहकार्यमा सियारी गाउँपालिकाको पब्लिक माविमा निःशुल्क पाठेघरको मुखको क्यान्सर जाँच शिविर संचालन गरिएको हो । शिविरमा हाड जोर्नी तथा विशेषज्ञ डा शंकर पोखरेल, नेत्र रोग विशेषज्ञ डा विनिता भट्टराई, दन्तरोग विशेषज्ञ डा आकृति बानिया, डा मन्जु गुभाजु, रेडियोलोजिष्ट अभिषेकमान बज्राचार्य, डा विजय घिमिरे, डा वसन्त शर्मा, विजय भण्डारी, नाक कान घाँटी विशेषज्ञ डा मधुसुधन…

खोप नलगाएकै कारण नेपालगञ्जमा दादुराको प्रकोप फैलिएको पुष्टि

स्वास्थ्यसमाचार/ बाँके जिल्ला पूर्ण खोप घोषणा भइसकेको छ । तर, बाँकेकै नेपालगञ्ज उपमहानगरमा गत साता खोप छुटेकै कारण दादुराको प्रकोप फैलियो । स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले आइतबारसम्म ७८ बालबालिकामा दादुराको संक्रमण पुष्टि भइसकेको जनाएको छ भने एक जनाको मृत्यु भएको छ । गत वर्ष पनि जाजरकोट र धादिङमा दादुराको संक्रमण पुष्टि भएको थियो । उसो त, सरकारले दादुराको खोपलाई नियमित खोपमै समावेश गर्दै आएको छ । दादुराको खोप ९ महिनामा पहिलो र १५ महिनाका बालबालिकालाई दोस्रो मात्रा दिइँदै आएको छ । सरकारले यो वर्षको अन्त्यसम्ममा दादुरालाई जनस्वास्थ्य समस्याका…

पोखरा यतिको विमान दुर्घटना: तीन चिकित्सक सहित ६८ यात्रुको मृत्यु

स्वास्थ्यसमाचार/ पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा डा सुशील श्रेष्ठका दम्पतीले ज्यान गुमाएका छन्। दुर्घटनामा परेका डा श्रेष्ठ र उनकी श्रीमती डा सोना दिवाकरको शव सनाखत भएको छ। उनीहरुसँगै दश महिने छोराको पनि विमान दुर्घटनामा मृत्यु भएको छ। परिवारका तर्फबाट उनका भिनाजु दिपेन्द्रमान श्रेष्ठले सनाखत गरेका छन्।न्याम्सबाट अर्थोपेडिक सर्जरीमा एमडी गरेका डा श्रेष्ठले गण्डकी मेडिकल कलेज र म्याग्दीको दरबाङ स्वास्थ्य चौकीमा मेडिकल अधिकृतका रुपमा काम गरेका थिए। पोखरा स्थायी घर भएका डा श्रेष्ठले काठमाडौं मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन्। उनी पोखराको गण्डकी बोर्डिङ स्कुल पढेका हुन्। उनकी श्रीमती डा…

साझा स्वास्थ्य सेवा सहकारीको १५ औँ बार्षिक साधारणसभा सम्पन्न

स्वास्थ्यसमाचार/  दश वर्ष सम्म हुन नसकेको साझा स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेडको १५ बार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारण सभाले चार वर्षका लागि नयाँ सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिमा नयाँ पदाधिकारी तथा सदस्यहरु निर्वाचित गरेको छ । साझाका महाप्रवन्धक चुडामणि भण्डारीका अनुसार शुक्रबार भएको निर्वाचनबाट साझा स्वास्थ्य सेवा सहकारीको अध्यक्षमा हिमबहादुर क्षेत्री निर्वाचित हुनुभएको छ । सञ्चालक समिति सदस्यहरुमा शिवप्रसाद भट्टराई, शम्भुप्रसाद घिमिरे, श्रीपा श्रेष्ठ निर्वाचित हुनुभएकोछ । यस्तै लेखा सुपरीवेक्षण समितिको संयोजकमा ताराप्रसाद घिमिरे निर्वाचित हुनुभएको छ । सो समितिको सदस्यहरुमा रवि गोर्खाली र खिमाराम…

चिसोमा बढी सताउने बाथरोग के हो र कसरी बच्ने ?

डा अरुण कुमार गुप्ता, बाथरोग विशेषज्ञ काठमान्डौ/ बाथरोग एक प्रकारको अटोइम्युन डिजिज हो। जब हाम्रो शरीरमा रोगसँग लड्न सक्ने रोग प्रतिरोधात्मक क्षमतामा गडबडी आउँछ त्यसपछि बाथ रोग देखा पर्छ । यसले शरीरका विभिन्न जोर्नीहरुमा असर पुराएर समयमै उपचार नगरेमा अपांग समेत बनाउने गर्छ । बाथरोग धेरै प्रकारका हुन्छन्। त्यसको प्रकार अनुसार विभिन्न भिन्न खालका लक्षण देखाउँछन्। तर सबैजसो बाथरोगमा सामान्यतया देखिने लक्षण भनेको जोर्नीहरु दुख्ने, सुन्निने र हिंडडुलमा समस्या हुने हो । यसले जोर्नी बाहेक शरीरका भित्री अंगहरु मुटु, मिर्गौला, फोक्सो, मस्तिष्क, कलेजोलाई हानी गर्न सक्छ। समयमा सही उपचार नपाए…

प्यूठानकी तुलसा कुवेतको अस्पतालमा अलपत्र, उद्धार गरिदिन आग्रह

स्वास्थ्यसमाचार/ प्यूठानकी तुलसा जीसी ठूला सपना बोकेर २०७४ सालमा वैदेशिक रोजगारीको लागि कुवेत पुगिन् । घरको आर्थिक अवस्था उकास्दै जीवनयापनमा सहजता ल्याउन कुवेत पुगेकी उनी अहिले अलपत्र छिन् । स्वास्थ्यमा समस्या देखिएपछि अहिले उनी एक अस्पतालमा जीवन र मृत्युको दोसाँधमा रहेकी छिन् । ब्रेन ह्यामरेज भएपछि कुवेतको कुवेत अदान अस्पतालको पीआइसीयूमा उनको उपचार भइरहेको छ । घाँटीबाट पाइप लगाइएको छ भने उनको आधा ज्यान नचल्ने अवस्थामा छ । उनी २०७४ सालमा भारतबाट हाउसमेटका लागि कुवेत गइन् । दुई वर्षको भिषा लगाएर कुवेत पुगेकी उनी भनिएको घरमा काम गर्न निकै गाह्रो…

दादुरा र रुवेलाविरुद्धको खोप लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्यसमाचार/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट बचाउन ९ महिना पुगेपछि पहिलो मात्रा र १५ महिना पुगेपछि दोस्रो मात्रा खोप लगाउन आग्रह गरेको छ । लुम्बिनी प्रदेशको नेपालगञ्जमा दादुरा तथा रुबेलाविरुद्धको खोप नलगाएकाहरूमा सङ्क्रमण देखिएपछि मन्त्रालयले आफ्ना बालबालिकालाई खोप नछुटाउन आग्रह गरेको हो । खोप शाखाका प्रमुख सागर दाहालले दादुराबाट जोगाउन ९ देखि १५ महिनासम्मका आफ्ना बालबालिकालाई दादुराविरुद्धको खोप लगाउन आग्रह गरे। दुई…

सिद्धार्थनगर पालिकामा सुत्केरीलाई कोसेली दिदै उपप्रमुख घरघरमा

स्वास्थ्यसमाचार/ रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रम सुरु गरेको छ । कार्यक्रम अन्र्तगत पालिकामा रहेका सुत्केरी आमाहरुलाई शुभकामना सन्देश सहित ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराउन थालिएको छ । सोमबार नगर उपप्रमुख उमा अधिकारीले पालिकाको वडा नम्बर १ बेलहिया स्थित घर घरमा पुगेर सुत्केरी आमाहरुसगँ कोसेली भेट गरेकी छिन् । कोसेली झोला सहित घर घरमा पुगेर आमाहरुलाई कोसेली दिदै उपप्रमुख अधिकारीले सुत्केरी भएको अवस्थामा उनीहरुको स्वास्थयका साथै नगरवासीको मुहारमा खुशी ल्याउनका लागि कोसेली भेट गरेको बताइन् । नगरपालिकाबाट उपलब्ध गराइएको कोसेली झोलामा ज्वानो, घ्यू, मह, सर्फ, डिटल साबुन, जोनसन…