स्वास्थ्य केन्द्र स्थापनाको २४ मा एक्सरे सेवा सुरु

स्वास्थ्य समाचार /स्वास्थ्य केन्द्र स्थापना भएको २४ बर्ष पछि एक्सरे मेसिन सेवा सुरु भएको छ । रुपन्देहीको रोहिणी गाउँपालिका धकधई स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भवन निर्माण भए पछि एक्सरे र भिडियो एक्सरे सेवा एकै साथ शुभारम्भ भएको हो । ३ वर्ष अघि स्वास्थ्य सेवा विभागको सहयोगमा आएको एक्सरे मेसिन र यस वर्ष गाउँपालिकाले उपलब्ध गराएको भिडियो एक्सरे मेसिन आइतबार उद्घाटन गरी एकै साथ सञ्चालनमा ल्याएको छ । स्वास्थ्य केन्द्रको सेवा प्रवाहलाई थप गुणस्तरीय बनाउनका लागि एक्सरे सेवा सञ्चालनमा ल्याएको गाउँपालकाका प्रमुख सनोजकुमार यादवले बताए । सेवा सञ्चालन सुरु भएसंगै रोहिणी…

अस्पतालका तीन अधिकृत अख्तियारको नियन्त्रणमा

स्वास्थ्यसमाचार/ कपिलवस्तुको तौलिहवामा रहेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका ३ अधिकृतहरु अख्तियारको फन्दामा परेका छन् । केन्द्रका डा पवन गुप्ता, डा।रुप नारायण श्रेष्ठ र मत्स्य विकास अधिकृत सुरेन्द्र प्रसाद भुजलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो ।नव प्रगतीशील बहुउद्देश्यीय कृषि समूहले बाख्रा पालनका लागि प्रदेश सरकारबाट आएको अनुदानमा कामै नगरी भुक्तानीका लागि सिफारिस गरेको भन्दै अख्तियारले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रबाट आएका टोलीले अनुसन्धान गरिरहेको छ ।केन्द्रका प्रमुख श्रवणकुमार चौधरीले अख्तियारको केन्द्रीय कार्यालयबाट आएका टोलीले आफ्नो कार्यालयका ३ अधिकृतलाई अनुसन्धानका लागि…

असूरक्षित गर्भपतनलाई सुन्यमा झार्न सबैसंग समन्वय र सहकार्य :मन्त्री बराल

स्वास्थ्यसमाचार /प्रदेश नं ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले आगामी माघको पहिलो हप्ता देखि सुरु हुने प्रदेशसभाको बैठकमा जनस्वास्थ्य विधेयक पेश गर्ने तयारी भैरहेको बताएका छन् । सामाजिक विकास मन्त्रालयद्धारा आज बुटवलमा आयोजित ‘सूरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार’ समबन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन् । अन्तिम र बाध्यात्मक अबस्थामा मात्र गर्भपतन गर्नुपर्ने भन्दै मन्त्री बरालले २० बर्ष उमेर समूहका किशोरीहरुले समेत गर्भपतन गर्ने कार्यले प्रजनन स्वास्थ्यमा खराब संकेत भएको टिप्पणि गरे । सूरक्षित गर्भपतन सेवाको दुरुपयोग भएको भन्दै उनले असूरक्षित गर्भपतनलाई सुन्यमा झार्न मन्त्रालयले…

शल्यकक्षमा कार्यरत स्टाफ नर्सलाई ओ टि म्यानेजमेन्ट तालिम

स्वास्थ्यसमाचार /प्रदेस ५ सामाजीक बिकास मन्त्रालय स्वास्थ्य तालिम केन्द्रले प्रदेशका जिल्ला अस्पतालको शल्यकक्षमा कार्यरत स्टाफ नर्सहरुको लागी ४२ दिने ओ टि म्यानेजमेन्ट सम्बन्धि तालिम आम्दा अस्पताल सुरु भएकोे छ । अप्रेशन ब्यबस्थापन तालिमको स्वास्थ्य तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठले उदघाटन गरे ।उदघाटन समारोहमा बोल्दै निर्देशक श्रेष्ठले ओटीको ब्यबस्थापन जिबन संग समन्धीत भएकोले यो तालिम महत्वपुर्ण रहेको बताए ।उनले अस्पतालमा काम गर्दा नमुना काम गरेर देखाउन स्टाफ नर्सहरुलाई आग्रह गरे । यस्ता तालिम आर्थिक रुपमा राम्रा नभएपनि सिकाईको लागी अबसरको रुपमा लिनुपर्ने निर्देशक श्रेष्ठले बताए ।कार्यक्रममा आम्दा अस्पतालका निर्देशक डा केशर…

रुपन्देहीको मायादेवी गाउँपालिकामा बच्चाको स्वास्थ्य परीक्षणसहित खोप सेवा सुरु

स्वास्थ्यसमाचार /रुपन्देहीको मायादेवी गाउँपालिकामा बच्चाको स्वास्थ्य परीक्षणसहित खोप सेवा सुरु भएको छ ।सेवा शुभारम्भ भएसंगै अब बालबालिकाहरुलाई खोप लगाउनु भन्दा पहिले नै उनीहरुको स्वास्थ्य परीक्षण गरिनेछ । गाउँपालिकाका ४ वटा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई खोप लगाउनुपूर्व बालबालिकाको स्वास्थ्य परीक्षण अनिवार्य गर्न तालिम दिइएको स्वास्थ्य संयोजक भास्कर आत्रेयले बताए । यो अभियानले खोपका कारण बालबालिका विरामी हुने वा मृत्यु भएको भन्दै आउने गुनासोको अन्त्य हुने आत्रेयले बताए । गाउँपालिकामा १७ वटा खोप केन्द्रमार्फत बालबालिकाहरुलाई खोप सेवा प्रदान गरिने स्वास्थ्य शाखाले जनाएको छ । नेपाल सरकारको निःशुल्क खोप कार्यक्रम अन्तर्गत २ वर्ष…

सरकारले डाक्टर उत्पादन गरेपनि लक्षित समुदायमा पुराउन सकेन :मन्त्री बराल

स्वास्थ्यसमाचार /प्रदेश ५ का सामाजीक बिकास मन्त्री शुदर्शन बरालले सरकारले डाक्टर उत्पादन गरेपनि लक्षित समुदायमा पुराउन नसकेको बताएका छन। डाक्टर सेवाका नाममा सुगम केन्द्रित भएको मन्त्री बरालले बताए । स्वास्थ्य तालिम केन्द्र प्रदेश ५ले मेडिकल अधिकृत र स्वास्थ्य अधिकृतलाई नसर्नेरोग समन्धी ५ दिने तालिम समापन समारोहमा बोल्दै सामाजीक बिकास मन्त्री बरालले उक्त कुरा बताएका छन। मन्त्री बरालले चिकित्सकहरुलाई स्थानिय परिबेस भाषा अबस्था अनुसार सेवा दिन निर्देशन दिए ।मन्त्री बरालले मानिस बिबेकशिल भएपनि गाईडको समस्या भएको बताउदै भाषा अबस्था परिबेस अनुसार सेवा दिन डाक्टर हरुलाई आग्रह गरे । प्रदेश ५का स्वास्थ्य…

दुग्ध ब्यवसायीले उपभोक्ताको स्वास्थ्यमा ख्याल गर्नुस :मुख्यमन्त्री पोखरेल

स्वास्थ्यसमाचार/ प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेलले डेरी एशोसीयसनसंग उपभोक्ताको स्वास्थ्यमा  ख्याल गर्नु पर्ने बताएका छन। नेपाल डेरी एशोसीयसनको २१ औ केन्द्रीय साधारण सभा बुटवलमा उदघाटन गर्दे मुख्यमन्त्री पोखरेलले दुग्धजन्य बस्तुका व्यवसायीहरुले बस्तुको गुणस्तरमा र स्वास्थ्यमा विशेष ख्याल गर्न आग्रह गरेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य मन्त्री पोखरेलले दुग्धजन्य बस्तुको विविधिकरण र ब्रान्डीङ्गको विकल्प नभएको बताएका छन ् ।आफुले उत्पादन गरेको कृषि जन्य उत्पादनहरुलाई माया गर्नुपर्ने भन्दै मुख्यमन्त्री पोखरेलले विरोधको रुपमा कुनै पनि उत्पादक किसान वा व्यवसवायीहरुले कृषि जन्य उत्पादनलाई नै पोखेर, फोडेर वा अन्य कुनै पनि कारणले…

निशुल्क स्वास्थ्य शिबिरमा ६ सय बढी महिलाको पाठेघर र स्तन क्यान्सर जाँच

स्वास्थ्यसमाचार/ सैनामैना नगरपालिका,रोटरी क्लव अफ सैनामैनाको आयोजना तथा रोटरी क्लव अफ ऐला र रोट्रयाक्ट क्लव अफ सैनामैनाकोे सहयोगमा सैनामैनामा एक दिने नि ः शुल्क महिला पाठेघर तथा स्तन क्यान्सर सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ । सैनामैना ६ कलौनी स्थित रामापुर माविमा शनिबार भएको शिविर ग्रामीण क्षेत्रमा रहेका महिलाहरुलाई स्वास्थ्यको बिषयमा जनचेतना जगाउने र उपचारको पहुँचमा पुर्याउने उद्देश्यले आयोजना गरिएको हो । शिविरमा करिब ६ सय ३० जनाले सेवा लिएको रोटरी क्लव अफ सैनामैनाका अध्यक्ष प्रेम कुमार शर्माले बताए । उदघाटन समारोहमा बोल्दै सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले…

लुम्बिनी प्रादेशिक अस्पताल हाटबजार जस्तो भयो :- मुख्यमन्त्री पोखरेल

स्वास्थ्यसमाचार/ प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको विकासका लागि सटरहरु भत्काउने काममा भएको अवरोधप्रति असन्तुष्टि व्यक्त गरे । प्रदेश सरकारले प्रदेशको गौरवको आयोजनाको रुपमा लिएको अस्पतालको विकासको काममा व्यवसायीक संघसंस्थाहरुले समेत असहयोग गरेको गुनासो व्यक्त गरे ।गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाद्वारा सञ्चालनमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको वार्षिकउत्सव तथा सातौं स्थापना दिवसका अवसरमा बोल्दै उनले यस्तो बताए। लुम्बिनी प्रादेशिक अस्पतालको संरचनागत प्रबन्ध र व्यस्थापकीय कमजोरीका कारण अस्पताल अव्यवस्थीत हाटबजार जस्तो भएको बताए । अस्पताल सुधार र विस्तारका लागि प्रदेश सरकारले योजना ल्याउंदा संघसंस्थाहरुले व्यवसायीलाई बोकेर जिल्ला अदालत…

नेपाल नर्सिङ संघमा मनकुमारी राई नेतृत्वको प्यानल विजयी

स्वास्थ्यसमाचार /नेपाल नर्सिङ संघको निर्वाचनमा प्राध्यापक मनकुमारी राई नेतृत्वको प्यानल विजयी भएको छ ।राई समूहबाट कोषाध्यक्षका उम्मेद्धार बनेकी कल्पना श्रेष्ठले प्यानलले नै जितेको जानकारी दिइन । यद्धपी घोषणा हुन केही बेर लाग्ने उनले बताइन । यसपटकको निर्वाचनमा प्राध्यापक राईले प्रगतिशील प्यानल र प्राध्यापक मुना राना थापाले पेशागत समावेसी प्यानलले नेतृत्व गरेका थिए । प्रगतिशील प्यानललाई नेकपाले समर्थन गरेको थियो । उता पेशागत समावेशी समूहलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो ।   सधै प्रगतिशील प्यानल हावी हुने नर्सिङ संघमा यसपटक पेशागत समूहले कडा टक्कर दिने र प्यानल भत्किने सम्मको कतिपयको अनुमान…