स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट, प्रदेशलाई ६ अर्ब र स्थानीय तहलाई २७ अर्ब

स्वास्थ्यसमाचार/ आगामी आर्थिक वर्षका लागि स्वास्थ्यतर्फ सरकारले ६९ अर्ब ३८ करोड बजेट बिनियोजन गरेको छ । आइतबार संसदका दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/ ०८० को बजेट प्रस्तुत गर्दै सो जानकारी दिएका हुन् ।

स्वास्थ्यका विभिन्न महत्वकांक्षी योजनाहरुमा खर्च गर्न स्वास्थ्यतर्फ सरकारले यो बजेट बिनियोजन गरेको हो । अर्थमन्त्री शर्माकाअनुसार स्वास्थ्यका लागि प्रदेशलाई ६ अर्ब ३६ करोड रुपैयाँ बिनियोजन गरिएको छ भने स्थानीय तहलाई २७ अर्ब ४४ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

स्वास्थ्यसमाचारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई [email protected] मा सम्पर्क गर्नुहोला।

सम्बन्धित शिर्षक :