स्वास्थ्यसमाचार/ नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट वार्षिक करिब २७ हजार मानिसको मृत्यु हुने गरेको पाइएको छ। सुर्तीजन्य पदार्थको सेवनका कारण २७ हजार १३७ मानिसको मृत्यु हुने गरेको हो जुन संख्या नेपालको जम्मा मृत्युको करिब १५ प्रतिशत हो।
विश्वमा वार्षिक ८० लाख मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनको कारण हुन्छ। जसमध्ये ७० लाख प्रत्यक्ष सुर्तीजन्य पदार्थको सेवन र १२ लाखसँगै बस्नेले खाएको चुरोटको धुवाँको असरका कारणले मृत्यु हुने तथ्याङ्कले देखाएको छ ।
सुर्तीजन्य पदार्थको सेवनले क्यान्सर, मुटु रोग, दीर्घ श्वासप्रश्वाससम्बन्धी रोग र मधुमेह रोग लाग्ने गर्दछ। सुर्तीजन्य पदार्थको असरलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी ऐन, कानुन र निर्देशिका पारित भई लागू भइसकेको जनाइएको छ।
विश्व सुर्तिजन्य पदार्थ रहित दिवस (३१ मे) को अवसरमा लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालय, स्वास्थ्य निर्दशनालयले पत्रकारहरुसँग बुटवलमा अन्तरक्रिया कार्यक्रममा उक्त कुरा बताईको हो ।धुमपान र सुर्ति सेवनबाट दैनिक ६७ जनाले ज्यान गुमाईरहेको स्वास्थ्य निर्देशक डा बिनोद गिरीले बताए ।उनले भने त्यस्तै प्रतिघण्टा सरदर तीन नेपालीको मृत्यु हुने गरेको छ ।
नेपालमा कुल जनसंख्याको २९ प्रतिशत नागरिक धुमपान तथा सुर्ति सेवन गर्ने गर्दछन् ।त्यस्तै पुरुषमा ४८ प्रतिशत र महिला १२ प्रतिशत छन् । यसमा चुरोट तथा सुर्तिजन्य र स्मोकलेस (गुट्का सुपारी) समेत पर्दछ । त्यस्तैगरी १५ देखि ५९ वर्ष उमेका पुरुष ५.१ प्रतिशत र ३.९ प्रतिशत महिला वार्षिक रुपमा थपिन्छन् डा गिरीले भने ।
स्वास्थ्य निर्देशक डा. गिरीले ले भने–‘धुमपान, सुर्तिजन्य पदार्थको सेवन हानिकार छ भन्ने सबैलाई थाहा छ, तर प्रयोग बढीरहेको छ ।’ धुमपान तथा सुर्ति सेवनको कारणले क्यान्सर, मुटु, दम तथा स्वासप्रस्वास, मधुमेह, मृगौलामा समस्या तथा रक्तनली खुम्चिने हुनाले शरीरको रक्तसञ्चारमा पनि समस्या निम्त्याउने वताए ।
अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक रोसनलाल चौधरीले कार्यपत्र प्रस्तुत गर्दै सुर्तिजन्य पदार्थ प्रयोग कर्ताको आधा संख्याले ज्यान गुमाउने वताए ।
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा ७ मिलियन मानिसले सुर्तिजन्य पदार्थकै कारण ज्यान गुमाउने गरेका छन् भने त्यसमध्ये ६ मिलियन प्रत्यक्ष सेवनकर्ता हुन् । सुर्तिजन्य पदार्थ सेवन कर्ताको सम्पर्कमा गएका (सेकेन्ड हेन्ड स्मोक) झण्डै ९ लाखको मृत्यु हुने गरेको छ ।
त्यसैगरी सुर्तिजन्य पदार्थको सेवनबाट लाग्ने रोगको उपचारमा सरकारले वार्षिक प्रत्यक्ष ५ अर्व रुपैंया र अप्रत्यक्ष रुपमा ५० अर्व खर्च हुने गरेको छ । धुमपान तथा सुर्ति सेवनलाई निरुत्साहित गर्न नेपाल सरकारले अन्तर्राष्ट्रिय सन्धिहरुमा हस्ताक्षर गरेको छ भने थुप्रै ऐन कानुनहरु पनि बनेका छन् । तर ति सन्धि तथा ऐन कानुनहरु प्रभावकारी रुपमा कार्यान्वयन हुन सकिरहेका छैनन् ।
धुमपान तथा सुर्ति सेवनलाई निरुत्साहित गर्नको लागि गरिएका नियमनहरु लागु भएनभएको अनुगमन तथा नियन्त्रणको पाटो फितलो छ । प्रदेश स्वास्थ्य निर्देशक गिरीका अनुसार पछिल्लो समय मुलुक संघीय संरचनामा गएपछि अनुगमन तथा नियन्त्रणको पाटो कमजोर भएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले नियमनसँगै अनुगमन र नियन्त्रणमा पनि ध्यान दिन आग्रह कार्यक्रमको संञ्चालन स्वास्थ्य निर्देशनालयका कौसल भन्डारीले गरेका थिए।
प्रतिकया दिनुहोस्