मेयर र उपमेयर द्वारा भिम अस्पतालका बिरामीलाई फलफूल बितरण

स्वास्थ्यसमाचार/  गणतन्त्र दिवसको अवसर पारेर सिद्धार्थनगर नगरपालीकाका प्रमुख ईस्तियाक अहमद खान र उप प्रमुख उमा अधिकारीले बिरामीलाई फलफुल बितरण गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा भैरहवा स्थित भिम अस्पतालमा गएर उपचाररत बिरामीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिदै करीव ४० जना बिरामीलाई फफुल बितरण गरेका हुन् । सो अवसरमा बोल्दै मेयर खानले आर्थीक समस्याका कारण कोही पनि नेपाली नागरीक स्वास्थ्य उपचारबाट बञ्चित हुन नहुने भन्दै नगरवासीको स्वास्थ्य जिवनकोलागी नगरपालीका गभींर रहेको बताए ।

सामुदायीक अस्पतालको स्तर बृद्धी गरी सर्वशुलव एवं निःशुल्क स्वास्थ्य सेवा प्रभाव गर्न नगरपालीका लागी पर्ने उनले बताए । उनले भिम अस्पताल भैरहवाको गहना भएको भन्दै यस अस्पतालको बृद्धी विकास एवं गुणस्तरीय स्वास्थ्य सेवा प्रभाव गराउन नगरपालीकाबाट सक्दो सहयोग उपलब्ध गराउने बताए ।

त्यस्तै उपमेयर अधिकारीले पनि नगरबासीलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रभावकालागी आफुहरु प्रतिबद्ध रहेको बताईन् । बिकास समीतीका अध्यक्ष कुल प्रसाद न्यौपानेले भिम अस्पतालको स्तर बृद्धी र गुणस्तरीय स्वास्थ्य सेवाकालागी प्राथमीकतामा राखेर काम गर्न आग्रह गरे ।

सम्बन्धित शिर्षक :