भीम अस्पतालले प्राप्त गर्‍यो न्यूनतम सेवा मापदण्डमा ९५ प्रतिशत अंक

स्वास्थ्यसमाचार/ भीम अस्पतालले न्यूनतम सेवा मापदण्ड (एमएसएस) को फलोअप तथा अनुगमनमा ९५ प्रतिशत अंक प्राप्त गरेको छ।लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयको टोलीले यहि कात्तिक १३ गते अस्पतालमा गरेको न्यूनतम सेवा मापदण्डको फलोअप तथा अनुगमनको नतिजा सार्वजनिक गर्न शनिबार आयोजित प्रस्तुतीकरण कार्यक्रममा अस्पतालले ९५ प्रतिशत अंक प्राप्त गरेको जानकारी दिइएको हो।

भीम अस्पताल विकास समितिका पदेन सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख इश्तियाक अहमद खाँको अध्यक्षता तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्रकुमार पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा अस्पतालका तर्फबाट अस्पताल प्रमुख डा. वर्षा थापाले अस्पतालको सेवा प्रवाह तथा कार्यसम्पादनसम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो। स्वास्थ्य निर्देशनालयका तर्फबाट स्वास्थ्य प्रशासक डा. अच्युत शर्मा न्यौपानेले न्यूनतम सेवा मापदण्डको अनुगमन नतिजा प्रस्तुत गर्नुभएको थियो।

अनुगमन टोलीको नेतृत्व कपिलवस्तु अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किशोर बनजाडेले गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन अस्पताल व्यवस्थापक डा. छमबहादुर अधिकारीले गर्नुभएको थियो।

९५ प्रतिशत अंक प्राप्त हुनु अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको सामूहिक प्रयास र निरन्तरको मेहनतको प्रतिफल भएको अस्पतालले जनाएको छ।

अस्पतालले आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर, प्रभावकारिता र नागरिकमैत्री सेवा प्रवाहलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, उपलब्धि हासिल गर्न योगदान पु¥याउने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी तथा सहयोगीप्रति अस्पताल प्रमुख डा. वर्षा थापाले आभार ब्यक्त गर्नु भयो ।

सम्बन्धित शिर्षक :