सिद्धबाबा हस्पिटल को पहिलो बर्ष पुरा २० हजार भन्दा बढीको उपचार

स्वास्थ्यसमाचार सर्वशुलभ गुणस्तरीय र सबै बिशेषज्ञ सेवा प्रदान गर्ने उद्धेश्य सहित ५ नं. प्रदेशको स्वास्थ्य क्षेत्रको मुख्य केन्द्र बुटवलमा खुलेको सिद्धबाबा सुपरस्पेशलिष्ट इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिले आफनो एक बर्ष पुरा गरेको छ ।

स्वास्थ्यकर्मिलाई लालबाबुले भने बिधि र प्रकृयाका धारमा समस्या समाधान

स्वास्थ्यसमाचार वाकेका स्वास्थ्यकर्मीहरुले समान्य प्रशासन मन्त्री लालबाबु पंडितलाईभेटेर समायोजनमा भएको त्रुटीलाई सच्चाउन माग गरेका छन । हुम्लामा भएको कार्यक्रममा सहभागी भै नेपाल गञ्जआएको मौका पारेर समान्य प्रशासन मन्त्री समक्ष नेपाल गन्जका स्वास्थ्यकर्मीले समायोजनमा मर्का परेको बताए । बिभिन्न स्वास्थ्य संघ संगठन,हेल्थ असिष्टेन्ट संघ लगायतले समायोजन सच्चाउन माग गरेका छन । सबैका गुनासा सुनेपछि समान्य प्रशासन मन्त्री लालबाबु पन्डिलले भने बिधि र प्रकृयाका धारमा समस्या समाधान हुने बताए । स्वास्थ्यकर्मिहरुले समायोजनमा परेको मर्का सम्बोधन नभए आन्दोलन गर्ने चेताबनी दिएको हेल्थ असिष्टेन्ट संघ नेपालगञ्जका अध्यक्ष केसब बहादुर केसीले बताए । प्रतिक्रिया दिनुहोस्

आगोले जलेकी कञ्चनको उपचारका क्रममा मृत्यु

स्वास्थ्य समाचार आगोले जलेकी सिरहा कल्याणपुर ८ की कञ्चन मण्डल खत्बेको उपचारको क्रममा मृत्यु भएको छ । काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा शुक्रबार ५ बजर २० मिनेटतिर उनको मृत्यु भएको काठमाडौंको साँखु प्रहरीलाई उदृत गर्दै सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुखदेव खनालले जानकारी दिए । बिहीबार बिहान ९ः१५ बजेतिर उनको शरीरमा आगो लागेको फेला परेको थियो । तत्कालै पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले उद्वार गरी उपचारका लागि मिर्चैया पठाएको थियो । मिर्चैयामा उपचार हुन नसक्दा धरानस्थित घोपा क्याम्प पठाइएको थियो । घोपा क्याम्पमा पनि उपचार…

अज्ञात रोगका कारण हुम्लामा आठ जनाको मृत्यु

स्वास्थ्यसमाचार अज्ञात रोगका कारण हुम्लाको ताँजाकोट गाउँपालिकामा आठ जनाको मृत्यु भएको छ । सो रोगले एक दर्जनभन्दा बढी बिरामी परेका छन । एक सातासम्म फैलिएको अज्ञात रोगका कारण शुक्रबारसम्म मर्नेको सङ्ख्या आठ पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए । बिरामीको उचित उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै गएको छ । रोगबाट गाउँपालिका मैला, मदानलगायतका गाउँका मानिस बिरामी परेको स्थानीय बासिन्दाले बताएका छन् । शुरुमा बिरामीको टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा मृत्यु हुने गरेको छ । ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा औषधि…

पाल्पाको खानिछाप स्वास्थ्य चौकीबाट निशुल्क सुरक्षित गर्भपतन सेवा सुरु

स्वास्थ्यसमाचार बगनासकाली गाउँपालिका वडा न ४ खानिछापमा रहेको स्वास्थ्य चौकीबाट निशुल्क सुरक्षित गर्भपतन सेवा प्रदान गरिने भएको छ । अन्जानमा हुन गएको, हाड नाता वा कुनै पनि कारण वस रहन गएको ९ हप्ता सम्मको गर्भलाई औषधिको माध्यमबाट सुरक्षितसाथ स्वास्थ्य चौकीमै सेवा लिन सक्ने ब्यबस्था मिलाईएको हो ।कार्यक्रमको समुद्घाटन गर्दै प्रमुख अतिथि बगनासकाली गाउँपालिकाकी उपाध्यक्ष सरस्वती चिदीले सकेसम्म गर्भपतन नगर्न र गर्ने पर्ने भएमा सुरक्षित गर्भपतन गराउन आग्रह गर्दै अनावश्यक रूपमा रहन गएको गर्भलाई टाढा टाढा पुगेर ठूलो खर्चमा पतन गराउनु पर्ने बाध्यतालाई हटाई सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यले स्वास्थ्य…

रुघाखोकीको उपचार नपाएर हुम्लामा नौजनाको मृत्यु, दुई सय बिरामी

हुम्लाको दक्षिणी भेगमा रहेको ताँजाकोट गाउँपालिकामा रुघाखोकीका कारण ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । २६ चैतयता फैलिएको महामारीले दुई सय बासिन्दा बिरामी छन् । तर, १९ दिनसम्म पनि उनीहरूले औषधि पाएका छैनन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ताँजाकोटमा मृत्यु हुनेको संख्या अपडेट गराएको छ । तर, केन्द्र अथवा प्रदेश सरकारको कुनै पनि टोली अहिलेसम्म प्रभावित गाउँमा पुगेको छैन । परीक्षण नभएकाले रोग के हो भन्नेसमेत पहिचान हुन सकेको छैन । फोनबाट लिएको जानकारीका आधारमा महाशाखा भन्छ, ‘सो गाउँमा स्वाइन फ्लु फैलिएको अनुमान गर्न सकिन्छ ।’ सदरमुकाम सिमकोटबाट ४५ कोस टाढा ताँजाकोट गाउँ पुग्न सडक छैन,…

महिलाले बनाएको प्याड पुरुषलाई उपहार

स्वास्थ्यसमाचार महिलाहरुले महिनावारीको समयमा आवश्यक ध्यान पुर्याउन नसक्दा धेरै महिलाहहरुमा स्वास्थ्य समस्या आउने भन्दै घरका पुरुषलाई सेनिटेरी प्याड बनाएर उपहार दिएका छन। घरमा पुरुषहरुले स्वास्थ्यको ख्याल गर्नुपर्ने चेतना जगाउनको लागी पुरुषलाईसेनिटेरी प्याड उपहार दिएको सैनामैना नगरपालिका वडा नं ७का महिलाहरुले बताए ।

झाडापखालाका कारण गुल्मीमा एकको मृत्यु १सय ९० बिरामी

स्वास्थ्यसमाचार जिल्लाको मुसिकोट नगरपालिका वडा ४ दजाकोटमा फैलिएको झाडापखलाका कारण एक वालकाको मृत्यु भएको छ । झाडापखालाका कारण १२ वर्षीय रेशम सिंजालीको मृत्यु भएको हो ।गत १० गते देखि फैलिएको झाडापखलाका कारण बिरामी हुनेको संख्या १सय९० पुगेको छ । अहिले दिसा र पानीको नमुना संकलन गरी परीक्षणका लागि केन्द्रीय प्रयोगशाला टेकु पठाइएको छ । झाडापखला फैलिएपछि अध्ययनको लागि प्रभावित क्षेत्रमा पुगेको विश्व स्वास्थ्य संगठन र जिल्ला स्वास्थ्य कार्यालयको टोलीले नमुना संकलन गरी फर्किएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । विरामी मध्ये तीनजनाको जिल्ला अस्पतालमा उपचार भइरहेको डाक्टर उत्तम पच्याले…

रुपन्देहीको मायादेबि गाउपालिकामा एम्बुलेन्स सेवा सुरु

स्वास्थ्यसमाचार रुपन्देहीको मायादेबि गाउपालिकाले एम्बुलेन्स सेवा सुरु गरेको छ । गाँउपालिकाले १० लाख रुपैयामा एम्बुलेन्स खरिद गरेको हो । उपचारका लागी अस्पताल सम्म विरामीहरुलाई छिटो र सहज रुपमा पुर्योउन समस्या भएकाले गाँउबासीहरुले एम्बुलेन्सको माग गरेका थिए । जनताको मागलाई पुरा गर्न एम्बुलेन्स खरिद गरेको गाँउपालिकाले जनाएको छ ।गाँउपालिका अध्यक्ष धु्रवनारायण चौधरीले कम्हरिया स्वास्थ्य चौकीका प्रमुख प्रदिप कुमार पण्डित,स्वास्थ्य ब्यवस्थापन समिति अध्यक्ष तथा एम्बुलेन्स सञ्चालन समितिका सदस्य मोहम्मद रफिक खानलाई संयुक्त रुपमा एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका हुन् ।