लुम्बिनी सामुदायिक मुटुअस्पताल बनाउन भैलो खेलेर ५ करोड संकलन

स्वास्थ्यसमाचार/ बुटवल–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु हस्पिटल बन्ने भएको छ । लायन्स क्लब अफ बुटवल बेलबास सिटीले हस्पिटल बनाउन लागेको हो । हस्टिल बनाउने क्लब दिपावलीको अवसरमा देउसी भैलो खेलेर करोडौं रूपैयाँ संकलन गरेको छ । तिनाउ नदी पश्चिम क्षेत्रमा पनि मुटु हस्टिलको आवश्यकता महशुस भएपछि त्यसको अभियानमा आफूहरू जुटेको क्लबका अध्यक्ष लक्ष्मण खड्काले वताए । हस्पिटल बनाउने खेलिएको देउँसी भैलोबाट ५ करोड १० लाख रुपैयाँ संकलन गरिएको वताए।हस्टिल बुटवल–१३ बेलबासको मा बन्नेछ । बुटवलमा गौतमबुद्ध सामुदायिक मुटु हस्टिल पनि सञ्चालनमा छ । हस्टिलको सहआयोजक लायन्स क्लब अफ् बुटवल बेलबास…

लुम्बिनी प्रादेशिक अस्पतालका सटरहरु मंसिर सम्म नभत्काए प्रदेश सरकारले डोजर चलाउने

स्वास्थ्यसमाचार /लुम्बिनी प्रादेशीक अस्पताल परिसरमा रहेका सटरहरु भत्काउनको लागि सामाजिक विकास मन्त्रालयले निर्देशन दिएको छ ।सोमबार बसेको प्रदेश मन्त्रीपरिषदको बैठकले अस्पतालको उत्तर पूर्व तर्फ रहेका सटर भत्काउने सामाजिक विकास मन्त्रालयको प्रस्तावलाई स्विकृति दिएको हो । मन्त्रीपरिषदका निर्णय सार्बजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बैठकले अस्पतालको उत्तर पूर्व तर्फ रहेका सटर भत्काउने सामाजिक विकास मन्त्रालयको प्रस्तावलाई स्विकृति दिने सहित चार निर्णय गरेको जानकारी दिए । अस्पतालका सटर भत्काउन जारी गरेको सूचनाको म्याद कार्तिक मसान्तमा सकिने र त्यस पछि व्यवसायीहरुलाई एक…

गुल्मीको अर्जे र अर्खबाङ्ग जिरो होम डेलिभरी गाउँ घोषणा

स्वास्थ्यसमाचार अनलाईन। गुल्मी, १७ कार्तिक । गुल्मीको अर्जे र अर्खबाङ्ग जिल्लामै पहिलो पटक पुर्ण संस्थागत प्रसुती (जिरो होम डेलिभरी) गाउँ घोषणा भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले आइतबार मालिका गाउँपालिका ४ अर्खबाङ्ग र वडा नं ६ अर्जेलाई जिरो होम डेलिभरी वडा घोषणा गरेका हुन । मालिका गाउँपालिका वडा न ४ र ६ का गर्भवतीहरु घरमा सुत्केरी हुन छाडेपछि घोषणा गरिएको हो । कार्यक्रमलाई संबोधन गर्दै मन्त्री बिष्टले नागरिकलाई स्वास्थ्य र शिक्षाको अवसर गाउँमै पु¥याउन सरकार योजनाबद्ध रुपमा लागेको बताए । उनले जनताको समृद्धिको सपना पुरा…

प्रदेस नं ५मा अधिकासं जनस्वास्थ्य अधिकृतको दरबन्दी रिक्त

स्वास्थ्यसमाचार /नेपाल जनस्वास्थ्य संघ प्रदेश ५ न कार्यसमिति प्रदेशमा रिक्त रहेको जनस्वास्थ्य अधिकृत,सातौ तहकोे सम्पूर्ण सिट लोक सेवा आयोग बिज्ञापनका निमित्त माग आकृती फारम भरि लोकसेवा आयोग केन्द्रिय कार्यालयमा पठाउनको लागी सामाजीक बिकास मन्त्री लाई अनुरोध पत्र बुझाएको छ। समितिले आज प्रदेश नं ५का सामाजीक बिकास मन्त्री शुदर्शन बराल र सचिब डा गोपीकृष्ण खनाललाई अनुरोध पत्र बुझाएको हो । नेपाल जनस्वास्थ्य संघले बुझाएको अनुरोध पत्रमा लोक सेवा आयोगको बार्षिक पद्पुर्ती तालिका बमोजिम आउदो कार्तिक अन्तिम बुधवार स्वास्थ्य सेवाको प्राविधिक धार तर्फको बिषेश गरी हेल्थ इन्स्पेक्सन समुह, जनस्वास्थ्य अधिकृत, अधिकृत सातौ…

युनिभर्सल मेडिकल कलेज :शुल्क फिर्ता नभएसम्म आन्दोलन नरोक्ने विद्यार्थीको चेतावनी

स्वास्थ्यसमाचार /सेतो एप्रोन कोटमा सजिएका विद्यार्थीहरु मुखमा सेतो मेडिकल मास्क लगाएर भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको मुख्य गेटमा लस्करै बसेका छन । हातमा नाराहरु लेखिएका पम्प्लेट र कालो ब्यानर लिएर उनिहरु बिहिवार देखी आन्दोलित छन । कलेजले अवैधानिक रूपमा पैसा उठाएको भन्दै अतिरिक्त शुल्क फिर्ता गर्नुपर्ने मागसहित उनिहरु आन्दोलित भएका हुन । आगामी बुधबारदेखि हुने बोर्ड परिक्षा बहिष्कार गर्ने घोषणा गरेका उनिहरुले पैसा फिर्ता नभएसम्म आन्दोलन नरोक्ने बताएका छ्न । दस दिनअघि चिकित्सा शिक्षा अध्ययन संस्थान आइओएम कलेजले लिएको बढी शुल्कबारे उनीहरूले निवेदन दर्ता गरेका थिए। आइओएममा निवेदन दिएको दस दिन…

सरकारले तोकेको भन्दा बढी शुल्क फिर्ता गर्न जाद युनिभर्सल मेडिकल कलेजका विद्यार्थीमाथि हातपात

स्वास्थ्यसमाचार/भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा भैरहवामा एमबिबिएस अध्यरत बिद्याथीहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको रकम फिर्ता गर्न ज्ञापन पत्र बुझाउन जादा बिद्यार्थीमाथि हातपात भएको छ। सरकारले एमबिबिएस पढनको लागी ४२ लाख ५० हजार शुल्क तोकेको भएपनि कलेजले बिभिन्न बाहानामा १५ लाख बढी शुल्क लिने गरेको कारण त्यो रकम फिर्ता बा फिमा समायोजन हुनुपर्ने भन्दै बिद्यार्थीहरुले ज्ञापन पत्र बुझाएका हुन। युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा भैरहवामा एमबिबिएस अध्यरत भुपेश चन्दका अनुसार कलेजले अवैधानिक रूपमा लिएको पैसा फिर्ता माग्दै बिहीबारदेखि विद्यार्थीले शुरु गरेको आन्दोलनमा दोश्रो दिन प्रहरीले हस्तक्षेप गरेको वताए।…

ल्याबको जोखीम भत्ता स्थायी कर्मचारीलाई मात्र: स्वास्थ्यमन्त्रालय

स्वास्थ्यसमाचार/ ल्याबमा कार्यरत कर्मचारी लाई दिने भनिएको २५ प्रतिशत जोखिम भत्ता स्थायी कर्मचारीले मात्र पाउने भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकारको दरबन्दीमा कार्यरत स्थायी कर्मचारीको हकमा मात्र प्रयोगशाला जोखिम भत्ता व्यवस्था गरेको जनाएको छ । ल्याबमा कार्यरत कर्मचारीलाई जोखिम भत्ता निर्देशिका २०७२ को दफा ५ क बमोजिम शुरु तलब स्केलको २५ प्रतिशत दिनुपर्ने व्यवस्था छ । त्यस्तो जोखिम भत्ता सम्बन्धि कार्यालयले विनियोजित रकमबाट उपलव्ध गराउनु पर्ने छ । प्रयोगशालामा कार्यतर अस्थायी करार र विकास समिति अन्तरगर्त कार्यरत कतिपय कर्मचारीले भने सरकारी निर्णयले आफूहरुलाई अन्याय गरेको वताएका छन…

मुस्कानसहित अस्पतालबाट बालुवाटारतर्फ फर्किए प्रधानमन्त्री ओली

स्वास्थ्यसमाचार/प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन् । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि बुधबार धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना भएका थिए । यस क्रममा उनको २ पटक हेमोडायलासिस गरिएको थियो ।प्रधानमन्त्रीको रगतमा क्रियटिनको मात्रा उच्च भएकोले दुई पटक हेमोडायलाइसिस गरिएको हो। मिर्गौला रोग विशेषज्ञका अनुसार अब प्रधानमन्त्रीले नियमित डायलासिस वा मिर्गौला नै प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको छ । मिर्गौला डायलासिस प्रक्रिया थालिएपछि नियमित रुपमा सातामा तीनपटक डायलासिस गर्नुपर्ने मिर्गौलारोग विशेषज्ञ बताउँछन् । प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। उक्त मिर्गौलामा…

अगरबत्तीको धूवाँ चुरोटको भन्दा खतरा : हुनसक्छ ब्रेनट्युमर तथा क्यान्सर !

स्वास्थ्यसमाचार /हामीले पूजापाठका अतिरिक्त आफ्नो अफिस, पसल तथा घरमा बिहान बेलुका नियमित रूपमा अगरबत्ती बाल्ने गर्छौं । यसको धूवाँको बास्ना आफ्नो ओरपर फैलिदा आनन्दित हुने समेत गर्छौं । यहि धुवाँ मानव स्वास्थ्यको लागि निकै नै खतरनाक मानिएको छ । चाइनामा एक चिकित्सक टोलीले गरेको अध्ययन अनुसार अगरबत्तीको धूवाँ चुरोटको धूवाँभन्दा खतरनाक हुने बताएको छ ।  धूपबाट निस्कने धूवाँले ब्रेन ट्युमर तथा क्यान्सर समेत हुनसक्ने खतरा उक्त अध्ययनले औल्याएको छ । त्यस्तै अगरबत्तीमा प्रयोग गरिने केमिकल डिएनएमा परिवर्तन हुने र यस्तो धूवाँबाट शरीर पोल्ने समस्या उत्पन्न भै क्यान्सरसमेत हुन सक्ने दावी अमेरिकन…

ग्रान्डी अस्पताल वाट प्रधानमन्त्रीलाई भोलिसम्ममा डिस्चार्ज गरिने

स्वास्थ्यसमाचार /बुधबार साँझ ग्रान्डी अस्पतालले विज्ञप्ति सार्वजनिक गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएको छ। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे आवश्यक परीक्षण पूरा भएपछि आज राति अथवा भोलिसम्म डिस्चार्ज गरिने अस्पतालले जनाएको छ। ‘सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो नियमित उपचार तथा स्वास्थ्य परीक्षणको क्रममा बुधबार ग्रान्डी इन्टरनेशनल हस्पिटलमा भर्ना हुनु भएको छ’, ग्राण्डीको विज्ञप्तिमा भनिएको छ, ‘उहाँको स्वास्थ्य स्थिति सामान्य रहेको छ। सम्माननीयज्युको आवश्यक परीक्षणहरु पूरा भएपछि आज राति अभवा भोलि सम्ममा यस हस्पिटलबाट डिस्चार्ज गरिनेछ।’ विज्ञप्तिमा प्रा डा दिव्यासिंह शाह र डा चक्रराज पाण्डेले हस्ताक्षर गरेका छन् । सिंह नेफ्रोलोजी…